Category: खेलकुद

  • वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

    वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

    काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको उत्कृष्ट गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनल पुगेको छ । नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्ने भएको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन जित निकाल्न सफल भयो । खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।

    दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो । उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् ।

    निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । बिहीबार उपाधी भिडन्त हुनेछ ।

  • टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित

    टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २/२ विकेट लिए ।

  • नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, एटनको कीर्तिमानी शतक

    नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, एटनको कीर्तिमानी शतक

    काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो।

    नामिबियाका लागि जान निकोल लफ्टी-एटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्।

    यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी-एटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे।

    नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १–१ विकेट लिए।

  • वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

    वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो ।

    नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् ।

  • त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

    त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत पहिलो खेल नामिबियासँग आज खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ । नामिबियाले आईसीसी विश्वकप लिग २ खेलेकै टीमाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया उच्च मनोबलसहित मैदान उत्रिने छ । नेपाल र नामिबियाबीच पहिलो पटक टी २० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

  • क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

    क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
    जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

    पुरुषतर्फ ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

    फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बोर्ड बैठकले पूरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ र महिलातर्फ ए ग्रेडमा परेका खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

    यस्तै बी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा रहेका छन्।

    ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी, ग्रेड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् भने इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन्।

    यस्तै महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर रहेका छन्।, ग्रेड बीमा कविता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्मचार्य, ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल तथा इमर्जीङमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन रहेका छन्।

  • त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

    त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

    काठमाडौं । मंगबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ। विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा समेटिएका छन् । उनीहरु एकदीवसीय सिरिजमा थिएनन् । अन्य खेलाडी एकदिवसीय सिरिज खेलेका छन् ।

    एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ, भीम सार्की र देव खनाललाई टी २० सिरिजमा राखिएको छैन । सिरिजमा पहिलो खेल नेपाल र नामिबियाबीच मंगलबार हुनेछ। बुधबार नेपाल र नेदरल्यान्ड्स भिड्नेछन्। नेपालले नामिबियासँग शुक्रबार र शनिबार नेदरल्यान्ड्ससँग फेरि खेल्नेछ। फाइनल फागुन २२ गते मंगलबार हुनेछ। सबै खेल त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछन्।

  • घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

    घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले केवल एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८. ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

    नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो । लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

  • नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

    नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा १७२ रन बनाएको हो।

    नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

    दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

  • विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

    विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

    काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुँदैछ । लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया समेत छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेल हारेको छ ।

    नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको हो । नामिबियासँग नेपाल दुवै खेलमा पराजित भयो । नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक–एक खेल जिते । आजको खेलका लागि सबै टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट संघले जनाएको छ ।

    नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएका हुन् । नेपाल नामिबियासँग २ विकेटले हारेको हो । नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले हराएको हो । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २(२ खेल जितेका छन् ।

  • वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

    वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

    काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको समूह चरणमा तीन वटै खेल जित्दै नेपाल क्लिन स्वीप गर्न सफल भएको छ । स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन जारी रहँदा समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो । नेपाल समूह विजेता समेत बन्न सफल भएको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक–एक गोल गरे ।

    समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ । नेपालसँग हारेको प्यालेस्टाइनले समूह ए को विजेता जोर्डनको सामना गर्नु पर्ने भएको छ । तुलनात्मक रुपमा जोर्डन बलियो टोली हो ।


    ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । यो प्रतियोगितामा सावित्राको यो आठौं गोल हो । उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पायो । सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।

  • नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग

    नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी–२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो ।

    प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो ।

  • वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

    वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

    समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल आज हारेमा प्यालेस्टाइन समूह विजेता बन्नेछ भने नेपाललाई बराबरी नै पर्याप्त हुनेछ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० गोलले हराउँदै ६ अङ्क जोडेको छ ।

    इराकसँगको खेलमा पाँच गोल गोल गरेकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट ५० गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा पुगेको हो । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

  • केपी ओली कप आजदेखि सुरु हुँदै, विजेतालाई ११ लाख पुरस्कार

    केपी ओली कप आजदेखि सुरु हुँदै, विजेतालाई ११ लाख पुरस्कार

    काठमाडौं । केपी ओली कप फुटबल आजदेखि सुरु हुँदैछ। राष्ट्रिय युवासङ्घ नेपालको आयोजना गर्न लागेको फुटबलको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्नेछन्। उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहनेछन्।

    उद्घाटन समारोहमा कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति दिनेछन्। खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन्।

    नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउनेछन्।

    उक्त समारोहमा उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ।

    विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

  • अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

    अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् ।

    बिहिवार भएको खेलमा इराकविरुद्ध ५ गोल गर्दै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी हुन् । पाकिस्तानमा सन् २०१४ मा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा साम्बाले डेब्यु गोल गरेकी थिइन् ।

  • महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

    महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

    काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र इराक बीच आज प्रतिस्पर्धा हुन भएको छ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ ।

    पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित भएको थियो । आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् ।

    नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३-० र लेवनानले साउदी अरेबियालाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ए को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।

  • नामिबियासँग नेपालको लगातार दोस्रो हार

    नामिबियासँग नेपालको लगातार दोस्रो हार

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- टुको दोस्रो खेलमा पनि नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । उक्त लक्ष्य नामिबियाले ८ विकेटको क्षतिमा ४० ओभरमै पुरा गर्यो ।

    पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर थियो।

    दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।

  • नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

    नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

    काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए।

    कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्यमा आउट भए। नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

  • नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

    नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

    काठमडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेको छ । नेपाल ब्याटिङमा उत्रिएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट समेत परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

    नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।

  • आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

    आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

    काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

    तर दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको छ । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको हो । नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा छ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।


    सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिवियाबीच ७ खेल भएका छन् । नेपाल २ खेलमा विजयी, ४ खेलमा पराजित र १ खेल नतिजा विहीन छ । त्रिविमा भने तीनमध्ये दुई खेलमा नेपाल विजयी भएको छ ।

  • नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

    नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

    काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए ।

    अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए । १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए ।

    रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

    यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

  • क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

    क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

    काठमाडौं । क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

  • वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

    वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

    काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

    गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् । सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।

    भारत र फ्रान्सको लिग खेलेका खेलाडीहरु हुँदा नेपाली टोलीलाई फाइदा पुग्ने कप्तान एन्जिला र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ । तामाङले पहिलोपटक महिला टिमको जिम्मेवारी सम्हालेका हुन् । नेपालको पहिलो प्रतिद्वन्द्वी सिरिया भने यसअघि दुई पटक वाफ वुमन्स च्याम्पियनसिपमा तेस्रो भएको थियो । सन् २००५ मा पहिलो संस्करणमै तेस्रो भएको सिरिया पछिल्लो पटक २०२२ मा भएको च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो ।

    यस्तै गत वर्ष नोभेम्बरमा भएको वाफ यू १७ वुमन्स च्याम्पियनसिपमा भने सिरिया टिम च्याम्पियन बनेको थियो । नेपालले सिरियासँग पहिलो पटक खेल्न लागेको हो । नयाँ प्रतियोगिता नयाँ परिवेश र नयाँ वातावरणमा खेल्न नेपाली टोली उत्साहित छ । नेपालको पहिलो लक्ष्य समूह चरण पार गर्दै सेमिफाइनल पुग्ने र त्यसपछि उपाधि जित्ने रहेको छ । करिब चार दशक लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासमा नेपाललाई पहिलो पटक उपाधि जित्ने अवसर समेत छ ।

  • नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज

    नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज

    काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ ।

    स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् । पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ । कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जिसीबाट अझ आशा राख्नेछ ।

    मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुनः हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् । तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

  • नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

    नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

    काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

    चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि २० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ ।

    नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

  • नेदरल्याण्ड्सको उत्कृष्ट जित, नेपाल शीर्ष स्थानमा उक्लियो

    नेदरल्याण्ड्सको उत्कृष्ट जित, नेपाल शीर्ष स्थानमा उक्लियो

    काठमाडौं । नेदरल्याण्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा सोमबार नामिबियालाई ७ विकेटले हरायो ।

    नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो।

    नेदरल्याण्ड्स यो जितपछि पनि तालिकाको तेस्रो स्थानमा छ । सोमबारको हारले नामिबिया दोस्रो स्थानमा खस्किएको छ । नेपालले अब बुधबार नामिबियासँग खेल्ने तालिका छ ।

  • नेपाल-ए टीम क्यानडासँग पराजित

    नेपाल-ए टीम क्यानडासँग पराजित

    काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

    नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

  • ‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल

    ‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल

    काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेल आज क्यानडासँग खेल्ने भएको छ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । क्यानडा ११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।


    नेपाल ‘ए’को प्लेइङ ११

    विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।

    बेन्च ः आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल ।

  • आईसीसी क्रिकेट विश्वकप लिग २ : दोस्रो खेलमा नेपालको सानदार जित

    आईसीसी क्रिकेट विश्वकप लिग २ : दोस्रो खेलमा नेपालको सानदार जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको सानदार जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो ।

    नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।

    खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए । स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए ।

    त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे । यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

  • सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, एसिया कपको ढोका बन्द

    सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, एसिया कपको ढोका बन्द

    काठमाडौं । मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपालको यसै वर्ष हुने टी–२० एसिया कप खेल्ने सपना समेत अधुरै रहेको छ।

    वुमेन्स प्रिमियर कपको फाइलनमा पुगेका मलेसिया र युएई एसिया कपमा छनोट भएका हुन् ।
    नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् । बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

    त्यसअघि क्वालाम्पुरको वायोमास ओभलमा टस जतेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।

    नेपालका लागि कप्तान इन्दु बर्माले २९ रनको योगदान दिइन्। डली भट्ट २५ रन बनाउँदा रन आउट भइन्। ओपनर कविता कुँवर २३ रन बनाउँदा रन आउट भइन्। रुविना क्षेत्रीले २० रन थपिन्। कविता जोशी २ रन बनाउँदा रन आउट भइन्। मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट लिइन्।