Category: खेलकुद

  • एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : महत्वपूर्ण खेलमा नेपालले आज मलेसियाको सामना गर्ने

    एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : महत्वपूर्ण खेलमा नेपालले आज मलेसियाको सामना गर्ने

    काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली मलेसियाको सामना गदैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

    एसिया कप खेल्न यो नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराए ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

  • आईसीसी विश्वकप लिग–२: नेपाल नामिबियासँग ४ विकेटले पराजित

    आईसीसी विश्वकप लिग–२: नेपाल नामिबियासँग ४ विकेटले पराजित

    काठमाडौं । नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

    नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

    नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले एक विकेट लिए।

    यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४१ दशमलब १ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो।

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

  • खराब ब्याटिङले घरेलु मैदानमा नेपालको अहिलेसम्मकै न्यून योगफल

    खराब ब्याटिङले घरेलु मैदानमा नेपालको अहिलेसम्मकै न्यून योगफल

    काठमाडौं । घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले अहिलेसम्मकै न्यून स्कोर बनाएको छ।
    बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमा अलआउट भयो। यो अहिलेसम्म कै कम योगफल हो।

    नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो। यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा युएईविरुद्ध ९ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। यस्तै २०२१ मा ओमानसँग पनि कीर्तिपुरमा नेपाल १७९ रनमै अलआउट भएको थियो। यी दुवै स्कोर नेपालले दोस्रो इनिङ्ग्समा बनाएको थियो।

  • नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

    नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

    काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको झिनो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा समेटियो ।

    नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए ।

  • आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

    आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग पहिले ब्याटिङ गरेको छ । टस हारेको नेपाललाई नामिवियाले ब्याटिङको निम्तो दिएको हो । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

    नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ–११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देब खनाल बेन्चमा छन् । २०२७ सम्म चल्ने लिग(२ मा नेपालसहित ८ टोली सहभागि छन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।


    नेपाली टीम

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

    बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

  • विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

    विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप २०२७ को छनोटका लागि आजबाट यात्रा सुरु गर्दैछ । सो अन्तर्गत लिग२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबिया र नेपाल भिड्दैछन् । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित ८ टोली सहभागिता हुनेछन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

    पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

  • कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

    कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् ।

  • कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

    कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

    काठमाडौं । एसीसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्।

    १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ।

  • आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

    आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

    काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा फेरबदल गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग २ टोलीमा समेटिए । यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।

    अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू १९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग २ मा समेटेको हो ।

    नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टि २० आई सिरिज खेल्ने कार्यक्रम छ ।

    नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

  • शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

    शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

    काठमाडौं । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आईसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजूले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

    सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ । आईसीसीको लेभल २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।

  • नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

    नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

    काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।

    नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना शून्य रनमा आउट भए । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

    माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

    लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

  • एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

    एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

    नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए । तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ ।

    नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन् । त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन् । कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन् । नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

  • नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप

    नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप

    काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ ।

    नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

  • अनिलको लगातार दोस्रो अर्धशतक

    अनिलको लगातार दोस्रो अर्धशतक

    काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् ।

    यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।

  • क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

    क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

    काठमाडौं । एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।

    क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

    बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

    क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज यसअघि नै दुई खेल जित्दै नेपालले आफ्नो पक्षमा पारिसकेको छ ।

  • नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

    नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

    काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो। उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो।

    काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो। उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो।

  • भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

    भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

    काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि उचालेको छ । अष्ेलियाले १४ वर्षपछि उपाधी जितेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यो चौथो उपाधि हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन बनाए ।

    मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२ बनाए । अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।

    ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।

  • कतारले लगातार दोस्रो पटक उचाल्यो एसियन कपको उपाधी

    कतारले लगातार दोस्रो पटक उचाल्यो एसियन कपको उपाधी

    काठमाडौं । जोर्डनलाई पराजित गर्दै कतारले एएफसी एसियन कपको उपाधि उचालेको छ । गतराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। यो सोही मैदान हो, जहाँ गत वर्ष लियोनल मेसीको टीमले विश्वकप उचालेको थियो । घरेलु मैदानमा कतारले तीनवटै गोल पेनाल्टीमार्फत गर्न सफल भयो ।

    २२ औं मिनेट, ७३ औं मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौं मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो। तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे। जोर्डनका यजन अल नइमतले ६७ औं मिनेटमा उत्कृष्ट गोल गरे पनि थप गोल हुन नसक्दा जोर्डनले इतिहास रच्न भने सकेन् । अघिल्लो पटकको उपाधि पनि कतारले जितेको थियो ।

  • क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

    क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

    काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितसँगै नेपालले विभिन्न कीर्तिमान समेत बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाए ।

    अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए । यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए । सोमपाल कामी र कुशल मल्ला समान९र९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ ।

  • लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

    लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको योगदान दिएका थिए ।

    पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडालाई रोहितले मध्यक्रमका दुई प्रमुख ब्याटर परगत सिंह ३८ र निकोलस किर्तोनको २० रनमा विकेट लिँदै २८५ रनमा रोक्न सफल भएका थिए । एक समय ३ सय रन सजिलै कटाउने देखिएपनि रोहितले नेपाललाई खेलमा फर्काएका थिए ।

    जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहितपछि अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्कासहित ५० तथा देव खनालले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिएका थिए । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

  • क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

    क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

    काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ । शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै हात पारेको हो । नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

    २८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो।। आजको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरि ७१ रन बनाए। खेलमा अनिल शाहले विस्फोटक ब्याटिङ गरी आक्रामक सुरूवात गरेका थिए। उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए।

    अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए। आज कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो। अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए। देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे। पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए। त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९–९ रन प्रहार गरेका थिए।

    नेपालले ४५।१ ओभरमै लक्ष्य पूरा गरेको थियो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो। क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए। उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे। उनले ४२ बलमा ४ चौका प्रहार गरे।

    त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए। त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे। निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे। बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २र२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले ११ विकेट लिए।

  • एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

    एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

    काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकालेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटायो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।

    हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुईरदुई, पुजा महतो र सीता रानामगरले एक–एक विकेट लिए । १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

  • एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

    एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

    काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन् । हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो ।

    हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान २र२, पुजा महतो र सीता रानामगरले एक–एक विकेट लिए ।

    १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

  • नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

    नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

    काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।

    आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीन परिवर्तन गरेको छ । आकाशले डेब्यु गरेका छन् भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

  • नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

    नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासँग टी २० आई सिरिज खेल्ने भएको छ । सिरिजको तालिका सार्वजनिक भएको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

    नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ (मार्च २) मा नेदरल्यान्ड्सँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले फागुन २२ मा (मार्च ५) मा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ११ बजे सुरु हुनेछन् ।

    नेपाली क्रिकेट टोली आगामी दुई महिना निकै ब्यस्त रहनेछ । नेपालले तीन खेलको ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ । पहिलो खेलमा नेपाल बिहीबार ७ रनले विजयी भएको थियो । क्यानडापछि लिग २ को सिरिज हुनेछ । लिग २ फागुन ३ देखि १३ सम्म हुनेछ ।

    नेपालले लिग २ मा फागुन ३ मा नामिबिया र फागुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल टी २० आई त्रिकोणात्मक सिरिजपछि हङकङ जानेछ । हङकङ, नेपाल, ओमान र युएईबीच चार देश सम्मिलित टी २० आई सिरिज पनि हुनेछ ।

  • क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट

    क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट

    काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानाडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो ।

    तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

  • नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

    नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

    काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।

  • सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

    सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

    काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।

    केहीबेर खेल समेत रोकिएको थियो। एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए । प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।

  • नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

    नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

    काठमाडौं । नेपाल र क्याानडाबीच तीन वान डे सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल बिहान ९ :१५ मा काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ । क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।


    नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्नसक्ने सम्भावना छ । उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ । नेपालले प्रमुख स्पिनरको रुपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरमा सोमपाल कामी र रिजन ढकालको सम्भावना छ ।

    नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिनसक्छ । तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन् । कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन् । दीपेन्द्रले बलिङ आक्रामण पनि सम्हाल्नेछन् । दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन् ।

    उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालमा फ्रेन्चाइज लिग खेलिसकेका श्रीमन्था विजयरत्नेले राम्रो ब्याटर हुन् । २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए । त्यस्तै भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

    दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएकोछ । नेपालले यस सिरिज आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको रुपमा खेलेको हो । क्यानडाले लिग २ सिरिज यूएईमा गएर खेल्नुअघि खेलेको हो ।

  • एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

    यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो पटक फाइनल पुगेको हो । उसले २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध हराएको छ ।


    खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

    दोस्रो हाफमा इरानले खेलमा पुनारगमन गर्‍यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो ।
    ८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३–२ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । र अन्तिममा त्यही गोल कतारलाई फाइनल पुर्‍याउन निर्णायक बन्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।