Category: खेलकुद

  • ७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी

    ७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी

    एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ।

    अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो।

    मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो।

    मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको छ । कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

    मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।

    डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्लयाण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’गोल क्रममा लगाएको जर्सी गत वर्ष ७.१ मिलियन पाउण्डमा बिक्री भएको थियो ।

    म्याराडोनाले हातले परेको गोललाई त्यतिबेला रेफ्रीले समेत ठम्याउन सकेका थिएनन्। म्याराडोनाको उक्त ‘हाते’ गोललाई ह्याण्ड अफ गड भनिने गरिन्छ।

  • भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

    भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

    काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

    मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

    भारतको जितमा अर्सिन कुलकर्णीले अविजित ४३ रन बनाए । यस्तै, अर्का ओपनर आदर्श सिंह १३ रनमा अविजित रहे ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाएको थियो । यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।

    नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

  • यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

    यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

    काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

    युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिम २२.१ ओभरमा ५२ रन जोड्दै अलआउट भएको हो ।

    नेपालका नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ओपनरद्वय दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र अर्का दीपक बोहराले सात रन जोडे । उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।

    १० औं नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो । भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए ।

  • यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

    यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

    काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ । यू–१९ विश्वकप क्रिकेटको समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् ।

    समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन् । यसैगरी समूह सीमा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया परेका छन् ।

    दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्नेछ । २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ । आफ्नो समूहको शीर्ष तीनमा परे नेपालले सुपर ६ मा स्थान बनाउनेछ ।

    समूह ए र समूह डीको ६ टोलबीच सुपर ६ हुनेछ । यस्तै समूह बी र सीको पनि शीर्ष ३–३ टोलीको सुपर ६ हुनेछ । चौथो टोलीले पनि चौथो स्थानको लागि प्ले अफ खेल्न पाउने छ ।

  • आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी

    आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को अक्सनमा नेपाली खेलाडी परेका छैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसीसीआई’ ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन ।

    यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

    युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपीएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

    योसँगै नेपाली खेलाडीले आइपीएल खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो ।

    सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन ।

  • रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल

    रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पुरा गरेका छन्। अल नासरका लागि उनले अल सहवाब विरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पुरा गरेका हुन्।

    राेनाल्डाेकाे गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५-२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो।

    उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो गोल गर्दै यो वर्ष ५० गोल पुरा गरे। राेनाल्डाेले यो सिजनमा अल नासरका लागि २६ गोल गरे। जसमा १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका छन्।

    तीन दिनअघिमात्र रोनाल्डोले आफ्नो करिअरको १२ सयौं व्यावसायिक खेल खेल्दा अल रियाद विरुद्ध समेत गोल गरेका थिए। उनले उक्त खेलमा एक गोल र एक असिस्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए।

  • कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’

    कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’

    काठमाडौं । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ संस्करण उत्तर अमेरिकामा हुँदैछ। यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

    प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धा हुनेछ। साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । अर्जेन्टिना समूह ‘ए’ मा परेको छ । यो समूहमा साविक विजेतासँगै पेरु, चिली र उत्तर अमेरिकी छनोटको प्लेअफबाट आउने पाँचौँ टिम छन् ।

    कोपा अमेरिका समूह विभाजन
    समूह ‘ए’ : अर्जेन्टिना, पेरु, चिली, कोन्काकाफ प्लेअफ–५
    समूह ‘बी’ : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका
    समूह ‘सी’ :अमेरिका, पानामा, उरुग्वे, बोलिभिया
    समूह ‘डी’ : ब्राजिल, कोलम्बिया, पराग्वे, कोन्काकाप प्लेअफ–६

  • यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

    यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

    काठमाडौं । यूएईमा सुरु भएको यू- १९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य दिएको छ ।

    पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे।

    उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउँदा अरु खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

    कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए भने राष्ट्रिय टिमका सशक्त खेलाडी गुल्सन झाले एक रन मात्र बनाउन सके। तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६, आकाश चन्दले ५ रन बनाउँदा सुवास भण्डारी ८ रनमा अविजित रहे। पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिए ।

  • मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’

    मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’

    काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

    अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।

    गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जितेको थियो ।

    अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएका मेसी गत महिना बालोन डी ‘अरको समेत विजेता चुनिएका थिए ।

    ३६ वर्षीय मेसी गत वर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

  • टेस्टराष्ट्र जिम्बावेलाई उछिन्दै युगाण्डा पुग्यो विश्वकपमा

    टेस्टराष्ट्र जिम्बावेलाई उछिन्दै युगाण्डा पुग्यो विश्वकपमा

    काठमाडौं । युगाण्डा पहिलो पटक आइसिसी टी-२० विश्वकपमा पुगेको छ । आइसिसी विश्वकप २०२४ को अफ्रिका छनोटमा शीर्ष दुईमा परेसँगै युगाण्डा पहिलो पटक विश्वकपका लागि छनोट भएको हो। समूहको अन्तिम तथा निर्णायक खेलमा युगाण्डाले रावान्डालाई ९ विकेटले हरायो । छनोटमा युगाण्डाले आफूले खेलेका ६ मध्ये ५ खेलमा जित निकाल्यो।

    यता आइसिसी स्थायी सदस्य जिम्बावे भने टी २० विश्वकप २०२४ का लागि छनोट हुन असफल भयो। खेलेका ६ मध्ये जिम्बावे ४ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको थियो। जिम्बावेलाई नामिबिया र युगाण्डा पराजित गरेका थिए। नामिबियासँग पराजित भएको युगाण्डाका लागि समूह चरणमा जिम्बावेलाई हराउनु नै विश्वकपमा स्थान पक्का गर्ने आधार बन्यो। नामिबिया भने अन्तिम खेलअघि विश्वकपमा छनोट भएको थियो।

    छनोटमा युगान्डा र नामिबियासँगै जिम्बावे, केन्या, नाइजेरिया, रावान्डा र तान्जानियाले खेलेका थिए। सात मध्ये शीर्ष दुई टिम बन्दै युगान्डा र नामिबिया आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएका हुन्। अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लागेको छ। यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।

  • क्रिकेटर अविनाशले गरे प्रतिज्ञासँग इन्गेजमेन्ट

    क्रिकेटर अविनाशले गरे प्रतिज्ञासँग इन्गेजमेन्ट

    काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । राष्ट्रिय टिमका तीव्र गतिका बलर बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग नागार्जुन सितापाइलास्थित उनकै निवास इन्गेजमेन्ट गरेका हुन् । उनिहरु केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका थिए । प्रतिज्ञा केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् ।

  • बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै

    बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै

    काठमाडौं । बंगलादेश क्रिकेट टीमका कप्तान शाकिब अल हसन सांसदको चुनाव लड्ने भएका छन् । सत्तारूढ पार्टी अवामी लीगले उनलाई गृहजिल्ला मगुरा १ सीटमा संसदीय चुनावको टिकट दिएको हो । ढाका ट्रिब्यूनका अनुसार अवामी लीगका महासचिव ओबैदुल क़ादरले आइतबार एक पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

    यस अघि बंगलादेशका पूर्व कप्तान मशरफ़े मुर्तजा पछिल्लो चुनावका दौरान नरैलमा चुनाव लडेका थिए । उनी निर्वाचित भई सांसद समेत बनेका छन् । मशरफ़े हमेशा सधै भरी आफ्नो गृह राज्यको सामाजिक काममा घट्ने गरेका थिए । शाकिबमा भने यस्तो बानी छैन ।

  • जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

    जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

    काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

    उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरू चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् । प्रतियोगितामा नेपाल र चीनका १०–१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने छन् ।
    यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच–पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ ।

    नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगिताका प्रथम हुने टोलीले रु. तीन लाख ३० हजार, दोस्रो हुनेले रु. दुई लाख ८८ हजार, तेस्रो हुनेले रु दुई लाख १६ हजार, चौथो हुनेले रु. एक लाख ४४ हजार र पाँचौँ हुनेले रु. ९० हजार पुरस्कार पाउनेछन् । व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले रु एक लाख ४४ हजार, दोस्रो हुनेले रु. एक लाख आठ हजार, तेस्रो हुनेले रु. ५४ हजार नगद प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडमा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

    प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए । रासस

  • विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल

    विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध कमजोर प्रदर्शन गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल(दाही र मोहम्मद अब्दुल्लाह अल(दाहीले दोस्रो हाफमा गोल गरे ।

    ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । यस्तै मोहम्मद अब्दुल्लाह अल(दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे । दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ । यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । यो अवसर नेपालले चुकाएको छ ।

  • यमनविरुद्ध खेल्ने नेपाली टोलीमा अनन्त र दिनेशको कमब्याक

    यमनविरुद्ध खेल्ने नेपाली टोलीमा अनन्त र दिनेशको कमब्याक

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपाल र यमनबीच खेल हुँदैछ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

    टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।

    गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

    डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

    मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

    फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

  • विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै

    विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ ।

    तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ । नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

    सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए ।यसैबीच नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ )एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।

  • विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ खेलाडी

    विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ खेलाडी

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्विश्वकप एक दिवसीय क्रिकेट टिमको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । जसमा विश्वकपको उपविजेता भारतका कप्तान रोहित शर्मालाई टिम अफ द टुर्नामेन्टको कप्तान बनाइएको छ ।

    यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २–२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

    आईसीसीको टिम अफ द टुर्नामेन्टमा कप्तान– रोहित शर्मा, विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहमद शमी भारतबाट परेका छन् । क्विन्टन डि कक र गेराल्ड कोएत्जी दक्षिण अफ्रिकाबाट, च्याम्पियन अष्ट्रेलियाबाट एडम जाम्पा र ग्लेन म्याक्सवेलका साथै न्यूजिल्याण्डका, डार्यल मिचेल र श्रीलंकाका दिलशान मधुशंका परेका छन् ।

  • विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

    विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

    काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ।

    यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि उचाल्ने दाउमा छ भने पाँच पटकको च्याम्पियन अस्ट्रेलिया कीर्तिमान बनाउने लक्ष्यमा हुनेछ ।

    सन् २००३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतलाई एक सय १५ रनले पराजित गर्दै अस्ट्रेलियाले तेस्रोपटक ओडीआई विश्वकप च्याम्पियन बनेको थियो । आज भारतका लागि उक्त हारको बदला लिँदै उपाधि हात पार्ने अवसर हुनेछ । भारतले पछिल्लो पटक सन् २०१५ र अस्ट्रेलियाले २०१५ मा उपाधि जितेका थिए ।

  • विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने

    विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने


    काठमाडौं । अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ ।

    बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।


    अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाका मिचेल स्टार्क र कप्तान कमिन्सले ३/३ विकेट लिए भने ह्याजलउड र हेडले २/२ विकेट हात पारे ।

  • हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट

    हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट


    काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले एक खेल अगावै युरोकपमा स्थान पक्का गरेको हो ।

    ७ खेलबाट १५ अंकसहित हंगेरी समूह जी को शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको ७ खेलबाट १३ अंक छ ।

    हंगेरीले अब अन्तिम खेलमा मोन्टेनेग्रोसँग खेल्नेछ र उक्त खेल हारे पनि शीर्ष स्थानमा रहने पक्का छ । लिथुअनियालाई २-० ले हराएको मोन्टेनेग्रो भने ११ अंक सहित तेस्रो स्थानमा छ ।

    अब यस समूहबाट सर्विया र मोन्टेनेग्रोमध्ये एक टोली युरो कपमा छनोट हुनेछ ।

    यस्तै समूह जे मा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ ले हराएर युरोकपमा स्थान बनाएको हो । यस समूहबाट यसअघि पोर्चुगल युरोकपका लागि छनोट भइसकेको छ । जितपछि स्लोभाकियाले ९ खेलबाट १९ अंक जोड्दै समूह उपविजेता बन्दै युरो कपमा स्थान बनाएको हो ।

  • विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा

    विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा

    काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

    अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

    बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।
    ३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए

    कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।

    यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

    भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।

    कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।

  • विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै

    विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै


    काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

    यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो ।

    नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

    अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।

  • विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

    विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

    काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएका छन् । आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भयो ।

    भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए । जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २र२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक–एक विकेट लिए।


    यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

    ४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ। नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ। बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ। बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ। सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।

  • महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा

    महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै बित्ने छ । हङकङमा कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने चार देशसम्मिलित टी–२० सिरिजका कारण नेपाली टोलीको तिहार खेल मैदानमै क्रिकेट खेलेर बित्ने भएको हो ।

    नेपाल क्रिकेट सङ्घ ९क्यान० ले शनिबार सिरिज खेल्न लाने महिला टोलीको विदाइ गरेको छ । मुलपानीस्थित क्यान मुख्यालयमा आयोजित कार्यक्रमबीच टोलीलाई क्यानका सचिव पारस खड्कालगायत पदाधिकारीले विदाइ गरे । नेपाली टोली आइतबार हङकङ प्रस्थान गर्नेछ ।

    क्यानले यस सिरिजका लागि पहिलो पटक इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रुविना क्षेत्रीको स्थानमा बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । यस्तै उपकप्तानमा विन्दु रावल छिन् । नेपालले सिरिजको पहिलो खेल कात्तिक २९ गते तान्जानिया, दोस्रो खेल कात्तिक ३० गते हङकङ र तेस्रो खेल मङ्सिर २ गते जापानसँग खेल्नेछ । लिग चरणको शीर्ष दु्ई टोलीबीच मङ्सिर ३ गते फाइनल खेल हुनेछ । सिरिजका खेलहरु हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

  • इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा

    इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ। शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो। पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो। पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सम्भावित सेमिफाइनल यात्रा पक्का भयो।

    अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन्। शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो।

    इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन जोडे। बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २२ विकेट हात पारे। ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३।३ ओभरमा २४४ रनमा अलआउट भयो।

    पाकिस्तानका लागि अघा सलमानले ५१ रन जोडे। बलिङमा इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए। यता जितसँगै इंग्ल्यान्ड ६ अंक जोडेर सातौं स्थानमा उक्लियो।

  • किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

    किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

    अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए । खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।

    रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् । सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

    भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो । भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ ।

  • तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत

    तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत

    काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् । यसअघि टी–२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए । मुलपानीमा खेलकुद आयोजना हुन थालिसकेको छ ।

  • म्याक्सवेल बारे कोहली भन्छन् ‘यस्तो कमाल तिमीवाहेक कसैले गर्न सक्दैन’

    म्याक्सवेल बारे कोहली भन्छन् ‘यस्तो कमाल तिमीवाहेक कसैले गर्न सक्दैन’

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत म्याक्सवेललाई बधाइ दिँदै कोहलीले भनेका छन्, ‘यस्तो कमाल तिमीवाहेक अरु कसैले गर्न सक्दैन ।’अविश्वासिलो प्रदर्शनका लागि यतिबेला विश्वभरका क्रिकेट खेलाडी र खेलप्रेमीबाट उनले प्रशांसा बटुलिरहेका छन् ।

  • ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित

    ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित

    काठमाडौं । अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ । उसले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनलमा स्थान सुरक्षित पनि गरेको हो । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य शाहसले भरिएको २ सय १ रन बनाए । जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६।५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो ।

    निश्चित हारको संघारमा रहेको अस्ट्रेलियाले यो जित निकालेको हो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।

    उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

    यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

    त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

    जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो।

    बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ। बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।

    बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो।

    भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ। मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए। खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उनले बताए।

    यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए। आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत् काम अघि बढाइने बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताए।

    यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उनले बताए। उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्वपूर्ण आयोजना भएकाले यसलाई सहजरुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताए। तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उनको भनाइ छ।
    भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ। धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउण्डेसनले २० बिघा छ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो।

    फाउण्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको रु १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। रंगशाला निर्माणमा हालसम्म फाउण्डेशनले रु ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ। त्यसमध्ये रु १८ करोड ४३ लाख ऋण छ। फाउण्डेशनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो।