Category: खेलकुद

  • विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

    विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

    काठमाडौं । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । काठमाडौंको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह एच मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

    नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन । दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ ।

  • विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

    विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।

    श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले नटआउट ३१ रन जोडे। त्यसअघि मिचेल मार्सले ५२ रन र जोस इंग्लिसले ५८ रनको योगदान दिए। बलिङमा श्रीलंकाका दिलसान मधुसंकाले ३ विकेट लिए।

    टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो। श्रीलंका लागि ओपनरद्वय पाथुन निसंकाले ६१ रन र कुशल परेराले ७८ रन जोडे। दुईबीच पहिलो विकेटका लागि २१.४ ओभरमा १२५ रनको साझेदारी भयो। त्यसपछि भने श्रीलंका अरु ब्याटर चल्न सकेनन्। बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिन सफल भए।

  • त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित

    त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलाको लागि १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए ।

    रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।

    सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

  • विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

    विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

    काठमाडौं । विश्वकप क्रिकेटमाअफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले हराउन सफल भएको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाएर अलआउट भयो । इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०–१० रन बनाए।

    अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३–३ विकेट लिए भने मोहम्मद नाबीले २ र फजलहक आरुकी र नवीन उलहकले १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।५ ओभरमा सबै विकेट गुमार २८३ रन बनाएको थियो ।

    उसका लागि ओपनर रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे । बलिङतर्फ इंगल्याण्डका आदिल रसिदले ३, मार्क वुडले २, रिस टोप्ले, लाइम लिभिङस्टोन, जोय रुटले समान १–१ विकेट लिए । सन् २०१५ पछि अफगानिस्तानले विश्वकपमा पहिलो जित निकालेको हो । कुल १६ खेल खेल्दा यो दोस्रो जित हो ।

  • एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

    एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो ।

    बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू१९ एसिया कपका लागि छनोट हुनेछ ।

  • भारतविरुद्ध पाकिस्तान पुनः निरिह

    भारतविरुद्ध पाकिस्तान पुनः निरिह

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान पुनः निरिह बनेको छ । पाकिस्तान ७ विकेटले पराजित भयो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।

    यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २–२ विकेट लिए । यो विश्वकपमा भारतले ती खेल खेलेकोमा सबैमा जित निकालेको छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।

    भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ ।

  • विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।

    भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । त्यस्तै, पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् ।

    तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ ।

  • विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित

    विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

    लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ । छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २-० ले, इक्वेडरले बोलिभियालाई २-१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २-२ को बराबरी खेलेको छ । कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।

  • अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी

    अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरे । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।

    हरिले १३ गोलको कीर्तिमान राखेकोमा निराजनले २००८ मा यो कीर्तिमान बराबरी गरेकाथिए । त्यसको १५ वर्षपछि अञ्जनले यो कीर्तिमान बराबरी गर्न सफल भए । अब यो कीर्तिमान आफ्नो नाममा लेखाउन अन्जन एक गोलले पछाडी छन् । सन् १९८२ को एसियन गेम्समा वाईबी घलेले कुवेत विरुद्ध नेपालको लागि पहिलो आधिकारिक गोल गरेका थिए ।

    त्यसयता नेपालले धेरै खेल खेलिसके पनि व्यक्तिगत सर्वाधिक गोलको संख्या भने १३ मात्र छ । अब यो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने सक्ने खेलाडीमा उनै अञ्जन देखिएका छन् । सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले २०१९ मा चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए ।

  • विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल

    विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल

    काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा आज नेपालले लाओससँग भिड्दैछ। नेपाल र लाओसबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा आज साँज साढे ५ बजे हुनेछ। दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ। एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा अन्तर्गत नेपाल र लाओस् भिड्न लागेका हुन्। दुबै लेग जित्ने टोलीले दोस्रो चरणको खेल खेल्न पाउनेछ।

    त्यसकारण एक्सपोजरका हिसाबले पहिलो चरणको छनोट खेल नेपालसहित सबै २० टिमका लागि महत्वपूर्ण छ। दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्नेछ। पहिलो चरणमा जित हात पारे नेपाली फुटबल टिमको तालिका एक वर्षको बीचमा ६ खेल खेल्न पाउनेछ। पहिलो चरणमा हार बेहोरेमा क्वालिफायर प्लेअफका लागि एक अवसर भने बाँकी हुनेछ।


    एक्पोजरका हिसाबले महत्वपूर्ण मानिएको विश्वकप छनोटको पहिलो चरणमा नेपालले भिड्न लागेको टिम ‌लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन। फिफा वरीयतामा ११ स्थान तल रहेको लाओससँग नेपालले गत वर्ष खेलेको थियो। दशरथ रंगशालामा नेपालले प्रधानमन्त्री कपअन्तर्गत खेलेको दुई मैत्रीपूर्ण खेलमा दुवै खेलमा जित निकालेको थियो। नेपालले पहिलो खेलमा २-० र दोस्रो खेलमा २-१ गोलको जित निकालेको थियो।

  • एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै

    एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै

    काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो । आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ ।


    नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागि एसीसी यू(१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू(१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् । हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ ।

    त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

  • इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा

    इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा

    काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा नेपाल आएकी छिन् ।
    सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् ।

    एसियाली राष्ट्र भएपनि युरोपेली फुटबल महासंघमा आबद्भ भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् । हमासको आक्रमणमा १० नेपालीको मृत्यु भइसकेको छ ।

  • विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

    विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

    काठमाडौं । अफगानिस्तानमाथि भारतले सानदार जित निकालेको छ । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको हो । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।

    यसै क्रममा उनी भारतका लागि विश्वकपमा सर्वाधिक सात शतक बनाउने ब्याटर बने । सचिन तेन्दुलकरले वान डे विश्वकपमा ६ शतक बनाएका छन् । रोहितको शतक विश्वकपमा भारतका लागि सर्वाधिक तीव्र गतिको पनि रह्यो । उनले ६३ बलमै शतक पूरा गरेका हुन् र यसक्रममा कपिल देवले सन् १९८३ मा ७२ बलमा बनाएको शतकलाई उछिने । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।

    रोहितले पहिलो विकेटका लागि इसान किसनसँग मिलेर १ सय ५६ रनको साझेदारी गरे । किसनले ४७ रन बनाए । त्यसबाहेक नआउट दुई ब्याटरमा विराट कोहलीले पनि आफ्नो अर्धशतक पूरा गर्दै ५५ रन बनाए । यस्तै श्रेयर अयरले २५ रन जोडे ।

    त्यसअगाडि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । त्यसमा दुई ब्याटरले अर्धशतकीय योगदान दिए । कप्तान हसमतुल्लाह साहिदीले ८८ बलमा ८० रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै अजमतुल्लाह उमरजाईले ६९ बलमा ६२ रन जोडे । उनको ब्याटबाट २ चौका र ४ छक्का निस्केको थियो ।

  • लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

    लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

    मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।

    नेपाली टिम :

    गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल

    रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक बिष्ट

    मिडफिल्डर : सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, क्रितिशरत्न छुन्जु, मनिष डांगी

    फरवार्ड : अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दीनेश हेञ्जन, हिसुब थपलिया, सञ्जिव बिष्ट

  • विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

    विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

    काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ । खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

    यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए । मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए । यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए । सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । तर पनि श्रीलंका पराजित भयो ।

  • विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

    विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले ३ अंक जोडेको हो । गतराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे ।

    विराट कोहलीले ८५ रनको योगदान गरे । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे । रोहित शर्मा र इशान किशनलाई शून्य रनमा गुमाएर खराब शुरुवात गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । अष्ट्रेलियाका जोस हेजलउडले ३ तथा मिचेल स्टार्सले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट भएको थियो ।

    अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५–१५ रन जोडे । भारतका रबिन्द जडेजाले ३ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुम्राहाले २ –२ विकेट लिए । यस्तै, मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए ।

  • एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने

    एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने

    काठमाडौं । नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।

    नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको १५औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिकाले यो अवसर पाएकी हुन् । एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

    करातेमा नेपालबाट ८ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन् । एसियाड अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ कुमुते ५० केजीमुनि तौल समूहमा अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३-१ ले पराजित भइन् । एरिकाको रजत एसियाडमा नेपालले व्यक्तिगततर्फ जितेको २५ वर्षपछि पहिलो रजत हो । समग्रमा यो तेस्रो रजत हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक जितेकी थिइन् । यस्तै २०१८ मा प्याराग्लाइडिङ टिमले इन्डोनेसियामा रजत जितेको थियो ।

    नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी टिमले कांस्य पदक जितेका थिए । हान्झाउ एसियाडको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको झण्डा बोकेका थिए ।

  • एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

    एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

    काठमाडौं । आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको स्पर्धा सकिएको छ ।

    जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

    एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो । यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन । अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

    जसमा चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए । १९औं एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ ।

    समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ । समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् ।

  • एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त

    एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त

    काठमाडौं । जारी एसियाडमा नेपालले दोस्रो पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने ऐतिहासिक रेकर्ड बनाउनबाट चुक्दै रजतमा सिमित बनेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन् ।


    एरिका सोफ्यासँग ३–० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ ।

    इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् । यसअघि सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । त्यस्तै २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो । समग्रमा यो नेपालको तेस्रो रजत पदक बनेको छ ।

  • विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

    विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

    काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो । मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

    अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए । बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनतीन विकेट लिएका थिए ।

  • विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

    विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

    काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१ रनको जित निकालेको हो।
    पाकिस्तानले दिएको २८७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदं २०५ रनमात्रै बनाउन सक्यो। नेदरल्याण्ड्सका लागि बास दे लिड्सले सर्वाधिक ६८ रन बनाए। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

    त्यस्तै ओपनर विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्धतले ५२ रन बनाए। लोगान भ्यान बीक् र कोलिन एकलम्यानले क्रमशः २८ र १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ पाकिस्तानका हरिश रौफले तीन विकेट लिए। हसन अलीले २ विकेट लिँदा शाहिन अफ्रिदी, इतिफिखर अहमद, मोहम्मद नवाज र शादव खानले १–१ विकेट लिए।

    टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाएको थियो। पाकिस्तानले खराब सुरूवात गरेको खेलमा ओपनरद्वय फखर जमन र इमाम उल हक क्रमश १२ र १५ रन बनाएर आउट भए। कप्तान बाबर आजम ५ रनमै आउट भएपछि मोहम्मद रिजवान र साउद सकिलले अर्धशतक प्रहार गरी पाकिस्तानलाई खेलमा फर्काए।

    उनीहरू दुबैले ६८र६८ रन बनाए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गरे भने ५२ बल खेलेका शकिलले ९ चौका र एक छक्का हाने। खेलमा मोहम्मद नवाजले ३९ रन, शादब खानले ३२ रन, हरिश रौफले १६ रन र शाहिन अफ्रिदीले १३ रन बनाउँदा इफ्तिखर अहमद ९ रनमै आउट भएका थिए। बलिङमा नेदरल्याण्ड्सका बास दे लिड्सले चार विकेट लिए। कोलिन एकरम्यानले २ विकेट र आर्यन दत्, लोगान भ्यान बीक्, पउल भ्यान मिकरेनले १र१ विकेट लिए। एकदिवसीय विश्वकपमा आज नेदरल्याण्ड्स र अफगानिस्तान र साउथ अफ्रिका र श्रीलंका खेल्दैछ।

  • विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

    विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

    काठमाडौं । विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ । नेपालले लाओसविरूद्ध होम र अवे गरी दुईवटा खेल खेल्ने छ । दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुने छ ।

    लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । दोस्रो चरणमा नेपालले युएई, बहराइन र यमन र श्रीलंकाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्ने छ । लाओसविरूद्धको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्ल्बटो एनेसको मुख्य प्रशिक्षणमा अहिले २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । खेलको लागि लाओस ९ अक्टोबरमा नेपाल आइपुग्ने छन् ।

    लाओसका प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले खेलको सम्पूर्ण तयारी अगाडि बढाइएको जानकारी दिएको छ । खेल हेर्नका लागि साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटतर्फ पाँच सय रुपियाँ टिकट दर तोकिएको छ ।

  • विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

    विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदो स्टेडियममा गएराति सकिएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको सानदार जित निकालेको हो। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो। न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी खेले।


    कनवेले १२१ बलमा १९ चौका र ३ छक्का प्रहार गर्दै १५२ रन बनाए भने रविन्द्रले ९४ बलमा ११ चौका र ५ छक्कासहित १२३ रन बनाए। उनीहरूले २७५ रनको साझेदारी गरे। एकदिवसीय इतिहासमा यो चौथो ठूलो साझेदारी हो। खेलमा ओपनर विल योङ पहिलो बलमै आउट भएका थिए। न्युजिल्याण्डका साम कुरानले उनलाई जोस बट्लरबाट क्याच आउट गराए। न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो।

    इंग्ल्याण्डका लागि जो रूटले सर्वाधिक ७७ रन बनाए। उनले १४० बलमा ४ चौका र १ छक्का हाने। त्यस्तै कप्तान जोस बट्लरले ४३, ओपनर जोनी बैर्स्टोले ३३, लियम लिभिङस्टोनले २०, ह्यारी ब्रुकले २५, साम कुरानले १४, मोइन अलीले ११ डेविड मलानले १४ र आदिल रसिद र मार्क उडले नटआउट १५ र १३ रन बनाएको थियो।

    बलिङमा न्युजिल्याण्डका म्याट हेनरीले ३, मिचेल सान्तनर र ग्लेन फिलिप्सले २र२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले १र१ विकेट लिए। अघिल्लोपटक न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको थियो। यसपटकको उद्घाटन खेलमै साविक विजेतालाई पराजित खर्दै न्युजिल्याण्डले सुखद सुरूवात गरेको छ। विश्वकपमा आज पाकिस्तान र नेदरल्याण्ड खेल्दैछन्।

  • जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

    जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

    काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो पदक प्राप्त गरेको छ । महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१–१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको हो ।

    कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।

  • एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान

    एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान

    काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले हाङझाव एसियाडमा दुर्लभ कीर्तिमान बनाएका छन्।

    बिहीबार चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे।

    यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन गरेका थिएनन् ।

    विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो।

    नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन्।

  • आजबाट एक दिवसीय क्रिकेट विश्वकप सुरु हुँदै

    आजबाट एक दिवसीय क्रिकेट विश्वकप सुरु हुँदै

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुने भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रने छन् । १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्।

    आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन्। लिग चरणमा ४५ र सेमिफाइनलान २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ। ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा खेलाइनेछ।

    सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने निश्चित भए उक्त खेल कोलकातामा खेलाइने भएको छ । सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे समेत राखिएको छ। वर्षा र अन्य कारणले खेल रोकिएको अवस्थामा अर्को दिन खेलाइनेछ। आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन अमेरिकी डलर राखेको छ।

  • यू–१९ प्रिमियर कप: देव खनालको नेतृत्वमा टोली घोषणा

    यू–१९ प्रिमियर कप: देव खनालको नेतृत्वमा टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्नका लागि टोलीको नाम घोषणा गरेको छ।

    नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा टिममा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ। उक्त टोलीबाट कुनै पनि खेलाडी परिवर्तन गरेको छैन।

    १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न अवसर पाउने छन्। प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ। नेपाल उपाधिको प्रमुख दाबेदार टोली पनि हो।

  • श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

    श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

    काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ।

    टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। ११७ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो।

    श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान ३–३ विकेट लिएका थिए। शराफुद्दीन अशरफ, जाहिर खान र करिम जनतले समान १–१ विकेट लिए।

  • एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

    एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

    काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ ।

    माल्दिभ्सविरुद्ध खेलेका विनोद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश शर्मा र साई किशोरले टी–२०आईमा डेब्यु गरेका छन् । नेपालले भारतको चार विकेट लिइसकेको छ ।

  • एसियाड : पब्जी मोवाइलमा  सेमिफाइनलबाटै बाहिरियो नेपाल

    एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

    काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।
    शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।

    सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३।३४६ सेकेण्ड टाइमिङ निकाले ।
    कोरिया ५० मिनेट ३७।१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९।३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।

    सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ । नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो ।

    तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ । इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ । अब डोटा टु के अन्तर्गत नेपालले शनिवारै क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।