Category: खेलकुद

  • हिमालको फेँदीमा गल्फ हुने

    हिमालको फेँदीमा गल्फ हुने

    काठमाडौं । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा दोस्रो गल्फ च्यालेन्ज आयोजना गर्ने भएको छ । भदौ ३० बाट आयोजना हुने दोस्रो गल्फ च्यालेन्ज उच्च हिमाली भेगमा आयोजना हुने कमै प्रतियोगितामध्ये एक हो । विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव यहाँ खेलाडीले लिन पाउने छन् ।

    संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउने प्रयास समेत भएको छ । अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर)का नाममा विश्वकै सर्वोच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान छ ।


    यसपालि हुने प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवललगायतका सहरबाट ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । तीमध्ये चार जना महिला गल्फर छन् ।

    अर्को सालबाट अन्तर्राष्ट्रिय खेलाडी निम्त्याएर प्रतियोगिता गर्ने आयोजकको तयारी छ । विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने छन् ।

  • एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत

    एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत

    काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।

  • भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन

    भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शाशसिक ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन मात्र बनाउन सक्यो । नेपालका आशिफ शेखले अर्धशतक बनाए । सोमपाल कामी अर्धशतकबाट २ रन टाढा रहे । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस जितेको भारतका कप्तान रोहित शर्माले बलिङ रोजेका थिए ।

    नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक–एक विकेट रह्यो ।

  • एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक

    एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् ।

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल


    काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।

  • इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै

    इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै

    काठमाडौं । नेपालले क्रिकेट खेल्न थालेको इतिहासमै पहिलो पटक छिमेकी मुलुक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक अवसर जुरेको छ । भारतको सिनियर टिमसँग अहिलेसम्म नेपालको भेट हुन सकेको छैन ।

    भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भन्दा लामो समय भइसकेको छ । एसोसिएट टिम नेपालको यात्रा भने धेरै लामो छैन । नेपालले भारतका यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको भएपनि सिनियर टोलीसँग भने एसिया कपमा भेट हुन लागेको हो। खेल आज हुँदैछ

    एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउने भएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

    नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

    समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर(फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।

  • नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने

    नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् ।

    एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका गएका हुन् । उनको साथमा पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरा रहेका छन् ।

  • आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो

    आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो

    काठमाडौं । आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

    भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् ।

    नेपालले ओपनर सीता राना मगर र कविता कुवँरलाई सस्तैमा गुमायो । सीताले ८ रन जोड्दा कविता डकआउट भइन्। अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट हुँहा नेपालले सहज लक्ष्य पूरा गर्न पनि संघर्ष गर्नु गर्नु परेको हो । कविता जोशी ९ रनमा क्याच आउट हुँदा पूजा तीन रनमा क्याच आउट भइन् भने विन्दु रावल शून्यमा अविजित रहिन् ।

    भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एकरएक विकेट लिए । त्यसअघि, यूकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

    भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् । नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १र१ विकेट लिए । नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।

  • भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास

    भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास

    काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।

    त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो । भारतको ब्याटिङका क्रममा पटक–पटक सिमसिमे वर्षाले खेल अवरुद्ध पारेको थियो । तर, पहिलो इनिङ्सपछि भने वर्षाले खेल पुनः हुन सकेन ।

    यसले पाकिस्तानलाई फाइदा पुगेको छ । नेपाललाई बुधबार प्रतियोगिताको उद्घाटन खेलमा २ सय ३८ रनले पराजित गरेको पाकिस्तान सुपर फोरमा प्रवेश गरेको छ । भारत र नेपालबीच सोमबार हुने खेलले समूह ‘ए’ बाट सुपर फोरमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । भारतलाई त्यो खेल बराबरीको नतिजा पनि काफी हुन्छ भने नेपाललाई जित्नैपर्छ ।

    तीव्र बलर शाहिन शाह अफ्रिदीले पालेकेले क्रिकेट रंगशालामा सानदार बलिङ गरेपछि पाकिस्तानले उत्कृष्ट सुरुआत गरेको छ । अफ्रिदीले भारतीय कप्तान रोहित शर्मालाई ११ र विराट कोहलीलाई ४ रनमा बोल्ड गरेपछि भारतले पूरा इनिङ्स दबाबमा खेल्नुपरेको थियो ।

    टोलीमा फर्किएका श्रेयस ऐर १४ र ओपनर शुभमन गिल १० रनमा आउट भएपछि भारत ६६–४ को स्थितिमा पुगेको थियो । इशान किसन र हार्दिक पाण्ड्येले पाँचौं विकेटमा १ सय ३८ रनको साझेदारी गरेपछि भारतको स्कोर बलियो बनेको थियो । किसनले ८१ बलमा ८२ र पाण्ड्येले ९० बलमा ८७ रन बनाए । किसनले ९ चौका र २ छक्का तथा पाण्ड्येले ७ चौका र १ छक्का प्रहार गरे ।

    किसनलाई ३८ ओभरमा हरिस रउफले आउट गरेपछि भारतको पुनः विकेट झर्नेक्रम सुरु भयो । रवीन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४, जसप्रित बुमराह १६ रन बनाएर आउट भए । देव्रेहाते अफ्रिदीले १० ओभरमा २ मेडन राख्दै ४ तथा नसिम शाह र रउफले ३–३ विकेट लिएका थिए ।

  • नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्‍यो लक्ष्य

    नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्‍यो लक्ष्य

    काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जित हासिल गरेको छ।

    शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो।

    मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो।

    बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन्। नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्यमा आउट भएका थिए।

    नेपालका लागि कवित कुँवरले १४ बलमा ३ चौकासहित अविजित १७ रन बनाइन् । यस्तै, सीता राना मगरले ३ बलमा अविजित २ रनको योगदान दिइन् ।

    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

  • हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३

    हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३

    काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेबल जितेका थिए ।

    हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए । महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

    उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले बाजी मारिन् । उनकै प्रशिक्षणमा इङ्ल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । इङ्ल्यान्ड विश्वकप फाइनलमा स्पेनसँग पराजित हुन पुगेको थियो ।

  • एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल

    एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल

    काठमाडौं । एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ। बुधबार भएको उद्‌‌घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो।

    नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए । शाहिद शाह अफ्रिदी र हरिस राउफले २–२ विकेट लिए। त्यसअघि पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो।

    पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे। आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।

    बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो। त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो। नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए।

    करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।

    नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३।४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए। नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

    बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए। समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

  • नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै

    नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै

    काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन महत्वपूर्ण रुपमा लेखिँदैछ । नेपाले पहिलो पटक एसिया कपको १६ औं संस्करणमा डेब्यू गर्दैछ । जसमा पहिलो खेल नेपाल र पाकिस्तान खेल्दा विश्वको नम्बर १ टोलीसँग नेपालको भेट हुँदैछ । एकदिवसीय क्रिकेटमा पाकिस्तान वरियताको शीर्ष स्थानमा छ ।

    पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ। पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्।

    पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्। बलिङमा ‍पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्। उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्। १० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो।

    विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ।

    यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ। बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ।

    स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ। अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

  • नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा

    नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा

    काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।
    लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

    देव खनाल नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । आसिफ शेख नेपाली टिमका विकेटकिपर तथा ओपनर ब्याटर हुन् । आरिफ शेख भने नेपालको लागि मध्यक्रम र फिनिसिङ ब्याटर हुन् ।

    उनले मध्यगतिको बलिङ समेत गर्छन् । १३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

  • नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

    नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो । फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

    आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ। नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप खेल्न पाउनेछन् ।

  • एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम

    एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम

    काठमाडौं । अफगानिस्तानले अगस्ट ३० देखि सुरु हुने एसिया कप २०२३ का लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकामा खेलाइनेछ। अफगानिस्तानको समूहु बी मा श्रीलंका र बं‍गलादेश छन्।

    टिम अफगानिस्तानमा हशमतुल्लाह शाहिदी (कप्तान), रहमान उल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, राशिद खान, गुलबदिन नाइब, करीम जनात, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नूर अहमद, सुलेमान साफी, फजलहक फारुकी रहेका छन् । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

    एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल अगस्ट ३० मा (९भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ।

    नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

  • सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

    चौथो नम्बरको मुद्दा सुनवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

    यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए ।

    आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ ।

  • पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

    पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

    काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार राति श्रीलंकाको कोलम्बोमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५९ रनले जितेसँगै पाकिस्तान वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

    पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा छन्। यस्तै ओपनर इमाम उल-हक वरीयताको तेस्रो स्थानमा छन्।

    विश्व वरीयताको शीर्ष स्थानमा रहेको तथा उत्कृष्ट तीन मध्ये दुई ब्याट्सम्यान रहेको पाकिस्तानसँग १५औं वरीयताको नेपालले बुधबार प्रतिस्पर्धा गर्दैछ।

  • चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

    चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

    काठमाडौं । स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो। स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्।

    महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने घोषणा गरेका थिए। रुबिआलेसले भने राजीनामा दिन अस्वीकार गरेपछि उनलाई निलम्बन गरिएको हो।

    अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्गल्यान्डलाई पराजित गरेपछि स्पेनको अग्रपङ्क्तिकी खेलाडी एर्मोसोको ओठमै महासङ्घका अध्यक्षले चुम्बन गरेका थिए। यसअघि स्पेन सरकारले ४६ वर्षीय रुबिआलेसलाई निलम्बन गर्न कानुनी कारबाही सुरु गरेको जनाएको थियो। विश्व फुटबल महासङ्घ फिफाले पनि उनीमाथि अनुशासनको कारबाही सुरु गरेको बताएको थियो।

    स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ) द्वारा बोलाइएको विशेष साधारणसभामा रुबिआलेसले राजीनामा दिने ठानिएको थियो। तर उनले आफू त्यसका लागि योग्य नभएको बताउँदै राजीनामा दिन अस्वीकार गरे। उनले आफूले चुम्बनका लागि अनुमति मागेको र जेनिफेरले ठीक छ भनेको बताएका छन्।

    ूयो एउटा स्वतःस्फूर्त चुम्बन थियो। पारस्परिक, उत्साहपूर्ण र आपसी सहमतिमा। चुरो कुरा त्यही हो। मलाई यहाँबाट निकाल्नका लागि सहमतिमा मैले चुम्बन गरेको कुरा नै पर्याप्त छ? उनले आफ्नो प्रतिरक्षा गर्दै साधारणसभामा भनेका थिए। फुटबल क्लब पाचुकाबाट खेल्ने एर्मोसले यसबारे आफ्नो सामाजिक सञ्जालमा लामो वक्तव्य जारी गरेकी छिन्।

    ूम स्पष्ट गर्न चाहन्छु लुइस रुबिआलेसले उल्लेख गरेको कुराकानी कुनै पनि कुराकानी हामीबीच भएको भएको थिएन र सबैभन्दा महत्त्वपूर्ण कुरा, न त उनको चुम्बन सहमतिमा थियो,ू उनले भनेकी छिन्। उनले रुबिआलेसको दाबी “झूटो र अतिरञ्जित भएको बताएकी छिन्। उक्त घटनाबारे उजुरी दिनुपर्ने महसुस भएको भन्दै उनले कुनै पनि काम, खेलकुद वा सामाजिक परिवेशमा यस प्रकारको असहमतिपूर्ण व्यवहारको सिकार कोही पनि नहुन् भन्ने आफूलाई लागेको बताएकी छिन्।

    मैले आफूलाई कमजोर महसुस गरेकी छु र आवेगमा आउने, लिङ्गका आधारमा विभेद गर्ने मानिसको सिकार भएको ठानेकी छु। मेरो तर्फबाट कुनै पनि सहमतिबिना उक्त कार्य भयो,ू उनले भनेकी छिन्। सरल भाषामा भन्दा मलाई सम्मानित महसुस भएन, उनले भनिन्। यसैबीच स्पेनी फुटबल महासङ्घ संस्थाका अध्यक्षविरुद्ध गरेको टिप्पणीलाई लिएर जेनीफेर एर्मेसोमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। “प्रमाण आफैँ प्रस्ट छ,” महासङ्घले भनेको छ। “सभापतिले झूटो बोलेका छैनन्।ू

    रुबिआलेसको भनाइलाई सहयोग पुग्ने गरी बोलिदिन आफूलाई निरन्तर दबाव दिइएको भन्दै महिला खेलाडी एर्मेसोले यस्तो दबाव आफ्नो परिवार, साथीहरू र फुटबल टोलीकै साथीहरूबाट पनि आफूलाई आएको उनले बताएकी छिन्। ूखेलाडीहरूले निन्दा गर्दै आएका अवस्थाहरूको लामो सूचीमा यस्तो घटना पनि थपिन्छ। यो निर्णायक घटना हो र सबैले टेलिभिजनमा प्रत्यक्ष देखेको हो,” आफ्नो टोलीका लागि लामो समयदेखि दैनिक जीवनको हिस्सा जस्तै भएका घटनाहरूबारे उनले भनिन्।

    फाइनलमा स्पेनसँग पराजित भएको लायोनेसेस भनेर चिनिने इङ्गल्यान्डको राष्ट्रिय टोलीले विज्ञप्तिमा उक्त घटना अस्वीकार्य भएको बताएको छ। आफूलाई अजेय ठान्नेहरूको व्यवहार सहेर बस्न नहुने र उत्पीडनमा संलग्नको कुरा सुनेर उनीहरूविरुद्ध कारबाही रोक्न नहुने” पनि उक्त टोलीले जनाएको छ। हामी तिम्रो साथमा छौँ, जेनी एर्मेसो। खेलाडी युनियन फुटप्रोले जारी गरेको एउटा विज्ञप्तिमा भर्खरै विश्वकप जितेको स्पेनी टोलीका सबै २३ खेलाडीसहित कैयौँ खेलाडीले हस्ताक्षर गरेका छन्।
    बीबीसी

  • नेपालले जित्यो चार देश सम्मिलत सिरिज

    नेपालले जित्यो चार देश सम्मिलत सिरिज

    काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२० सिरिज जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएल मेथडमा १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भय‍ो। त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो।

    सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ। मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

    प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ। समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

  • बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

    बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

    काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।

    उनले भने, ‘चुनाव जित्न मात्रै आएको होइन । क्रिकेटको संरचना परिवर्तन गर्नु जरुरी छ, त्यसैले आएको हो ।’ क्रिकेट संघमा आउन चाहँदा निकै सकरात्मक प्रतिक्रिया पाएपछि प्यानल बनाएरै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए । उनलाई बाग्मती प्रदेशमा संघ रहेका ६ मध्ये चार जिल्लाले समर्थन गरेका छन् ।

    उनले नुवाकोट र चितवन जिल्लासँग समन्वय गर्न खोजे पनि ती २ जिल्लासँग समन्वय हुन नसकेको बताए । ‘बागमतीका ६ जिल्लाका अध्यक्षसँग समन्वय गर्न खोजेको हो,’ उनले भने, ‘तर चितवन र नुवाकोट जिल्लाबाट प्रतिक्रिया नपाएपछि हामीले चार जिल्लाको समर्थनमा उम्मेदवारी घोषणा गरेको हो ।’

    उनले पत्रकार सम्मेलनमा अघि भने, ‘क्रिकेटको साँच्चै विकास गर्न चाहनुहुन्छ भने चितवन र मकवानपुरका अध्यक्षज्युहरुलाई पनि मिलेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

    केन्द्रको चुनावका बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले क्यानको पदाधिकारी भएर काम गर्न सबैतिरबाट सुझाव आएको बताए । तर अहिले आफ्नो अहिलेको प्राथमिकता बागमती प्रदेशको अध्यक्ष रहेको भन्दै पारसले बागमतीको चुनावपछि बाँकी ६ प्रदेशसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।

  • मलेसियासँग ६ विकेटले पराजित नेपाल फाइनलमा

    मलेसियासँग ६ विकेटले पराजित नेपाल फाइनलमा

    काठमाडौं । चार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ।

    मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

    जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।

    नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

    दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगेका हुन् । फाइनल शनिबार हुनेछ।

    फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

  • एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने

    एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने

    काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ।

    जसअनुसार साउदी अरबको नेयमार आबद्ध क्लब अल हिलाल र भारतको मुक्बई सिटी क्लब एउटै समूहमा परेका छन्।

    एएसफसी च्याम्पियन्स लिगको वेस्ट रिजन ग्रुपको ड्र अनुसार समूह ‘डी’ नेयमार आबद्ध अल हिलालसँगै भारतको मुम्बई सिटी, नाभभोर, नास्सिजी क्बल परेका छन्।

    होम एण्ड अवेमा हुने खेलमा नेयमार आबद्ध हिलाल भारतको पुणेस्थित रंगशालामा खेल्नेछ। मुम्बई सिटी एफसीसँगै अल हिलाल पनि समूह ‘डी’ मा परेपछि नेइमार भारत आउने भएका हुन् ।

    गम्भीर चोटका कारण टिमबाट बाहिर रहँदा भने उनको दक्षिण एसिया आगमन प्रभावित बन्न सक्नेछ । एएफसी च्याम्पियन्स लिग १९ सेप्टेम्बरदेखि हुँदैछ।

  • नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

    नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

    काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो।

    नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन जोडेको थियो। ८० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गमाउँदै ५५ रन मात्र बनाउन सक्यो।

    नेपालका लागि इन्दु वर्माले २३, विन्दु रावलले २० तथा काजल श्रेष्ठले १९ रन जोडिन्। ईन्दु वर्माले ३, खुसी डंगोलले २ तथा ईश्वरी विष्ट, सीता रानामगर र कविता कुँवरले एक/एक विकेट लिएका थिए।

    नेपालले आफ्नो पहिलो खेलमा मङ्गलवार हङ्कङलाई ६ विकेटले हराएको थियो ।

  • चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै

    चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । मलेसियामा जारी चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् । राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

    फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ । नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघले जनाएको छ।

  • नेपालसँग एसिया कप खेल्ने भारतीय टिम घोषणा

    नेपालसँग एसिया कप खेल्ने भारतीय टिम घोषणा

    काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले एसिया कप २०२३ खेल्ने टिम घोषणा गरेको छ। रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरिएको हो। भारतीय टिममा केयल राहुल र श्रेयस अय्यर फर्किएका छन्। सन्जु स्यामसेन भने टिममा परेनन्। उनी ब्याकअप विकेटकिपरका रुपमा मात्रै समेटिएका छन्। उपकप्तान हार्दिक पान्ड्या यथावत छन्। भारतले पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल नेपालसँग सेप्टेम्बर २ मा खेल्ने तय छ।

  • स्पेनले जित्यो महिला विश्वकपको उपाधी

    स्पेनले जित्यो महिला विश्वकपको उपाधी

    काठमाडौं । इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।


    खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् । स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् ।

    तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् । यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ । स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ ।

    यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले ११ पटक विश्वकप जितेका छन् । स्पेन महिला र पुरुष दुवै फुटबल विश्वकप जित्ने दोस्रो टोली पनि बनेबो छ । यसअघि जर्मनीको दुवै टिमले विश्वकप जितिसकेका छन् ।

  • अमेरिकामा मेसीको जादु जारी, लगातार सातौं खेलमा गरे गोल

    अमेरिकामा मेसीको जादु जारी, लगातार सातौं खेलमा गरे गोल

    न्यूयोर्क । अमेरिकामा लियोनल मेसीको जादु जारी छ । उनले लिग्स कपको फाइनलमा गोल गर्दै लगातार सात खेलमा गोल गरेका छन् । सभिल एससीविरुद्ध भइरहेको खेलको पहिलो हाफ जारी रहँदा मियामीले १–० गोलको अग्रता लिएको थियो । खेलको ५७ औं मिनेटमा सभिलले गोल फर्काएको छ ।

    कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मेस्सीले मियामीका लागि लगातार सातौँ खेलमा गोल गरेका हुन्। यसबीचमा उनले १० गोल गरेका छन्। इन्टर मियामीका लागि खेलेका हरेक खेलमा मेस्सीले गोल गरेका हुन्। मियामी पहिलो पटक कुनै पनि प्रतियोगिताको उपाधि जित्ने प्रयासमा छ।

  • सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

    सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन यकिन गर्न आदेश दिएको छ।

    पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

    गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।

  • महिला विश्वकपको फाइनल समिकरण पुरा

    महिला विश्वकपको फाइनल समिकरण पुरा

    काठमाडौं । फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ ।

    फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।