Category: खेलकुद

  • पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य

    पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् ।

    काठमाडौं जिल्लाको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

  • यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम

    यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

    एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ। नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्।

    भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ।

    नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन\तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

    नेपाली टिम
    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

  • रोनाल्डोले अस नासरबाट जिते पहिलो उपाधी

    रोनाल्डोले अस नासरबाट जिते पहिलो उपाधी

    काठमाडौं । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्। गत राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल नासरले २–१ गोल अन्तरले पराजित गरेको थियो। अल नासरको जितमा दुवै गोल रोनाल्डोले नै गरे। खेलको ७४औं र ९८औं मिनेटमा गोल गरेका हुन्।

    अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन् । खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो । तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

  • अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

    अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

    काठमाडौं । लिओनल मेसीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४–० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।

    घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई सहज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् ।

    मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् । जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे । चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।

  • महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

    महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

    नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

  • एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

    एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

    काठमाडौं । पाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई एसिया कपअघि नेपाली टोलीलाई पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा पीसीबीले नेपाललाई तयारीको अवसर दिएको हो ।

    नेपाली टोली भदौ ५ गते पाकिस्तान जाने र ९ गतेसम्म कराँचीमा प्रशिक्षणसहित केही अभ्यास खेल पनि खेल्ने बताइएको छ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

  • एएफसी कपमा मछिन्द्र एफसी विजयी, दोस्रो चरणमा प्रवेश

    एएफसी कपमा मछिन्द्र एफसी विजयी, दोस्रो चरणमा प्रवेश

    काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीलाई हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा पुगेको छ । खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो ।

    ७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो । तर त्यसको ५ मिनेटपछि नै विमल घर्ती मगरले बराबरी गोल फर्काए । एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।

    त्यसपछि १५ ‍औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे । ३९ मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मछिन्द्रले ३१ को अग्रता बनायो । ओमालाजा करिमको पासमा ओलावालेले गोल गरे र टिमलाई ३–१ को अग्रता दिलाए । ७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले १ गोल थपे पनि त्यो जितका लागि पर्याप्त भएन ।

    खेलको ८९ औं मिनेट काजोउले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा मछिन्द्रका लागि आशिष चौधरीले बायाँतर्फबाट दिएको उत्कृष्ट बल विमलले गोलमा परिणत गर्न भने सकेनन् ।

    विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकातामा खेल्ने छ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

  • मेसीको उत्कृष्ट प्रदर्शनमा मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश

    मेसीको उत्कृष्ट प्रदर्शनमा मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश

    एजेन्सी । इन्टर मायमी अमेरिकाको लिग्स कपको अन्तिम आठमा प्रवेश गरेको छ।

    अन्तिम १६ को खेलमा एफसी डालासलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै मायमी क्वार्टरफाइनलमा पुगेको हो।

    २ गोल अन्तरले पछि परेको अवस्थामा मेसीको उत्कृष्ट प्रदर्शनमा कमब्याक गर्दै मियामीले खेल बराबरीमा ल्याएको थियो।

    पेनाल्टी सुटआउटमा मायमीका लागि कप्तान लिओनल मेसी, सर्जियो बुस्केट, कम्पाना, कमल मिलर र बेन्जामिन क्रेमस्चीले गोल गरे।

    मेसीले मायमीका लागि पछिल्ला चार खेलमा ७ गोल गरिसकेका छन्। उनले पछिल्ला तीन खेलमा दुई दुई गोल गरेका छन्।

    अब मायमीले अन्तिम आठमा ह्युस्टन डाइनामो र चार्लोट एफसीबीचको विजेतासँग खेल्नेछ।

  • आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

    आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

    काठमाडौं । आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्। साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ।

    उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएको बीबीसीले लेखेको छ । नेपल्स क्याराबिनिअरी प्रहरीले भनेको छ, “उनलाई फुटबल त्यसमा पनि नापोलीप्रतिको लगावले धोका दियो।” तीन दशकभन्दा बढीको अन्तरालमा नापोलीले यो वर्ष पहिलो पल्ट इटालिअन च्याम्पिअनसीप जित्दा ती तस्बिरहरू लिइएको अधिकारीहरूले जनाएका छन्।

    “च्याम्पिअनसीपमा विजयी भएपछि, ला पोर्टाले खुसीयाली मनाउनबाट आफूलाई रोक्न सकेनन्,”प्रहरीले भनेको छ। इटलीमा फौजदारी अभियोग, कर छली र ठगी जस्ता मुद्दामा उनी फरार रहेकै अवस्थामा दोषी ठहर भइसकेका छन्। प्रहरीले उनलाई ग्रीसको कोर्फु टापुमा आफ्नो मोपेड चलाइरहेको समयमा पक्राउ गरेको थियो।

    उनी हाल थुनामा छन् र उनलाई इटलीमा सुपुर्दगी गरेर पठाउने तयारी छ। यदि सुपुर्दगी गरिएको खण्डमा उनले इटलीको जेलमा १४ वर्ष चार महिना बिताउनुपर्ने हुन्छ। ला पोर्टाका वकिलले एपी समाचार संस्थालाई भनेका छन्, “उनले ग्रीसमा नयाँ परिवार सुरु गरेका छन्।

    ूउनका नौ वर्षका छोरा छन्। उनी कूकका रूपमा काम गर्छन्। उनलाई मुटुसम्बन्धी समस्याहरू छन्। यदि सुपुर्दगी गरियो भने उनको र उनको परिवारको भविष्य अस्तव्यस्त हुनेछ।” अधिकारीहरूले ला पोर्टासम्म पुग्न निरन्तर प्रयास गरेका र नजिकबाट उनका आर्थिक र अनलाइन गतिविधिलाई नियालिरहेका थिए। उनीहरूले उनले ‘एउटा गल्ती गरुन्’ भन्ने चाहन्थे। यो वर्षको सिरी ए नापोलीले जितेको थियो । गएको मे महिनामा, ३३ वर्षपछि नापोलीले सिरी ए लिग जितेपछि ला पोर्टाले आफ्नो उत्साह रोक्न सकेनन्।

    प्रहरीले एउटा तस्बिरमा कोर्फुको एउटा रेस्टुराँबाहिर नापोलीका समर्थकमाझ उनलाई बेसबल क्याप लगाएको र उक्त टोलीको आकाशे र सेतो रङ्गको झन्डा फहराइरहेको अवस्थामा देखेका थिए। अनुसन्धानकर्ताहरूले ती व्यक्तिलाई चिने र उनलाई ग्रीससम्म पछ्याएका थिए। आफ्ना ग्रीसका सहकर्मीहरूको मद्दतले उनलाई शुक्रवार पक्राउ गरिएको थियो। यसै वर्षको ज्यानुअरीमा दशकौँदेखि फरार एक जना इटलीका माफिया समूहका सरदारलाई गुगल म्याप्समा देखिएपछि पक्राउ गरिएको थियो।

  • दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

    दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

    काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि हात पारेको छ । अर्का नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

    जगुअर्सले दिएको १३१ रनको लक्ष्य समान पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो । टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए । फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे । दीपेन्द्रले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेलेका थिए । दुबै नेपाली खेलाडीले लीगमा राम्रो प्रदर्शन गरेका छन् ।

  • महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा

    महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा

    काठमाडौं । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ। बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो।

    समूह चरणको अन्तिम दिन दक्षिण कोरिया र जर्मनीले १-१ को बराबरी खेल्दा दुवै टिम बाहिरिए। यो समूहबाट कोलम्बिया र मोरक्को अन्तिम १६ मा पुगे। अन्तिम दिन कोलम्बियामाथि मोरक्कोले १-० गोलको जित हासिल गर्‍यो। अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछन्। अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जपान र नर्वेबीच खेल हुनेछ।

    अन्तिम १६ प्रतिस्पर्धा
    स्विट्जरल्यान्ड भर्सेस स्पेन
    जापान भर्सेस नर्वे
    नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका
    स्विडेन भर्सेस अमेरिका
    इंग्ल्यान्ड भर्सेस नाइजेरिया
    अस्ट्रेलिया भर्सेस डेनमार्क
    कोलम्बिया भर्सेस जमैका
    फ्रान्स भर्सेस मोरक्को

  • स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

    स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

    काठमाडौं । स्ट्राइकर साडियो माने पनि अब साउदीमा खेल्ने भएका छन् । उनी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् । अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् ।

    मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् । सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।

    आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ । ३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए ।

    लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन । मानेले अल नासरमा अनुबन्धित भएपछि क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको र खेलको लागि धेरै पर्खन नसक्ने बताएका छन् ।

  • १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

    १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

    काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी दिए ।

    सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न बताउदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न बताए।

    उनले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रकृया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए । नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।

    कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, विमालगायतका विषयमा धारणा राखेका थिए। हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदै छ ।

  • अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

    अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

    काठमाडौं । अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियाको बान्स्कोमा पुगेको छ। टोलीमा काठमाडौं विश्वविद्यालयका कम्प्युटेशनल लिङ्गुइस्ट तथा सह–प्राध्यापक बालकृष्ण बल, ट्रिनिटी कलेजका ४ विद्यार्थी र २ पर्यवेक्षक सहभागी छन्। उक्त भाषिक ओलम्पियाड जुलाई २१(२९ सम्म सञ्चालन हुनेछ। पहिलोपल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो।

    ओलम्पियाडमा विभिन्न देशका करिब ४० टोली र २०० भन्दा बढीको सहभागिता छ। नेपालमा राष्ट्रिय भाषिक ओलम्पियाड हिमालयन कम्प्युटेशनल लिङ्गुइस्टिक ओलम्पियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ। विभिन्न सरकारी तथा गैर(सरकारी संस्थाहरूले सन् २०१७ देखि नै सञ्चालन गर्न सहयोग पुर्‍याइरहेका छन्। अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाड सन् २००३ देखि सुरू भएको हो।

    यस ओलम्पियाडमा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूका बीच पजल तथा भाषिक प्याटर्नहरूका समाधान खोज्ने प्रतिस्पर्धा गराइन्छ। प्रतिस्पर्धा दुवै व्यक्तिगत तथा समूहगत प्रकृतिका हुन्छन् र संसारमा बोलिने जुनसुकै भाषाको व्याकरण, शब्द विन्यास आदिसँग जोडिएको हुन्छ। यद्यपि सोधिने प्रश्नका समाधान निकाल्न कुनै पनि खास भाषाको ज्ञान हुन जरूरी भने हुँदैन।

    दोस्रो पटक मात्र अन्तर्राष्ट्रिय स्तरको यस्तो ओलम्पियाडमा भाग लिइरहेको नेपालले पनि राम्रो नतिजा ल्याउने प्रशस्त सम्भावना देखिन्छ। यसका लागि उपयुक्त तालिमको वातावरण र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको भने अत्यन्त खाँचो छ।

  • फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने

    फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने

    काठमाडौं । फिफा विश्वकप२०२६ को प्रारम्भिक छनोट चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । एसिया कप–२०२७ को पनि छनोट रहेको यो खेलको ‘ड्र’ बिहीबार निकालिएको हो । नेपाल र लाओसबीच छनोटको पहिलो लेग अक्टोबर १२ मा हुनेछ भने दोस्रो लेग त्यही महिनाको १७ मा हुनेछ ।

    नेपालसँगै प्रारम्भिक चरणमा २० टिम रहेका छन् । ‘ड्र’ अनुसार अन्य खेलमा अफगानिस्तानले मंगोलिया, माल्दिभ्सले बंगलादेश, सिंगापुरले ग्वाम, यमनले श्रीलंका, म्यानमारले मकाउ, कम्बोडियाले पाकिस्तान, चिनियाँ ताइपेईले टिमोर लिस्टे, इन्डोनेसियाले ब्रुनाई तथा हङकङले भुटानको सामना गर्नेछ ।

  • भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    काठमाडौं । भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

    पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे। अर्का ओपनर साइ सुदर्शन २९ रनमा आउट भए। कप्तान यश धुल ३९ रनमा पभिलियन फर्के।

    बलिङमा पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए। अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले २–२ विकेट लिए। त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३५२ रन जोड्यो। पाकिस्तानका लागि तयब तहिरले शतक प्रहार गरे। उनले ७१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन जोडे। ओपनरद्वय सइम अयुबले ५९ रन र सहिबजाडा फरहानले ६५ रनको योगदान दिए।

    बलिङमा भारतका रविबद्धन र रियान परागले २\२ विकेट लिए। यसअघि समूह चरणमा भारतले पाकिस्तानमाथि जित निकालेको थियो। समूह ‘ए’ मा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो। नेपालले भारत र पाकिस्तान दुवै टिमसँग पराजय भोगेको थियो।

  • इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

    इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् । फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ । पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

    आठ टोली सहभागी प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै बाहिरीएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई हराएको थियो ।

  • महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित

    महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित

    काठमाडौं । साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो । अमेरिकाको जितमा अमेरिकाका लागि सोफियो स्मिथले १४औँ र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरिन् ।

    लिन्ड्सले होरानले ७७औँ मिनेटमा एक गोल थपिन् । यसअघि अमेरिकाकी एलेक्स मोर्गन ४४औँ मिनेटमा पेनाल्टीमा चुकेकी थिइन् । खेलभर अमेरिकाको दबाब झेलेको भियतनामको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै अमेरिकाले समूहमा तीन अङ्क बनाएको छ । भियतनामले हारबाट विश्वकपको सुरुवात गरेको छ ।

    जापानको जितमा हानाता मायाजावाको दुई गरिन् । मिना तानाका, जुन एन्डो र रिको उकेईले एक एक गोल थपे । जितसँगै जापानले तीन अङ्क बनाएको छ । यस समूहमा स्पेन पनि समान तीन अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

  • अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल

    अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल

    काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीको डेब्यु खेलमै उत्कृष्ट गोल गरेका छन् । उनको निर्णायक गोलको मद्दतमा क्लव विजयी भएको छ । गतसाता मात्र मियामीमा अनुबन्ध भएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध गोल गर्दै मियामीमा सुखद डेब्यु गरेका हुन् । लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो ।

    प्रतिस्पर्धात्मक खेलमा मियामीले ४४औं मिनेटमा सुरुवाती गोल गरेको थियो । रोबर्ट टेलरले गोल गरे । त्यसपछि ५४औं मिनेटमा क्रुज अजुलका रिएल अन्तुनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अन्तिममा बराबरीमा धकेलिएको खेलको इन्जुरी समयमा मेस्सीले करिव २५ यार्ड टाढाबाट फ्रिकिकमा दर्शनिय गोल गर्दै टोलीलाई जित दिलाए ।

    ३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्दैछन् । उनले यसअघि दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताए । मेस्सीले त्यसअघि २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा खेलेका थिए । मेस्सीले मियामीमा सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

  • बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

    बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

    काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।
    गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

  • महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए

    महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए

    काठमाडौं । न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

    स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो । घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताएका छन् ।

  • भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको सान्त्वना जित

    भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको सान्त्वना जित

    काठमाडौं । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।

    यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भुर्तेलले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

    यसअघि पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।

    यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे । इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।

    यूएईका मोहम्मद फराजुदिनले सर्वाधिक ५ तथा मुहम्मद जवादुल्लाहले १ विकेट हात पारे ।

    नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।

  • सान्त्वना जितको खोजीमा नेपाल र यूएई

    सान्त्वना जितको खोजीमा नेपाल र यूएई

    काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ । समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा हुनेछन् ।

    नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ । नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

    आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

  • एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : इण्डिया ‘ए’सँग निरिह नेपाल

    एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : इण्डिया ‘ए’सँग निरिह नेपाल

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले २९.५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो ।


    भारतलाई जिताउन अभिषेश शर्माले ८७ रन बनाए । साइ सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नट आउट रहे । यसअघि कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गरेको नेपालको इनिङ्स कप्तान रोहित र गुल्सनसँगै सोमपाल कामीले सम्हाले ।

    रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे । १० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले दुई अर्धशतकीय साझेदारी गरे । रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । अघिल्लो खेलमा पाकिस्तानए विरुद्ध अर्धशतक बनाएका सोमपालले १४ रन बनाएर आउट भए ।

    त्यसपछि रोहित र गुल्सनले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । तर रोहित र गुल्सन लगातार आउट भएपछि नेपालको रन गतिमा ब्रेक लाग्यो । दुवैलाई भारत ए का निशान्त सिन्धुले आउट गरे । कप्तान रोहितले ८५ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए र ३३औं ओभरमा आउट भए । उनलाई निशान्तले विकेटकिपर ध्रुव जुरेलबाट क्याचआउट गराए ।

    भारत ए का लागि निशान्त सिन्धुले ४, राजवर्धन हाङ्गरगेकरले ३ तथा तथा हर्सित रानाले २ विकेट लिए । मानव सुथारले १ विकेट लिए । लगातार दुई हारपछि नेपाल इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।

    समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको हो । साविक विजेता पाकिस्तान ए र भारत ए लगातार दुई खेल जित्दै समूह बी बाट सेमिफाइनल पुगेका छन् । लगातार दुई खेल हारेको अर्को टोली युएई ए सँग नेपालले समूहको अन्तिम खेल आउने बुधबार खेल्नेछ ।

  • एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै

    एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै

    काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।


    उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ । इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए ।

    भारत ए को कप्तानी यू-१९ विश्वकप विजेता कप्तान यस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ । नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

  • अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

    काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् ।

    ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

    मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

    मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’

    इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।

    यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् ।

    बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।

    मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

  • पाकिस्तानविरुद्ध सोमपालको शाहसिक प्रदर्शन

    पाकिस्तानविरुद्ध सोमपालको शाहसिक प्रदर्शन

    काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । यद्दपी सोमपाल कामीले भने शाहसिक प्रदर्शन गरे । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टायो ।

    पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । ६७ बल सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै ओमार बिन युसुफले ३६ रन बनाउँदा कमरन गुलामले ३१ रन बनाए । सायम आयुबले २४ रन जोडे । नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।

    यसअघि टस जितेर श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।
    १० ओभरमै ४३–६ को स्थितिमा रहेको नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले अर्धशतक पारी खेलेपछि नेपालको स्कोर बढेको हो ।
    ७२–८ को अवस्थाबाट सोमपाले नेपालको ब्याटिङ सम्हालेका थिए । उनले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए ।

    नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन मात्र बनाएर आउट भए । त्यस्तै आरिफ शेखले १२ रन बनाउँदा अर्जुन साउदले १७ रन बनाए । कप्तान रोहित पौडेल पनि सस्तैमा आउट भए । ४ बल सामना गरेका उनी ४ रनमै आउट भए । भीम सार्की रनको खाता नखोली पेभेलियन फर्किए । पवन सर्राफ पनि १ रनमै आउट भए ।

    प्रतिश जीसी र सोमपाल कामीको ५८ रनको साझेदारीपछि नेपालको स्कोर उकासिएको हो । प्रतिशले २६ रन बनाए । नेपालका लागि आसिफ शेख र कुशल मल्लले १७र१७ रन बनाए । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको थियो ।


    पाकिस्तान ए का लागि साहनवाज दहनीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए । यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आएको छ ।

  • एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल

    एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान ‘ए’बीच आज प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् ।

    पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरु छन् । कप्तान हरिसले पाकिस्तानका लागि ५ ओडिआई र ९ टी–२०आई खेलिसकेका छन् । अनुभवी पाकिस्तान विरुद्ध नेपालले आफ्नो परीक्षण गर्नेछ । इमर्जिङ कपको साविक विजेता पाकिस्तान ‘ए’ पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।

    २०१९ मा उपाधि जित्दाका अमद बट र ओमाइर युसुफ अहिले पनि पाकिस्तान ‘ए’ मा छन् । यस्तै सिनियर टिमबाट खेलिसकेका कमरान घुलाम, मोहमम्द वासिम जुनियर, सइम अयुब, शाहनावज दाहनी र तय्याब ताहिर पनि पाकिस्तान ए टिममा छन् ।

    प्रतियोगिता खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानको टोलीमा अनुभवी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । श्रीलंका पुगेपछि रोहितले नेपाली खेलाडीका लागि यो प्रतियोगितामा राम्रो अवसर भएको भन्दै हरेक खेल खेल्दा जितको मानसिकतासहित खेल्ने पनि बताएका छन् ।

  • आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने

    आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन् ।

    ‘यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो। म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले भनेका छन् । पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।

    उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं । अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ र टी२० विश्वकप र यू–१९ विश्वकपमा पनि उस्तै हुनेछ ।’

  • नेपाल र बंगलादेशले बराबरी खेले

    नेपाल र बंगलादेशले बराबरी खेले

    काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो ।

    इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो । साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।