Category: खेलकुद

  • सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

    सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । गत राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।

    सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । यो लिग आउने जुलाइ २० तारिखदेखि सुरु हुनेछ । ग्लोबल टी–२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण भएयता यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

  • साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

    साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

    नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् । घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

    केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन्

  • एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

    एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ए टोली खेल्दैछन् । खेल हङकङको मङकङ क्रिकेट मैदानमा बिहान पौने ७ बजे सुरु हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

    नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ए टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । दोस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली छ । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

  • अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

    अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

    एजेन्सी । आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

    जितको लागि ४ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो ।

    भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । कोहली स्कट बोलान्डको बलमा पाँचौं दिन सुरुवातमै आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो ।

    अजिन्क्या रहाणेले ४६ र राेहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बाेल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

    यसअघि अष्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अष्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।

    याे हारसँगै भारत फेरि उपविजेता भएकाे छ । यसअघि सन् २०२१ मा भएको पहिलाे संस्करणकाे फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

    पछिल्ला एक दशकयता भारतले आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।

    भारतले आइसिसी प्रतियोगिता उपाधि पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । भारतले २०१३ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि जितेको थियो ।

    भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको फाइनलमा २०२१ मा इंग्ल्यान्डको साउथह्याप्टनमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

  • म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

    म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

    काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

    घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जित्ने पहिलो इंग्लिस टिम सिटीकै छिमेकी म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९९ मा यो सफलता पाएको थियो । जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि यो सफलता पाएका छन् । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो उपाधि विशेष छ । सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्‍यो ।

    शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन् । सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।

  • च्याम्पियन्स लिगको फाइनल आज

    च्याम्पियन्स लिगको फाइनल आज

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ । सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

    सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गर्नेछ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

  • साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

    साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । साफ च्याम्पियनसिपमा सहभागी हुने नेपालको अन्तिम २३ सदस्यीय टोली घोषणा गरिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    प्रतियोगितामा नेपाल, कुवेत, भारत र पाकिस्तानको टोली रहेका छन्। जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    नेपालको अन्तिम टोली

    गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

    डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)

    मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), लकेन लिम्बु ९थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)

    फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अञ्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनीष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब)

  • नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

    नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

    काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ ।

    नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

    असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

  • साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

    साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

    काठमाडौं । समकालिन फूटबलका महान फूटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने निश्चित भएको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् ।


    उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ । सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् । उनले अर्को सिजन पनि युरोपमै खेल्न चाहेका थिए । तर युरोपेली क्लबबाट सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल–हिलाल मध्ये एक रोज्नु पर्ने बाध्यता थियो ।

    साउदी अरबका लिगमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले पाएको भन्दा बढी रकम उनले पाउन सक्थे । तर त्यो छाडेर मेसी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा परे । मियामीको जीवन शैली, विश्वकै ठूला ब्राण्ड एडिडास र एप्पलसँगको सम्झौता लगायतका कारणले उनी अमेरिकामा लोभिएको हुन सक्ने बिबिसीले जनाएको छ ।

    २१ वर्षसम्म खेलेको बार्सिलोना त्यागेर उनी सन् २०२१ मा पिएसजी पुगेका थिए । उनी रहँदा दुवै सिजन पिएसजीले फ्रेञ्च लिग जितेको थियो । तर यसपालि च्याम्पियन्स लिगमा पिएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

  • ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

    ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

    काठमाडौं । चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो ।

    दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग निरश गोलरहित बराबरी खेल्यो । दुवै टिमले गोलका लागि प्रयास गरेनन् र स्पष्ट गोलको अवसर सिर्जना गर्न सकेनन् । लिग उपाधि जित्नका लागि उसलाई थ्रीस्टारविरुद्धको खेलमा एकै अंकमात्र आवश्यक थियो । यो नतिजापछि ४५ अंक भयो ।


    दोस्रो स्थानमा रहेको मछिन्द्रको ३९ अंक छ र उसका दुई खेल बाँकी छन् । यी दुवै खेलमा मछिन्द्र विजयी रहे पनि उसको ४५ अंक हुनेछ र चर्च ब्वाइजसँग बराबरी गर्नेछ । हेड टु हेडको आधारमा चर्च ब्वाइज शीर्षमा रहनेछ । यी दुई टिमको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेलमा चर्च ब्वाइज २–१ ले विजयी रहेको थियो ।

    यससँगै दुई पल्टको डिफेन्डिङ मछिन्द्र उपाधि रक्षा गर्न असफल रह्यो । चर्च ब्वाइजले भने क्लब स्थापनाको १४ वर्षपछि नेपाली फुटबलको माथिल्लो डिभिजनको उपाधि जितेको हो । चर्च ब्वाइजले वर्ष ०७७ सी डिभिजनको छनोट पार गरेको थियो । त्यही वर्ष उसले सी डिभिजन पनि जित्यो ।

    वर्ष ०७८ मा चर्च ब्वाइजले बी डिभिजन जित्न सफल रह्यो । मनाङ मर्स्याङ्दीपछि चर्च ब्वाइजले सी देखि ए डिभिजन जित्ने पहिलो टिम भएको छ । मनाङले यसअघि ०४३ मा पहिलो पल्ट लिग जित्न अगाडि डी देखि बी डिभिजन लगातार जितेको थियो । बराबरीले तीन पल्टको च्याम्पियन थ्रीस्टार भने २९ अंक भएको छ र उसमाथि रेलिगेसन दबाब कायम रहनेछ ।

  • नेपालले जित्यो मलेसियाविरुद्धको टी-२० सिरिज

    नेपालले जित्यो मलेसियाविरुद्धको टी-२० सिरिज

    काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।

    निर्णायक खेलमा मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सीता राना मगरले ३७ बलमा सर्वाधिक ३४ रन बनाइन् ।

    यस्तै, कप्तान रुबिना क्षेत्री बेल्बासेले २३ रनको योगदान दिइन् । अप्सरी बेगम १५ र ज्योति पाण्डे १३ रनमा अविजित रहे । मलेसियाका लागि ऐना हामिजाह हाशिमले सर्वाधिक २ विकेट लिए ।

  • निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

    निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।
    आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ ।

    हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।

  • मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

    मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

    काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले पराजित भयो । घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन् ।

    पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए ।


    ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गरे । अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो । कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं लस्थानमा रहेर लिग सकाएको छ ।

  • नेपालको लगातार जित, मलेसिया २७ रनले पराजित

    नेपालको लगातार जित, मलेसिया २७ रनले पराजित

    काठमाडौं । टी–२० शृंखलाको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियालाई २७ रनले पराजित गरेको छ । मलेसियालाई हराएसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।
    टस हारेर पहिला ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रनको लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनायो ।

    नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २७ रनको इनिङ खेलिन् । ज्योती पाण्डेले २३ रन योगदान गर्दा, सिता राना मगरले २१ रन र इन्दु वर्माले २० रन जोडे ।

    मलेसियाको बलिङमा निक नुरले २ विकेट लिँदा ऐस्या इलेसा र विनीफर्डले समान एक विकेट लिए । मलेसियाको ब्याटिङमा माहिराले सर्वाधिक ४४ रन योगदान गर्दा विनीफर्डले २० रन जोडिन् । त्योबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

  • साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

    साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

    काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    टोलीमा गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, परेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमन्त थापा , अन्जल महर्जन परेका छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ छन् ।
    फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पे जंग कार्की र दिनेश हेञ्जन रहेका छन् ।

  • इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

    इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो ।

    चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे ।

    गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एकएक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

  • काभा महिला भलिबलको उपाधी भारतलाई

    काभा महिला भलिबलको उपाधी भारतलाई

    काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो । भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ ।

    भारत उज्बेकिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो भने काजकिस्तान नेपाललाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् ।

    प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको हो । प्रतियोगितामा सहभागी देशलाई दुई वटा समूहमा विभाजन गरिएको थियो । समूह ए मा नेपाल, भारत, किर्गिस्तान र बङ्गलादेश रहेका थिए भने समूह बी मा माल्दिभ्स, श्रीलङ्का, उज्बेकिस्तान र काजकिस्तान थिए ।

  • काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो।

    डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

    यसअघि सेमिफाइनलमा नेपाल काजकिस्तानसँग पराजित भएको थियो। अब उपाधिका लागि आज साँझ भारत र काजखस्तान प्रतिस्पर्धा गर्नेछन्।

    भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो । समूह चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

    नेपाल सेमिफाइनलमा ३-२ को सेटमा काजकिस्तानसँग पराजित हुँदै उपाधि होड बाट बाहिरिएको थियो । भने, उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

  • काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै

    काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

    डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् । फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ । भारतले सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो भने कजाखस्तानले घरेलु टोली नेपालविरुद्धको प्रतिस्पर्धात्मक खेल ३(२ ले जितेर फाइनलमा पुगेको हो ।

    समूह चरणमा दुवै टोलीले समान तीन खेल जितेका थिए । यसअघि २०१९ र २०२१ मा भएको सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको घरेलु टोली नेपालले भने तेस्रो स्थानको लागि आजै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

    सेमिफाइनलमा पराजित भएपछि उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरो रहेको नेपाल उज्वकिस्तानलाई हराउँदै तेस्रो हुने लक्ष्यमा छ । पछिल्लो पटक २०२१ मा बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

  • मुम्बईलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा

    मुम्बईलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपिएलको फाइनलमा पुगेको छ । आईपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शतक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
    पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो।

    उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए। तिलब बर्माले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ४३ रन बनाउँदा क्यामरून ग्रिनले ३० रन जोडे। अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्। खराब सुरूआत गरेको मुम्बईको इनिङ्सले पहिलो ओभरमा नै नेहल वडेरा मात्र चार रन बनाएर आउट भए। तेस्रो ओभरमा कप्तान रोहित शर्मा पनि व्यक्तिगत ८ रनमा आउट भए । यसपछि मैदानमा आएका तिलक वर्माले १४ बल खेल्दै ५ चौका र ३ छक्कासहित ४३ रन बनाएर पावरप्लेको अन्तिम बलमा राशिद खानबाट बोल्ड भए।

    तिलक वर्माले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारीसमेत गरेका थिए। यसपछि क्यामरून ग्रीनले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग अर्धशतकीय साझेदारी गर्दै जितको आशा जिवितै राखे। क्यामरुन ग्रीनले २० बलमा ३० रनको इनिङ खेले। यस्तै, खेलको १५ औं ओभरमा आउट हुनुअघि सूर्यकुमार यादवले ३८ बलमा ६१ रनको इनिङ खेले।

    मुम्बई इन्डियन्सको टोली १८.२ ओभरमा १७१ रनमा अल आउट हुँदै सातौं पटक फाइनल खेल्ने मौका गुमायो। मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेर प्रतियोगिताकै सर्वाधिक सफल टोली भएको छ। गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।

    यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले शुभमन गिलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो। यो आईपिएलको प्लेअफ खेलमा बनाएको सबैभन्दा ठूलो लक्ष्यको कीर्तिमानसमेत हो। शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको बलियो इनिङ खेले।

    साही शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे। ऋदिमान साह १८ रनमा आउट भएका थिए। मुम्बईका आकाश माडवाल र पियुल चावलाले १–१ विकेट लिए। योसँगै गुजरात टाइटन्सको टोली लगातार दोस्रो वर्ष आईपिएलको फाइनलमा पुगेको छ। अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

  • काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

    काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

    काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो ।

    पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालको पुनरागमन लोभलाग्दो रह्यो । क्रमशस् २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन थियो । चौथो सेटमा नेपालको लय बिग्रियो ।

    सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।


    सेन्ट्रल एसियन भलिबल संघले यस संस्करणमा क्याटागोरी ए र बी टिमलाई एकसाथ गाभेर पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको हो । नेपालले क्याटागोरी बी का टिमहरु सम्मिलित प्रतियोगिताको उपाधि यसअघि दुईपल्ट जितेको थियो ।

    काजाकस्तान र भारत काभामा क्याटागोरी ए का टिमहरु हुन् । एसियाली वरीयतामा काजाकस्तान पाँचौं र भारत आठौं स्थानमा छन् । यी दुईले यो प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

  • काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

    काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

    जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको काजखस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस क्रममा काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

    यता घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

    एसियालीदेखि विश्वस्तरसम्म नै खेल्दै आएको काजखस्तान यस प्रतियोगिताको उपाधिको ठूलो दाबेदारको रुपमा छ । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजखस्तान ठूलो परीक्षाको रुपमा हुनेछ । बलियो टोली भएपनि यस पटक काजखस्तानको टिममा युवा खेलाडीहरुको बाहुल्य छ । एक जना खेलाडी मात्र ३० वर्षका छन् भने बाँकी सबै सन् २००० भन्दा यता जन्मेका खेलाडीहरु छन् ।

    नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजखस्तानलाई पराजित गर्नुपर्नेछ । काजखस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ । नेपाली टिममा कप्तान अरुणा शाही र सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । प्रशिक्षण दौरान चोट लागेपछि सरस्वतीले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेलिनन् ।

    बंगलादेश र भारतविरुद्ध खेलेकी उनले भारतविरुद्ध राम्रो प्रदर्शन गरेकी थिइन् । यस्तै स्पाइकरमा उषा भण्डारी र निरुता ठगुन्नाले पनि भारतविरुद्ध राम्रो खेलेका थिए । ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा समावेश गरेको नेपालले काभा च्यालेन्स कपअघि आन्तरिक तयारी बाहेक कुनै अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।

  • आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

    आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

    काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गतराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १–१ विकेट लिए । लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे ।

    लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए । दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

  • काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

    काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ ।

    नेपालले महिला भलिबलमा अहिलेसम्म भारतलाई हराएको छैन । सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागको फाइनलमा नेपाल भारत विरुद्ध जित नजिक पुगेर पनि चुकेको थियो । नेपालले भारतलाई दुई सेटमा हराए पनि निर्णायक सेटमा चुक्दा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । यस पटक घरेलु कोर्टमा नेपाल सामु भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने अवसर समेत छ ।

    नेपालले पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन वुमन्स सेन्ट्रल जोन च्यालेन्ज कप खेलेको थियो । जहाँ नेपालले श्रीलंका र उज्वेकिस्तान जस्तो टिमसँग खेलेको थियो र उज्वेकिस्तानलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

  • चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा अलआउट भयो।

    गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ रन र शुभमन गिल ४२ रनमा आउट भए। दुवैले चेन्नईका दीपक चाहरले आउट गरे। कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के। १९औं ओभरको तेस्रो बलमा रासिद खान ३० रन बनाएर नवौं विकेटको रुपमा आउट भएपछि गुजरातको आसा सकिएको थियो। बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २(२ विकेट लिए। त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो।

    चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन जोडे। रविन्द्र जोडेजाले २२ रन जोड्दा अन्जिका राहाणे र अम्बाती रायडु १७–१७ रन जोडेर आउट भए। बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले दुई दुई विकेट लिए।
    अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ। दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन्।

  • काभा महिला भलिबल: नेपाल एक खेलअगावै सेमिफाइनलमा

    काभा महिला भलिबल: नेपाल एक खेलअगावै सेमिफाइनलमा

    काठमाडौं । बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको छ ।

    राखेप)को कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-८ र २५-९ ले हराउँदै लगातार दुई जित निकाल्यो ।

    नेपालले बंगलादेशलाई हराएसँगै भारतपनि एक खेल अगावै सेमिफाइनल पुगेको छ । समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागे पनि भोलि (बुधबार) हुने नेपाल र भारतबीचको खेलले मात्र समूह विजेता र उपविजेताको छिनोफानो हुने छ ।

    नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ ।

  • विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा, पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने

    विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा, पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने

    काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप छनोटको समूह ‘ए’ मा परेको छ।

    आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

    प्रतियोगिताको पहिलो खेलमा वेस्टइण्डिज र अमेरिका जुन १८ मा भिड्नेछन्। नेपालले भने जुन २४ मा नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

    यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

    छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स खेलाइनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

    सुपर सिक्समा ६ टिमले एकआपसमा प्रतिस्पर्धा गर्नेछन्। सोही प्रतिस्पर्धाबाटै शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

  • विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि २२ सदस्यीय टोली घोषणा

    विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि २२ सदस्यीय टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले २०२३ को आइसिसी किक्रेट विश्वकप छनोट खेल्नका लागि २२ सदस्यीय टिम घोषणा गरेको छ।

    जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि क्यानले उनीहरुलाई बन्द प्रशिक्षणका लागि समावेश गरेको हो।

    प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल र अविनाश बोहरा रहेका छन् ।

    छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।

    गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको हो ।

  • गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

    गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरलाले भारतीय महिला फुटबल लिगको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा किकस्टार्टलाई ५–० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बनेको हो।

    गोलकुलको जितमा साम्बाले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरिन्। सन्धियाले २२ र ५२ मिनेटमा गरी दुई गोल गरिन्। त्यसअघि इन्दुमतिले ३७ मिनेटमा पेनाल्टीमा अर्को गोल गरेकी थिइन्। ८० मिनेटमा रोजा देवीले गोल गरेपछि गोकुलम उपाधितर्फ अघि बढेको थियो। साम्बाले प्रतियोगिताभरमा २९ गोल गर्न सफल भइन्। उनले भारतको महिला लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाइन्।

    यो सिजन साम्बाले पाँच ह्याट्रिक समेत गरिन्। उनी तीन खेलमा प्लेयर अफ दि म्याच समेत भइन्। फाइनलमा पुगेको अर्को टिम किकस्टार्टबाट नेपालका सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए। यो सिजनको लिगमा साम्बा, सरु, रेनुकासँगै नेपालबाट अनिता बस्नेत (लर्ड्स), एन्जिला तुम्बापो सुब्बा (सेथु) र रेखा पौडेल (स्पोर्ट्स ओडिसा) गरी ६ महिला फुटबलरले खेल्ने मौका पाए। गोलकिपर एन्जिलाले लिगमा सर्वाधिक ६ क्लिनसिट राखिन् भने सरु लिम्बुले सात गोल गर्न सफल भइन्।

  • कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने

    कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने

    काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ ।

    शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए ।

    चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि बताए ।