Category: खेलकुद

  • रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४–० ले पराजित गर्दै समग्रमा ५(१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

    सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १(१ को बराबरी खेलेको थियो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।

    सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे । सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दा रियलविरुद्ध प्रभावशाली जित हात पारेको हो ।

  • साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एकै समूहमा

    साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एकै समूहमा

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिकगरेको छ ।

    आयोजक भारतसमेत रहेको समूह ‘ए’ मा नेपाल परेको हो । भारत र नेपालसँगै यो समूहमा कुवेत र पाकिस्तान परेका छन् ।

    माल्दिभ्समा भएको गत संस्करणको भारत विजेता टोली हो भने नेपाल उपविजेता टोली हो । फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको थियो ।

    समूह ‘बी’ मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान परेका छन् । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलोरमा हुनेछ ।

    १४ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मा पाएको बंगलादेश नसक्ने भएपछि भारतमा हुन लागेको हो ।

  • आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने

    आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने

    काठमाडौं । नेपालले आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने निश्चित भएको छ । २०२४ को टी–२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने गरी तय भएको छ । २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    क्यानलाई इमेल गर्दै टी–२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको क्यानको भनाई छ । टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुनेछ । एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

    बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् । एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुने छन् ।

  • समूह बिजेता बन्दै नेपाल सेमिफाइनमा

    समूह बिजेता बन्दै नेपाल सेमिफाइनमा

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

    नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।

    त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए।

    जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो।

    अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

  • एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, बहराइन बाहिरियो

    एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, बहराइन बाहिरियो

    काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध आठ विकेटको सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा दुई विकेट गुमाएर भेटायो ।

    यूएईका वृत्य अरविन्दले नटआउट ६२ र राेहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयाे । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।

    यूएईका आयन अफजल खानले ४ विकेट लिँदा राेहन मुस्तफा र कार्तिक मय्यप्पनले २/२ विकेट लिए ।

    यूएईसँगको हारले भने बहराइन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । जितसँगै यूएई सेमिफाइनलमा प्रवेश गरे पनि समूह ‘बी’ विजेता र उपविजेताको टुंगो भने लागिसकेको छैन ।

    भोलि (बिहीबार) हुने हङकङ र कुवेतबीचको खेलपछि यो समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

  • पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक, को-को परे ?

    पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक, को-को परे ?

    काठमाडौं । ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन बुधबार सार्वजनिक गरिएको छ ।

    उपलब्धिको आधारमा चार विधाको मनोनयनमा पर्न सफल भएका तीन–तीन खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको हो ।

    वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का छन् । महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा पर्न सफल भएका छन् ।

    वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चले जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

    उदियमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा परेका छन् ।

    प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् ।

  • नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

    नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ। खेल रद्द भएसँगै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

    तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ।

    चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।

    नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।

  • एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै

    एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरब र नेपाल भिड्दै छन् । नेपालको नजर सेमिफाइनलमा छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।

    नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ । नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

    तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ । नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटकमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।

  • एमबाप्पे चम्किएको खेलमा पीएसजी विजयी

    एमबाप्पे चम्किएको खेलमा पीएसजी विजयी

    काठमाडौं । केलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एन्गर्सलाई पराजित गरेको छ। लिग वान अन्तर्गत गएराती भएको खेलमा लिग लिडर पिएसजीले अंक तालिकाको पुछारमा रहेका एन्गर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा दुबै गोल फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गरेका हुन्।

    उनले खेलको नवौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए। लगत्तै २६ औं मिनेटमा थप एक गोल गर्दै पहिलो हाफअघि नै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अन्त्यतिर एन्गर्सले सान्त्वना गोल फर्काएको थियो।

    एन्गर्सका लागि ८७ औं मिनेटमा सादा थिओबले गोल गरेपनि एन्गर्सको हार टरेन। जितसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको पिएसजीले ३२ खेलबाट ७५ अंक बनाएको छ। ३१ खेल खेलको मर्सेली ६४ अंकसहित दोस्रो स्थानमा छ।

  • नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान

    नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको छ ।

    ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो। नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। हो ।

    नेपालले ओमानलाई जितका लागि ३१० रनको लक्ष्य दिएको थियो । तर, ओमानले लक्ष्य भेटाउन सकेन । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन्।

    आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे।

    यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

    नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् ।

  • एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान

    एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान

    काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् ।

    सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

    सन्दीपले ओमानविरुद्ध एक विकेट लिएसँगै ४२ खेलमा १०० विकेट लिएका छन् । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

    यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

    यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट पुर्‍याएका थिए।

  • ओमानलाई नेपालले दियो ३११ रनको  लक्ष्य,कुशलको कीर्तिमानी शतक

    ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य,कुशलको कीर्तिमानी शतक

    काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो।

    नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।

    खराव सुरूवात गर्दै शून्य रनमा दुबै ओपनर गुमाएको नेपालको इनिङ उकास्न कुशल मल्लले १०८ रन सोमपाल कामीले ६३,भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले २८, कप्तान रोहित पौडेलले २३ रन बनाए ।

    नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक

    काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका अलराउन्डर कुशल मल्लले पहिलो शतक प्रहार गरेका छन् ।

    एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि अलराउन्डर कुशल मल्लले ५९ बलमा नौ चौका र नौ छक्कासहित १०० रन पूरा गरे ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो शतक हो । कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने ।

    यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

  • एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

    एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् ।

    नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ । एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना छ । नेपाल र ओमान दुवै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त टोली हुन् । यस प्रतियोगितामा नेपाल र ओमानबीचको खेल ओडिआई मान्यता पाउनेछ, जुन नेपालको ५०औं ओडिआई खेल हुनेछ ।

    नेपालले अहिलेसम्म क्रिकेट विश्वकप लिग टु मा ३६ खेल खेल्दा नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीसँग सिरिजमा १२ खेल खेलेको छ । यस्तै एसिया कप छनोटमै यसअघि युएईसँग एक ओडिआई खेलेको छ ।

    नेपालका सन्दीप लामिछाने ओडिआईमा सबैभन्दा छिटो एक सय विकेट लिनबाट १ खेल मात्र टाढा छन् । उनले ओमान विरुद्ध १ विकेट लिए सबैभन्दा छिटो एक सय ओडिआई विकेट लिने कीर्तिमान बनाउनेछन् । आजै मूलपानी मैदानमा समूह ‘बी’ अन्तर्गत युएई र हङकङबीच खेल हुनेछ ।

  • च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

    च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

    काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उता, दुई इटालियन क्लव एसी मिलान र इन्टर मिलानले समेत सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो । पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो ।

    सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ । बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्न असफल भएका थिए । यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् । बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।

    उता, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् । इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो । यसअघि एसी मिलानले नापोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इन्टरले दोस्रो लेगमा वेनफिकासँग ३–३ को बराबरी खेलेको थियो ।

    तर अवे मैदानमा पहिलो लेगमा वेनफिकालाई २–० ले पराजित गरेको इन्टर समग्रमा ५–३ ले विजयी भएको हो । रोमाञ्चक खेलमा इन्टरले दुई पटक अग्रता लिएको थियो तर वेनफिकाले खेल बराबरी ग¥यो । निकोलो बरेलाले १४औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर फ्रेड्रेरिक असनसनेले ३८औं मिनेटमा वेनफिकाका लागि बराबरी गोल गरे ।

    त्यसपछि लाउटारो मार्टिनजले ६५औं र जाओक्विन कोरेअले ७८औं मिनेटमा गोल गर्दा इन्टरले ३–१ को अग्रता बनायो । तर एन्टोनिओ शिल्भाले ८६औं र पिटर मुसाले इन्जुरी टाइममा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो । अब सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९ र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछन् ।

  • एसीसी प्रिमियर कप:  नेपालले मलेसियालाई हरायो

    एसीसी प्रिमियर कप: नेपालले मलेसियालाई हरायो

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ।

    प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

    मलेसियाले दिएको २ सय ३६ रनको चुनौती नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ।

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा नटआउट रहे। कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेख एक रनमा आउट भएका थिए। दीपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे।

    यसअघि टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

  • एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

    एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

    काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो ।

    मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे । २२–१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।

    यस्तै, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए ।

    नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए । ललित राजवंशीले दुई र गुल्सन झा एक विकेट लिए ।

  • एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

    एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
    मूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।

    झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ । यस्तै मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिमलाई प्रिमियर कपका लागि तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ ।

    लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । मलेसिया विरुद्ध पहिलो खेल खेल्दै नेपालले एसिया कपमा पुग्ने अभियानको सुरुवात गर्नेछ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले निकै उत्साहित छन् ।

  • एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

    एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि हुने एसिसी मेन्स प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरेको छ।

    घरेलु मैदानमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

    प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले चार खेलाडीलाई वैकल्पिकमा राखेका छन् ।

    रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोलीमा पछिल्लो पटक घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

    टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

    यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

    देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १० टिम सहभागी छन् । प्रतियोगितामा सहभागी टिमलाई एक समूहमा पाँच टोली रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

  • रियलले चेल्सीलाई हरायो

    रियलले चेल्सीलाई हरायो

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए ।


    खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे । अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।

  • हाल्यान्डको कीर्तिमानमा म्यान सिटीले म्यूनिखलाई हरायो

    हाल्यान्डको कीर्तिमानमा म्यान सिटीले म्यूनिखलाई हरायो

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई ३–० गोलले हरायो । मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा सहज जित हात पारेको हो। सिटीका लागि रोद्रीले २७ मिनेटमा पहिलो गोल गरे। उनले बेर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए। सिल्भाले नै ७० मिनेटमा सिटीको अग्रता दोब्बर पारे। उनलाई हाल्यान्डले पास दिए।

    हाल्यान्डले ७६ मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। यसपटक स्टोन्सले पास उपलब्ध गराए। हालान्डले गोल गरेसँगै प्रिमियर लिगका खेलाडीको सबै प्रतियोगितामा एकै सिजनमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए। उनको सिजनको यो ४५औं गोल हो। प्रिमियर लिगका खेलाडीका लागि एकल सिजनको कीर्तिमान यसअघि मोहमद सलाह र रुड भान निस्टेलरोयको नामको थियो।

    पहिलो लेगमा ३–० गोलको जित हात पारेसँगै सिटीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। लिगको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकालाई २–० गोलले हराएको छ ।

  • लियोनल मेसी चम्किएको खेलमा पीएसजी विजयी

    लियोनल मेसी चम्किएको खेलमा पीएसजी विजयी

    काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । लिग अन्तर्गत गत राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो। पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १–१ गोल गरे। एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति २६ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

    ७६ औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनले मेसीकै पासमा गोल गरेका थिए। पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ। ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित थियो।

    यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ। पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ।

  • आइपीएल : मुम्बईको लगातार दोस्रो हार

    आइपीएल : मुम्बईको लगातार दोस्रो हार

    काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले हराएको छ । आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए । मुम्बइको घरेलु मैदान वाङखडे स्टेडियममा चेन्नाइले १५८ रनको लक्ष्य १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

    चेन्नाइका लागि रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । पहिलो ओभरमै डेभोन कनवे आउट भएपछि क्रिसिजमा पुगेका रहानले दोस्रो विकेटका लागि रुतुराज गाएकवार्डसँग ८२ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । गाएकवाडले ३६ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ४० रन बनाए । यस्तै शिवम दुवेले २६ बलमा २८ रन बनाए । अम्बाटे राएडुले १६ बलमा अविजित २० रन बनाए ।

    मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । मुम्बइका लागि इशान किसनले २१ बलमा सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा ३१ रन बनाए । यस्तै तिलक बर्माले २२ र कप्तान रोहित शर्माले २१ रन जोडे ।

    ह्रितिक शोकिनले अविजित १८ रन बनाए । चेन्नाइका लागि जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २–२ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए । दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाई चौथो स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि मुम्बइ भने अंकविहीन छ ।

  • हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

    हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा गरेको खराब प्रदर्शनमा नेपालले सुधार गरेको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २–० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ ले पराजित भएको नेपाल ७–१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरिएको हो ।

    बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो ।

    त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् । ७ मिनेटमै दुई गोलले पछि परे पनि त्यसपछि नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र भियतनामलाई थप गोल हुनबाट रोक्यो ।

  • ओलम्पिक छनोटमा आज नेपाल र भियतनामबीच दोस्रो खेल

    ओलम्पिक छनोटमा आज नेपाल र भियतनामबीच दोस्रो खेल

    काठमाडौं । अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको थियो ।

    दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन ।

    पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पाँच गोल खाएको थियो । नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् । पहिलो चरणको छनोटबाट सात समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एसियाबाट पेरिस ओलम्पकिमा दुई टिममात्र छनोट हुनेछन् ।

  • ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

    ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

    एजेन्सी । गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि वरीयताको शीर्ष स्थानमा फर्किएको छ । फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । यसअघि अर्जेन्टिना सन् २०१६ को अप्रिलदेखि सन् २०१७ को अप्रिलसम्म वरीयताको शीर्ष स्थानमा थियो । बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११औं स्थानमा छ ।

  • क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

    क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा निरन्तर सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपाल वरीयताको १४ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो। यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन्।

    युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन्। नेपाल भन्दा अगाडि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन्। नेपाल भन्दा अघि वरीयतामा एसोसिएट टोलीको रूपमा स्कटल्यान्ड मात्रै छ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका १२ खेलमा ११ जित निकाल्दै आफूलाई ५ स्थान सुधार गरेको हो।

    नयाँ ओडिआई वरीयतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ। इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्। टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।

    खेलाडीतर्फ ओडिआई वरियतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किदै ५९ औं स्थानमा पुगेका छन्। ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५ औं स्थानमा छन्। बलिङतर्फ सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन्। दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत छन् । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८ औं स्थानमा उक्लिएका छन् । करण केसी ९६ औं स्थानमा यथावत छन्।

  • ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

    ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग हारेको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५–१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

    यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

    खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो । दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो । भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५–१ ले विजयी भयो ।

  • मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

    मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

    एजेन्सी । अर्जेन्टिनी कप्तान लिओनल मेसीले यो सिजनपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मन बनाइसकेको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका छन्।

    जुन चर्चाकोबीच साउदी अरबको क्लब अल हिलालले मेसीलाई आधिकारीक रूपमा क्लबसँग जोडिन प्रस्ताव गरेको छ। मेसीका लागि अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव अघि सारेको छ।

    मेसीले यो प्रस्तावको विषयमा केही बोलेका छैनन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबकै क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। गत वर्ष उनलाई अल नस्रले २०० मिलियन युरोमा सम्झौता गरेको थियो।

  • अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

    अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

    काठमाडौं । आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकाल्दै अमेरिकाले विश्वकप छनोटमा स्थान सुरक्षित गरेको छ । अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्यो । यससँगै उसको विश्वकप छनोटमा स्थान पक्का भएको हो ।

    अर्को खेलमा नामिबियाले क्यानडालाई १११ रनले हरायो । जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना प्रवल बनेको छ । क्यानडा पराजित भएसँगै युएईको एकदिवसीय मान्यता जोगिएको छ। नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा जारी छ ।


    अमेरिका सबै पाँच खेल खेल्दा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नामिबियाको ५ खेलबाट ६ अंक छ। चार खेल खेलेको युएई ६ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको क्यानडाको ४ खेलबाट ४ अंक र पाँचौ स्थानको जर्सीको २ अंक छ। पुछारको पपुवा न्युगिनीले चारै खेलमा हार बेहोरिसकेको छ। प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधानअनुसार अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको हो। अब नामिबिया, युएई र क्यानडा मध्ये एक टिमले विश्वकपमा स्थान बनाउनेछ।

    यस्तै नामिबिया र अमेरिकाले विश्वकप लिग-२ बाटै एकदिवसीय मान्यता कायम गरेको अवस्थामा युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनी मध्ये दुई टिमले एकदिवसीय मान्यता पाउने नियम छ। जसमा युएईले एकदिवसीय मान्यता जोगाउदा पपुवा न्युगिनीले गुमाइसकेको छ। अब क्यानडा र जर्सी मध्ये एक टिमले एकदिवसीय मान्यता प्राप्त गर्नेछन्। विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ। विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।


    विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान र अमेरिका गरी ८ टिमले खेल्ने पक्का भइसकेको छ। छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी २ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट एक टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।