Category: खेलकुद

  • पेरिस ओलम्पिक २०२४ एसिया छनोट : पहिलो पटक नेपाल र भियतनाम भिड्दै

    पेरिस ओलम्पिक २०२४ एसिया छनोट : पहिलो पटक नेपाल र भियतनाम भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो पटक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीच दशरथ रङ्गशालामा बुधबार पहिलो खेल हुन लागेको हो । भियतनाम फिफा वरीयतामा नेपालभन्दा निकै माथि छ । नेपालको लक्ष्य भने भियतनामलाई हराउनु रहेको छ ।

    नेपाली टोलीकी कप्तान एवं गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेकोले जितका लागि खेल्ने बताएकी छिन् । ‘‘वरीयता आफ्नो ठाउँमा छ । हामी जित्नकै लागि उत्रने छौँ,’’ उनले भनिन् । भियतनाम फिफा वरीयतामा ३३औँ र नेपाल एक सय स्थानमा छ ।

    भियतनामका प्रशिक्षक माइ डक चुङले आफ्नो टोली लामो यात्रापछि नेपाल आएर फुटबल खेल्न उत्साहित रहेको बताए । ‘‘नेपालसँग यसअघि कहिल्यै खेलेको छैन । घरेलु टोलीसँग खेल्न गाह्रो हुन्छ । तरपनि हामी जित निकाल्न मिहेनत गर्नेछौँ,’’ चुङले भने । उनले नेपाली टोलीमा स्ट्राइकर सावित्री भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत बताए । छनोटका लागि यसअघि समूहमा रहेका प्यालेल्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुन लागेको हो । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले बनाउने भएको छ । यस संरचनाको स्वामित्व लिएर सरकारले नै निर्माण गर्ने निर्णय सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।

    यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रहिआएको छ । मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ । रंगशाला निर्माणको काम युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाइने भएको छ । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गरिने भएको छ । यो रंगशाला नेपालकै ठूलो र सुविधा सम्पन्न क्रिकेट रंगशाला हुने छ ।

  • विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने

    विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने

    काठमाडौं । दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । यसअघि श्रीलंका समेत क्वालिफायर खेल्नु पर्ने गरी घटुवा भएको थियो । अब आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक ठूलो टीम क्वालिफायर खेल्न आउनु पर्नेछ ।

    आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिज र श्रीलंका सिधै विश्वकप खेल्नबाट वञ्चित भएका हुन् । दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो ।

    सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।
    २०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो । सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

    नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ । आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ । अब बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक टोलीको टुङ्गो लाग्नेछ ।

    सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । त्यसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ । जसमा चार टेष्ट राष्ट्र हुने पक्का छ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ ।

    लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका छन् । नामिबियामा जारी क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ । लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।

  • आइपीएलमा गुजरातको विजयी सूरुवात

    आइपीएलमा गुजरातको विजयी सूरुवात

    काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएको छ । पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ । त सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

    शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुरजातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए । विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए ।

    केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए । गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए । यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे । चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एकरएक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए । मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे । गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

  • थ्री नेसन्स कपको उपाधी नेपाललाई

    थ्री नेसन्स कपको उपाधी नेपाललाई

    काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे ।

    यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

    तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो ।

    भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् ।

    फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए। नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।

  • प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै

    प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज हुँदैछ । उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक–एक गोलको बराबरी खेलेको थियो ।

    दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो । भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

  • भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

    भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

    काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानले नेपाललाई बराबरीमा रोकेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

    नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारे । खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।

    भुटानसँग १–१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसहित २–० ले हारेको लाओसले भुटानलाई हराएको थियो । नेपालसँग बराबरी खेलेपनि भुटान घर फर्किएको छ । खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेका थिए ।

  • प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

    प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ ।

    भुटानसँग २–० को हारले पनि नेपाल फाइनल पुग्नेछ । भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन । उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

  • पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

    पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

    काठमाडौं । पोर्चुगलले लक्जमबर्गको पोष्टमा ६ गोल हानेको छ । युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। पोर्चुगलको जितमा रोनाल्डोले दुई, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे।

    खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। १५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता तेब्बर पारे। खेलको ३१ औं मिनेटमा अल नासरका फरवार्डसमेत रहेका रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफ टाइममा टोलीलाई ४–० को अग्रता दिलाए। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र राफेल लिओले १–१ गोल गर्दै लक्जमबर्गको पोष्टमा आधा दर्जन गोल पुर्‍याए।

    यो सँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूआती दुई खेल जितेर समूह जे को शीर्ष स्थानमा छ। बिहीबार लिकटेन्स्टाइन विरुद्ध पनि दुई गोल गरेका रोनाल्डोले युरोपियन च्याम्पियनसिप छनोटमा पोर्चुगलका लागि ३७ खेलबाट सर्वाधिक ३५ गोल गरे।

  • मोरक्कोले ब्राजिललाई हरायो

    मोरक्कोले ब्राजिललाई हरायो

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा ब्राजिललाई मोरक्कोले पराजित गरेको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए। खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए।

    पहिलो हाफसम्म १–० गोल अन्तरले पछि परेको ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर खेलको ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाए। उक्त अग्रता जोगाएको मोरक्कोले ब्राजिलमाथि रोमाञ्चक जित निकाल्यो। विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो। अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ।

  • प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

    प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

    काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराएको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत गोल गर्दै खाता खोलेका थिए ।

    ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २–० बनाए । नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् । आजको खेलमा नेपालका चार नयाँ खेलाडीले डेब्यु गरे । नेपालका लागि सनिश श्रेष्ठ, मणि लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरेका हुन् । सनिश श्रेष्ठले पहिलो रोजाइमा पर्दै डेब्यु गरे ।

  • राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

    राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् ।

    पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

    नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सात जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

    घोषित २३ सदस्यीय टिमको कप्तानमा किरण लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् ।

    यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा र भरत खवास छन् ।

    फरवार्डमा भने आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी छन् ।

    नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओससँग खेल्नेछ। यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।

    समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।

  • रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

    रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

    काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल’धुर्मुस’ले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् ।

    निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’धुर्मुसले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दावी पनि गरेका छन् ।

    उनले एक वर्ष अघि नै भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गर्दै पत्र लेखेको पनि स्मरण गराएका छन् ।

    उनले सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई साक्षी राखेर आफुले रंगशाला निर्माण सुरु गरेको उनले बताए । अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नभएको उनको गुनासो छ ।

    उनले कोरोना भाईरसको महामारी र सरकारबाट प्राप्त सहयोगको प्रतिवद्धता पुरा नभएकाले काम अघि बढाउन नसकिएको पनि बताए ।

    धुर्मुुस-सुन्तली फाउन्डेसनले तामझामका साथ चितवनको भरतपुर-१५ मा बनाउन सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेको अवस्था भने विजोक छ । बजेट अभावमा २०७८ साउन २२ गतेदेखि रंगशाला निर्माणको काम पूर्णरुपमा रोकिएको छ ।

    कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बन्ने प्याराफिटको पहिलो चरणको काम सकिएको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

  • ‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

    ‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । कुराकानीको क्रममा भनेका छन्,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु ।

    स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं ।’

    उनले भने, ‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानले सँगै खेल्न सुरु गरेका थिए’ । रणजी ट्रफी भारतको सबैभन्दा ठूलो प्रथम श्रेणीको घरेलु क्रिकेट प्रतियोगिता हो ।

  • एल क्लासिको भिडन्तः बार्सिलोना विजयी

    एल क्लासिको भिडन्तः बार्सिलोना विजयी

    काठमाडौं । फ्रान्क केसीले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको छ । अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाएको छ । लिगमा १२ चरणको खेल बाँकी छँदा बार्सिलोना निश्चित लिग उपाधितर्फ उन्मुख देखिएको छ । उसको २६ खेलबाट ६८ अंक छ भने दोस्रोमा रहेको रियलको ५६ अंक छ ।

    नु क्याम्पमा भएको खेलमा रोनाल्डो एराजोको आत्मघाती गोलले रियल सुरुमा अगाडि रहेको थियो । पहिलो हाफको अन्त्यतिर सेर्गी रोबर्टोले बराबरी गोल गरे । आइतबारका अन्य खेलमा रियल बेटिसले मार्लोकालाई १–०, भिल्लारियलले ओसासुनालाई ३–०, रियल सोसिडाडले एल्चेलाई २–० र गेटाफेले सेभियालाई २–० ले हरायो ।

  • गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

    गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

    काठमाडौं । इर्लिङ हाल्यान्ड गुपचुप स्टार बन्दै निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो पाँच दिनमा दुई ह्याट्रिक पुरा गरेका छन् । उनको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराउन सफल भयो । सिटी सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।

    यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् । सिटीले च्याम्पियनसिप लिगको शीर्ष स्थानमा रहेको टिममाथि एतिहाडमा प्राप्त यस जितमा जुलियन एल्भारेजले दुई गेल गरे र एक गोल कोल पाल्मरको नाममा रहेको छ ।

  • सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् ।

    प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट मैदान निर्माणलाई तिब्रता दिनेमा सकारात्मक देखिएका छन् । उनले सो निर्वाचन क्षेत्रका अन्य समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ ।

  • पोर्चुगलको टीममा परे रोनाल्डो

    पोर्चुगलको टीममा परे रोनाल्डो

    काठमाडौं । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डोले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ।

    कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो। त्यसपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन्।

    उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन्। आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन्। पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।

    रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन्। गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन्। उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन्।

  • बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

    बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

    काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्‍याउने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

    क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको हो ।

    आइसिसी विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नौ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफाएयरमा पुगेको छ ।

    नेपालले अब आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता जनाउनेछ ।

  • नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

    नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै सो पुरस्कारको दिन लागेका हुन् ।

    विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् म तपाईहरूको सुखदुखमा सधै साथमै रहनेछु प्रधानमन्त्रीले भने, ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् ।

    साथै यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

  • यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार यूएईलाई ९ रनले हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो।

    नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।

    नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।

  • यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

    यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको बलियो लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको छ ।

    यूएईका लागि सर्वाधिक आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे । छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे।

    विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।

    नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने यूएई पहिलो टोली हो।

  • विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

    विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

    काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।

    नेपालले प्रतिश जिसी, ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

    साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका छन् । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
    क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।

  • आइसीसी वरियतामा नेपालको झन सुधार

    आइसीसी वरियतामा नेपालको झन सुधार

    काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।

    पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स (१४औं) र ओमान (१५औं)स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

  • यूएईविरुद्ध नेपालको कीर्तिमानी जित, चौथो स्थानमा उक्लियो

    यूएईविरुद्ध नेपालको कीर्तिमानी जित, चौथो स्थानमा उक्लियो

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकालेको छ ।

    दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हरायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।

    नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो ।

    आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो । यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए ।

    त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए । उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले ।

    त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए ।

    जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ । पराजित यूएईले ३४ खेलबाट ३१ अ‌क जोडेको छ ।

    अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।

  • नेपालले जोगायो एक दिवसीय मान्यता, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै

    नेपालले जोगायो एक दिवसीय मान्यता, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै

    काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

    आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो। यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भावना पनि कायमै छ ।

    नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै थियो । अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वकप छनोटसम्मका लागि कायम रहनेछ ।

    विश्वकप लिग २ मा कूल ७ टोलीहरु छन् । यीमध्ये शीर्ष ५ टोलीको एकदिवसीय मान्यता कायम रहन्छ । आजको जितपछि नेपाल ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । र, अब बाँकी खेलको नतिजा जेसुकै आए पनि नेपाल चौथो स्थानबाट तल झर्ने सम्भावना छैन बरु नेपाल अझै माथि चढ्ने सम्भावना भने छ । त्यसैले नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको छ ।

  • आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । यूएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

    यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ । सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।

    नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ । यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

    सबै ३६ खेल खेलिसकेको स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप क्वालिफायर्समा स्थान पक्का गरिसकेका छन् । नेपाल र यूएईको खेलमा नामिबियाको नजर हुनेछ । यदि नेपाल यूएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप क्वालिफायरमा पुग्नेछ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।

  • लिग टू क्रिकेट: पीएनजीमाथि नेपालको जित, सन्दीपको चार विकेट

    लिग टू क्रिकेट: पीएनजीमाथि नेपालको जित, सन्दीपको चार विकेट

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

    पीएनजीका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए। कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।

    नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो।

    खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए। उनी १८.४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे।

    नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए।

    कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

    भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।

  • आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

    आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपालले घरेलु मैदानमा यसको फाइदा उठाउने दाउमा हुने छ ।

    नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ ।

    यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्व कप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्व कप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष पाँचमा पर्नुपर्छ ।


    शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ । तालिकामा स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष र ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्कसहित पुछारमा छ । अहिले नामिबिया ३९ अङ्कसहित तेस्रो र अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छन् ।

  • पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

    पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

    काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गतराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ र सेर्जी जिनाब्रीले एक–एक गोल गरे ।

    स्टार खेलाडीले भनिएको पीएसजीले आफ्नो यात्रालाई अगाडी बढाउन सकेन । यो क्लवमा विश्व विजेता लियोनल मेसी, विश्व उपविजेता किलियन एम्बाप्पे, जुनियर नेयमानसहितका स्टार खेलाडी छन् । उता एसी मिलान दोस्रो लेगमा इङ्लिस क्लब टोटनह्याम हटस्परसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को जित निकाल्न सफल भयो । पहिलो लेगमा १–० गोलले विजयी एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।