Category: खेलकुद

  • सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

    सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

    काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको एकदिवसीय बलिङको नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ३१औँ स्थानमा उक्लिएका छन् ।

    सन्दीप गएको साता यो वरीयताको ४३ औँ स्थानमा थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृंखलाका चार खेलमा १३ विकेट लिएका थिए ।

  • नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

    नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य पेस गरेको छ।

    युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको हो।

    आकाशले इडेन गार्डेन ओभल मैदानमा १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरि ७८ रन बनाए । विशालविक्रम केसी ६३ रनमा अविजित रहे। अर्जुन कुमालले ३७ रन,कप्तान देव खनालले २१ रन बनाए ।

    सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए ।

  • यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

    यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

    तर स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको खेल त्यसपछि राम्रो हुन सकेन र फ्रेडले युनाइटेडका लागि बराबरी गोल गरे । एन्टोनीले ७३ औं मिनेटमा निर्णायक सावित गोल गरेका हुन् । नु क्याम्पमा भएको पहिलो लेगको खेल २–२ को बारबरीमा समाप्त भएको थियो । यो जितपछि एरिक हेन टागेको युनाइटेडको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम राख्यो ।

  • विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

    बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।

    खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाइ छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

    प्रधानमन्त्रीले भने, “तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”

    “पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भने, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”

    “सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईंहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भने, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।”

    सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।

  • सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

    सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने जान नपाउने भएका छन् । उनको ठाउँमा प्रतिस जिसी छानिएका छन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो । नेपालले लिग २ अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते युएई जाँदैछ ।

  • कानूनी अड्चन हटाएर सन्दीपलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

    कानूनी अड्चन हटाएर सन्दीपलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ। क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ।

    योसँगै सन्दीपको तर्फबाट समेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ।

    घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन्। तर, कानूनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो।

    क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ।

  • नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

    नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

    काठमाडौं । नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ।

    मंगलबार भएको अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्ड २ विकेटको पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको हो। १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    रोहितले अविजित ९५ रन बनाए । करणले ३१ रन बनाए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, आशिफ शेखले १२, सन्दीप लामिछाने ९, सोमपाल कामी २, कुशल भुर्तेल १ रनमा आउट भए । स्कटल्यान्डका मार्क वाट्टले ३ र क्रिस ग्रिभ्सले २ तथा साफयान सरिफ, ब्रान्डन म्याकमुलन र माइकल लिस्क १-१ विकेट लिए ।

    नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।

    स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६० रन तथा म्याथ्यू क्रसले ४२ रनको योगदान गरे । ब्रान्डन म्याकमुलनले ३१ रन तथा कायल कोएट्जर र क्रिस्टोफर माइकब्राइडले समान २२-२२ रन जोडे ।

    नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा कुशल मल्ल ललित राजवंशीले एक-एक विकेट लिए ।

  • स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    एजेन्सी । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले ।

    ५० बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित ६० रन बनाए । त्यस्तै, म्याथ्यू क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, क्रिस्टोफर म्याकब्राइड र कायल कोट्जरले २२–२२ रन जोडे ।

    नेपालका लागि प्रमुख बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

    सन्दीपले कायल कोट्जर (२२), जर्ज मुन्शे (६०), कप्तान रिची बेरिङ्टन (०) र टमस म्याकिन्टोस (१) को विकेट लिएका हुन् । झण्डै ६ महिनापछि मैदान फर्किएका उनले यो सिरिजमा ४ खेलमा १३ विकेट लिए ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए ।

    उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।

    करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

  • आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

    आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

    काठमाडौं । आईसीसी लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेल आज हुँदैछ । नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपाली टिममा एक परिवर्तन गरिएको छ ।

    तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गरेका छन् । नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

  • त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

    त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय श्रृङ्खलाको पाँचौ खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ ।

    स्कटल्यान्ड दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबिया ३८.४ ‌ओभरमा १७८ रनमा समेटियो। नामिबियाका लागि लो-हन्ड्रे लोरेन्सले ५२ र जेहार्ड इरसमसले ४३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

    टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो। पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्डले दोस्रो जित निकालेको छ।

    शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन्। जितसँगै स्कटल्यान्डले लिग २ मा ३४ खेलबाट ४८ अंक बनाएको छ। नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानामा छ। नेपाल २७ खेलबाट २४ अंक जोडेर ३७ अंकसहित छैटौं स्थानमा छ।

  • विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    एजेन्सी । विराट कोहलीले सर्वकालीन महान ब्याट्स्म्यान भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका छन् । कोहलीले सचिनको भन्दा कम इनिङ खेलेर यो कीर्तिमान बनाएका हुन् । कोहलीले ५४९ इनिङमै यो सफलता पाएका हुन् भने सचिनलाई यसका लागि ५७७ इनिङ लागेको थियो । २५ हजार रन पूरा गर्ने कोहली विश्वका छैटौं खेलाडी बने। भारतमा भने उनी तेन्दुलकरपछि दोस्रो खेलाडी हुन्। यी दुईबाहेक रिकी पोन्टिङ, ज्याक कालिस, कुमारा सांगाकारा र माहेला जयवर्धनेले यो उपलब्धि हासिल गरेका छन्।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालको लगातार तेस्रो जित

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालको लगातार तेस्रो जित

    काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । ग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७।३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।

    नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।

    यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् । २७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे । आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।

    त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे । नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो । रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।

  • आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

    आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

    काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो ।


    यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

  • स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

    स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

    मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङले २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

    दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् ।

    दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो । आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका थिए। नेपालले २८ रनमात्र अतिरिक्त पाएको थियो।

    दीपेन्द्र ८५ र सोमपाल २४ रनमा नटआउट रहे। ११६ रनको सामना गरेका दीपेन्द्रले ८ चौका र १ छक्का हाने। सोमपालले ३२ बलमा ४ चौका हाने।

    ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। ८ बलको सामना गरेका कुशलले ४ चौका हाने। गुलशन झा १८ रनमा आउट भए। आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, सन्दीप जोरा ५ र ज्ञानेन्द्र मल्ल ४ रनमा पवेलियन फर्के।

    त्यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।

    स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै अविजित १०७ रन जोडे। ज्याक जार्विसले २६ रन जोड्दा ब्रान्डन मिमोलन र क्रिस्टोफर म्याकब्राइडले २२/२२ रन जोडे।

    नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ विकेट झारे। कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरिले समान १ विकेट लिए।

  • स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

    स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।

    स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पूरा गरे।

    २४.२ ओभरमा नेपाल १११–६ को अवस्थामा रहेको नेपालले सातौँ विकेटका लागि ८५ रन खर्चेको थियो। त्यस्तै ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्रिड र ब्रान्डन म्याकमुलनले समान २२ रन बनाउँदा म्याक वाटले २० रन बनाए।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

    नामिबियामाथि विजय हात पारी स्कटल्यान्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । नेपाल २५ खेलमा २० अंक जोडि सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ११ मध्येको ७ खेल खेल्नु पर्नेछ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने करण केसीले ५ विकेट लिएका थिए ।
    त्यसपछि स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ ।

    जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो । शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ ।
    पछिल्ला दुई श्रृंखलामा ८ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको थियो । त्यो जित स्कटल्याण्ड विरुद्ध नै गत जुलाईमा थियो । त्यसपछि नामिबियामा गत डिसेम्बरमा खेलेको श्रृंखलामा नेपालले कुनै खेल जित्न सकेन । यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।

    अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।

    नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपाल पराजित भएको छ । समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ । गत जुलाईमा लिग टु अन्तर्गत स्कटल्याण्डमै भएको श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

    त्यही श्रृंखलाको अर्को खेलमा नेपाल स्कटल्याण्डसँग सहजै ८ विकेटले पराजित भयो । डिसेम्बरमा नामिबियामा भएको लिग–२ श्रृंखलाको पहिलो खेलमा नेपालले टक्कर दिएपनि स्कटल्याण्डसँग ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । जारी श्रृंखलामा नेपाल र स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ ।

  • ‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस

    ‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस

    काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोर्टमा १० जनालाई कारबाहीको सिफारिस गर्दै सरकारी कार्यालयलाई बुझाएको हो ।

    प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको छ।

    प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकीलाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ । नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो ।

  • स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक

    स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक

    काठमाडौं । नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले शतक बनाए ।

    मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो । नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए ।

    ८.२ ओभर बलिङ गरेका लियस्कले एक मेडनसहित २४ रन मात्र खर्चिए । सफ्यान सरिफ र मार्क वाटले समान तीन विकेट लिए । केल कोट्जरले ४६ रन बनाए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

  • आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै

    आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नामिबियाले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाल भ्रमणमा रहेको नामिबिया आफ्नो दोस्रो खेलमा पहिलो जित चाहान्छ भने स्कटल्याण्ड नेपालमा विजयी सुरूआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

    यसअघि पहिलो खेलमा नामिबिया घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो । नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबियाले बाजी मारेको छ। सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेल खेल्दै ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। नामिबिया भने ३१ खेलबाट ३७ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ।

    आफ्ना सबै खेल खेलिसकेको ओमान ४४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै सबै खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। युएईले अझै १० खेल खेल्न बाँकी रहँदा नेपालले ११ र पपुवा न्यूगिनिले सिरिजमा ८ खेल खेल्न बाँकी छ। मंगलबारबाट सुरू त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीन वटै टिमले एक अर्काविरुद्ध समान २२ खेल खेल्नेछन्।

  • नामिबियामाथि नेपालको सानदार जित

    नामिबियामाथि नेपालको सानदार जित

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएकाे छ ।

    नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकाेल लाेफ्टी–एटनले २ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलकाे सामना गरेका लिगेनले ९ चाैका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनकाे याे अहिलेसम्मकै व्यक्तिगत उच्च स्काेर हाे । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

    बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

  • नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

    नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

    काडमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ।

    जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो।

    नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो। मिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए।

    उनले घरेलु टोली विरुद्ध १३३ रन बनाए। जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो।

    विश्वकप लिग-२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ। उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए।

    नामिबियाका लागि थप स्कोरका रूपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए। नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।

    तर नेपाली बलरले सुरुवाती विकेट लिन नसक्दा नेपालले उच्च स्कोरको लक्ष्य पाएको हो।

  • लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

    लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट संघको चर्को आलोचना भएको थियो । त्यसका बाबजुद प्रशिक्षण गराएको क्यानले उनलाई टिममै समावेश गरेको छ ।


    यस्तै ब्याटर सन्दिप जोरा र भिम शार्की तथा अलराउण्डर कुशल मल्ल टिममा पुनरागमन गरेका छन् । युवा स्पीनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा पर्दा आरिफ शेख र अर्जुन साउदले भने स्थान बनाउन सकेनन् । आरिफ र अर्जुन सहित प्रतिश जिसी र मौसम ढकाल रिजर्भमा छन् ।

    नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ

  • यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

    यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

    काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १–१ गोल गरे । लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो ।

    बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् ।यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।

  • नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

    नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

  • रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा

    रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा

    काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)को अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् ।

    नेपालबाट कप्तान रुबिनासहित अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले अक्सनमा नाम दर्ता गराएका हुन् ।

    पाँच टोलीको प्रतिस्पर्धा रहने प्रतियोगिता ४ मार्चदेखि सुरु हुने बताइएको छ । प्रतियोगितको १५०० खेलाडी दर्ता भएका छन् भने अन्तिम लिस्ट यो हप्ताको अन्तिममा आउने भएको छ।

  • पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय

    पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय

    एजेन्सी । अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ।

    म्याक्सिमो थोमसेन, माटियास बेनिसेली, एन्जो कोमेली र दाजुभाइहरू सिरो र लुसियानो पेर्टोसीलाई जन्मकैदको सजाय सुनाइएको छ। त्यस्तै एर्टन भियोलाज, ब्लास सिनाली र लुकास पेर्टोसीलाई १५ वर्षको जेल सजाय सुनाएको छ । पाराग्वेमा जन्मिएका आप्रवासी विद्यार्थी फर्नान्डो बएज सोसालाई एउटा डिस्कोबाहिर तीन वर्ष अगाडि हत्या गरेका थिए ।

    नाइट क्लबमा उनीहरुबिच झगडामा भएपछि उनीहरुलाई बाहिर निकालिएको थियो। त्यसपछि बाहिर नै उनीहरुबिच झगडा भएको थियो।

    बाहिर बाएज आफ्ना साथीहरूबाट अलग्गिए। उनलाई आठ जनाले घेरेर आक्रमण गरेका थिए। आक्रमण गर्ने सबै एउटा प्रान्तको रग्बी क्लबका साथीहरू थिए। उनीहरुको कुटाइपछि गम्भीर घाइते भएका उनको चोटबाट मृत्यु भएको थियो।

  • सन्दीप राष्ट्रिय टीममा परे

    सन्दीप राष्ट्रिय टीममा परे

    काठमाडौं । नेपालको राष्ट्रिय टीममा सन्दीप लामिछानेलाई बोलाइएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गर्दा उनलाई पनि समावेश गरिएको हो । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। टिममा बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ।

    यसअघि बिहीबार साँझ मात्र सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको थियो। सूर्य तामाङ र मौसम ढकालले दोस्रो चरणको टिममा पनि स्थान बनाएका छन्। विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनास बोहरा, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी र शरद भेषवाकर बाहिरिएका छन्। कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद टीममा परेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। लिग २ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग २ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो। यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।

  • सन्दीप माथि क्यानको निलम्बन फुकुवा

    सन्दीप माथि क्यानको निलम्बन फुकुवा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो ।

    २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको छ । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । सन्दीपले अहिले नियमित जसो मैदानमा अभ्यास थालिसकेका छन् ।

  • भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

    भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

    मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ ।

    एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो ।

    बन्द प्रशिक्षणमा परेका खेलाडी :

    अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला बिक, बिमला चौधरी, चन्द्र भण्डारी, दिपा न्योपाने, दिपा शाही, गंगा गुरुङ, घिम कुमारी गुरुङ, गिता राना, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता बिक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुसवार, मन्जली कुमारी योन्जन रहेका छन् ।

    मेनुका आले मगर, निर्मला बिक, निशा थोकर, प्रिति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समिक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सारु लिम्बु, सृजना चेम्जोङ, सृजना सिंह ठकुरी, सुनिता चौधरी, उशा नाथ रहेका छन् ।

  • आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई

    आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई

    कठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी अमेरिकाले पाएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने गरी तोकिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकाले जिम्मा पाएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो ।

    प्रतियोगितामा १६ टोली सहभागिता हुँदैछन् । यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो । ४७ औँ संस्करणको यो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिना कतार विश्व कप फुटबलको विजेता समेत हो । कप्तान लियोनल मेसीले कोपा अमेरिका खेल्ने बताइएको छ ।