Category: खेलकुद

  • कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

    कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

    काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

    २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट भएको राखेपका एक अधिकारीले जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षभित्र लगातार सफलता हासिल गरेपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट भएको थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।

    त्यसपछि राष्ट्रिय खेलकुद परिषदले फ्लड लाइट जडान गर्नका लागि दुई पटक टेन्डर आह्वान गरेपनि कुनै पनि कम्पनीले ठेक्का पाएको थिएन ।फ्लडलाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

  • नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ

    नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ

    काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ ।

    अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरनेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानाकारी दिएको हो ।

    त्यसअघि दोस्रो चरणको पहिलो खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

    यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मूल्य साधारण प्यारापिटतर्फको टिकट मूल्य ४०० रुपैयाँ र भीआईपी प्यारापिटतर्फको टिकट मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको एक्फाले जनाएको छ ।

    नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो । यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।

  • एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त

    एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त

    काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

    २४।२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए । तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए । त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

    म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ । टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलंकाका अनुभवी अलराउण्डर हुन् । उनले श्रीलंकाका लागि २२४ वटा ओडीआई र १०६ वटा टेष्ट खेलेका छन् ।

  • विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह

    विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्‍यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे। यो कोहलीको ४९औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

    यससँगै कोहलीले सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्ड बराबरी गरे। ३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि मार्को जानसेनले सबैभन्दा बढी १४ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ३३ रन खर्चिए। मोहमद सामी र कुलदिप यादवले २–२ विकेट लिए।

  • नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी

    नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी

    काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बने । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।

    ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए । १०६ रन जोडे । बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

  • ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित

    ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित

    काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

  • विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै

    विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै

    काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

    शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी(२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।

    गत वर्ष ओमानमै भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए । यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी–२० विश्वकपमा छनोट भएको हो ।

    यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ ।

  • यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

    यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

    काठमाडौं । नेपाल वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

    नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो ।
    आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

  • विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट

    विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट

    काठमाडौं । भारतले विश्वकप क्रिकेट-२०२३ मा बिहीबार श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो ।

    भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे । यस्तै जसप्रित बुमराहको नाममा १ विकेट रह्यो । श्रीलंकाली ब्याटरमध्ये कसुन रजिथाको १४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाका ५ ब्याटर खाता खोल्न असफल रहे र शून्यमै आउट भए ।

    श्रीलंकाले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो र यो क्रम लगातार जारी रह्यो । उसले ३ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । त्यसपछि १४ रनमा ६ विकेट भयो भने लगत्तै स्थिति २२ रनमा ७ विकेट भएको थियो ।

    त्यस अगाडि श्रीलंकाले टस जितेर भारतलाई पहिले ब्याटिङको निर्णय गरेको थियो । त्यसमा क्रममा भारतले ८ विकेट गुमाएर ३ सय ५७ रनको विशाल स्कोर खडा गरेको थियो । त्यसमा भारतका तीन ब्याटर शतकको नजिक पुगेर चुके । ओपनर शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाए । शुभमनले ११ चौका र २ छक्का प्रहार गरे भने कोहलीको ब्याटबाट ११ चौका निस्केको थियो । यस्तै श्रेयसले ३ चौका र ६ छक्का आफ्नो नाममा लेखाए । भारतले ठूलो स्कोर खडा गरे पनि त्यसमा श्रीलंकाली बलर दिल्सन मदुसन्काले ८० रन खर्चेर ५ विकेट लिए ।

    यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यो उसको यसपल्टको विश्वकपमा लगातार सातौं जित पनि हो । यससँगै भारतले दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पनि पुग्यो । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रह्यो ।

  • विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने

    विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने

    काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्न मैदान उत्रिदैछ । यो खेल जितेमा नेपाल टी २० विश्वकपमा पुग्नेछ । पराजित भएको अवस्थामा यूएईले विश्वकपको टिकट काट्ने छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो।

    समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो । नेपालसामु ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेल्ने अवसर थियो । तर ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बनेको हो ।

    नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्नेछ । ओमान र बहराइन बीचको सेमिफाइनल टीयू मैदानमा हुनेछ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

    एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो । अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी २० विश्वकपको टिकट काट्नेछ ।

  • विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा

    विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा

    काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

    नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

    सेमिफाइनलमा नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

    अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

    एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

  • विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै

    विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै

    काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस जितेको न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दियो ।

    उसको निर्णय तब गलत लाग्न थाल्यो, जब क्विन्टन डी कक र रासी भानडेर डुसनले दोस्रो विकेटका लागि २०० रनको साझेदारी गरे । दुबैले शतक बनाए । रासी भानडेरले १३३ र डीकलले ११४ रन बनाए । डेभिड मिलर, हेनरिक क्लासन र एडिन मार्करमले तीव्र गतिमा रन जोडे । मिलरले ३० बलमा ५३ रन बनाएपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो ।

    जित पाकिस्तानलाई सेमिफाइनलको रेसमा रहिराख्न दक्षिण अफ्रिकाको जित महत्वपूर्ण रह्यो । पाकिस्तानले ७ खेलबाट ६ अंक जोडेको छ । यदि न्यूजिल्याण्डले यो खेल जितेको भए पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन हुने थियो । तर हारपछि न्यूजिल्याण्डको ८ अंक मात्र रह्यो र, उसले आउने खेल पाकिस्तानसँग नै खेल्नुपर्नेछ । यदि पाकिस्तानले त्यो खेल जित्यो भने अंक बराबरी हुन्छ । यत्तिले मात्र सेमिफाइनलमा भने पुग्दैन, बाँकी दुई खेलमा पनि ठूलो अन्तरले जितेर रन रेट बढाउनु पर्छ ।

  • विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै

    विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।

    दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।

    यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समिकरण पनि टुङ्गो लाग्नेछ । यस्तै समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

    यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ । समूह ‘बी’ मा यूएई समूह विजेता बन्ने सम्भावना रहेकोले नेपाल र ओमान समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा यूएईसँगको सम्भावति भेट टार्न चाहन्छ ।

    समूह ‘ए’ को विजेताले पहिलो सेमिफाइनल टीयू मैदानमै खेल्ने भएकोले पनि नेपालले ओमानलाई हराएर समूह विजेता बन्ने लक्ष्य छ र महत्वपूर्ण हुने सेमिफाइनल खेल टीयू मैदानमा खेल्न चाहन्छ । किनकि सेमिफाइनल विजेता दुई टोलीमात्रै अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।

  • मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

    मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

    काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा पुगेको छ ।

    कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

    नेपालका लागि कुशल मल्लले ६५ रन कुशल भुर्तेलले ४३ रन बनाए । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । कप्तान रोहित पौडेल २ रन बनाउँदा क्याच आउट नै भए।

    नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

  • नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

    नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

    काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ ।

    विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली खेलाडीले हानेको रन र लिएको विकेटका आधारमा अर्नाले कुल ६ लाख ७६ हजार रुपैयाँ दिनुपर्ने भएको हो ।

    अर्नाले विश्वकप छनोटमा ब्याटिङतर्फ हरेक रनमा १ हजार, हरेक चौकामा १० हजार र हरेक छक्कामा २० हजार दिने घोषणा गरेको थियो । त्यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार, मेडन ओभरमा १० हजार र विकेटमा २५ हजार दिने घोषणा गरेको थियो ।

    आजको खेलमा नेपालले सिंगापुर विरुद्ध १४७ रन हान्दै ८ विकेटले जित हात पारेको छ । पहिला ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

    कम्पनीको घोषणा अनुसार आजको खेलको स्कोरमा ब्याट्सम्यानले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलरले २ लाख ८४ हजार रुपैयाँ पाउने भएका छन् । ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल एक्लैले मात्र १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार प्रतिरन १ हजारका दरले ७४ हजार, ८ चौकाको १० हजारका दरले ८० हजार र २ छक्काको २० हजारका दरले ४० हजार गरी कुल १ लाख ९४ हजार पाउने भएका हुन् ।

    त्यस्तै, कप्तान रोहित पौडेलले ९५ हजार रुपैयाँ पाउने भएका छन् । २४ बलमा ३५ रन बनाएका रोहितले समान २र२ चौका र छक्का हिकाएका थिए । त्यसैगरी, २६ बल खेल्दै २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् ।

    त्यस्तै, बलरतर्फ अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४ ओभरमा ९ डटबल फाल्दै ३ विकेट लिएका थिए । यस अनुसार ३ विकेटको प्रतिविकेट २५ हजार दरले ७५ हजार र ९ डट बलको ९ हजार गरी कुल ८४ हजार पाउने भएका हुन् ।

    त्यस्तै, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । उनीहरुले १३/१३ डटबल फाल्दै दुई/दुई विकेट लिएका थिए । त्यसैगरी, २ विकेट लिँदै ११ डट बल फालेका करण केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

  • विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

    विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

    सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिएका थिए ।

    नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

  • विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै

    विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै


    काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेको छ ।

    नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । सन्दीपले त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । अरु खेलाडी परिवर्तन भएको छैन ।

    एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार/चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन्।
    आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

  • त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल

    त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल

    काठमाडौं । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो 

    मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो ।

    यूएईबाट ओपनर मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए । नेपाली फिल्डरले दुई पटक क्याच छाडेपछि टिकिरहेका कप्तान वासिमले २२ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आर्यान्श शर्माले २६ बल खेली २ चौकासहित २५ रन बनाए 

    आसिफ खान ७, अलिशान सराफु १३ रनमा आउट भए । वृत्या आनन्दलाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालको आशा जगाएका थिए । अली नासिरलाई अविनाश बोहराले ९ रनमा बोल्ड गरे । तर बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई विजय दिलाए । विजयी रन छक्काबाट प्रहार गरेका हमिदले १६ बलमा २२ र आयनले ३ बलमा ५ रन बनाए ।

    नेपालबाट गुल्शन झा र अविनाशले २/२ विकेट लिए । गुल्शनले ३ ओभरमा १९ र अविनाशले ४ ओभरमा २७ रन खर्चे । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

    यसअघि यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सकेको थियो ।

    पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो ।

  • त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै

    त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

  • त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

    त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

    काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।

    शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

    उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २/२ विजकेट लिए भने दीपेद्र सिंह ऐरी र डेब्युटेन्ट प्रतिश जिसीले एकएक विकेट लिए ।

    यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो

    नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

    तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।

  • नेपालले बनायो यु १९ एसिया कपमा स्थान

    नेपालले बनायो यु १९ एसिया कपमा स्थान

    काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

    एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।
    खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।

    भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।

    तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए । एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् ।

    नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए !

  • नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

    बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

    त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।

    हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए।

    बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए।

  • नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

    नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

    काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

    नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो।

    टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट बन्यो।

    सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर अर्जुन कुमालले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १४२ रन बनाए। त्यस्तै, आकाश त्रिपाठीले ८९, दीपक बोहोराले २९ तथा दीपक डुम्रे र विशाल विक्रम केसीले समान १४ रन बनाए।

    बलिङमा नेपालका दीपेश कडेँलले ६ विकेट लिए। उनले ९.१ ओभरमा १८ रन खर्चिए। आकाश चन्दले २ विकेट लिन सफल भए।

  • यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

    यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

    समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

    हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ । त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

    समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ । जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ ।

    दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

  • त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

    त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुई–दुई खेल खेल्नेछन् ।

    टी–२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको छ । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी–२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

    सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट नेपाल र हङकङले टी–२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् । त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

    २०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी–२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी–२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

  • त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

    त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

    काठमाडौं । नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए ।

    पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसको सुरुवात खराब थियो । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए ।

    ५४ रन जोड्दा ४ विकेट गुमाएको यूएईको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए । त्यसपछि पनि आक्रामक पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अविनाश बोहराले समान १–१ विकेट लिए ।

  • टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत यूएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र यूएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् । नेपाल यूएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ ।

  • विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध

    विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
    दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोडे । नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ विकेट लिए भने पल भेन मिकेरेन, रोलेफ भान डेर र बास डी लिडले २– २ विकेट लिए ।

    यस्तै, कोभिन एकरम्यानले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । कप्तान स्कट एडवार्ड्सले ७८ रन अर्धशतकीय पारी खेले । यस्तै, रोलेफ भान डेरले २९ र आर्यन दत्त २३ रन जोडे ।

    दक्षिण अफ्रिकाका लुंगी एनगिदी, मार्को ज्यानसेन, कगिसो रबाडाले २–२ तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक एक विकेट लिए । जारी प्रतियोगितामा नेदल्याण्ड्सको यो पहिलो जित हो । यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ । श्रीलंका पुछारमा धकेलिएको छ । दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । यस अघिका दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।

  • नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

    नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

    काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा तीन मुलुक सहभागी छन् ।

    नेपाल र यूएई २० महिनापछि टी–२० आईमा भिड्दैछन् । यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी–२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो । यूएईले भने टी–२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी–२० विश्वकप खेलेको थियो ।

  • विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

    विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

    काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त विजयले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ ।

    अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।

    विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई–दुई खेल खेल्नेछन् । दोस्रो चरणमा नेपालको भेट यूएई, बहराइन र यमन हुनेछ । तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ ।

    नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । त्यसको तयारी स्वरुप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन् ।