Category: खेलकुद

  • हैदरावादसँग राजस्थान एक रनले हार्यो

    हैदरावादसँग राजस्थान एक रनले हार्यो

    काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ । २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए ।

    एक समय १८ बलमा २७ रन चाहिँदा राजस्थानको ६ विकेट हातमा थियो । अन्तिम तीन ओभरमा भने राम्रो गर्न सकेन । पहिलो ओभर मै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए ।

    टी नटराजनको १४ औं ओभरको तेस्रो बलमा जैसवाल योर्कर बलमा ल्याप सट खेल्ने धुनमा बोल्ड भएपछि हैदराबाद खेलमा फर्किएको थियो ।
    शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए । हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

    हैदराबादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए । ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए । राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए ।

    राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ । कोलकाता ९ र लखनऊ १० खेलमा १२र१२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

    जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

    काठमाडौं । चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २०९ रनको योगफल तयार पारेको हो।

    वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ सँगको सिरिजको उपाधि जित्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल्न जित्नैपर्ने हुन्छ ।

  • नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

    नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

    काठमाडौं । नेपालले चौथो टी–२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २(१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो ।

    नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।

    ओपनर कुशल भुर्तेल पछिल्लो समय लयमा छैनन् । नेपालले उनीमाथि भरोसा गर्दै आएको छ । अर्का ओपनर आसिफ शेख यसअघि तीन खेलमा थिएनन् । उनले आज खेल्ने छन् । ओपनरबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । मध्यक्रममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ । कप्तान रोहितले सुरुवाती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज भने रोहित खेलमा फर्किने छन् ।

    वेष्टइण्डिजका ब्याटर स्पिनमा बढी संघर्ष गरेको हुँदा ललित र सागर ढकाल दुबैमा मैदान उतार्ने सम्भावना रहन्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहराको सम्भावना छ । विश्वकप टोलीमा पर्न नसकेका लोकेश बम, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी र आरिफ शेखले आजको खेलमा खेल्ने मौका नपाउने सम्भावना छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलपछि बाँकी दुई खेलमा विश्वकप खेल्ने टोली नै मैदान उतार्ने बताएका थिए ।

    उता वेष्टइन्डिजका ओपनर जोनसन चार्ल्सले तेस्रो खेलमा नेपालविरुद्ध ११९ रन बनाएका थिए । उनलाई आउट गर्न सके नेपाल खेलमा बढी हाबी हुनसक्छ । आन्द्रे फ्लेचरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपाली ब्याटरले दुई स्पिनर गुडाकेश मोती र हेडन वाल्स जुनियरविरुद्ध भने राम्रो खेल्नुपर्ने हुन्छ । पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ ।

  • इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

    इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

    काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल बेलायत जाने भएको छ । नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित ६ जना अफिसियल भने आज बिहान ११ बजेपछि बेलायत प्रस्थान गर्दैछन् ।

    विदेशी लिग खेल्न इन्डोनेसियामा रहेका रोहित चन्द भने उतैबाट बेलायत जाने एन्फाले जनाएको छ । बेलायत जान २३ खेलाडीसहित ३० जनाको मात्र भिसा प्राप्त भएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    एन्फाले ३० सदस्यीय टोली बाहेक ५ भीआईपी र अन्य १५ गरी थप २० जनाको लागि पनि भिसा प्रक्रिया अघि बढाएको थियो । तर ३० जनाको मात्र भिसा आएको हो । बाँकी २० जनाको भिसा आएको छैन । नेपाली टोली मंगलबारै उड्ने कार्यक्रम थियो । तर, भिसा आउन ढिलाई भएपछि बेलायत प्रस्थान पनि प्रभावित हुन पुगेको हो । नेपालले यही मे ६ (वैशाख २४)मा इंग्ल्याण्ड सी टिमसँग एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा खेल्ने कार्यक्रम छ ।

  • आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

    आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

    काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेकोछ ।
    १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टोले ३० बलमा ७ चौका र १ छक्कासहित ४६, प्रभशिम्रन सिंह १३, शशांक सिंह २५, साम करन २६ र राइली रोसोऊले २३ बलमा ५ चौका र २ छक्कासहित ४३ रन बनाए । चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लासेन,शिवम दुबेले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो ।

    चेन्नईका कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । अजिंक्या रहाणे २९, समिर रिज्वी २१, मोईन ओली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट भए । पञ्जाबका दुई स्पिनर राहुल चाहर र हरप्रीत ब्रारले २–२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले १–१ विकेट लिए । चेन्नई १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । पञ्जाब १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ ।

  • आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

    आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

    काठमाडौं । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ । १५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी हुनुहुन्छ ।

    विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

  • नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

    नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

    काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ ।
    वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे । नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए। गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके। वेस्ट इन्डिजका हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए।

  • मास्क लगाएर नेपालविरुद्ध क्रिकेट खेल्दै वेस्ट इन्डिज ‘ए’ का खेलाडी

    मास्क लगाएर नेपालविरुद्ध क्रिकेट खेल्दै वेस्ट इन्डिज ‘ए’ का खेलाडी

    काठमाडौं । नेपालसँगको टी २० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजका केही खेलाडीहरु मास्क लगाएर प्रतिस्पर्धा गरिरहेका छन्। काठमाडौंको वायू प्रदूषण उच्च भएपछि सम्भावित संक्रमणबाट बच्न उनीहरुले सावधानी अपनाएका हुन्।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले २२८ रनको लक्ष्य पछ्याइरहँदा फिल्डिङमा रहेका भ्रमणकारी टोलीका विकेटकिपर एन्ड्री फ्लेचरसहित केही खेलाडीले मास्क लगाएका हुन्।
    नेपाल भ्रमणमा रहेको क्यारेबियन टोलीका अधिकांश खेलाडीले दुई महिनापछि हुने टी २० विश्वकप क्रिकेट खेल्दैछन्।

  • वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

    वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो।

    उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।

    आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे। फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।

    नेपालका सागर ढकाल र करण केसीले १-१ विकेट लिए।

  • टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

    टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

    एजेन्सी । सन् २०२२ को टी-२० विश्वकप च्याम्पियन इंग्ल्यान्डले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ।

    जुन १ देखि वेस्ट इन्डिज र अमेरिका हुने विश्वकपका लागि इंग्लिस टोलीमा तीव्र गतिका बलर जोफ्रा आर्चर र अलराउन्डर क्रिस जोर्डन पनि समेटिएका छन्। इंग्ल्यान्ड समूह ‘बी’ मा छ। समूहमा इंग्ल्यान्डसँगै अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। इंग्ल्यान्डले पहिलो खेल स्कटल्यान्डसँग बार्बाडोसमा खेल्नेछ। विश्वकपमा इङल्याण्डले आफ्नो पहिलो खेल जुन ८ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

    इंग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क उड।

  • दिल्लीमाथि कोलकाताको सहज जित

    दिल्लीमाथि कोलकाताको सहज जित

    काठमाडौं । दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको जित निकाल्यो । दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले ३ विकेट मात्रै गुमाएर १६.३ ओभरमा पूरा गरेको हो ।

    कोलकताका कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रनमा खेले कप्तान ऐयरले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने वेंकटेशले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए। ३३ बल खेलेका उनले बिस्फोटक ब्याटिङ गर्दै ७ चौका र ५ छक्का प्रहार गरे। सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रन बनाए।

    बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ र लिजाड विलियम्सले १ विकेट लिए। पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको थियो। दिल्लीका लागि कुलदीप यादव सर्वाधिक ३५ रन बनाएर नट आउट रहे। उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान रिशभ पन्तले २० बलमा २ चौक र १ छक्का प्रहार गरी २७ रन जोडे। ओपनर पृथ्वी शले १३, जेक फ्रेजर मिकगर्कले १२, अभिषेक पोरेलले १८, शाइ होपले ६, अक्षर पटेलले १५, ट्रिस्टन स्टुब्सले ४, कुमार कुशग्राले १, राशिक सलामले ८ रन मात्रै बनाउन सके।

    बलिङतर्फ कोलकाताका वरूण चक्रवर्थीले ३ विकेट लिँदा वैभव अरोरा र हर्षित राणाले २र२ विकेट लिए। त्यस्तै मिचेल स्टार्क र सुनिल नारायणले १र१ विकेट लिए। कोलकाता नाइट राइडर्स अंक तालिकाको दोस्रो र दिल्ली क्यापिटल्स छैटौं स्थानमा छ।

  • वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    काठमाडौं । टी–२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो ।

    नेपालका कप्तान रोहितले ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

    गुल्सन झाले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । लोकेश बमले १७ र आरिफ सेखले १२ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    वेस्ट इन्डिजका ओबेड म्याकोय र गुडाकेश मोटेले समान दुई विकेट लिए । ओसेन थामस र कप्तान रोस्टन चेजले एक–एक विकेट हात पारे ।

  • नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

    नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

    काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

    पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ ।

    विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा ७ रनमा आउट भएका थिए । विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ । पहिलो खेलमा शून्यमा आउट भएका जोनसन चार्ल्सको विकेट समयमै लिन आवश्यक छ । दुई पटक टी–२० विश्वकप विजेताका सदस्य चार्ल्स वेस्टइन्डिजका पहिलो रोजाइका ओपनर हुन् । उनी चलेको खण्डमा नेपालको जित टाढा हुनसक्छ । अर्का विकेटकिपर आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका थिए ।

    पहिलो खेलमा हारपछि फबिएन एलेनले मौका पाउने सम्भावना बलियो छ । उनी स्पिन अलराउन्डर हुन् । लेग स्पिनर हेडन वाल्श जुनियरलाई पनि खेलाउन सक्छ । प्रमुख बलर ओबेद म्याककोय, ओशान थोमस र किमो पलबाट वेस्टइन्डिज राम्रो बलिङ चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

  • राजस्थानको विजयी यात्रा कायमै

    राजस्थानको विजयी यात्रा कायमै

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

    राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एकरएक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ । लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०–१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

  • वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

    वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

    काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो ।

    नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक-एक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे ।

    ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

    वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

    केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी२० खेल आइतबार हुनेछ ।

  • नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

    नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

    काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

    नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। विश्वकपमा नेपाल समूह डी मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ। वेस्ट इण्डिज एमा सिनियर टिममा खेलेका खेलाडी समेत पनि छन्।

    कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी–२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिक एथानाजले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी–२० टिममा भने डेब्यू गरेका छैनन्।

    कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी–२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिकले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी–२० टिममा भने डेब्यू गरेका छैनन्।

    ओपनर आन्द्रे फ्लेचर पनि नेपाल आएका छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी–२० खेलेका छन्। अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए। अर्का अलराउन्डर किमो पल पनि टिममा छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्।

    गुडाकेश मोती, फेबियन एलेन, केसी कार्टी, मार्क देयल, ओबेद म्याककोए, ओशान थोमस र हेडेन वाल्शले पनि वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यू गरिसकेका छन्। नेपाल आउन लागेका कादिम एलीन, जोशुआ बिशप र मार्क देयलले मात्र सिनियर टिममा डेब्यू गर्न बाँकी छ।

  • विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

    विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

    नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ ।

    हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ । नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

  • लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

    लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

    काठमाडौं । लगातार हारपछि रोयल च्यालेन्जर्स बेंगलोर खेलमा फर्किएको छ । उसले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३५ रनले हराएको हो । खेल हैदरावादको घरेलु मैदानमा भएको थियो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

    हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७–७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए । बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २–२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए । विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

    हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १–१ विकेट लिए । बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ ।

  • वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

    वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

    बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेष्ट इण्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका थिए।

    वेष्ट इण्डिजले भने विभिन्न समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोलीको घोषणा यसअघि नै गरेको छ। ५ खेलको टी-२० सिरिज १५ वैशाखबाट टियू मैदान, कीर्तिपुरमा सुरु हुँदै छ।

    नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल १६ वैशाखमा हुँदा तेस्रो खेल १९ वैशाखमा हुने छ। त्यस्तै, प्रतियोगिताको चौथो खेल २० वैशाखमा र पाँचौ तथा अन्तिम खेल २२ वैशाखमा हुने छ।

    यस्तो छ नेपाली टोली:

    रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द

  • गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो बलमा रसिदले चौका प्रहार गरे। तेस्रो र चौथो बल डट हुन पुग्यो। पाँचौं बलमा रसिदले छक्का प्रहार गरे। अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो।

    रसिदले अन्तिम बललाई बाउन्ड्री पार गराउने कोशिस गरे पनि प्रयास निरर्थक बन्दा गुजरात ४ रनको हार ब्यहोर्न पुग्यो। खेलमा रसिद खान ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। त्यसअघि साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए। उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेविड मिलरले अर्धशकीय पारी खेले। उनले २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५५ रनको योगदान गरे।

    ओपनर रिद्धिमन साहले ३९ रन जोडे। उनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान शुभमन गिल पाँच बलमा ६ रन बनाएर आउट हुन पुगेका थिए। त्यस्तै अजमतुल्लाह ओमरजइ १ रनमा साहरूख खान ८ रनमा र राहुल टेवाटिया ४ रन बनाएर आउट भएका थिए। साइ किशोरले ६ बलमा २ छक्का प्रहार गरी १३ रनको योगदान दिए।

    बलिङमा राशिख सलामले ३ र कुलदीप यादवले दुई विकेट लिए। एनरिच नोर्त्जे, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २२४ रनको योगफल तयार गरेको थियो। त्यस क्रममा कप्तान रिसभ पन्तले विस्फोटक ब्याटिङ गरे। उनले अन्तिम ओभरमै ४ छक्का र १ चौका प्रहार गरी ३१ रन बनाएका थिए। उनी ४३ बलमा ८८ रन बनाएर नट आउट रहे। त्यस क्रममा ५ चौका र ८ छक्का प्रहार गरे।

    त्यस्तै ट्रिस्टन स्टुब्सले अविजित २६ रन बनाए। ७ बल मात्रै खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि अक्षर पटेलले ६६ रन जोडेका थिए। ४३ बलमा उनले ५ चौका र ४ छक्का हाने। ओपनर पृथ्वी श ११ रन बनाएर आउट हुँदा अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका जेक फ्रेजर मिकगर्क गुजरातविरूद्धको खेलमा १४ बल खेलेर आउट हुन पुगे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडेका थिए।

    त्यस्तै शाई होप पनि ५ रन बनाएर आउट भएका थिए। बलिङमा गुजरातका सन्दीप वारियरले ३ विकेट लिए। जितसँगै दिल्लीले अंक तालिकामा सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने गुजरात सातौं स्थानमा झरेको छ।

  • वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना

    वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना

    काठमाडौं । नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न आज काठमाडौं उत्रिएको वेस्टइन्डिजको ‘ए’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत नभएको र ‘अपमान’ पूर्ण तरिकाले स्वागत गरिएको भन्दै नेपाली क्रिकेट समर्थक आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा लोड गरिए’ को देखिएसँगै यो स्वागतले देशको बेइजत भएको उनीहरुको आरोप छ।

    साथै क्यनले खेलाडीहरूलाई होटलसम्म पुर्योउने बस पनि निकै थोत्रो र गुणस्तरहीन खालको रहेको थियो भने बस स्टार्ट भएपछि ट्याक्टरजस्तो ठूलो आवाज निकालेको भिडिओ समेत अहिले भाइरल भएको छ।

    टीमलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दास दुई कर्मचारीसहित विमानस्थलमा पुगेका थिए ।

  • इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

    इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

    काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ ।

    तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

    ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् । वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो । नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।

    २०१६ को सेमिफाइनलमा भारतलाई ७ विकेटले हराउन उनले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष मात्रै दक्षिण अफ्रिकाविरुद्ध उनले ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको सानदार शतक हानेका थिए ।

    ३५ वर्षीय चार्ल्सले ५८ ओडीआई र ४८ टी-२० आई खेल खेलेका छन् । यसैगरी यसअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने ओबेद म्याककोय पनि नेपाल आउने छन् । ओबेद वर्तमान वेस्टइन्डिजका प्रमुख बलर हुन् । वायाँ हाते तीव्र गतिका बलर उनले २०२२ मा दोस्रो टी-२० आई खेलमा भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

    २७ वर्षीय तीव्र गतिका बलर थोमस पनि अर्का ठूला नाम हुन् । उनले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । चोटका कारण नियमित भने खेल्न सकेका छैनन् ।

    वेस्टइन्डिजको टोली

    रोस्टन चेश, एलिक एथानाजे, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

  • मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

    मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

    काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८।४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

    ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको अविजित इनिङ खेले । सुरुवातमा लय समाउन संघर्ष गरेका जैसवाललाई यो शतकले ठूलो राहत दिनेछ । कप्तान सञ्जु स्यामसन २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जस बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईको एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।

    त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नेहाल बढेराले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए । एक समय ७।३ ओभरमा ५२–४को अवस्थामा पुगेको मुम्बईलाई नेहाल र तिलकले ९९ रनको साझेदारी गरेका थिए ।

    ओपनर रोहित शर्मा ६, ईशान किशन शून्य, सूयकुमार यादव १०, मोहम्मद नाबी २३ र हार्दिक पान्ड्या १० रनमा आउट भए । राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २, आवेश खान र युजभेन्द्र चहलले १–१ विकेट लिए । राजस्थान ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ । मुम्बई प्लेअफमा पुग्न बाँकी ६ खेल नै जित्नुपर्ने हुन्छ ।

  • एसिया कपमा पुग्यो यूएई, ओमान पराजित

    एसिया कपमा पुग्यो यूएई, ओमान पराजित

    काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ । युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ । आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो । ओमानका मध्यक्रमका ब्याटर प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । अकिब इल्यास ७, नसिम खुसी शून्य, जिशान मकसुद १४ र कश्यप प्रजापति १ रन बनाएर आउट भए ।

    यूएईका जुनैद सिद्दिकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २–२ विकेट लिए । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए । टी–२० आईमा वासिमको यो तेस्रो शतक हो । अलिशान शराफू २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । आशिफ खान १६ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे ।

    पहिलो विकेटका लागि अलिशान र वासिमले ९।४ ओभरमा ९३ रनको राम्रो सुरुवात दिलाएका थिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले १–१ विकेट लिए । युएईले सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एसिया कपमा युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । भारत र पाकिस्तानको समूहमा यूएई पर्ने सम्भावना छ ।

  • सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली

    सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली

    काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङको मद्दतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्क्यापिटल्समाथि ६७ रनको जित निकालेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादको प्लेअफ खेल्ने सम्भावना समेत बलियो बनेको छ । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो ।

    दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२, पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २–२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

    त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए । आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

    शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए । राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।

  • नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर

    नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर

    काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ। नेपाली महिला क्रिकेटरले कुन टिमबाट खेल्ने भन्ने विषय भने क्यानले खुलाएको छैन ।

  • एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै

    एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै

    काठमाडौं । एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएको थियो। दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग हङकङ पराजित भएको थियो।

    तेस्रो स्थान हात पार्न सके नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ। सेमिफाइनलमा पराजित भएपछि नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो। अब इमर्जिङ टिम्समा स्थान बनाउन आजको खेलमा नेपालले जित्नुपर्नेछ। यसअघि समूह चरणको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

  • आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित

    आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले हराएको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे ।

    केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए । चेन्नाइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले एक–एक विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र र रितुराज गायकवाडले १७ रन बनाए । लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले एक–एक विकेट लिएका थिए । यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।

  • नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै

    नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै

    नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै
    काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ ।

    हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
    नेपालका गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट झारे। यूएईका लागि लागि आलिसान सराफु ५१ रनमा नटआउट रहे। विष्णु सुकुमारनले २८ तथा सायद हैडरले १४ रन बनाए।

    त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको थियो।

  • नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

    नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।

    नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे। १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए।
    करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    नेपाललाई सस्तैमा रोक्न यूएईका बसिल हमिद, अलि नासिर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । मुहम्मद फारुक, अयान अफजल खान र ओमिद सफी रहमानले एक–एक विकेट हात पारे ।