Category: खेलकुद

  • फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल

    फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल

    काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।

    बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे । नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो।

    विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन। छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन।

  • नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै

    नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।

    दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ ।

    समूह एच मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।

  • बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

    बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

    काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाउँदा ठुलो वर्षा भयो । त्यसपछि खेल १०–१० ओभरमा घटाइएको थियो ।


    स्कटल्याण्डले १० ओभरमा विना क्षती ९० रन बनाउँदा तेस्रो पटक वर्षा भयो । जसले गर्दा खेल रद्द गरियो र नतिजा आउन सकेन । स्कटल्याण्डका लागि ओपनरद्वय माइकल जोन्सले अविजित ४५ र जर्ज मुन्सेले अविजित ४१ रन बनाएपनि त्यो काम लागेन । समूह बी मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको खातामा समान १ अंक भएको छ । समूह्य बी मा यसअघि नामिबियाले ओमानलाई हराएर २ अंक जोडिसकेको छ ।

  • विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया

    विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया

    काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले हारेको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

    नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एकएक विकेट लिए ।

    त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । एक दशकपछि दोस्रो पटक टी २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।

    चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि गतिलो साथ पाउन सकेनन् । लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।

    नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

  • विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

    विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जारी छ । १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् । नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ ।

    नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था गरिएको छ । प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ । नेपालले पहिलो १० ओभरमै ४ विकेट गुमाइसकेको छ । नेपालको खातामा ५३ रन मात्र रहेको छ ।

  • देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन

    देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन

    काठमाडौं । सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    मन्त्रालयले नेपाली खेलाडी र खेलप्रेमीको हौसला बढाउन नेपालको खेल लाइभ गर्न आग्रह गरेको हो । मन्त्रालयले सबै स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम लाइभको व्यवस्था मिलाउन अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम लाइभको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

  • अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु

    अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु

    काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा सरप्राइज प्रदर्शनको तयारीमा छ । किनकी नेपाल भएको समूहमा बलियो नेदरल्यान्ड्ससँगै टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलका र बंगलादेश छन् । यी खेलमा नेपालले जित्ने हरेक खेल महत्वपूर्ण हुनेछ । आज नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा सुरु हुनेछ ।

    खेल ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । जहाँ १२ हजार भन्दा धेरै नेपाली समर्थक पुग्ने अपेक्षा गरिएको छ । नेपालले सुपर–८ को लक्ष्य राखेको छ ।
    नेपाल र नेदरल्यान्ड्सबीच टी२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

  • विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

    विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

    काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए ।

    श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एक–एक विकेट लिए । त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भयो । श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए । कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए ।

    श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुईरदुई विकेट लिएका थिए । समूह डी को दोस्रो खेलमा मंगलबार ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल र नेदरल्यान्ड्सबीच राति ९ः३० मा सुरु हुनेछ ।

  • बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?

    बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी गर्दै पुरस्कार राशीको घोषणा गरेको हो । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसिसीले जनाएको छ । सेमिफाइनलमा पुगेका बाँकी दुई टोलीले समान सात लाख ८७ हजार अमेरिकी डलर पाउनेछन् ।

    क्वार्टरफाइनलमा पुगेका र सेमिफाइनलमा पराजित भएका चार टोलील समान तीन लाख ८२ हजार डलर पाउनेछन् । यस्तै सहभागी सबै टोलीले दुई लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । विश्वकपमा समूह चरणदेखि फाइनलसम्म ५५ खेल हुनेछन् ।

    नेपाल विश्वकपको समूह ‘डी’ मा छ । नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

  • विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

    विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टोलीका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

    राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबीच फहराउने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

  • विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

    विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ। गतराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो। पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो।

    त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ब्रान्डन किङले २९ बलमा ७ चौका प्रहार गरी ३४ रन जोडे। निकोलस पुरनले २७ बल १ चौका र २ छक्का प्रहार गरी २७ रन बनाए। कप्तान रोभमन पावेलले १५ रन जोड्दा आन्द्रे रसेल १५ रन बनाएर नट आउट रहे।

    बलिङतर्फ पपुवा न्युगिनीका अशद भालाले २ तथा एलेइ नाओ, चाड सोपर र जोन कारिकोले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेट गुमाएर १३६ रन बनाएको थियो। त्यस क्रममा सेसे बाउले अर्धशतक हाने। उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए। किप्लिन डोरिगा २७ रन बनाएर नट आउट रहे।

    कप्तान असद भालाले २२ बलमा २ चौका र १ छक्का प्रहार गरी २१ रन जोडे। बलिङतर्फ अल्जरी जोसेफ र आन्द्रे रसेलले २–२ तथा अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले १–१ विकेट लिए। टी२० विश्वकपमा सोमबार बिहान ओमान र नामिबिया खेलिरहेका छन्।

  • बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

    बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

    काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो ।

    ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्‍यो ।

    नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । अब नेपालले उपाधिका लागि घरेलु बंगलादेशसँग आज खेल्नेछ । समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको बंगलादेशले थाइल्याण्डलाई हराएर फाइनलम स्थान बनाएको हो ।

  • टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत

    टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत

    काठमाडौं । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

    बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

    अमेरिकाका लागि आरोन जोन्सले नटआउट ९४ रनको योगदान दिए। उनले ४० बलमा १० छक्का र ४ चौका प्रहार गरे। एन्ड्रिस गोउसले ४६ बलमा ६५ रन बनाए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए।

    क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले समान १–१ विकेट लिए। डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

  • टिमको अफिसियलबाट हटाइयो क्यान अध्यक्षको नाम

    टिमको अफिसियलबाट हटाइयो क्यान अध्यक्षको नाम

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको अफिसियलबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको नाम हटाइएको छ ।१५ सदस्यीय खेलाडीसँगै १० अफिसियलको नाममा अध्यक्ष चन्दको पनि नाम रहेपछि क्यानको आलोचना गरिएको थियो । क्यानले अमेरिकामै डा. होमनाथ पन्तलाई टिम अफिसियलमा समेटेको हो । चन्द अफिसियलमा रहे पनि टिममा अनिवार्य रहेको चिकित्सक थिएनन् । चन्दको नाम अफिसियलबाट हटाइएपछि विश्वकपका निम्ति उनी अमेरिका र वेस्ट इन्डिजमा रहँदाको खर्च कसले व्यहोर्छ भन्ने दुविधा छ ।

  • युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

    युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

    काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे ।

    पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर, रियलले दोस्रो हाफमा अन्तिम २० मिनेटमा दुई गोल गर्‍यो । ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि भिनिसियसले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

    डर्टमण्डले पनि गोल गर्ने केही अवसर नाएको थियो तर सदुपयोग गर्न सकेन । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो । रियलले एसी मिलानले जितेको ७ उपाधिभन्दा दोब्बर बढी उपाधि जितेको छ । सन् १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमण्ड २०१३ को फाइनलमा पनि पराजित भएको थियो ।

  • टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै

    टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै

    काठमाडौं । टी२० विश्वकप अमेरिकामा सुरुभएको छ । उद्घाटन खेलमा अहिले अमेरिका र क्यानडा भिड्दैछन् । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो विकेट गुमाइसकेको छ । डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको हो ।


    क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक–एक विकेट लिए ।

  • अमेरिकामा नेपाली टोलीलाई अपार समर्थन, उत्साहित छन् कप्तान रोहित

    अमेरिकामा नेपाली टोलीलाई अपार समर्थन, उत्साहित छन् कप्तान रोहित

    काठमाडौं । विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् । विश्वकप आइतबारबाट सुरु हुँदैछ । कप्तान रोहितले टी–२० फरम्याटको क्रिकेटमा जुनसकै टोलीले जित्ने र हराउने बराबर हैसियत राख्ने बताए ।


    ‘‘विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनु भएको छ । हामी सुखद् नतिजा निकाल्न आतुर छौँ । विश्वकपमा सहभागी २० वटै टोली बलिया छन् । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । हामीले सबैलाई समान हैसियतको रूपमा हेरेका छौँ,’’ रोहितले भने ।

    विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हुन् । रोहितले नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेकोले टोलीका रहेका सबै खेलाडीले आफूलाई बलियो टोलीको रूपमा उभ्याउने पनि बताए ।
    नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले १० वर्षपछि विश्वकपमा फर्किएको नेपाली क्रिकेटले राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताए ।

    विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

    यस विश्वकपमा सहभागी टोली मध्ये नेपाल खेलाडीको उमेरको हिसाबले युवा टोली हो । त्यसमाथि नेपालका कप्तान रोहित पौडेल सहभागी टोलीमध्ये सबैभन्दा कान्छा कप्तानको भूमिकामा छन् । २१ वर्षीय कप्तान रोहित उमेरले कुनै प्रभाव नपार्ने बताउँछन् । सहभागी २० टोलीमा नेपाली खेलाडीको औसत उमेर २३.७ वर्ष रहेको छ । यो विश्वकपमा पाका खेलाडीको रूपमा ओमान रहेको छ । ओमान औसत ३२.९ वर्षका खेलाडीको साथमा विश्वकप खेल्दैछ । यस्तै यस विश्वकपका पाका कप्तानको रूपमा भारतका रोहित शर्मा, क्यानडाका साद बिन जाफर र स्कटल्यान्डका रिची बेरिङटन छन् ।

    नेदरल्यान्ड्सविरुद्ध विश्वकपको डेब्यु खेल खेल्दा नेपालका लागि अर्को फाइदा भनेको डालासस्थित ग्रान्ड पियरे मैदान हो । टेक्सासको डालासमा रहेको यस मैदानलाई नेपालले आफ्नो कीर्तिपुरस्थित त्रिवि मैदान पछिको दोस्रो घरेलु मैदानको रूपमा हेरिएको छ । कीर्तिपुरमा जस्तै पियरे मैदानमा पनि हजारौँ सङ्ख्यामा समर्थकले नेपाली टोलीलाई साथ दिनेछन् । टेक्सासमा मात्र अहिले एक लाख ५० हजार सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । २० हजार क्षमता रहेको ग्रान्ड पियरे रङ्गशालामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल हेर्न सम्पूर्ण टिकट बिक्री भइसकेको छ । जसमा ९० प्रतिशत टिकट नेपाली मूलका दर्शक र समर्थकले बुक गरिसकेका छन् ।

  • वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्

    वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्

    काठमाडौं । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो ।

    नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

  • वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले

    वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्ने तयारी गर्दै गर्दा भारी वर्षाले खेल रोकिएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ। खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ।

    आइसिसी टी–२० विश्वकपको उद्घाटनअघि नेपालका लागि यो अन्तिम तयारी खेल हो । विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिज इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ६ मध्ये ४ खेलमा जित निकालेको थियो।


    तर टी(२० विश्वकप उद्घाटनअघि आइसिसीको तालिकामा खेलेको पहिलो वार्मअप खेल नेपालका लागि खराब रह्यो। स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीबिना क्यानडाविरूद्ध खेलेको नेपाल कमजोर ब्याटिङ गर्दा ६३ रनले पराजित भएको थियो। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आज राति हुने खेललाई नेपालको अन्तिम तयारीको रुपमा लिएका छन्।


    अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बंगलादेश विरूद्धको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो। घरेलु मैदानमा ठूला टोलीलाई स्तब्ध पार्ने लक्ष्य लिएको अमेरिकासँग अभ्यास खेल खेल्दा नेपालले फाइदा लिने लक्ष्य बनाएको छ।

    नेपालले अमेरिकासँग खेलेको पाँच दिनपछि यही मैदानमा यो विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘डी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ खेल्नेछ। त्यसपछि नेपालले जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। नेपालको बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

  • सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, विश्वकप गुमाउने

    सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, विश्वकप गुमाउने

    काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । । अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । यसअघि पनि टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार भएको थियो । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

  • विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । नेपालले आज टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेल खेलेको थियो ।

    अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

  • रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित

    रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने खेल साउदी अरेबियामा हुने भएको छ। जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।

  • अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित

    अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित

    काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग हारेको छ । क्यानडाले नेपाललाई ६३ रनले हरायो । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गर्नु परेको ेथियो । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

    त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।

    सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो । डिलोन हेलिगरले २।३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २(२ विकेट लिए । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

    त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

  • सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

    सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

    काठमाडौं । सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने निश्चित भएको छ । मंगलबार सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ ।त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् ।

    कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिने भएको छ । त्यसपछि कांग्रेस र एमालेका २–२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक–एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।

    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा संसदीय समिति गठन गर्न दलहरु सहमत भए पनि सो समितिको कार्यादेशमा सहमति जुट्न सकेको थिएन ।

    कांग्रेसले गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय समितिको कार्यादेश बनाउने अडान राखेको थियो । तर, सत्ता साझेदार एमाले र रास्वपा त्यसमा सहमत नभएपछि सदनको गतिरोध अन्त्य हुन सकेको थिएन ।

    मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा बोलाएको सत्ता पक्ष र प्रतिपक्षको संयुक्त बैठकमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेका छन् ।

  • सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

    सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

    विश्वकप खेल्ने आफ्नो सपना पूरा नहुने देखेपछि सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ । नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

  • विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

    विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

    आजदेखि भने नेपालले टी–२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो। टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ।

    नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्।

    करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पनि विश्वकप खेल्न पठाउने तयारी क्यानले गरेको छ।

    टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

    अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी २० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर २ को दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्नेछन्।

  • कोलकाता बन्यो आइपीएल च्याम्पियन

    कोलकाता बन्यो आइपीएल च्याम्पियन

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधी जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे ।

    रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६र६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

    हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई\दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक–एक विकेट लिए ।

    लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

  • आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

    आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो ।

    शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो । कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

  • पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

    पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गतराति फाइएनलमा लियोनलाई २–१ ले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
    पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे ।

    लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए । केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो करियरको अन्तिम खेलमा उपाधि जित्दै अन्त्य गरेका छन् । उनले यसअघि नै यस सिजनपछि पीएसजी छाड्ने घोषणा गरेका थिए । २५ वर्षीय एमबाप्पेले पीएसजीका लागि ३०८ खेलमा सर्वाधिक २५६ गोल गरेका थिए ।

    उनी अर्को सिजन रियल मड्रिड जाने चर्चा छ । एमबाप्पेले सात वर्ष पेरिसमा बिताउँदा ६ फ्रेन्च लिग वानको उपाधि जितेको छन् । यस्तै चार फ्रेन्च कप र दुई लिग कपको पनि उपाधि जितेका छन् ।

  • अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

    अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

    काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले हराएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो ।

    नेपालका लागि सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए। त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे।


    ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के। ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ। नेपालले जेठ १४ मा क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्नेछ।

    टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

    अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।