Category: खेलकुद

  • ‘सानो लक्ष्यमा हार्नु पिच ब्याटिङका लागि च्यालेन्जिङ थियो’

    ‘सानो लक्ष्यमा हार्नु पिच ब्याटिङका लागि च्यालेन्जिङ थियो’

    काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजको पिच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताएका छन्। स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुमा टोलीको एक्सपेरियन्सलाई दोष दिएनन्। ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने। नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन।

  • यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो

    यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो

    काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।

    बराबरीपछि दुवै टोलीले १–१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २–१ ले तथा क्रोएसिया स्पेनसँग ३–० ले पराजित भएका थिए ।
    खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।

    ७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए । यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २(१ को अग्रता लिएको थियो । तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए । अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।

  • दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो

    दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो

    काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू–१९ क्रिकेट खेलेका थिए ।

    हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए । एक समय ११.१ ओभरमा ७६÷५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।

    अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

    दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १–१ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

  • जर्मनी यूरोकपको अन्तिम १६ मा

    जर्मनी यूरोकपको अन्तिम १६ मा

    काठमाडौं । आयोजक जर्मनी लगातार दोस्रो खेल जित्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

    स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे । जर्मनीले समूहको पहिलो खेलमा स्कटल्याण्डलनाई ५–१ ले पराजित गरेको थियो । अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

  • आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो

    आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ ।

    अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै सार्वजनिक भएको वरीयतामा केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ ।

    नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ कुशल भुर्तेलले सबैभन्दा ठूलो छलाङ मारेका छन् । पहिलोपटक टप सयभित्र परेका उनी ४३ औं स्थानको सुधार गरी ७० औँ स्थानमा आएका छन् ।

    यस्तै अलराउन्डरतर्फ टप टेनमा अटाएका नेपालका एक मात्र खेलाडी दीपेन्द्रसिंह ऐरीले पनि तीन स्थानको सुधार गर्दै ६ औँमा स्थान बनाएका छन् । उनले भारतका हार्दिक पांड्या, इंग्ल्यान्डका लियम लिंग्वेस्टन र मोइन अलीलाई पछाडि पारेका हुन् ।

    पाँचौँ स्थानमा रहेका जिम्बाब्बेका सिकन्दर राजाभन्दा उनको अंक ११ मात्र कम छ । उनी आईसीसीले अर्कोपटक वरीयता जारी गर्दा टप ५ मा पर्ने सम्भावना देखिएको छ । उनी क्रिकेटका कुनै पनि वरीयतामा टप टेनभित्र पर्ने नेपालका एक मात्र खेलाडी हुन् ।

    अलराउन्डरतर्फ कप्तान रोहित पौडेल पनि ११ स्थान सुधार गरी ५५ औं स्थानमा आएका छन् । कुशल मल्ल १ स्थान खस्किएर ३६ औँ, करण केसी ६ स्थान खस्किएर ७५ औँ र गुल्सन झा पनि ६ स्थान खस्किएर ६८ औँ स्थानमा झरेका छन् ।

  • पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

    पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

    काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ ।

    खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई पहिले अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । चेक रिपब्लिकका रोविन ह्रानाकले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर रग्ने क्रममा रोविनले आत्मघाती गोल गरेका थिए ।

    त्यसपछि पोर्गुचलका डिएगो जोटाले गोल गरेपछि अफसाइड भएको थियो । तर फ्रान्सिस्को कोन्सेइकाओले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए । यस जितले रोनाल्डोको लगातार छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ ।

  • नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

    नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी(२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

    ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेट मेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए । तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

    आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् । यता खेलपछि रोहितले उक्त समयमा बलिङ गर्न जान भनेको जवाफ दिएका थिए ।

    नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनकै बलमा रोहित ब्याकवार्ड प्वाइन्टमा १ रनमा रिशाद हसनबाट क्याच आउट भएका थिए । २४ मध्य २१ बल डट राखेका थिए । बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो । नेपाल ४ खेलमा १ अंकका साथ समूह चरणबाटै बाहिरिन पुग्यो ।

  • रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित

    रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित

    काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३–० हराउँदै इतिहास रचेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको छ । कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै डेनिस ड्रागुसले गोल गर्दै रोमानियालाई ३(० को अग्रता दिलाए ।

    समूह ई मा रोमानियाले ३ अंक जोडेको छ । यसअघि रोमानियाले पछिल्लो पटक सन् २००० को युरोमा इंग्ल्याण्डलाई समूह चरणमा ३(२ ले पराजित गरेको थियो । यसअघि पाँच संस्करण युरो खेल्दा त्यो नै रोमानियाको एक मात्र जित थियो । त्यस संस्करणमा नकआउट चरणमा रोमानिया इटलीसँग पराजित भएको थियो ।

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने आदेश दिएयता युक्रेनका खेलाडीहरुले पहिलो पटक मुद्य प्रतियोगिता खेलिरहेका छन् । गत साता युक्रेनका फरवार्ड मिखाइलो मुड्रिकले आफ्नो गृहनगर क्रास्नोग्राडमा आफ्नो परिवारले दिनरात नै रूसी मिसाइलहरूको सामना गरिरहेको बताएका थिए ।

  • यूरोकपका दौरान चोटिल बने एम्बाप्पे

    यूरोकपका दौरान चोटिल बने एम्बाप्पे

    काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । यस खेलमा कप्तान केलिएन एमबाप्पेलाई चोट लागेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गतराति सम्पन्न खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    ३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो । अष्ट्रियाका डिफेण्डर केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकबाट रगत आएको थियो । त्यसपछि २५ वर्षीय एमबाप्पेलाई केही उपचार गरियो र उनी मैदान बाहिर आए । उनको स्थानमा फ्रान्सले ओलिभर जिरुडलाई मैदान पठाउने तयारी गरेको थियो ।

    तर एमबाप्पे स्वीकृतिबिना नै मैदान प्रवेश गरेपछि उनलाई पहेँलो कार्ड देखाइयो । त्यसपछि ९०औं मिनेटमा एमबाप्पेको स्थानमा जिरुड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एमबाप्पेको अवस्था राम्रो नरहेको बताएका छन् । ‘उनको अवस्था ठिक छैन । उनको नाकमा ठूलो चोट लागेको छ,’ डेसच्याम्पले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘यो कस्तो छ भनेर हामीले परिक्षण गर्नुपर्नेछ । जुन हाम्रो लागि दूर्भाग्य हो ।’

    फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरिसकेका एमबाप्पे पहिलो पटक युरो उपाधि जित्ने लक्ष्यमा छन् । उनी फ्रेन्च टिमको मुख्य खेलाडी र कप्तान समेत हुन् । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट फिफा विश्वकप जितिसकेका छन् । २०२२ को विश्वकप फाइनलमा भने फ्रान्स अरज्नेटिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

  • टी-२० विश्वकपः ‘सुपर-८’ को समीकरण टुंगियो, भारत र अष्ट्रेलिया एकै समूहमा

    टी-२० विश्वकपः ‘सुपर-८’ को समीकरण टुंगियो, भारत र अष्ट्रेलिया एकै समूहमा

    काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको ‘सुपर-८’ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम ‘सुपर-८’ मा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् ।

    ‘सुपर-८’ मा भारत, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया, अमेरिका, इङ्गल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।

    ‘सुपर-८’ को समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

    दुई समूहमा रहेका देशले एक अर्कासँग एक–एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

    खेलहरु बुधबारदेखि शुरु हुनेछन् । बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका खेल्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

  • ब्याटिङमा खराब फर्मले नेपालले अर्को ऐतिहासिक अवसर गुमायो

    ब्याटिङमा खराब फर्मले नेपालले अर्को ऐतिहासिक अवसर गुमायो

    काठमाडौं । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग हारेको छ । कम लक्ष्य पाए पनि नेपाललाई बंगलादेशले २१ रनले हराएको हो । नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन रह्यो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए ।

    दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए । ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १९१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६९५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
    गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए । बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९।२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।

    नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।


    ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३।२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।

    रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

  • सन्दीपले पुरा गरे टी-२० आईमा १ सय विकेट

    सन्दीपले पुरा गरे टी-२० आईमा १ सय विकेट

    काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् ।

    १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

  • इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट

    इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट

    काठमाडौं । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो । नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

    ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे ।

    अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए । कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५।४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो ।

    अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११।४ ओभरमा ६१(६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।

  • यूरोकपमा स्पेनको सानदार जित

    यूरोकपमा स्पेनको सानदार जित

    काठमाडौं । तीन पटकको विजेता स्पेनले युरो २०२४ मा सानदार सुरुवात गरेको छ । समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३–० ले हरायो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल गरेको हो । कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

    ड्यानिए कार्भाहालले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेपछि स्पेनले ३(० को अग्रता बनायो । क्रोएसियाले दोस्रो हाफमा एक गोल फर्काए पनि भिएरआरले मान्यता दिएन । ८०औं मिनेटमा प्राप्त पेनाल्टीमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले हानेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोन्सले बचाएका थिए । तर, त्यसबाट रिबाउन्डमा आएको बलमा पेट्कोभिकले ने गोल गरेका थिए । तर उक्त गोलले मान्यता पाएन ।

  • अल्वानियाले गर्यो इतिहासकै छिटो गोल, तर खेल हार्यो

    अल्वानियाले गर्यो इतिहासकै छिटो गोल, तर खेल हार्यो

    काठमाडौं । अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।

    त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए । उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।

    ११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

  • यूरोकपमा जर्मनीको सानदार सुरुवात

    यूरोकपमा जर्मनीको सानदार सुरुवात

    काठमाडौं । आयोजक जर्मनीले युरो–२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले हराउन सफल भयो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

    जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए । त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

    स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो । निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे । स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

    युरो-२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ । यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।

  • अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित

    अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित

    काठमाडौं । घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १(१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो ।

    भारत ३ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ । सुपर(८ मा पुगेसँगै २०२६ को टी२० विश्वकपमा पनि अमेरिकाले स्थान बनाएको छ । यस संस्करणमा सह–आयोजक हुँदा अमेरिकाले सोझै विश्वकप खेल्ने अवसर पाएको थियो । डेब्यू विश्वकपमा सानदार प्रदर्शनका साथ सुपर ८ मा स्थान बनाएको हो ।

    अमेरिकाले क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । पाकिस्तान भने ३ खेलमा २ मा हार र १ मा जितसहित एक खेल अगावै बाहिरिएको छ । अमेरिकासँगको हार पाकिस्तानलाई भने भारी परेको छ । अन्तिम खेल पाकिस्तानले आयरल्यान्डसँग आइतबार खेल्नेछ । अव सुपर ८ मा पुग्न समूह बी र समूह डी बाट एक एक टोलीको टुङ्गो लाग्न बाँकी छ । समूह ए मा क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

    समूह सी बाट अफगानिस्तान र वेष्टइण्डिज सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा स्थान पक्का गरेको छ । स्कटल्यान्ड र इंग्ल्यान्डबीच सुपर ८ मा स्थान बनाउन समूह बी मा प्रतिस्पर्धा छ । त्यस्तै समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ । समूह डी मा बंगलादेश, नेदरल्यान्ड्स र नेपाल पनि सुपर ८ को दौडमा छन् ।

  • दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल

    दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल

    काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले हारेको छ । योसँगै नेपालको सुपर ८ यात्रा रोकिएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन हाने । दुई बलमा दुई रन चाहिएको थियो ।

    गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए। ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।

    नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए । अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।

    दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

  • बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार

    बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ। नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो। नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।

    विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ। दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ। दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो। त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए।

    नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताए । विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छ भने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ। त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ। समान एक अङ्क नै बटुलेको श्रीलङ्का तालिकाको पुछारमा छ।

  • यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

    यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो(२०२४ शुक्रबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्ने छन्, आयोजक जर्मनी र स्कटल्यान्ड । एलिनाज एरेनामा हुने खेलसँगै एक महिना लामो प्रतियोगिता सुरु हुनेछ । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

    साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् । आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् । यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् । फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् ।

    यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ । यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ ।

    प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन। तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन् ।फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

  • नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी

    नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी

    काठमाडौं । आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो । बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएका थिए । नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

    नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

    नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो र सोमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

    यस्तै दोस्रो स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।

  • फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन

    फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामा रोकिएको छ। फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो। तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ।

    अब नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। सेन्ट भिसेन्टमा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ। फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो। सो खेलका लागि अमेरिका तथा अन्य देशबाट फ्लोरिडा आएका कतिपय समर्थकको फ्लाइट पनि प्रभावित बनेका छन्। कसैको फ्लाइट एक दिन सरेको छ भने कतिपयको ढिला गरी उडान भएका छन्।

    फ्लोरिडामा बुधबार दिनभर पानी परेको थियो। दक्षिण फ्लोरिडाका केही भागमा बुधबार बाढी समेत आएको थियो। बारम्बार मुसलधारे वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्।

    अमेरिकाको राष्ट्रिय मौसम सेवाले ब्रोवार्ड, मायामी-डेड, कोलियर र हेन्ड्री काउन्टीका केही भागहरूमा बिहीबार बिहानसम्म बाढीको चेतावनी दिएको छ। यस्तै बुधबार भने साँझ बाढीले जोखिम हुन सक्ने चेतावनी दिएको छ। ‘धेरै क्षेत्रहरू पानीले डुबानमा परेका छन्, कार रोकिएका छन्’ मौसम सेवाले भनेको छ, ‘सम्भव भएमा सडकबाट टाढा रहनुहोस्।’

  • अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक

    अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक

    काठमाडौं । भारत आईसीसी टी–२० विश्वकप २०२४ को सुपर ८ मा प्रवेश गरेको छ । उसले घरेलु टोली अमेरिकालाई ७ विकेटले हरायो । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

    ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए । त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।

    भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए । समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् । समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

    अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर(८ मा पुग्नेछ । यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर(८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।

  • नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक

    नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक

    काठमाडौं । विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे।

    अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि यो गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।

    यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल व्यहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पराजित भयो ।

    समूह एचको शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । अब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।

  • नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

    नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले उक/एक अंक बाँडेका छन् ।

    मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।

  • सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल

    सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल

    काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ ।

    यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ। विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन।

    छनोट चरणको होम म्याचमा यमनसँग नेपाल २–० ले पराजित भएको थियो ।हालसम्म यमनविरुद्ध नेपालले जित निकाल्न सकेको छैन । यही खेलिएको पाँचमध्ये चार अन्तर्राष्ट्रिय खेलमा यमनविरुद्ध नेपालले जित निकाल्न नसकेको हो । यी दुई टिमले एक खेल भने बराबरी खेलेका छन् ।

    समूह एच मा रहेको नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ। यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुङ्ग्याउँदै छ। दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल खाँला एक गोल पनि फर्काउन सकेको छैन। दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो।

  • पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

    पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

    एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।

    अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न १२० रनको लक्ष पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्याे।

    पाकिस्तानका लागि मोहम्मद रिज़वानले ४४ बलमा सर्वाधिक ३१ रन बनाए। यस क्रममा उनले १ छक्का र १ चौका प्रहार गरे।

    यसैगरी कप्तान बाबर आजमले १० बलमा, उस्मान ख़ानले १५ बलमा र फ़ख़र ज़मानले ८ बलमा समान १३ रनको योगदान दिए।

    इमाद वसीमले १५, नसीम शाहले १०, शादाब ख़ानले ४ र इफ़्तिख़ार अहमदले ५ रन बनाए। पाकिस्तानका शाहीन शाह अफ़रीदी भने शून्य रनमा आउट भए।

    भारतका लागि जसप्रीत बुमराहले ४ ओभरमा १४ रन खर्चिँदै ३ विकेट लिए। हार्दिक पंड्याले २, अर्शदीप सिंह र अक्षर पटेलले समान एक-एक विकेट लिए।

  • टी – २० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

    टी – २० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

    काठमाडौं । नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ ।

    यसअघि अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् । सोही कारण उनले गत मंगलबार नेदरल्याण्ड्सँग भएको खेल पनि गुमाए । यस्तै, सन्दीपले आउँदो बुधबार हुने श्रीलंकासँगको खेल पनि गुमाउनेछन् ।

    यद्यपि उनले १५ र १७ जुनमा क्यारेबियन देश सेन्ट भिन्सेन्टमा हुने विश्वकप म्याच भने खेल्न पाउने बताइएको छ ।

    क्यानले लेग स्पिनर लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा नदिएपश्चात अमेरिकामा हुने खेलमा सहभागी हुन नपाएको जनाएको छ।

    क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जारी आईसीसी टी -२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो। लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

  • टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

    टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ ।

    यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

    यो खेल हारेमा पाकिस्तानको सुपर-८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी-२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

    भारत–पाकिस्तानबीच भएको पाँच खेलमा सुरुमा बलिङ गर्ने टोलीले खेल जितेको छ ।

    सन् २०२१ मा पाकिस्तानले विश्वकपमा पहिलो पटक भारतलाई हराएको थियो । त्यस खेलमा पाकिस्तानले सुरुमा बलिङ गरेको थियो । अर्थात् दोस्रो ब्याटिङ गर्ने टोलीले ७१ प्रतिशत खेल जितेको छ ।

    दुवै टोलीले एकअर्काविरुद्ध अहिलेसम्म कुल १२ टी–२० खेलेका छन् । त्यसमा पनि पछि ब्याटिङ गर्ने टोलीले ९ पटक जितेको छ भने पहिलो ब्याटिङ गर्ने टोलीले ३ खेल जितेको छ ।

    सन् २०२१ बाट पीछा गर्न सजिलो छ, शीर्ष १० टोलीहरूको ५० प्रतिशत टी-२० खेलहरू पछ्याउने टोलीहरूले जितेका छन् । पहिले ब्याटिङ गर्ने टोलीहरू ४३ प्रतिशत मात्र सफल भए । बाँकी खेल निर्णायक वा बराबरीमा सकियो ।

  • टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

    टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।

    सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा अमेरिकाले पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो।

    सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

    त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

    १६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएको हो ।

    अमेरिकाको यो लगातार दोस्रो जीत हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।