Category: खेलकुद

  • फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

    फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

    काठमाडौं । स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो ।

    खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

    स्पेन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । यसअघि स्विट्जरल्याण्डका जोहान भोलनान्थेनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए । चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

  • कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

    कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

    काठमाडौं । ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो ।

    निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

    ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो । उरुग्वेले फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

  • टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

    टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

    काठमाडौं । टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनल पुगेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबारा राति सम्पन्न अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले टर्कीलाई २–१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।a

    त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा यो अग्रता कायम रहेपनि दोस्रो हाफमा डच टोली खेलामा फर्कियो । ७० औं मिनेटमा नेदरल्याण्ड्सका स्टेफान डे भर्जिलले बराबरी गोल गरे ।

    त्यसको ६ मिनेटपछि नै टर्किएका मुलडुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २(१ अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेदरल्याण्ड्स ससेमिफाइनल प्रवेश गरेको हो । अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

  • इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

    इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

    काठमाडौं । इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा पुगेको हो । जर्मनीको डुसेलडर्फमा शनिबार रातिसम्पन्न क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो ।

    निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै जित पक्का गरे । इंग्लाण्डका लागि पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा स्विट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मानुएल अकान्जी भने चुके ।

    इंग्ल्याण्डका लागि कोल पाल्मर, जुड बेलिङघम, बुकायो साका, इऐन टोनी, र आर्नोल्डले गोल गरे । स्विट्जरल्याण्डका लागि फिबयन सार, जेद्रान शाकिरी र जेकी अम्डाउनीले पेनाल्टीमा गोल गरे । अकान्चीको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।

    त्यसअघि खेलमा स्वीट्जरल्याण्डले पहिले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए तर बुकायो साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए । इंग्लयाण्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

  • आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

    आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

    काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

    स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मिचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्‍याए ।

    त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २(१ को जित दिलाए । अतिरिक्त समयको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

    स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानमै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ । स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

  • कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने

    कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने

    काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ । तर कोपामा भने ९० मिनेटको खेल बराबरी भएमा सीधै पेनाल्टी हुनेछ ।

    तर कोपाको फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय थपिनेछ । त्यसमा पनि बराबरी भएमा खेल पेनाल्टिसुटआउटमा पुग्नेछ ।
    साविक विजेता अर्जेन्टिनासहित क्वाटरफाइनल पुग्न ८ वटै टोलीको टुङ्गो लागिसकेको छ ।

    क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर, भेनेजुएलाले क्यानडा, कोलम्बियाले पानामा र उरुग्वेल ब्राजिलसँग खेल्नेछ । आयोजक अमेरिका रमेक्सिको भने यस समूह चरणबाटै बाहिरिएका छन् । कोपाको पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६ः४५ मा सुरु हुनेछ ।

  • १६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

    १६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

    काठमाडौं । मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।

    ६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो । फ्रान्स र नेदरल्याण्ड्स जस्ता टिम रहेको समूहमा समूह विजेता बनेको अष्ट्रियाले नकआउट चरणमा पनि त्यस्तै नतिजा निकाल्ने योजना बनाए पनि सफल भएन । अब सेमिफाइनल प्रवेशका लागि टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ

  • वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

    वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

    काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेन चम्किएपछि नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उनले दुई गोल गरे । म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० हरायो । खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

    मालेनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । बेल्जियम,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्‍याउन सकेन । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

  • नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

    नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

    काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

    पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्‍यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४–१ ले विजयी भयो । क्वाटरफाइनलमा स्पेन र जर्मनीविरुद्ध खेल हुनेछ । जर्मनीले डेनमार्कलाई २० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो । आयोजक जर्मनी र स्पेन दुवै टोली उपाधि दाबेदार मानिएका छन् ।

  • यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

    यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

    काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल थप्दै २–१ को पुनरागमन जित निकालेको हो ।

    निर्धारित समयमको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो र त्यसको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै इंग्ल्याण्डले जित हासिल गर्‍यो । अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्ड इटलीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

  • विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा

    विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा

    काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलमा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २–० गोलले हराउँदै अर्जेन्टिना अपराजित क्वाटरफाइलनमा प्रवेश गरेको हो। अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्यो । यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो।

    आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा दुवै गोल लाउटारो मार्टिनेजले गरे। उनले ४७ औं र ८६ औं मिनेटमा गोल गरे। अर्जेन्टिना रहेको समूह ‘ए’बाट क्यानडा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। आजै भएको खेलमा गोलरहित बराबरीको नतिजा निकाल्दै क्यानडा क्वाटरफाइनलमा पुगेको हो। उक्त समूहबाट चिली र पेरू बाहिरिएका छन्।

  • साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

    साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

    काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २–० ले पराजित भएपछि इटली बाहिरिएको हो । स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्थान बनायो ।

    बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक–एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

  • इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

    इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

    काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले इतिहास रचेका छन् । उनी दुई टी–२० विश्वकप उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेका छन् । साथै उनले अब टी २० फम्र्याटको क्रिकेटबाट सन्यास समेत घोषणा गरेका छन् । उनको उत्कृष्ट कप्तानी र प्रदर्शनमा भारतले अपराजित रहँदै २०२४ टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो ।

    भारतले यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । त्यस बेला रोहित भारतको युवा स्पिन अलराउण्डरको रुपमा टोलीमा थिए । सन् २००७ को फाइनलमा रोहितले पाकिस्तानविरुद्ध ३० रनको अविजित इनिङ खेलेका थिए । उनले २००७ सेप्टेम्बर १९ मा इंग्ल्यान्डविरुद्ध टी२० आईमा डेब्यू गरेका थिए । भारतले २००७ को विश्वकप जित्दा वर्तमान टोलीमा भएका रोहित एकमात्रै सदस्य हुन् ।

    सन् २०२१ को टी २० विश्वकपमा विराट कोहलीको कप्तानीमा भारत पहिलो चरणबाटै बाहिरिएपछि भारतले रोहितलाई कप्तान बनाएको थियो । तर २०२२ को उनको कप्तानीमा भारत सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो । दुई टी–२० विश्वकप उपाधि जित्ने भारत तेस्रो टोली हो । यसअघि वेष्टइण्डिजले सन् २०१२ र २०१६ तथा इंग्ल्यान्डले २०१० र २०२२ मा टी–२० विश्वकप उपाधि जितेको थियो । भारतले १३ वर्षपछि विश्वकप उपाधि जितेको हो ।

    यसअघि भारतले २०११ मा एकदिवसीय विश्वकप उपाधि जितेको थियो । पछिल्लो पटक २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । भारतले सन् २०१४ को टी२० विश्वकप फाइनल, २०१६ को टी२० विश्वकप सेमिफाइनल, २०१७ को च्याम्पियन्स ट्रफी फाइनल, २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनल हार्दा रोहित टोलीमा प्रमुख ब्याटर थिए ।

  • क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

    क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

    काठमाडौं । भारतीय क्रिकेट टोलीका एक महान खेलाडी विराट कोहलीले टी–२० आइतबाट सन्न्यास लिएका छन् । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी २० आई नखेल्ने घोषणा गरे । भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्ने क्रममा उनले यो आफ्नो अन्तिम टी २० आई खेल भएको बताए ।

    बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

    ३५ वर्षीय उनले भारतबाट १२५ टी २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी २० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी २० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

  • जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

    जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शन गरे । उनले १५ विकेट लिएका थिए । बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए ।

    अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी२० विश्वकप उपाधि जितेको थियो ।

    १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

  • भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

    भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

    काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् ।

    एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।

    ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४\४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए ।

    उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०-३ को अवस्थामा थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए । त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

    ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।

    चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।

    दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

  • इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

    इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

    काठमाडौं । भारत आइसिसी टी–२० विश्वकपको फाइनल पुगेको छ। गतराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो।

    त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए। इंग्ल्याण्डका लागि ह्यारी ब्रूकले बनाएको २५ रन सर्वाधिक रह्यो। कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए। जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

    लियाम लिभिङस्टोनले ११ रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर फिल सल्ट ५ रन, मोइन अली ८ रन, साम करण २ रन, क्रिस जोर्डन १ रन, आदिल रसिद २ रनमा आउट हुँदा जोनी बैर्स्टो शून्यमा आउट भए।

    पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो। त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे।

    ओपनर विराट कोहली ९ रन र रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए। बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करण र अदिल रसिदले १–१ विकेट लिए। भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।

  • यूरोकपको क्वाटरफाइनल समिकरण पुरा

    यूरोकपको क्वाटरफाइनल समिकरण पुरा

    काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा समूह चरणको खेल सकिएका छन् । अब नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गतराति समूह एफको अन्तिम २ खेल भएका छन् । यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुगे । तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।

    चार समूहबाट ३–३ तथा दुई समूहबाट २–२ टोली नकआउट चरणमा पुगे । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

    यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।

    फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । साविक विजेता इटलीले अन्तिम १६ म स्वीट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ । फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरु मध्येबाट एक टोली मात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।

    अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलो पटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

    अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । रोमानिया र अष्ट्रिया आफ्नो समूहमा समूह विजेता बनेका थिए । यी दुई खेलको विजेता क्वाटरफाइनलमा एकआपसमा भिड्नेछन् । यस्तै इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटली र स्वीट्जरल्याण्डको विजेतासँग खेल्नेछ ।

  • रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित

    रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित

    काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गरेको छ । उसले स्टार फूटबलर क्रिष्टियानो रोनाल्डोको टीम पोर्चुगललाई २–० ले हराएको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।


    गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक जित दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

    यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो । पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो । उता जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो भने दोस्रो खेलमा चेकसँग बराबरी खेलेको थियो । तीन खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जरज्या तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।

    यस्तै अन्तिम खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै ६ अंक नै जोडेको टर्किए समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल समान ६ अंक जोडेपनि हेड टु हेडमा टर्किए पोर्चुगललाई पछि परेको हो ।

  • दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित

    दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित

    काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ ।


    ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भए ।


    बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

    यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन ।

    मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

  • चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग

    चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग

    काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान, जोर्डन र बंगलादेश सहभागी छन् । नेपालले असार २६ अर्थात जुलाई १० मा जोर्डनसँग खेल्नेछ ।

    नेपाली राष्ट्रिय टोलीः
    गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
    डिफेन्डरः अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे
    मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी
    फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

  • फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो

    फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो

    काठमाडौं । केलिएन एमबाप्पेले युरोमा आफ्नो पहिलो गोल गरेको खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । युरो २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । दुवै टिमका लागि कप्तानले गोल गरेका थिए र दुवै गोल पेनाल्टीमा भएको थियो । डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टिमले गोल गरे ।

    एमबाप्पेले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस जितले फ्रान्स समूह डी को विजेता बन्ने पक्का थियो । तर, पोल्याण्डले पनि पेनाल्टी पायो र कप्तान रोवर्ट लेवान्डोस्कीले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि फ्रान्स ५ अंक जोडेर समूह डी को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।

    उपविजेता बन्दा फ्रान्सका लागि आगामी यात्रा कठिन हुनेछ । किनभने नकआउट चरणमा फ्रान्ससिहत जर्मनी, स्पेन र पोर्चुगल जस्ता टोली एकै पुलमा पर्नेछन् । यी मध्ये एक टोली मात्र फाइनल पुग्नेछ । यसअघि नै लगातार दुई खेल हारेर बाहिरिसकेको पोल्याण्डको खातामा भने १ अंक मात्र रह्यो । नेदरल्याण्ड्सलाई पराजित गरेको अष्ट्रिया अप्रत्यासित रुपमा यस समूहको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

  • यूरोकप : बराबरीमा रोकियो जर्मनी

    यूरोकप : बराबरीमा रोकियो जर्मनी

    काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्ड हार टारेको छ । खेल १–१ को बराबरीमा सकिएको छ । जर्मनी समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी पर्याप्त भयो ।

    डान एनडोएले २८औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्यो । सो टीम पनि अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो ।

    यस्तै समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हराएर पहिलो जित निकाल्यो । यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे । जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । हंगेरीका लागि तेस्रो हुने मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ । त्यसका लागि समूह चरणका बाँकी खेलहरुको नतिजा कुर्नुपर्नेछ ।

    स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

  • विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

    विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा भारतले बंगलादेशलाई हराएको छ । सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्यो । बंगलादेशले भने लगातार दोस्रो पराजय भोगेको छ । भारतले बंगलादेशलाई ५० रनले जितेको छ । भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का हाने।

    तान्जिड हसनले ३१ बलमा ४ चौका हानेर २९ रन जोडे। रिशद हुसेनले १० बलमा १ चौका र ३ छक्का हानेर २४ रनको योगदान गरे। ओपनर लिटन दास र महमुद उल्लाहले १३र१३ रन, शाकिब अल हसले ११ रन जोडे। बलिङतर्फ भारतका कुलदीप यादवले तीन विकेट, अर्शदीप सिंह र जसप्रित बुमराहले २र२ तथा हार्दीक पाण्ड्याले एक विकेट लिए।

    पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। हार्दीक पाण्ड्या अर्धशतक हानेर नट आउट रहे। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए। विराट कोहलीले २८ बलमा १ चौका र ३ छक्का हानेर ३७ रन बनाए। रिशभ पन्तले २४ बलमा ४ चौका र २ छक्का हानेर ३६ रन जोडे। बलिङमा बंगलादेशका तान्जिम हसन शकिब र रिशद हुसेनले २–२ तथा शाकिब अल हसनले १ विकेट लिए।

  • यूरोकप : पोर्चुगल नकआउट चरणमा

    यूरोकप : पोर्चुगल नकआउट चरणमा

    काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे ।

    टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको थियो । पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।

  • कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

    कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

    काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २–१ ले पराजित गरेको हो । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो ।

    खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले पहिलो हाफ बाहेक त्यो अग्रता कायम राख्न सकेन ।

    जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र भेनेजुएलाले जित सहित प्रतियोगिता सुरुआत गर्दै ३ अंक जोड्यो ।

  • विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

    विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ। गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं ‍जित निकालेको हो। सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

    गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो। इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक हाने। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए। लियम लिभिङस्टोनले १७ बलमा ३ चौका र २ छक्का हानेर ३३ रन जोडे। कप्तान जोश बट्लर १७ रन बनाएर आउट भए। जोनी बैर्स्टो १६, फिल सल्ट ११, मोइन अली ९ रनमा आउट भए।

    साम करण १० रन बनाएर नट आउट रहे। बलिङतर्फ दक्षिण अफ्रिकाका कगिशो रबाडा र केशव महाराजले २र२ तथा ओटनेल बार्टमन र एनरिच नोर्त्जीले १र१ विकेट लिए। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। त्यस क्रममा ओपनर क्वीन्टन डिककले अर्धशतक हाने। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६५ रन बनाए। डेविड मिलरले २८ बलमा ४ चौका र २ छक्का हानेर ४३ रन जोडे।

    ओपनर रेजा हेन्ड्रिक्सले २५ बल खेलेर १ चौकाको मद्दतले १९ रन बनाए। हेनरिच क्लासेन ८, एडेन मक्रम १ रन र मार्को जनसेन शून्यमा आउट भए।
    बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा मोइन अली र अदिल रसिदले १–१ विकेट लिए। सुपर आठमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग र इंग्ल्याण्डले अमेरिकासँग अन्तिम खेल खेल्नेछ।

  • यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

    यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

    काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्स बराबरी खेलेका छन् । लाइपजिगमा सम्पन्न खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो । बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । दुई खेलबाट फ्रान्स र नेदरल्याण्ड्स दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेदरल्याण्ड्स अगाडि छ । अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका कप्तान केलिएन एमबाप्पे नेदरल्याण्ड्स रुद्ध मैदान उत्रेनन् ।

    पहिलो खेलमा नेदरल्याण्ड्सले पोल्याण्ड तथा फ्रान्सले अष्ट्रियालाई पराजित गरेको थियो । यस्तै समूह डी कै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ ले पराजित गरेको छ । यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ । अब अन्तिम खेलमा फ्रान्सले पोल्याण्ड र नेदरल्याण्ड्सले अष्ट्रियासँग खेल्नेछ ।

  • इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा

    इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा

    काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १–० ले हराएकाृे छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३–० ले पराजित गरेको थियो ।

    इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको थियो । लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । क्रोएसिया र अल्वानियाको दुई खेलबाट समान एक अंक छ । अब समूहको अन्तिम खेलमा स्पेनले अल्वानिया तथा इटलीले क्रोएसियासँग खेल्नेछ । तीनवटै टोलीको नकआउटमा चरणमा पुग्ने सम्भावना बाँकी छ । त्यसका लागि आफू अनुकूल नतिजा आउनुपर्नेछ ।

  • कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात

    कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात

    काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्‍यो।

    ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले ८८ मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।अल्भारेजकै स्थानमा लाउटारो मार्टिनेज ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । जितपछि अर्जेन्टिना ले समूह ए मा ३ अंक जोडेको छ । अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।