६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

एजेन्सी । गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि वरीयताको शीर्ष स्थानमा फर्किएको छ । फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । यसअघि अर्जेन्टिना… Continue reading ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा निरन्तर सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपाल वरीयताको १४ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो। यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको… Continue reading क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

Photo : goalnepal.com

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग हारेको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५–१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल… Continue reading ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

एजेन्सी । अर्जेन्टिनी कप्तान लिओनल मेसीले यो सिजनपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मन बनाइसकेको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका छन्। जुन चर्चाकोबीच साउदी अरबको क्लब अल हिलालले मेसीलाई आधिकारीक रूपमा क्लबसँग जोडिन प्रस्ताव गरेको छ। मेसीका लागि अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव अघि सारेको छ।… Continue reading मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकाल्दै अमेरिकाले विश्वकप छनोटमा स्थान सुरक्षित गरेको छ । अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्यो । यससँगै उसको विश्वकप छनोटमा स्थान पक्का भएको हो । अर्को खेलमा नामिबियाले क्यानडालाई १११ रनले हरायो । जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना प्रवल बनेको छ ।… Continue reading अमेरिकाले गर्यो विश्वकप छनोटमा स्थान पक्का, यूएईले जोगायो एकदिवसीय मान्यता

पेरिस ओलम्पिक २०२४ एसिया छनोट : पहिलो पटक नेपाल र भियतनाम भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो पटक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीच दशरथ रङ्गशालामा बुधबार पहिलो खेल हुन लागेको हो । भियतनाम फिफा वरीयतामा नेपालभन्दा निकै माथि छ । नेपालको लक्ष्य भने भियतनामलाई हराउनु रहेको छ । नेपाली टोलीकी कप्तान एवं गोलरक्षक… Continue reading पेरिस ओलम्पिक २०२४ एसिया छनोट : पहिलो पटक नेपाल र भियतनाम भिड्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले बनाउने भएको छ । यस संरचनाको स्वामित्व लिएर सरकारले नै निर्माण गर्ने निर्णय सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने

काठमाडौं । दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । यसअघि श्रीलंका समेत क्वालिफायर खेल्नु पर्ने गरी घटुवा भएको थियो । अब आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक ठूलो टीम क्वालिफायर खेल्न आउनु पर्नेछ । आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र… Continue reading विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने

आइपीएलमा गुजरातको विजयी सूरुवात

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएको छ । पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ । त सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो । शुक्रबार… Continue reading आइपीएलमा गुजरातको विजयी सूरुवात

थ्री नेसन्स कपको उपाधी नेपाललाई

काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले… Continue reading थ्री नेसन्स कपको उपाधी नेपाललाई

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज हुँदैछ । उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक–एक गोलको… Continue reading प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै

भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानले नेपाललाई बराबरीमा रोकेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको… Continue reading भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

RSS

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले… Continue reading प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

काठमाडौं । पोर्चुगलले लक्जमबर्गको पोष्टमा ६ गोल हानेको छ । युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। पोर्चुगलको जितमा रोनाल्डोले दुई, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे।… Continue reading पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

मोरक्कोले ब्राजिललाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा ब्राजिललाई मोरक्कोले पराजित गरेको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए। खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै… Continue reading मोरक्कोले ब्राजिललाई हरायो

प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराएको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत गोल गर्दै खाता खोलेका थिए । ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड… Continue reading प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा… Continue reading राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल’धुर्मुस’ले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् । निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’धुर्मुसले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको… Continue reading रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । कुराकानीको क्रममा भनेका छन्,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति… Continue reading ‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

एल क्लासिको भिडन्तः बार्सिलोना विजयी

काठमाडौं । फ्रान्क केसीले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको छ । अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाएको छ । लिगमा १२ चरणको खेल बाँकी छँदा बार्सिलोना निश्चित लिग उपाधितर्फ उन्मुख देखिएको छ । उसको २६… Continue reading एल क्लासिको भिडन्तः बार्सिलोना विजयी

गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

काठमाडौं । इर्लिङ हाल्यान्ड गुपचुप स्टार बन्दै निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो पाँच दिनमा दुई ह्याट्रिक पुरा गरेका छन् । उनको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराउन सफल भयो । सिटी सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन… Continue reading गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् । प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट… Continue reading सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

पोर्चुगलको टीममा परे रोनाल्डो

काठमाडौं । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डोले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ। कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए।… Continue reading पोर्चुगलको टीममा परे रोनाल्डो

बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्‍याउने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको हो । आइसिसी विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नौ… Continue reading बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै सो पुरस्कारको दिन लागेका हुन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्… Continue reading नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार यूएईलाई ९ रनले हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर… Continue reading यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको छ । यूएईका लागि सर्वाधिक आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने उनले… Continue reading यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक… Continue reading विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

आइसीसी वरियतामा नेपालको झन सुधार

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले… Continue reading आइसीसी वरियतामा नेपालको झन सुधार

यूएईविरुद्ध नेपालको कीर्तिमानी जित, चौथो स्थानमा उक्लियो

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकालेको छ । दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हरायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो । नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो… Continue reading यूएईविरुद्ध नेपालको कीर्तिमानी जित, चौथो स्थानमा उक्लियो