के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

GETTY IMAGES

काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. । यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन… Continue reading के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

आजबाट ए-डिभिजन लिग फुटबल शुरु

goalnepal

काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन… Continue reading आजबाट ए-डिभिजन लिग फुटबल शुरु

ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ । एन्फा कम्प्लेक्स… Continue reading ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको… Continue reading नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी महारथी ब्राजिल र अर्जेन्टिना बुधबार बिहान बराबरी खेलेका छन्। आजको खेल जितेको भए अर्जेण्टिनाले कतार विश्वकप २०२२ को टिकट पक्का गर्ने थियो । बराबरीपछि अर्जेण्टिनाले थप खेलमा मिहिनेत गर्नुपर्ने भएको छ । ब्राजिल भने छनोट भइसकेको छ । अर्जेन्टिनाको घरेलु मैदानमा खेल भएपनि कप्तान लियोनल मेसी प्रेरित… Continue reading अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा… Continue reading कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

TOI

दुबई । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि उचालेको छ । आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दै अष्ट्रेलियाले उपाधी कब्जा गरेको हो । अष्ट्रेलिया ओडीआई विश्वकपमा सबैभन्दा सफल टीम हो । उसले ५ वटा उपाधी उचालेको छ । तर, टी२० मा भने उसको यो पहिलो उपाधी हो… Continue reading अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

US Post

पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ… Continue reading कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

Photo : outlook india

दुबई । सातौं संस्करणको टी२० विश्वकप क्रिकेटको उपाधीका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको हो । मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले पाकिस्तानमाथि सहजै जित निकाल्न सक्यो । स्टोइनिसले ३१ बलमा ४० र वेडले… Continue reading विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेल्न लागेको हो । युएईमा जारी सातौ संस्करणको टी(२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले उपाधि भिडन्त भने पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग गर्नेछ । अबुधाबीमा डार्यल मिचेलले अविजित… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

AFP

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्डले टी-२० टिमको कप्तानको जिम्मेवारी रोहित शर्मालाई दिएको छ । जारी विश्वकपबाट भारत बाहिरिएको छ । साथै साविकका कप्तान विराट कोहलीले समेत टी-२० टिमको कप्तानी छाडेका छन् । भारतले आसन्न न्युजिल्याण्डविरुद्धको सिररिजका लागि टीम घोषणा गरेको हो । जसमा कप्तानी अब रोहितले गर्ने भएका हुन् । बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा… Continue reading भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

आबुधाबी । अफगानिस्तानलाई ८ विकेटले हराएसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यो नतिजासँगै भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कोनेले ३६, मार्टिन गप्टिलले २८ र डेरी… Continue reading टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं । नेपाली फूटबल टीमका मूख्य प्रशिक्षक मोहम्मद अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । अलमुताइरी दोस्रो पटक नेपाल आएका हुन् । साफ खेलपछि नेपाल नआउने प्रतिक्रिया दिएका उनले अहिले भने नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिए । पछिल्लो तीन, चार महीना गाह्रो भएको स्वीकार गर्दै अलमुताइरीले… Continue reading नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

goalnepal

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबलको खेल तालीका सार्वजनिक गरेको छ । एन्फाका अनुसार हरेक दिन दुई खेल संचालन हुने छन् । प्रतियोगिता कात्तिक २९ बाट शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु… Continue reading ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

काठमाडौं । लगातारको हारपछि स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई हटाएको छ । ला लिगामा बुधबार राति भएको खेलमा टीम रायो भालेकानोसँग १, ० ले पराजित भएसँगै क्लबले कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले जनाएको छ । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।… Continue reading लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

१० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नयाँ सम्झौतासहित नेपाल आउने भएका छन् । कम्तीमा दुई वर्षको सम्झौता सहित नेपाल गर्कन तयार देखिएका छन् । उनले आफु नेपाल फर्कन लागेको बुधबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।… Continue reading अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछि भएको पहिलो भेटमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको हो । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनारियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले हार्यो । रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले एक–एक… Continue reading एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

काठमाडौं । जारी टि-२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले नराम्ररी पराजित गरेको छ । कप्तान बाबर अजाम र विकेटकिपर माेहम्मद रिजवानको उत्कृष्ट ब्याटिङसङ्गै  पाकिस्तानले टी२० विश्वकपमा पहिलाे पटक भारतलाई हराएको हो । दुवै खेलाडीले अर्धशतक जोडे।  युएईमा भईरहेकाे आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ काे खेलमा पाकिस्तानले भारतलाई १०  विकेटले पराजित हरायो ।टी२० विश्वकपमा भारतमाथि पाकिस्तानले… Continue reading पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध… Continue reading इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो । दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५२ औं,… Continue reading फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले हराएको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसङ्ग १-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले गोल गर्यो । सोही गोल निर्णायक बनेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड… Continue reading साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

काठमाडौं । साफ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेमा शुरु हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । जारी साफमा नेपाल पूर्ण फर्ममा छ । खुई खेलमा चार गोल गरिसकेको नेपाल समूहको शीर्ष स्थानमा छ । उता, भारतले भने गोलको खडेरी तोढ्न संघर्ष… Continue reading साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

इपीएलको उपाधी चितवनले जित्यो

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख… Continue reading इपीएलको उपाधी चितवनले जित्यो

विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका… Continue reading विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

माले । माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अंक तालीकामा शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । बंगालदेशले जितेको भए नेपाललाई उछिन्ने मौका थियो । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् । राष्ट्रिय दिवसकै दिन माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशमाथि बिहीबार राति २–० गोल अन्तरको जित निकालेको हो ।… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा भारत र श्रीलङ्का गोलरहित बराबरी खेलेका छन् । यसले नेपाललाई फाइदा हुने छ । किनकी नेपालले भारतको सामना गर्दा नेपाल भन्दा बढी भारत दवावमा रहने छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले श्रीलंकाविरुद्ध गोलका अवसर निकाल्दा पनि गोल गर्न सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो… Continue reading साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

२२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा श्रीलंकामाथि ३-२ गोलको सानदार जित दर्ता गरेको छ । नेपालले २२ वर्षपछि साफमा पहिलो पटक श्रीलंकालाई हराएको हो । लागता दोस्रो जितसँगै जारी प्रतियोगितामा नेपाल अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब भारत र… Continue reading २२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा संचालन भइरहेको प्रतियोगितामा नेपालको खेल नेपाली समय अनुसार राति ९ः४५ मा शुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएको नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । श्रीलंकाविरुद्ध जित निकाल्न सके नेपाललाई अर्को… Continue reading साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । शुक्रबारबाट शुरु भएको साफ चाम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले हराएको हो । नेपालले साफमा पहिलो पटक माल्दिभ्सलाई हराउन सक्यो । यो ऐतिहासिक जितको नायक बने मनिस डाँगी । उनले ८६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णय बन्यो । ६९औं मिनेटमा… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

काठमाडौं । दक्षिण एसियाली मुलुकको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । १३ औं संस्करणको प्रतियोगिताको आयोजक माल्दिभ्स हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । साफ च्याम्पियनसिपमा पाँच मुलुक उपाधीका लागि भिड्दैछन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता… Continue reading साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै