Category: खेलकुद

  • रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

    रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

    काठमाडौं । नेपाली क्रिकेट टीमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो । रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू(१९ उमेर समूहको कप्तानी गरेका थिए ।

  • नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

    नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

    काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन। ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन् ।

    अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो। त्यसअघि ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेकी थिइन्। प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ। आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो।

  • नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

    नेदरल्याण्ड्सको टिम

    गोलकिपर : जस्टिन बिज्लोव, रेम्बो पासभिर, एन्ड्रिस नोपर्ट

    डिफेण्डर : भर्जिल भान डाइक, नाथन एके, ढाले ब्लाइन्ड, जुरिएन टिम्बर, डेन्जल डमफ्राइस, स्टेफान डे भ्रिज, माथिस डे लिग्ट, टाएरेल मालासिया, जेरेमिइ फ्रिम्पोङ

    मिडफिल्डर : फ्रेन्की डे जोङ, स्टेभेन बर्घुइस, डेभी क्लासेन, टेउन कुप्मेइनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स

    फरवार्ड : मेम्फिस डिपाए, स्टेभेन बर्जविन, भिनसेन्ट जानसेन, लुक डे जुङ, नोअ लाङ, वाउट वेघोस्ट

  • विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्।

    अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले पनि विश्वकप गुमाउनेछन्। समूह एच मा रहेको पोर्चुगलले मंसिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरूआत गर्नेछ। यस्तै १२ गते उरूग्वे र १६ गते दक्षिण कोरियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

    पोर्चुगल टोली

    गोलकिपर – डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा


    डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा

    मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा


    फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

  • यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्।

    उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर ७ गते जापानसँग खेल्दै विश्वकप सुरू गर्नेछ। समूह चरणको दोस्रो खेलमा जर्मनीले मंसिर ११ गते स्पेनविरूद्ध खेल्नेछ भने मंसिर १५ गते कोष्टारिकाविरूद्ध खेल्नेछ।

    जर्मनी टोली

    गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप


    डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले


    मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

  • भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

    भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

    काठमाडौं । भारतलाई १० विकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

    एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।

    दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

    कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए

    त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

    विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

    चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए । इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे ।

    क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।

    सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो ।

  • नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

    नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

    काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ।

    सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको खेल हेर्न पाउने एन्फाले जनाएको हो ।

    यसका लागि एन्फाले मैत्रीपूर्ण खेलका लागि टिकट काटेर रंगशाला पुगेका दर्शकहरूबाट गोलाप्रथा गरी एकजना दर्शक छान्नेछ ।

    पाकिस्तानको टोली कार्तिक २७ गते नेपाल आइपुग्नेछ। प्रतिबन्धपछि नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किन लागेको हो। पाकिस्तानले पछिल्लो पटक सन् २०१९ मा कम्बोडियासँग अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

  • टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

    टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

    काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले।

    पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्‍याएका थिए। रिजवानले ४३ बलमा ५ चौकासहित ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौकासहित ५० पुरा गरेका हुन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।

    अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै शैलीमा पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ। पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।

  • विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो ।

    ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

    ब्राजिलको टोली

    गोलकिपर : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

    डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

    मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

    फरवार्ड : नेमार (पीएसजी), रिचारलीसन (टोटेनहम), भिनीसियस जुनियर (रियल म्याड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)

  • बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

    बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

    काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुगेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

    समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

    उसका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, कप्तान बाबर आजमले २५ र शन मसूदले अविजित २४ रन बनाए । बंगलादेशका लागि एबदात हुसेन, मुस्तफिजुर रहमान, शाविकअल हसन र नसुम अहमदले एक/एक विकेट लिए ।

    त्यसअघि एडिलेडस्थित ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि नजिमुलहुसेन सान्तोले अर्धशतकीय पारी खेले ।

    बंगलादेशका नुसम अहमेद, कप्तान साकिब अल हसन, मुस्ताफिजुर रहमान र इबादत हुसैनले समान एक-एक विकेट लिए ।

    यसअघि, साहिन साह अफ्रिदीले चार विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रनको मध्यम योगफल खडा गरेको थियो ।

    बंगलादेशका ओपनर नज्मुल हुसैन सान्तोले ५४ रन बनाएका थिए । अफिफ हुसैनले २४, सौम्य सरकारले २० र लिटन दासले १० रन जोडे ।

    बंगलादेशलाई मध्यम योगफलमा रोक्न चार विकेट लिएका अफ्रिदीले चार ओभरमा २२ रनमात्र खर्चिएका थिए । सदाब खानले दुई विकेट लिँदा ह्यारिस रौफ र इफ्तिखर अहमेदले एक विकेट लिए ।

  • स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

    स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

    काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही टुंग्याएका छन् । अल्मेरियाविरूद्ध पिकेले कप्तानीको भूमिका निर्वाह गरे । घरेलू मैदान नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबका सहकर्मी, प्रशिक्षक जाभी र बार्साको सम्पूर्ण बेन्चलाई उनले अँगालो हाले ।

    खेल सकिएपछि उनले मैदानमा भने, ‘म यहीँ जन्मेँ र यहीँ मर्नेछु।’ उनले फेरि पनि कुनै न कुनै माध्यमबाट बार्सिलोनासँग आफू जोडिने बताएका छन् । ३५ वर्षिय पिकेले यसै साता अल्मेरियाविरूद्धको खेल आफ्नो व्यवसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए। पूर्व स्पेन डिफेन्डरले आफ्नो सम्झौता सकिन अझै १८ महिना बाँकी रहेको अवस्थामा सन्यास लिने घोषणा गरेका हुन्। आफ्नो बहिर्गमनले क्लबलाई पनि केही आर्थिक राहत मिल्ने उनले बताएका थिए। म्यानचेस्टर युनाइटेडबाट २००८ मा बार्सामा आवद्ध भएपछि पिकेले बार्साका लागि ६१६ खेल खेल्दै ३० उपाधि जितेका छन्।

  • विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

    विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

    काठमाडौं । भारतीय पूर्व कप्तान विराट कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

    महेला जयवर्धनेले बनाएको रेकर्ड तोड्दै कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

    टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार नोभेम्बर २ मा बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

    टी–२० विश्वकपमा कोहलीको नाममा यसअघि १ हजार १ रन थियो। टी–२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।

    टी-२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीहरू

    १. विराट कोहली (भारत) – १०१७* रन
    २. महेला जयवर्धने (श्रीलंका) – १०१६ रन
    ३. क्रिस गेल (वेस्ट इन्डिज) – ९६५ रन
    ४. रोहित शर्मा (भारत) – ९०४
    ५. तिलकरत्ने दिलशान (श्रीलंका)- ८९७

  • टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

    टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

    काठमाडौं । अफगानिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ ।

    मंगलबार भएको समूह-१ को खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदै अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको हो ।

    १४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्याएको हो ।

    श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ४२ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए । त्यस्तै, कुसल मेन्दिसले २५, चारिथ असालंकाले १९ र भानुका राजपाक्षेले १८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले समान २-२ विकेट लिए ।

    त्यसअघि ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रनको योगदान दिए ।

    उस्मान घानीले २७, इब्राहिम जाद्रनले २२, नजिवुल्लाह जाद्रनले १७, कप्तान मोहम्मद नबीले १३ तथा गुल्बदिन नइबीले १२ रन जोडे ।

    श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन, लाहिरु कुमाराले दुई तथा कासुन रजिथा र धनन्नजय डि सिल्भाले एक/एक विकेट हात पार्दा १ विके रन आउटका रूपमा प्राप्त भयो ।

    यो जितसँगै श्रीलंका समूह–१ को तेस्रो स्थानमा उक्लिएको छ । श्रीलंकाको चार खेलबाट चार अंक भएको छ । यो जितसँगै श्रीलंकाले सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई कायमै राखेको छ ।

    यता, अफगानिस्तान भने विश्वकप क्रिकेटबाट बाहिरिएको छ । चार खेल खेलिसकेको अफगानिस्तानको मात्र दुई अंक छ । अफगानिस्तानले अब आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

  • नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने

    नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने

    काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

    नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १८ मा हुने क्यानले जनाएको छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछन् ।

  • टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

    टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ ।

    अष्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो।

    आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो।

    यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो।

    बंगलादेशलाई सम्मानजनक स्कोरमा पुर्‍याउने क्रममा नाजमुल हुसेन शान्टोले सर्वाधिक ७१ रन बनाएका थिए।

    जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे १४७ रनमा समेटियो। अन्तिम ओभरमा १६ रन चाहिएकोमा दुई विकेट गुमाएपछि जितको नजिक पुगेर पनि जिम्बावेले पराजय ब्यहोरेको हो।

    जिम्बावेको पारि उकास्न सिएन विलियम्सले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६४ रन बनाउन रायन बर्लले अविजित २७ रनको महत्वपूर्ण योगदान दिएका थिए।

    यता जिम्बावेलाई रोक्न बंगलादेशका तास्किन अहमेदले सर्वाधिक ३ विकेट लिँदा मुसद्देक हुसैन र मुस्तफिजुर रहमानले समान २ विकेट लिए।

    योसँगै समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा छ।

    यससँगै बंगलादेशले ३ खेलबाट ४ अंक बनाएको छ। अब उसले भारत र पाकिस्तानसँग खेल्न बाँकी छ। यी दुई टोलीसँगको खेलले बंगलादेशको माथिल्लो चरणको यात्रा तय गर्नेछ।

  • विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

    विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दैछन् । क्रिकेटमा यी दुई बीचको खेल केवल खेलका रुपमा मात्र रहँदैन, यसले विश्वभर दुई खेमा सिर्जना गर्छ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने अनुमानका बीच दुई टीम पहिलो खेल आफ्नो पक्षमा पार्ने तयारीमा छन् । भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको छ ।

    यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेट हराएको थियो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन।

  • पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

    पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

    काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् ।

    बिहीबार सम्पन्न एथलेटिक्समा जयरानीले टिम स्पर्धामा दुई र एकल स्पर्धामा तीन स्वर्णपदक जितेकी हुन् ।

    जयरानीले एकल स्पर्धातर्फ ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फमा स्वर्णपदक जितेकी हुन् ।

  • प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ।

    खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ।

    असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिमको मृत्यु भएको थियो।निसिमको मृत्यु पछि देशभर प्याराग्लाइडिङमा रोक लगाइएको छ।

  • राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

    राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

    पोखरा । गण्डकी प्रदेशमा चलिरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको दवदवा कायम छ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ। अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १५८ पदकसहित दोस्रो स्थानमा छ।

    तेस्रो स्थानमा रहेको अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १७६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेश चौथो स्थानमा उक्लिएको छ। उसले २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १०६ पदक जितेको छ। बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १२३ पदकसहित पाँचौ स्थानमा छ। छैठौं स्थानमा रहेको एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेको छ। कुल ७५ पदक जितेको प्रदेश नम्बर १ ले ९ स्वर्ण २२ रजत र ४४ कास्य जितेको छ। मधेश प्रदेशले ५ स्वर्ण जित्दा लुम्बिनीले ४ तथा कर्णालीले २ स्वर्ण जितेका छन्।

  • आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

    आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

    पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । महिना भने तय हुन बाँकी छ ।

    बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका छन् । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिँदैछ ।

  • राष्ट्रिय खेलकुदको समापन आज

    राष्ट्रिय खेलकुदको समापन आज

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ ।

    यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ । समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

  • गण्डकीलाई हराउँदै आर्मी महिला हक्की च्याम्पियन

    गण्डकीलाई हराउँदै आर्मी महिला हक्की च्याम्पियन

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ।

    फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले गोल गरे।

  • सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

    सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

    लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

    पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

    असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

    विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

    भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

  • आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

    आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

    काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुको दबादबा कायमै रहेको छ ।

    आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बुधवार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

    उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

  • नवौं राष्ट्रिय खेलकुदः सन्तोषी श्रेष्ठलाई दोस्रो स्वर्ण

    नवौं राष्ट्रिय खेलकुदः सन्तोषी श्रेष्ठलाई दोस्रो स्वर्ण

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

    पोखरा रंगशालामा बुधबार भएको खेलमा सन्तोषीले स्वर्ण जित्न सफल भएकी हुन् ।

    सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै नवौँ राष्ट्रिय खेलकुदमा दोस्रो स्वर्ण जितिन् ।

    त्यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् । राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा दूरी पूरा गरिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

    जारी प्रतियोगिताका सन्तोषीको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले १० हजार मिटर दौडमा पनि स्वर्ण हात पारेकी थिइनन् ।

  • ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

    ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

    काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।

    श्रीलंकाविरुद्ध यूएईका मयप्पनले १५ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार तीन विकेट लिएका हुन् । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो ।

    सन् २००७ देखि सुरु भएको ट्वान्टी–२० विश्वकपमा यो पाँचौँ ह्याट्रिक हो । विश्वकपमा पहिलो ह्याट्रिक अस्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले बंगलादेशविरुद्धको खेलमा लिएका थिए ।

  • बेन्जिमाले पहिलो पटक जिते बालोन डी’ओर अवार्ड

    बेन्जिमाले पहिलो पटक जिते बालोन डी’ओर अवार्ड

    पेरिस । रियल मड्रिड तथा फ्रान्सेली स्टार करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरका रुपमा बालोन डी’ओर अवार्ड जितेका छन्। गत सिजनको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्ष बालोन डि ओर अवार्ड जितेका हुन् । रियललाई २०२१(२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। लियोनल मेसीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।

  • राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

    राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

    पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोलीको दवदवा कायम छ । जसमा नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित कूल ६५ पदक जितेर दोस्रो स्थानमा छ।

    अर्को विभागीय टोली नेपाल पुलिस क्बल १६ स्वर्ण, २५ रजत र ३३ कास्य गरी कूल ७४ पदकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य गरी कूल ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कूल १६ पदक जितेर छैठौं स्थानमा रहेको छ।

    चौथो दिन २ स्वर्ण थपेर सातौ स्थानमा उक्लिएको प्रदेश एकले ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक जितेको छ। यस्तै मधेश प्रदशेले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले २ स्वर्ण र १ रजत र ११ कास्य गरी कूल १४ पदक जितेर नवौं स्थानमा छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले १÷१ स्वर्ण पदक जितेका छन्। लुम्बिनी प्रदेशले १ स्वर्ण ९ रजत र १२ कास्य गरी कूल २२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण १ रजत र २ कास्य सहित कुल ४ पदक जितेको छ।

  • अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

    अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

    पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।

    यो स्पर्धामा एनआरएनएकी एस्ले सापकोटा डंगोलले ३१.११ सेकेन्डका साथ रजत र बागमतीकी रोशा न्यौपानेले ३४.२४ सेकेन्डका साथ कास्य जितिन्। गौरिकाले अर्को स्वर्ण आठ सय मिटर फ्रिस्टायल रिलेबाट जितिन्। गौरिका, उपत्सी महर्जन, अनुसिया महर्जन र डुवाना लामाको आर्मीले ९ मिनेट २७.७३ सेकेन्डका साथ स्वर्ण जिते। यो स्पर्धामा नेपाल पुलिसले रजत र लुम्बिनीले कास्य जित्यो। यससँगै गौरिकाले जारी प्रतियोगितामा स्वर्ण संख्या ४ पुर्‍याइन।

    जारी पौडीमा आर्मीले १६ स्वर्ण जितिसकेको छ भने एनआरएनएले ६ स्वर्ण हात पारेको छ। यस्तै एपिएफले ३ स्वर्ण जित्दा पुलिस र प्रदेश एकले एक एक स्वर्ण जितेका छन्। जारी प्रतियोगिता गौरिकाले चार स्वर्ण जित्दा एनआरएनएकी एस्ले सापकोटा डंगोलले पाँच स्वर्ण जितिसकेकी छिन्। दुबै अमेरिकाबाट फर्किएका खेलाडी हुन् ।

  • राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

    राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

    काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब १२ स्वर्ण १६ रजत र २२ कास्य सहित कूल ५० पदक जितेर दोस्रो स्थानमा छ। अर्को विभागीय टोली नेपाल पुलिस क्बल ११ स्वर्ण, ७ रजत र १७ कास्य गरी कूल ३५ पदकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा बागमती प्रदेश छ । उसले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ कास्य गरी कूल २८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल ११ पदक जितेर छैठौं स्थानमा रहँदा मधेश प्रदशेले २ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ८ पदक जितेको छ। आठौं स्थानमा रहेको प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य गरी १८ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण र १ रजत र ८ कास्य गरी कूल १० पदक जितेर नवौं स्थानमा छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन्। लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै हात पारेको छ।