भारतसँग २–१ गोलले हार्यो नेपाल

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा भारतले नेपाललाई हराएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । आगामी एक महिनापछि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप दुबै मुलुकले एक अर्का मुलुकको क्षमता जाँच यी… Continue reading भारतसँग २–१ गोलले हार्यो नेपाल

नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज

काठमाडौं । नेपाल र भारतबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार साढे ५ बजे शुरु हुने खेल दशरथ रंगशालामा हुने छ । यसअघि गत विहीबार सम्पन्न खेल बराबरीमा सकिएको थियो । दुबै टीम साफ च्याम्पियनसिपको तयारीमा छन् । यो खेललाई दुबै टोलीले सोही प्रतियोगिता पूर्वको अभ्यासका रुपमा लिएका छन् । नेपाली… Continue reading नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज

श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् । भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो । भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्। आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल… Continue reading श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

नेपाल र भारत एक-एक गोलको बराबरी खेले

काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल… Continue reading नेपाल र भारत एक-एक गोलको बराबरी खेले

आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल

काठमाडौं । आज नेपाल र भारतबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रियमा भिड्न लागेका हुन् । आगामी असोजमा नेपाल र भारत दुबै मुलुकले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछन् । सो प्रतियोगिताको तयारीस्वरुप आजको खेल हुन लागेको हो । अर्को खेल आगामी शनिबार हुनेछ । पहिलो खेल साँझ साढे ५ बजे… Continue reading आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल

बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना आर्थिक संकटमा फसेको छ । जसले गर्दा टीमलाई अझै कमजोर बनाएको छ । आफ्नो टीमका सबैभन्दा भरपर्दा स्ट्राइकर लियोनल मेसीलाई गुमाएको यो टीमले अब फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई समेत एट्लेटिको मड्रिड पठाएको छ । ला लिगा च्याम्पियन एट्लेटिले ग्रिजम्यानसँग सम्झौता गरेको बार्सिलोनाले औपचारिक रुपमा जानकारी गराएको छ । ग्रिजम्यान एक… Continue reading बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने

अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल

बाल्टिमोर भारतको लखनऊमा अगष्ट १४-१६, २०२१ मा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय अनलाईन ओपन तेक्वान्दो पुम्से प्रतियोगितामा टीम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएका छन । महिला ४० बर्ष भन्दा माथिको मास्टर समुहमा मास्टर कल्पना कार्कीले ईन्डिया, हङकङ लगायत अन्य पाँच राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ६.१ अंक प्राप्त गरी स्वर्ण पदक… Continue reading अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल हुने, भारतीय टोली काठमाडौं ओर्लियो

काठमाडौं । नेपाल र भारतबीच दुई वटा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । दशरथ रंगशालामा हुने खेलमा भाग लिन भारतीय टोली नेपाल आएको छ । २५ सदस्यीय भारतीय टोली काठमाडौं ओर्लिएको हो । नेपाल र भारतबीच भदौ १७ र २० (बिहीबार र शनिबार) गते मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । यी दुई मुलुक… Continue reading नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल हुने, भारतीय टोली काठमाडौं ओर्लियो

पिएसजीको जर्सीमा पहिलो पटक मैदान उत्रिए लियोनल मेसी, टीम विजयी

Getty Images

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी))को जर्सीमा अर्जेण्टाइन स्टार लियोनल मेसी पहिलो पटक मैदानमा उत्रिएका छन् । फ्रेन्च लीग अन्तर्गत रिम्सविरुद्धको खेलमा उनले पिएसजीका लागि डुब्यू गरे । उनी ६६ औं मिनेटमा मैदान छिरेका थिए । नेइमारलाई मैदान बाहिर निकालेर मेसीलाई पठाइएको थियो । उनी मैदान छिर्दा टीमले २ गोलको अग्रता लिइसकेको थियो । पिएसजीमा… Continue reading पिएसजीको जर्सीमा पहिलो पटक मैदान उत्रिए लियोनल मेसी, टीम विजयी

रोनाल्डो ‘म्यान यू’ फर्किए

लण्डन । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । करियरको शुरुवाती दिनमा सानदार प्रदर्शन गरेका रोनाल्डोलाई स्थापित गराउन यो क्लवको ठूलो भूमिका छ । युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको हो । व्यक्तिगत शर्त, भिसा र मेडिकल सम्पन्न भएपछि रोनाल्डो औपचारिक रुपमा क्लवमा समावेश हुने छन् । रोनाल्डो युनाइटेडमा १२ वर्षपछि… Continue reading रोनाल्डो ‘म्यान यू’ फर्किए

अमेरिका र ओमनसँगको सिरिजपछि नेपाली प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने

काठमाडौं । नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा घोषणा गरेका छन् । आईसीसी विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेकै समयमा उनका एजेन्टमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई उक्त व्यहोराको इमले प्राप्त भएको हो । उनले व्यक्तिगत कारण देखाउँदै अकस्मात घोषणा गरेको राजीनामालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपालमा आएका अहिलेसम्मकै ‘हेभिवेट’ प्रशिक्षक… Continue reading अमेरिका र ओमनसँगको सिरिजपछि नेपाली प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने

अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

काठमाडौं । त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका सिलसिलामा नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान उडेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली मंगलबार बिहान ओमानतर्फ लागेको हो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुँदैछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र… Continue reading अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

काठमाडौं । अमेरिका र ओमानसँग नेपालले खेल्न लागेको सिरिजका लागि राष्ट्रिय क्रिकेट टीमको घोषणा भएको छ । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको हो । नेपाल क्रिकेट संघले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको… Continue reading अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कुल ५ मुलुकले सहभागिता जनाउने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्ने छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ खेल तालिका सार्वजनिक गरेको हो । एक वर्ष अगाडी नै… Continue reading साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

नेपाल र पपुवा न्युगिनीबीच दुई खेलको एक दिवसीय सिरिज हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । यी दुई मुलुकबीच सेप्टेम्बर ५ र ८ तारिख (भदौ २० र २३)मा खेल हुने लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार यो खेलले आगामी आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खलामा नेपाललाई… Continue reading नेपाल र पपुवा न्युगिनीबीच दुई खेलको एक दिवसीय सिरिज हुने

पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका छन् । दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खडकाले गरेको योगदानप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवासँग भेट गर्न पारस शनिबार बालुवाटार पुगेका थिए । पारसले नेपाली क्रिकेटको बिकासका लागि… Continue reading पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद

फिफा वरियतामा नेपालको सुधार

तस्वीर : एन्फा

काठमाडौं । फिफा वरीयतामा नेपाली फुटबल टोलीको वरियता सुधार भएको छ । फिफाले बिहीवार सार्वजनिक गरेको वरियतामा नेपाल एक सय ७१ औँ स्थानबाट एक सय ६८ औँ स्थानमा उक्लन सफल भएको छ । नेपालले यसअघि विश्व कप छनोट र एसिया कप छनोटका खेलमा संतोषजनक प्रदर्शन गरेको थियो । सोही आधारमा नेपालको वरीयतामा सुधार आएको छ… Continue reading फिफा वरियतामा नेपालको सुधार

मेसी पिएसजीमा आवद्ध, बन्यो संसारकै शक्तिशाली टीम

Lionel Messi waves after arriving at Le Bourget airport, north of Paris. Photograph: François Mori/AP

पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेसी अब फ्रेन्च लीग क्लव पिएससीमा आवद्ध भएका छन् । यससँगै पिएससी संसारकै शक्तिशाली क्लव बनेको छ । यो क्लवको अग्रपंक्तीमा अब मेसी, नेयमार र एम्बाप्पे रहने छन् । यसै सिजन रियल म्याड्रिडबाट बिदा भएका सर्जियो रामोस समेत यसै टीममा आवद्ध भएका छन् । अर्का अर्जेण्टाइन स्टार एन्जल डीमारिया समेत… Continue reading मेसी पिएसजीमा आवद्ध, बन्यो संसारकै शक्तिशाली टीम

विश्वका चर्चित क्रिकेटरले खेल्ने ‘इपीएल’को ट्रफी सार्वजनिक, अफ्रिदीसहित को-को आउने छन् नेपाल ?

काठमाडौं । विश्वका चर्चित क्रिकिेटरहरुको जमघट केही समयपछि नेपालमा हुने छ । यसको तारतम्य मिलाएको हो एभरेस्ट प्रिमियर लिग (इपीएल)ले । यो प्रतियोगिता ९ असोजबाट सुरू हुनेछ । आयोजकले इपीएलको ट्रफी सोमबार सार्वजनिक गरेको छ । प्रतियोगिताको हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्दैछ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य… Continue reading विश्वका चर्चित क्रिकेटरले खेल्ने ‘इपीएल’को ट्रफी सार्वजनिक, अफ्रिदीसहित को-को आउने छन् नेपाल ?

न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

म्यानचेस्टर न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए ।  प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न… Continue reading न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

काठमाडौं । १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । कोरोना महामारीका कारण बंगलादेशले साफ आयोजना गर्न नसक्ने बताएपछि नयाँ आयोजकका रूपमा माल्दिभ्सलाई छनोट गरिएको हो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको… Continue reading साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

File Photo : AP

टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका… Continue reading सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

२१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

काठमाडौं । ‘गत वर्ष म बार्सिलोना छाड्न चाहन्थे, तर यो वर्ष म यही बस्न चाहन्छु,’ करीयरको २१ वर्ष बिताएको क्लव बार्सिलोनाबाट बिदाई हुने क्रममा अर्जेन्टाइन स्ट्राइकर मेसीले यसो भन्दै गर्दा उनको गहभरी आँसु आयो । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित हुनासाथ मेसी भावुक बने । उनको आँखाबाट अविरल आँसु बगिरह्यो… Continue reading २१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक आज सकिदै छ । जुलाइ २३ मा शुरु भएको खेलहरुको आज अन्तिमदिन हो । अन्तिम दिनसम्ममा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले पछ्याइरहेका… Continue reading टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

सन्यासपछि पारसको स्पष्टीकरण : क्रिकेटमै रमाउँछु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अकस्मात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । यो घोषणालाई लिएर क्रिकेट समर्थक निरास बने । यसबारे विभिन्न अड्कल बाजी समेत भए । नेपाली क्रिकेटलाई विश्वकपसम्मको यात्रा, वानडे मान्यता दिलाउनेसहित दर्जनौं उपाधी हात पारेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज आफ्नो सन्यासबारे थप स्पष्ट पारेका… Continue reading सन्यासपछि पारसको स्पष्टीकरण : क्रिकेटमै रमाउँछु

पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो आधिकारिक सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । पारस १० वर्ष भन्दा बढी समय नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । उनले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा गरेका छन् । अकस्मात आएको उनको सन्यासले… Continue reading पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो भनाई आलोचित बनेपछि माफी मागेका छन् । उनले केही दिन अगाडी राजिनामा घोषणा गरेका थिए । त्यसअगाडी उनले नेपालमा खेलाडी र पदाधिकारीमा राजनीतिक मानसिकता रहेको भन्दै आलोचना गरेका थिए । यो अभिव्यक्तिको आलोचना भएसँगै उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । मुख्य प्रशिक्षकले आफ्नो जिम्मेवारी… Continue reading आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे

शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

Photo : ANFA

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पुरस्कार राशी बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यसअघि ए डिभिजन लिग विजेता क्लवको पुरस्कार राशी ५० लाख थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने निर्णय गरेको हो । नयाँ सिजनको… Continue reading शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

ओलम्पिकको पदक तालीकामा चीनले जापान र अमेरिकालाई उछिन्यो

काठमाडौं । जापानमा जारी ओलम्पिकको पदक तालिकामा चीनले जापान र अमेरिकालाई पुनः पछि पारेको छ । शुक्रबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार पदक तालीकाको शीर्ष स्थानमा चीन छ । दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा अमेरिका छ । उनीहरुलाई अष्ट्रेलिया, रुस (ओलम्पिकको झण्डा मुनी), बेलायत र दक्षिण कोरियाले पच्छ्याइरहेका छन् । १६ स्वर्ण, ७ रजत… Continue reading ओलम्पिकको पदक तालीकामा चीनले जापान र अमेरिकालाई उछिन्यो

ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित

काठमाडौं । जापानमा राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन औसतः मात्र रह्यो । शुक्रबार बिहान नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी मैदानमा उत्रिइन् । तर, उनी समेत प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं स्थानमा रहेर दौड पुरा गरिन्… Continue reading ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित