कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

US Post

पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ… Continue reading कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

Photo : outlook india

दुबई । सातौं संस्करणको टी२० विश्वकप क्रिकेटको उपाधीका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको हो । मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले पाकिस्तानमाथि सहजै जित निकाल्न सक्यो । स्टोइनिसले ३१ बलमा ४० र वेडले… Continue reading विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेल्न लागेको हो । युएईमा जारी सातौ संस्करणको टी(२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले उपाधि भिडन्त भने पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग गर्नेछ । अबुधाबीमा डार्यल मिचेलले अविजित… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

AFP

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्डले टी-२० टिमको कप्तानको जिम्मेवारी रोहित शर्मालाई दिएको छ । जारी विश्वकपबाट भारत बाहिरिएको छ । साथै साविकका कप्तान विराट कोहलीले समेत टी-२० टिमको कप्तानी छाडेका छन् । भारतले आसन्न न्युजिल्याण्डविरुद्धको सिररिजका लागि टीम घोषणा गरेको हो । जसमा कप्तानी अब रोहितले गर्ने भएका हुन् । बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा… Continue reading भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

आबुधाबी । अफगानिस्तानलाई ८ विकेटले हराएसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यो नतिजासँगै भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कोनेले ३६, मार्टिन गप्टिलले २८ र डेरी… Continue reading टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं । नेपाली फूटबल टीमका मूख्य प्रशिक्षक मोहम्मद अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । अलमुताइरी दोस्रो पटक नेपाल आएका हुन् । साफ खेलपछि नेपाल नआउने प्रतिक्रिया दिएका उनले अहिले भने नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिए । पछिल्लो तीन, चार महीना गाह्रो भएको स्वीकार गर्दै अलमुताइरीले… Continue reading नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

goalnepal

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबलको खेल तालीका सार्वजनिक गरेको छ । एन्फाका अनुसार हरेक दिन दुई खेल संचालन हुने छन् । प्रतियोगिता कात्तिक २९ बाट शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु… Continue reading ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

काठमाडौं । लगातारको हारपछि स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई हटाएको छ । ला लिगामा बुधबार राति भएको खेलमा टीम रायो भालेकानोसँग १, ० ले पराजित भएसँगै क्लबले कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले जनाएको छ । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।… Continue reading लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

१० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नयाँ सम्झौतासहित नेपाल आउने भएका छन् । कम्तीमा दुई वर्षको सम्झौता सहित नेपाल गर्कन तयार देखिएका छन् । उनले आफु नेपाल फर्कन लागेको बुधबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।… Continue reading अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछि भएको पहिलो भेटमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको हो । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनारियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले हार्यो । रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले एक–एक… Continue reading एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

काठमाडौं । जारी टि-२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले नराम्ररी पराजित गरेको छ । कप्तान बाबर अजाम र विकेटकिपर माेहम्मद रिजवानको उत्कृष्ट ब्याटिङसङ्गै  पाकिस्तानले टी२० विश्वकपमा पहिलाे पटक भारतलाई हराएको हो । दुवै खेलाडीले अर्धशतक जोडे।  युएईमा भईरहेकाे आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ काे खेलमा पाकिस्तानले भारतलाई १०  विकेटले पराजित हरायो ।टी२० विश्वकपमा भारतमाथि पाकिस्तानले… Continue reading पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध… Continue reading इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो । दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५२ औं,… Continue reading फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले हराएको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसङ्ग १-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले गोल गर्यो । सोही गोल निर्णायक बनेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड… Continue reading साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

काठमाडौं । साफ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेमा शुरु हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । जारी साफमा नेपाल पूर्ण फर्ममा छ । खुई खेलमा चार गोल गरिसकेको नेपाल समूहको शीर्ष स्थानमा छ । उता, भारतले भने गोलको खडेरी तोढ्न संघर्ष… Continue reading साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

इपीएलको उपाधी चितवनले जित्यो

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख… Continue reading इपीएलको उपाधी चितवनले जित्यो

विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका… Continue reading विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

माले । माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अंक तालीकामा शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । बंगालदेशले जितेको भए नेपाललाई उछिन्ने मौका थियो । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् । राष्ट्रिय दिवसकै दिन माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशमाथि बिहीबार राति २–० गोल अन्तरको जित निकालेको हो ।… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा भारत र श्रीलङ्का गोलरहित बराबरी खेलेका छन् । यसले नेपाललाई फाइदा हुने छ । किनकी नेपालले भारतको सामना गर्दा नेपाल भन्दा बढी भारत दवावमा रहने छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले श्रीलंकाविरुद्ध गोलका अवसर निकाल्दा पनि गोल गर्न सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो… Continue reading साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

२२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा श्रीलंकामाथि ३-२ गोलको सानदार जित दर्ता गरेको छ । नेपालले २२ वर्षपछि साफमा पहिलो पटक श्रीलंकालाई हराएको हो । लागता दोस्रो जितसँगै जारी प्रतियोगितामा नेपाल अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब भारत र… Continue reading २२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा संचालन भइरहेको प्रतियोगितामा नेपालको खेल नेपाली समय अनुसार राति ९ः४५ मा शुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएको नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । श्रीलंकाविरुद्ध जित निकाल्न सके नेपाललाई अर्को… Continue reading साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । शुक्रबारबाट शुरु भएको साफ चाम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले हराएको हो । नेपालले साफमा पहिलो पटक माल्दिभ्सलाई हराउन सक्यो । यो ऐतिहासिक जितको नायक बने मनिस डाँगी । उनले ८६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णय बन्यो । ६९औं मिनेटमा… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

काठमाडौं । दक्षिण एसियाली मुलुकको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । १३ औं संस्करणको प्रतियोगिताको आयोजक माल्दिभ्स हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । साफ च्याम्पियनसिपमा पाँच मुलुक उपाधीका लागि भिड्दैछन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता… Continue reading साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

च्याम्पियन्स लीग : ठूला टीमले जित्दा बार्सिलोना भने पराजित

Photo : ESPN

काठमाडौं । स्पानिस क्लब बार्सिलोना लियोनल मेसीको अनुपस्थितिमा कमजोर बनेको छ । यसको असर यूईएफए च्याम्पियन लिग २०२१\२२ का खेलहरुमा स्पष्ट देखिन थालेको छ । लगातार दोस्रो खेलमा हार बेहोर्ने क्रममा क्लव बुधबार पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भयो । वेनफिकालाई घरेलु मैदानमा जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल… Continue reading च्याम्पियन्स लीग : ठूला टीमले जित्दा बार्सिलोना भने पराजित

पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी

Getty Images

काठमाडौं । लियोनल मेसीले पिएसजीका लागि पहिलो गोल गरेका छन् । उनको उत्कृष्ट गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २–० ले हराएको छ । बार्सिलोनाबाट पिएसजी गएपछि उनीले गोल गर्न सकेका थिएनन् । तर, मंगलबार उनने एम्बाप्पेको सहयोगमा दर्शनीय गोल गरे । इड्रिस गुएले पिएसजीका लागि पहिलो गोल… Continue reading पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी

न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

म्यानचेस्टर न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् । यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ… Continue reading न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

बलियो ओमानसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिम बलियो टोली ओमानसँग पराजित भएको छ । गतराती कतारको दोहामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपाल र ओमान भिडेका अुन् । साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ । नेपाली टिम कतारबाट साफका… Continue reading बलियो ओमानसँग नेपालको लज्जास्पद हार

साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ… Continue reading साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

दोहा । नेपाल र ओमानबीच आज अन्तर्राष्ट्रिय मैत्रपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राति पौने १० बजे दोहामा हुने यो खेल नेपालले साफ फुटबलको तयारीमा रुपमा लिएको छ । नेपाली टोली अन्तराष्ट्रिय प्रशिक्षणका क्रममा अहिले दोहामा रहेको छ । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र ओमान मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् । यसअघि नेपालले… Continue reading नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर… Continue reading ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात