चेन्नाई । भारतमा जारी १४ औं संस्करणको आइपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई १० रनले हरायो । चेन्नाईको एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८७ रन जोडेको थियो । उसका लागि नितिश राना र राहुल त्रिपाठीको अर्धशतक बताए । कोलकाताले दिएको १८८ रनको… Continue reading आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात
Category: खेलकुद
एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दुई बलियो टीम रियल म्याड्रिड र बार्सिलोनाबीचको भिडन्तमा रियलले बाजी मारेको छ । यो खेललाई एलक्लासिको भिडन्तका नामबाट चिनिन्छ । वर्षमा कम्तिमा दुई पटक यी टीमबीच भिडन्त हुन्छ । रियल म्याड्रिडले गत राती सम्पन्न खेलमा बार्सिलोनालाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा… Continue reading एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो
आइपीएल : दिल्ली सामु चेन्नई निरिह
मुम्बई । १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि रवाफिलो जित दर्ता गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली चम्किएको हो । शनिबार राती सम्पन्न खेलमा चेन्नईमाथि दिल्लीले ७ विकेटको जित निकाल्न सफल भयो । पहिले ब्याटिंग गरेको चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४… Continue reading आइपीएल : दिल्ली सामु चेन्नई निरिह
आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो
चेन्नई । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सिरिजको १४ औं संस्करण शुक्रबारबाट शुरु भएको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई रोयल च्यालेन्जर्स बैंलौरले रोमाञ्चक भिडन्तमा हराएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बैंलौरले दुई अंक समेत जोडेको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २०… Continue reading आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो
आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै
चेन्नई । क्रिकेटको सबैभन्दा ठूलो लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं सिजन आजबाट शुरु हुँदैछ । तीन महिना चल्ने यो सिरिजमा संसारका उत्कृष्ट क्रिकेटर करोडौं मूल्य राशीको उपाधीका लागि भिड्नेछन् । आज पहिलो खेलमा मुंबई इंडियन्स र रोयल च्यालेन्जर बैंलौर भिड्दैछन् । खेल भारतको चेन्नईमा हुने छ । भारतमा तिब्र गतिमा फैलिएको कोरोना… Continue reading आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै
च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो
काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दुई बलियो प्रतिद्धन्द्धी पिएसजी र बायर्न म्युनिख बीचको खेलमा पिएसजीले बाजी मारेको छ । बुधबार रातिको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरेका छन् । बायर्नका लागि मोटिस र मुलरले… Continue reading च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो
नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो
काठमाडौं । नेपाल आर्मी क्लव एएफसी कप २०२१ को प्रारम्भिक छनोट पार गर्न सफल भएको छ । आज दशरथ रंगशालामा श्रीलंका पुलिस क्लवमाथि फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीले श्रीलंकन टिमको पोष्टमा ५ गोल गर्न सफल… Continue reading नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो
च्याम्पियन्स लिग : रियलले लिभरपुललाई सजिलै हरायो
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलका खेलहरु शुरु भएका छन् । मंगलबार राती सम्पन्न खेलमा रियल मड्रिडले बलियो प्रतिद्धन्द्धी लिभरपुललाई ३–१ गोल अन्तरले हरायो । क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले घरेलु मैदानमा आफ्नो रवाफिलो प्रदर्शन जारी राखेको छ । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरेका थिए । लिभरपुलका मोहम्मद सालहले… Continue reading च्याम्पियन्स लिग : रियलले लिभरपुललाई सजिलै हरायो
लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडमा बार्सिलोनाले पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको छ । कमजोर शुरुवात गरेको बार्सिलोनाका लागि यो सिजन निकै कठिन हुने आंकलन गरिएको थियो । तर, सन् २०२१ यता भने उसले उत्कृष्ट पुनरावलोकन गर्दै उपाधी होडमा फर्किएको हो । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै दोस्रो… Continue reading लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना
चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो
काठमाडौं\एजेन्सी । प्रिमियर लिगको जारी सिजन अन्तर्गत शनिबारका खेलमा शीर्ष र बलिया टोलीले लज्जास्पद हार बेहोर्न पुगेका छन् । चेल्सीको पोष्टमा वेस्ट ब्रोमले ५ गोल छिराएको छ । आर्सनललाई लिभरपुलले ३ गोल हानेको छ । आर्सनलको घरेलु मैदानमा लिभरपुलले ३–० गोल अन्तरको जित निकालेको छ । खेलमा ६४ औँ मिनेटमा पहिलो गोल भएको हो ।… Continue reading चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो
कस्तो छ लोकप्रिय क्रिकेटर तेन्दुलकरको स्वास्थ्य ?
नयाँ दिल्ली । लोकप्रिय क्रिकेटर सचिन तेन्दुलकर कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन् । पाँच दिनसम्म घरमै आइसोलेसनमा बसेका उनलाई त्यसपछि समस्या बढ्दै गएसँगै अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा समस्या बढेसँगै थप उपचारका लागि अस्पताल भर्ना हुन चिकित्सकले सुझाव दिएका थिए ।… Continue reading कस्तो छ लोकप्रिय क्रिकेटर तेन्दुलकरको स्वास्थ्य ?
थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने
काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधी जित्ने फुटबलरले जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । टोलीका प्रत्येक सदस्यले एन्फाबाट एक\एक लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले… Continue reading थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने
कप्तान विराज महर्जनले लिए सन्यास
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आज दशरथ रंगशालामा बंगालदेशविरुद्धको थ्री नेसन्स कप फुटबलको फाइनलमा खेलेका उनको यो खेल देशका लागि अन्तिम थियो । उनले यसअघि नै यो घोषणा गरेका थिए । सोहीकारण आज प्रशिक्षक बालगोपाल महर्जनले विराजलाई ८९ औं मिनेटमा मैदान छिराएका थिए । उनले कुल… Continue reading कप्तान विराज महर्जनले लिए सन्यास
घरेलु मैदानमा नेपालले उचाल्यो थ्री नेसन्स कप उपाधि
काठमाडौं । घरेलु मैदानमा नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । सोमबार दशरथ रंगशालामा करीव १२ हजार समर्थकमाथ नेपालले उपाधीमाथि कब्जा जमाउँदा बंगालदेशलाई हरायो । नेपालले बंगलादेशमाथि २-१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । संजोग राई म्यान… Continue reading घरेलु मैदानमा नेपालले उचाल्यो थ्री नेसन्स कप उपाधि
थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने
काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने तयारी छ । उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो । खेल साँझ ५ः३० बाट शुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा नेपाल स्पष्ट जितका साथ उपाधी जित्ने लक्ष्यमा… Continue reading थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने
थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो
काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ। तीन राष्ट्र सहभागी भएको प्रतियोगिताको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशबीच आज गोलरहित बराबरी भएसँगै नेपाल फाइनलमा पुगेको हो । फाइनल खेल नेपाल र बंगलादेशबीच नै सोमबार साँझ साढे ५ बजे हुने भएको छ । पहिलो खेलमा पनि नेपाल र कीर्गिस्तानको ओलम्पिक टिम बराबरी खेलेका… Continue reading थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो
थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । यसै खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । पहिलो खेल जितिसकेका कारण बंगलादेश आज हारेको अवस्थामा पनि फाइनल पुग्ने छ । नेपाल र कीर्गिस्तानबीच बराबरी नतिजा आएका कारण आज नेपाल दुई गोलभन्दा बढी अन्तरमा पराजित… Continue reading थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै
नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने
काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने भएको छ । प्रतियोगिता आगामी अप्रिलमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएका छ । क्यानका अनुसार अप्रिल १७ देखि २४ सम्म ट्राइ नेसन्स टी२० आई सिरिज आयोजना हुन लागेको हो । ट्राइ नेसन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धामा उत्रन लागेका हुन् । डबल… Continue reading नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने
थ्री नेसन्स कप : नेपाल र कीर्गिस्तानले अंक बाँडे
काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र कीर्गिस्तान यू२३ बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । करीव आधा दर्जन अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसकेको नेपालले अन्ततः अंक बाड्न बाध्य भएको हो । अर्कोतर्फ १० खेलाडीमा सिमित रहेको कीर्गिस्तानले समेत नेपाललाई बराबरीमा रोक्न सफल भएको छ । खेल बिहीबार… Continue reading थ्री नेसन्स कप : नेपाल र कीर्गिस्तानले अंक बाँडे
यस्तो छ थ्री नेसन्स कपमा खेल्ने नेपाली टीम
काठमाडौं । मंगलबारबाट काठमाडौंको दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबल शुरु भएको छ । यो प्रतियोगितामा नेपालले बिहीबार पहिलो खेलमा कीर्गिस्तानको सामना गर्दैछ । यस खेलका लागि नेपालले आफ्नो टोलीको घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की,… Continue reading यस्तो छ थ्री नेसन्स कपमा खेल्ने नेपाली टीम
थ्री नेसन्स कप : बंगलादेशको विजयी शुरुवात
काठमाडौं । बंगलादेशले मंगलबारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप फुटबलमा विजयी शुरुवात गरेको छ । कीर्तिस्तानलाई १–० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद शुरुवात गरेको हो । कीर्तिस्तानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितका लागि निर्णायक बन्यो । कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा आफ्नै पोष्टमा गोल छिराएका थिए । त्यसपछि दुबै टोलीले गोल… Continue reading थ्री नेसन्स कप : बंगलादेशको विजयी शुरुवात
नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे
न्युयोर्क नेपाली कँराते खेलाडी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ८ रेकर्ड राखिसकेका उज्ज्वल ठकुरीले आफ्नो नाममा ९ औं रेकर्ड पनि कायम राखेका छन् । यसपटक उनले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका हुन् । रसिद ३० पटक बिभिन्न विधाका विश्व किर्तिमानधारी उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालै भारतको ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व… Continue reading नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे
नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु
काठमाडौं । नेपालसहित तीन मुलुकबीच आजदेखि त्रिदेशीय फुटबल रिसिज हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् । नेपाल, बंगलादेश र किर्गिस्तान बीच पहिलो चरणमा एक अर्का विरुद्ध खेल हुने छ । त्यहाँबाट शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुने छ । प्रतियोगितामा नेपालको नेतृत्व गोलकिपर किरण चेम्जोङले गर्दैछन् । नेपाली टोलीले लामो… Continue reading नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु
लालिगामा बार्सिलोनाको रवाफिलो जित, मेसीको अर्को कीर्तिमान
काठमाडौं । कप्तान लिओनल मेसीका लागि कीर्तिमानी खेलमा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धी रियल सोसिडाडमाथि ६-१ को रवाफिलो जित निकालेको छ । आइतबार राती मेसीले क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान राख्न सफल भए । यस खेलमा उनले दुई गोल र एक असिष्ट गरे । खेलमा बार्सिलोनाले सोसिडाडलाई उसकै मैदानमा फराकिलो अन्तरले हराएको हो । बार्सिलोनाका… Continue reading लालिगामा बार्सिलोनाको रवाफिलो जित, मेसीको अर्को कीर्तिमान
गोकर्णेश्वरमा वडा अध्यक्ष खुल्ला दौड प्रतियोगिता सम्पन्न
अमृता के सी ( रोनी ) काठमाडौँ, चैत ७/गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा प्रथम वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगिता गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सुन्ताखान युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख… Continue reading गोकर्णेश्वरमा वडा अध्यक्ष खुल्ला दौड प्रतियोगिता सम्पन्न
नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो
काठमाडौं । नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आगामी चैत १० बाट दशरथ रंगशालामा शुरु हुँदै छ । थ्री नेसन्स कपका लागि टिकट दर समेत सार्वजनिक गरिएको छ । नेपाल, कीर्गिस्तान र बंगलादेशले खेल्ने यस प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष खेल हेर्ने सुविधा दिन लागिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रत्येक खेलमा अधिकतम… Continue reading नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो
च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२०\२१ को क्वार्टरफाइनल समिकरण पुरा भएको छ । आज राती भएका अन्तिम १६ का खेलहरुबाट अन्तिम ८ मा पुग्ने टोलीहरुको टुङ्गो लागेको हो । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भए । यसबाट क्वार्टरफाइनल खेल्ने ८ वटा टोली निश्चित भएका हुन् । चेल्सीसँगै इंग्ल्याण्डबाट… Continue reading च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा
महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान
काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौंलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । मंगलबार काठमाडौं, नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं.… Continue reading महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान
मेसीको अर्को कीर्तिमान, टोलीको प्रभावशाली जित
काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा जाभीसँग बराबरी गरेका छन् । उनी सोमबार राती बार्सिलोनाका लागि ७६७ औं खेलका लागि मैदानमा उत्रिए । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा मात्र ५१० खेल खेलिसकेका छन् । आफ्नो कीर्तिमान खेललाई मेसीले अविश्मरणीय समेत बनाए । उनको दुई गोलको मद्दतमा बार्सिलोनाले… Continue reading मेसीको अर्को कीर्तिमान, टोलीको प्रभावशाली जित
रोनाल्डोले तोडे पेलेको रेकर्ड, पाए बधाई
काठमाडौं । युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलका फुटबलर पेलेको कीर्तिमान तोडेका छन् । गतराती इटालियन सिरी एमा क्याग्लीअरीबिरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरे । यससँगै उनले करिअरमा सबै प्रकारका गोलको संख्या ७ सय ७० पुर्याए । यो पेलेको भन्दा ३ गोल बढी हो। यसअघि उनी पेलेसँग बराबरीमा थिए । आफ्नो रेकर्ड तोडेका… Continue reading रोनाल्डोले तोडे पेलेको रेकर्ड, पाए बधाई