Category: खेलकुद

  • रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

    रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ ।

    प्रतिवन्ध कायम रहेमा रुसले विश्वकप गुमाउने छ । युईएफले फिफा र युईएफले आफू अन्तर्गत हुने सबै खाले प्रतियोगिता, राष्ट्रिय वा क्लब स्तरीय, त्यसबाट रुसको सहभागिता अनिश्चित समयका लागि प्रतिबन्ध लगाएको पुष्टी गरेको हो । दुवै संस्थाले युक्रेनमाथि रुसी हमला विश्व खेलकुदको भावनाविरुद्ध रहेको पनि बताएका छन् । युरोपा लिगको अन्तिम १६ मा आरबी लाइपजिगले स्पार्टक मस्कोबाट वाकओभर पाएको छ ।

  • मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी

    मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी

    काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लव सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन बनेको छ । लिगमा क्लव अपराजित छ । क्लवले शनिबार उपाधी उचालेको हो । दशरथ रंगशालामा सम्पन्न अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको गोल क्लवको जितमा निर्णायक बन्यो । मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो ।

    लगातार ११ खेलमा मछिन्द्रले गोल खाएको थिएन । तर, एपीएफले भने एक गोल फर्काउन सक्यो । मछिन्द्रको ३५ अंक भएको छ । क्लवले १३ चरणका खेलमध्ये कुनैमा पनि हार बेहोर्नु परेन । एपीएफले १५ अंकसहित प्रतियोगिता सकायो । मछिन्द्रले वर्ष ०७६ मा पहिलो पटक माथिल्लो डिभिजनको लिग उपाधि उचालेको थियो । क्लवले लगातार दोस्रो उपाधी जितेको हो ।

  • नेपोलीलाई हराउँदै बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा

    नेपोलीलाई हराउँदै बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा

    काठमाडौं । युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन बार्सिलोनाले नेपोलीमाथि सानदार जित निकालेको छ । बिहीबार दोस्रो लेगमा बार्सिलोना ४–२ ले विजयी भयो । समग्रमा ५–३ ले टीम अगाडि रह्यो । बार्सिलोनाका लागि जोर्डी अल्बा, फ्रेन्क डे जोङ, जेरार्ड पिके र पिएरे एमरिक अबमेयाङले गोल गरे । बार्सिलोनाले अहिलेसम्म युरोपा लिग जितेको छैन ।

  • विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

    विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

    काठमाडौं । आईसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो बनेको छ । अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपमा छनोट हुन असफल भएको नेपालले बिहीबार आयोजक ओमानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । जहाँ नेपाल ९ विकेटको फराकिलो अन्तरमा विजयी भयो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

    भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । आरिफ शेख २१ रनमा अविजित रहे । ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् ।

    यस्तै, पूर्वकप्तान पारस खड्काले टी(२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।

  • विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

    विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

    काठमाडौं । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानको सामना गर्दैछ । यस पटक ओमानसँग नेपाल लगातार तेस्रो पटक भिड्न लागेको हो । ओमान र नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट हुन असफल टीम हुन् । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका हुन् । नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

    मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो । यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर(नोभेम्बरमा अष्ट्रेलियामा हाने टी(२० विश्वकपका लागि छनोट भएका छन् । फाइनल खेल समेत आजै हुँदैछ ।

  • यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

    यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

    काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने सूनौलो अवसर गुमाएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले हार्न पुग्यो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईसँग भने कमजोर देखियो ।

    नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेयता पुनः विश्वकपमा छनोट हुने अवसर यस पटक थियो । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्डले विश्वकपको टिकट पक्का गरेको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

    ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्ड पुगेका छन् । १७६ रनको लक्ष्य पछ्याउँदा पहिलो ओभरमै युएईका जुनैद सिद्धिकीले ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका लोकेश बमलाई आउट गरेपछि नेपाल दवावमा आयो । त्यसपछि सम्हालिनै सकेन ।

  • विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

    विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

    काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत आज सेमिफाइनल चरणका खेल हुँदैछन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको नेपाल समूह बीको विजेता हो । यूएई समूह एको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल समेत आजै हुनेछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

    आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् । यूएईलाई हराए नेपालले विश्वकपको टिकट काट्ने छ ।

  • नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

    काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् नेपालले सोमबार क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता ओमानमा जारी छ ।

    ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना ।’

    क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बधाई दिएका छन् । उनले समेत सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले लेखेका छन्, , ‘क्यानडासँगको खेलमा जित निकाल्दै टी–२० विश्व कप ग्लोबल छनोट को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ उनले मंगलबारको खेलमा जितको शुभेच्छा समेत व्यक्त गरेका छन् ।

  • नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय हुने छ ।

    नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गर्यो । जवाफमा १४.१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरे । उनीहरु अन्तिम सम्म क्रिजमा रहे । आसिफ सेख १७ रनमा आउट भए ।

    कुशल मल्लले रन जोड्न सकेनन् । नेपालले सबै तीन खेल जितेर समूह ुबी को विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । यो समूहबाट ओमान दोस्रो बनेर सेमिफाइनल पुगेको छ । समूह (ए)बाट विजेता बनेको आयरल्याण्डले ओमानको सामना गर्नेछ । दुबै खेल मंगलबार हुने छन् ।

  • भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

    भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

    काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ । पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मद्दतले स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई ४–१ ले हराएको हो । जितपछि लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेल पुगेको छ । फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए ।

    भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए । बार्सिलोनाका लागि अर्को गोल फ्रेन्क डे जोङले गरे । भ्यालेन्सियाका लागि भने कार्लोस सोलेरले गोल गरे । यो जितपछि बार्सिलोनाको ४२ अंकमा चौथो स्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले मार्लोकालाई २–१ ले हरायो ।

  • टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

    टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

    काठमाडौं ।, आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर एमा नेपालले आज समूह चरणको अन्तिम खेल अमेरिकी मुलुक क्यानडासँग खेल्दैछ ।
    खेल ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा हुने छ । नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे खेल शुरु हुने भएको छ । नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा छ । क्यानडा नेपालभन्दा कमजोर रहेका कारण उसलाई पराजित गर्ने अपेक्षा गरिएको छ । क्यानडालाई हराउन सके समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुग्नेछ ।

    सेमिफाइनल चरण पार गरेमा भने नेपाल विश्वकपमा छनोट हुने छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपाल क्यानडासँग हारेमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यस अवस्थामा नेट रनरेटका आधारमा समूहबाट विजेता र उपविजेता छानिनेछन् ।

  • टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

    टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

    काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका छन् ।

    उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बने । यसअघि पूर्वकप्तान पारस खड्काले शतक हानेका छन् । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो नेपालको टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी हो ।

    दीपेन्द्रले ८३ रन बनाए । ओमानको अल अमेरात रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्यो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको तेस्रो सर्वाधिक योगफल हो ।

  • विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

    विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

    काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन ।

    ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ ।

    यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो । फिलिपिन्सलाई हराउन सके नेपालले सेमिफाइनल यात्रा  निश्चित गर्नेछ ।

  • विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

    विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर)का खेलहरु आजबाट ओमानमा शुरु हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक ओमानविरुद्ध नेपालले सामना गर्दैछ । यो खेलले समूह चरणबाट माथि जाने टीमको आंकलन गर्न सक्ने अवस्था रहेकाले समेत दुबै टीमका लागि खेलको नतिजा महत्वपूर्ण हुने छ । ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

    जसलाई ४-४ टोलीको दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । अर्को समूहमा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुनेछ । त्यसकारण नेपाललाई ७ वर्षपछि विश्वकप खेल्ने अवसर रहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाली टिम विश्वकपमा छनोट हुने आशा राखेका छन् ।

  • नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर

    नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर

    काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको फैसला सुनाएको छ । उनलाई ५ हजार जरिवाना तोकिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।

    खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

  • पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

    पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

    काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ। केलियन एम्बाप्पेको एक मात्र गोल निर्णायक गोल गरे । पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको छ । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई दबाबमा राखे पनि गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो।

    एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरे । एम्बाप्पे, नेइमार र मेसीसहितको पिएसजीले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो । खेलको ६२ औं मिनेटमा मेसीले पेनाल्टीमा चुकेका थिए । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुने कार्यक्रम तय भएको छ ।

  • लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

    लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

    काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये एक खेलमा मात्र नेपाल विजयी भएको छ ।

    दुई खेल हारेको छ । नेपालले पहिलो खेलमा ओमानलाई हराए पनि यूएई र आयरल्याण्डसँग भने हार्यो । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ। नेपालले १८६ पाएको छ । १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५ रेटिङ पाएको छ । १५औं स्थानमा आयरल्याण्डले १८४ रेटिङसहित छ । ओमान १८औं स्थानमा छ। नेपालले शुक्रबारदेखि ओमानमा टी-२० विश्वकप छनोट खेल्दैछ ।

  • सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

    सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

    काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।

    चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् ।

    यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्।

    ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्।

    उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन्। उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन्।

    सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

    सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

  • चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

    चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

    काठमाडौं । ओमानमा जारी चार देशीय टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् । यो नेपालको तेस्रो तथा अन्तिम खेल हो । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुने कार्यक्रम छ । ओमानमा १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज भइरहेको छ ।

    यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
    नेपालले आयरल्याण्डसँग यसअघि दुई टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको इतिहास छ ।

  • पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश

    पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश

    काठमाडौं । आइपिएल २०२२ को अक्सनको पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । कुल १० टीमले खेलाडी भित्राउन करोडौं रपैयाँ खर्च गरिरहेपनि सन्दीपका लागि भने कुनै पनि टीम इच्छुक देखिएनन् । दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो। अनसोल्ड खेलाडीलाई आज अन्तिम पटक टिमहरूको कोटा पूरा गर्न न्यूनतम मूल्यमा पुनः अक्सनमा राखिन्छ ।

    झिनो आशाबाहेक सन् २०२२ मा आइपीएलमा नेपाली खेलाडी देख्न सकिने आशा समेत करीव सकिएको छ । अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गरेका थिए । अक्सनको अन्तिम सूचीमा सन्दीप मात्र परेका थिए । अक्सनमा सन्दीपले न्यूनतम मूल्य ४० लाख भारू राखेका छन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् ।

  • चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो

    चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो

    काठमाडौं । चारदेशीय टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले हारेको छ । ओमानको मस्कटमा सम्पन्न खेलमा युएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रनको योगदान दिए ।

    पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि लक्ष्य ठूलो भएका कारण भेटाउन सम्भव भएन । युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २÷२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाउँदा युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित ८४ रन जोडेका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले एकएक विकेट लिए ।

  • आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

    आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए । अक्सनमा भने सन्दीप मात्र परे । सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् ।

    सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका थिए । उनले कुल तीन सिजन खेल्दा एक सिजन मैदानमा उत्रन पाएनन् । २०२० को सिजन उनी पूरा सिजन बेन्चमा रहेका थिए । गत वर्ष कुनै पनि टीममा नपरेका उनी यो पटक भने छनोट हुने अपेक्षा गरिएको छ । किनकी यस पटक आइपीएलमा दुई नयाँ टीम थपिएका कारण नयाँ खेलाडीलाई मौका रहेको छ । सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख मात्र राखेका छन् ।

  • चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै

    चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । ओमानमा जारी चार देशिय टी-२० सिरिजमा आज दोस्रो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुने गरि तय भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप यो प्रतियोगिता भइरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई शुक्रबार हराएको हो । नेपाल आज उच्च मनोवलका साथ मैदानमा हुने छ । यूएईले सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्न ओमान पुगेका हुन् । नेपालको अन्तिम खेल सोमबार आयरल्याण्डसँग रहेको छ ।

  • चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

    चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

    काठमाडौं । चार देशीय टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएसँगै नेपालले ३ बल अगाडी नै लक्ष्य भेटायो । यससँगै नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कप्तानी डेब्यु जितबाट गर्न सफल भए ।

    आजको खेलमा नेपालका स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले समेत टी २० आईमा डेब्यू गरेका छन् । आजको खेलमा आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए । टस हारेर ब्याटिङ गरेको ओमानले २० ओभरमा १३५ रन जोड्यो ।

    ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

  • चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

    चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

    काठमाडौं । चार मुलुक सहभागी रहेको क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर अगाडी यो सिरिज हुन लागेको हो । ओमानको घरेलु मैदान मस्कटस्थित अल अमिरातमा दिउँसो ३ः४५ बाट खेल सुरु हुनेछ । नेपालमा हिमालय टिभिबाट खेल प्रत्यक्ष हेर्न सकिे छ । नेपाल, ओमान, आयरल्याण्ड र युएई सिरिजमा खेल्दैछन् । सबै टीमले एक अर्का मुलुकविरुद्ध एक एक खेल खेल्ने कार्यक्रम रहेको छ ।

    चार वटै टिम ग्लोबल क्वालिफायर ए मा रहेका छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा तथा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी समूह ‘बी’ मा छन् । क्वालिफायरमा समेत नेपालले पहिलो खेल ओमानसँग छ । आजको खेलबाट कप्तान सन्दीप लामिछानेले कप्तानीमा डेब्यू गर्दैछन् ।

  • फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

    फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ।

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो।

    यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालको ९८२।.२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो।

    दक्षिण एसियामा नेपाल भन्दा अगाडि रहेका भारत एक स्थान सुधार गर्दै १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ ।

    त्यस्तै भुटान १८५, बंगलादेश १८६ र पाकिस्तान १९७ स्थानमा रहँदा श्रीलंका २०४ ‍औं स्थानमा छ।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

    दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा अर्जेन्टिना छ। एसियामा शीर्ष तीनमा रहेका इरान, जापान र कोरिया विश्ववरीयतामा २१, २३ र २९ ‍औं स्थानमा छन्।

  • विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै

    विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम विश्वकपमा छनोट हुने लक्ष्य बोकेर मंगलबार ओमान उड्दैछ । आईसीसी पुरुष टी–२० विश्व कपको अन्तिम छनोटका रुपमा ग्लोबल छनोट ‘ए’ प्रतियोगिता हुँदैछ । यहाँबाट छनोट हुने दुई टीमले विश्वकपमा भाग लिन सक्नेछन् । मंगलबार राती ८ बजे नेपाली टोली सो मुलुक प्रस्थान गर्नेछ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् । ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

    खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा आयोजक ओमानसँग खेल्नेछ । दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् । छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेल्दैछ । जहाँ नेपाल, ओमान, यूएई र आयरल्यान्ड भिड्नेछन् ।

  • सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी

    सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी

    काठमाडौं । अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । फाइनलमा ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले ६० वर्षपछि उपाधीमाथि कब्जा जमाएको हो । सेनेगल पहिलोपटक यो उपाधी जित्न सफल भयो । क्यामरुनमा आइतबार राति सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

    सेनेगल ४-२ ले विजयी भयो । लिभरपुलका दुई स्टार माने र मोहमेद सालाह एक अर्का विरुद्ध भिडेका हुन् । पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर, बोउना सारले गोल गर्न सकेनन् । इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेमको पेनाल्टी रोकियो । यस्तै सेनेगलका माने प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।

  • यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

    यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

    काठमाडौं । अण्डर-१९ विश्वकपको उपाधी भारतले उचालेको छ । भारतले इङ्गल्याण्डमाथि ४ विकेटको जित निकाल्दै पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । इंग्ल्याण्डले दिएको १८९ रनको मध्यम योगफल भारतले १४ बल बाँकी हुँदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर फेला पार्यो । भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय इनिङ खेले । राज बावाले ३५, हरनुर सिंहले २१ र यश धुलले १७ रन बनाए ।

    इंग्ल्याण्डका लागि जोशु बाइडेन, जेम्स् सेल्स र थोमस स्पिनलले दुई÷दुई विकेट लिए । टस जितेर व्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि जेम्स् रेयूले ९५ रनको योगदान गरे । जेम्स् सेल्स्ले ३४, जर्ज थोमस्ले २७ तथा रिहान अहमेद र एलेक्स हर्टनले १०–१० रन बनाए । भारतका लागि राज बावा एक्लैले ५ विकेट लिए ।

  • अमेरिका र भारतको कुटनैतिक बहिस्कारका बीच शितकालिन ओलम्पिक्स चीनमा शुरु

    अमेरिका र भारतको कुटनैतिक बहिस्कारका बीच शितकालिन ओलम्पिक्स चीनमा शुरु

    बेइजिङ । शितकालिन ओलम्पिक्स शुक्रबार देखी चीनमा शुरु भएको छ । ओलम्पिक बेइजिङमा आयोजना गरिएको छ । यस सङ्गै  बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलिम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ।  कोभिड-१९ को नियन्त्रण, मानवअधिकार हनन्‌को आरोप र ‘कूटनीतिक’ बहिष्कारका कारण ओलिम्पिक्समा राजनीतिक छाया पनि परेको छ।

    ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका अधिकांश हिउँ मानवनिर्मित हुन्। बन्द स्थानमा बनाइएका ‘रिन्क’मा चिस्यान कायम गर्न ठूला फ्रिजर प्रयोग गरिएको बिबिसीले लेखेको छ ।

    चीनले “शून्य कोभिड” को अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ। त्यसैले अधिकारीहरूले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट नबेच्ने निर्णय गरेका छन्। सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारी मात्र खेल हेर्नका लागि आमन्त्रित छन्। उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ।
    सङ्क्रमण रोकथामका लागि गरिएका प्रयासहरूले खेलाडी र अधिकारीहरूलाई कडाइका साथ व्यवस्थापन गरिएका “परिधि”मा राखेको छ।

    उनीहरू त्यहाँबाट निस्किन पाउँदैनन्। चौघेराभित्र यात्रा गर्नका लागि आधिकारिक कार वा बस प्रयोग गर्नेहरूलाई अरू मानिससँग सम्पर्क भएको अवस्थामा गाडीभित्रै रहन निर्देशन दिइएको छ।

    चीनको मानवाधिकार सम्बन्धी विवरणहरूबारे हाल अन्तर्राष्ट्रिय रूपमा विरोध भइरहेको छ। अमेरिका, भारत, ब्रिटेनसहित एक दर्जनभन्दा बढी देशका वरिष्ठ अधिकारीहरू कार्यक्रममा सहभागी हुँदैनन्।

    चीनका नेताहरू र सरकारी सञ्चारमाध्यमले यस ‘कूटनीतिक बहिष्कार’ लाई “राजनीतिकरण”को सङ्ज्ञा दिएका छन्। तर, खेलाडीहरुले भने भाग लिएका