Category: खेलकुद

  • अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने

    अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने

    काठमाडौं । अफ्रिका कप अफ नेसन्स कपको उपाधीका लागि इजिप्ट र सेनेगल भिड्ने भएका छन् । स्टार फुटबलर मोहम्मद सलाहको टीम इजिप्टले बिहीबार अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुनलाई दोस्रो सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको हो । खेलको १ सय २० मिनेट गोलरहित बराबरीमा टुंगेपछि टाइब्रेकरमा इजिप्टले क्यामरुनलाई ३–१ ले हराएको हो ।

    इजिप्टका लागि गोलरक्षक अबु गाबलले उत्कृष्ट बचाउ गरे । ओलम्बे स्टेडियममा भएको खेलमा क्यामरुनका लागि हारोल्ड मोउकोडी र जेम्स ली सिलिकीको प्रहारलाइ उनले छेकेका छन् । क्लिन एजेको प्रहार बाहिरिएपछि इजिप्टलाई सहज भएको हो । फाइनल आइतबार हुने छ । सलाह इजिप्ट र सेनेगलका साडियो मानेबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

  • मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड

    मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका नविन गुरुङले प्रहार गरेको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाएका थिए ।

    सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिए । सो गोल लगत्तै मरिससले बराबरी गर्ने अवसर पायो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले् पेनाल्टी पायो । पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । म्यान अफ दि म्याच चेम्जोङ बने ।


    शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले । दोस्रो हाफ तनावपूर्ण बन्यो । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भयो । मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए । ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए ।

  • सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

    सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन्।

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको एक्सन सहभागी हुने खेलाडीको लिस्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र नाम समावेश गरेको हो ।

    दिल्लीबाट तीन पटक आइपीएल खेलेका सन्दीपले न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका छन् ।

    अक्सनका लागि १२४६ खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये मेगा अक्नसमा ५९० खेलाडीमात्र सहभागी हुने छन्। जसमध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन्।

    पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन ।

    आइपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुनेछन् ।

    अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् ।

    अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

    नाम दर्ता गराउनेमा सन्दीप लामिछाने, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेष्वाकर, सोमपाल कामी, कुशल मल्ल, करण केसी, दीपेन्द्रसिह ऐरी, आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी, आरिफ शेख रहेका थिए ।

  • दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै

    दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै

    काठमाडौं । नेपाल र मरिससबीच मंगलबार दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुँदैछ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल विजयी भएको थियो । नेपाललाई जित दिलाउन विमल घर्तीमगरले गरेको गोल निर्णय बनेको थियो । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आज दुई खेलाडी परिवर्तन गरेका छन् । अनन्त तामाङ र प्रशान्त अवस्थीलाई रिप्लेस गर्दै उनले दर्शन गुरुङ र मनिष डाँगीसहितको टीम घोषणा गरेका छन् । मैत्रिपूर्ण खेलमा प्रशिक्षकले धेरै खेलाडीलाई अवसर दिइरहेका छन् ।

  • राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

    राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

    काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनी सर्वाधिक पटक ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो खेलाडी बन्न सफल भए । आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाए । उनले विश्व दोस्रो वरीयतामा रहेका रुसी स्टार डानियल मेदभेदेभलाई हराएका हुन् । पहिलो दुई सेट गुमाएका नाडालले त्यसपछिका तीन सेट लगातार जिते ।

    पहिलो सेट २–६ र दोस्रो सेट ६–७(५) ले गुमाएका नाडालले त्यसपछि ६–४, ६–४ र ७–५ ले जित्दै कीर्तिमान राखेका हुन् । नाडालले २१औं ग्रान्डस्लामको उपाधि जित्न सफल भएका हुन् । नाडालले अस्ट्रेलियन ओपन दोस्रो पटक जितेका हुन्। यसअघि उनले सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका थिए। नाडाल यसअघि नोभाक जोकोभिच र रोजर फेडेररसँग बराबरीमा थिए । दुबै खेलाडीको नाममा २० ग्रान्डस्लाम उपाधि छ ।

  • मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

    मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले उत्कृष्ट पुनरागमन गर्न सफल भए ।

    सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर भएका थिए । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्द‌ै पहिलो रोजाइमा अवसर दिएका हुन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच बने । खेलमा नेपालले गोल गर्ने केही अवसर पाए पनि गोलमा परिणत हुन सकेन ।

    पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुँदैछ ।

  • नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

    नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल खेल्ने उनी नेपाल यसै साता नेपाल आएका थिए । पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दा फरक अनुभव र सिकाई हुने उनको भनाई छ ।

    प्रशिक्षक अलमुताइरीले जित र हार खेलको पाटो भएको भन्दै फाइटिङ स्प्रिटमा ध्यान दिइने बताएका छन् । नेपालले साफ च्याम्पियनपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छन् । नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिएको छ ।

  • एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

    एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

    तेहरान । आगामी नोभेम्बरमा  कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ ।

    तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । यस उपलक्ष्यमा इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएका छन् ।

    तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ । एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ । सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

    छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो । जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

  • राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा

    राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोग लागेको छ । उनले नेपाल प्रहरीमा जागिर खाँदा यस्तो कसुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ ।

    आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ । त्यो प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

  • मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार

    मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग हुने दुई खेलमा दुई टोली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएको छ ।

    प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नौ नयाँ अनुहारलाई मौका दिएका छन् ।

    नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चौधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्थी, सुशिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

    पहिलो खेल खेल्ने नेपाली टोली

    गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा, डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी ।

    मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा । स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ रहेका छन् ।

    दोस्रो खेल खेल्ने नेपाली टोली

    गोलरक्षकः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी ।

    डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी ।

    मिडफिल्डरः सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा ।

    स्ट्राइकरः विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ ।

  • आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?

    आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट १५ खेलाडी रहेको नेपाल क्रिकयेट संघले जनाएको छ । खेलाडी दर्ता गर्न २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतका ८९६ र विदेशका ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् । आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडी छान्नेछन् ।

    अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । ९०३ खेलाडी अनक्याप्ड छन् । ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन । आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुनेछन् । अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् ।
    नेपालबाट अक्सानमा नाम लेखाउने खेलाडी
    सन्दीप लामिछाने, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेष्वाकर, सोमपाल कामी, कुशल मल्ल, करण केसी, दीपेन्द्रसिह ऐरी, आसिफ शेख, पवन र्रिाफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी, आरिफ शेख

  • विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने

    विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने

    काठमाडौं । आगामी महिना आयोजना हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार मुलुकले भाग लिने टी-२० सिरिज खेल्ने भएको छ । यो सिरिजका खेलहरुले टी२० अन्तर्राष्ट्रियको मान्यता समेत पाउने छन् । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज हुन लागेको क्यानले जनाएको छ । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ ।

    यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा यूएई र आयरल्याण्डसँग फेब्रुअरी १४ मा खेल्नेछ । टी-२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रअरी १७ देखि २५ सम्म ओमानमा हुनेछ । क्वालिफायरको ए अन्तर्गत समूह बी मा रहेको नेपालले ओमान, फिलिपिन्स र क्यानडासँग खेल्नेछ । अर्को समूहमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिम फाइनल प्रवेश गर्नेछन् र अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि छनोट हुनेछन् ।

  • सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)

    सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टिममा विनोद भण्डारी, सोमपाल कामी अटाएका छैनन् ।

    युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

    विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ ।

    छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

    यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

    नेपाली टिम

    सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया,अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।

  • एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

    एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

    काठमाडौं । विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ।

    फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

    त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

    पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो। एपीएफका लागि अमर रौतेलाले २९, लोकेश बमले २७ र सन्दीप जोराले २४ रन बनाएका थिए।

    पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३र३ विकेट लिए। त्यस्तै गुल्सन झाले २ तथा आरिफ शेखले १ विकेट लिए।

    पुलिसलाई लक्ष्यमा पुग्न नदिन एपिएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दीपक बोहरा र अमर रौटेलाले १(१ विकेट लिए ।

    एपीएफका अमरसिंह राउटेला २९ रन, लोकेश बमले २७ रन जोडेका थिए ।

    यस्तै, कप्तान शरद भेषावकर १९, भुवन कार्कीले १७, किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाएका थिए ।

    एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझाएको छ ।

  • रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड

    रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड

    काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई उछिन्दै बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो बेष्ट अवार्ड जितेका हुन् । सन् २०२० मा समेत उनले अवार्ड पाएका थिए । अवार्ड पाउँदा गर्वको महसुस भएको उनले बताए । म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड हात पारे । बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षकको उपाधि जिते ।

  • नोभाक जोकोभिकको भिसा अष्ट्रेलियाले दोस्रो पटक रद्द गर्यो

    नोभाक जोकोभिकको भिसा अष्ट्रेलियाले दोस्रो पटक रद्द गर्यो

    सिड्नी । सर्वियाका टेनिस स्टार नोभाक जोकोभिकको भिसा अस्ट्रेलियाले दोस्रो पटक रद्द गरेको छ । कोरोनाविरूद्धको खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै दोस्रो पटक उनको भिसा रद्द गरिएको हो। ३४ वर्षीय जोकोभिकले यो निर्णयविरुद्ध अर्को कानुनी लडाइँ लड्ने बाटो बाँकी नै रहेको समाचार छ । अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरुष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ। यसअघि गत सोमबार जोकोभिकको भिसा रद्द नगर्न अस्ट्रेलियाको एक अदालतले सोमबार आदेश दिएको थियो।

    सर्किट कोर्टका न्यायाधिस एन्थोनी केलीले भिसा रद्द गर्ने यसअघिको निर्णय खारेज गरिदिएका थिए भने मेलवर्नको होटल क्वारेन्टिनबाट ३० मिनेट भित्रमा छाड्न पनि आदेश दिएका थिए। खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै जोकोभिकको भिसा पहिलो पटक रद्द गरिएको थियो। अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका उनले डिपोर्ट गर्ने र भिसा रद्दविरूद्ध मुद्दा दायर गरेका थिए।

  • स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

    स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

    काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियल विजयी भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित निकाल्यो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले एक\एक गोल गरे ।

    खेलको पहिलो हाफ १–१ मा सकिएको थियो। दोस्रो हाफको ७२ औं करिम बेन्जेमाले गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको खेलको आठौं मिनेटमा रियलका फेडेरिको भाल्भेर्डेले गोल गर्दै खेललाई ३–२ मा ल्याएका थिए। खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो।

  • प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

    प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

    काठमाडौं । नेपाली ब्याडमिन्टनका उदयीमान तारा प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका छन् । उनले यो कीर्तिमान राख्दा नेपालबाट पहिलो पटक उच्च वरियता प्राप्त भएको हो । विश्व ब्याडमिन्टन फेडेरेसनले बुधबार जारी गरेको वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको समेत यो पहिलो पटक हो ।

    मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा रहेकोमा उनले वरियतामा सुधार गरेका हुन् । फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् ।

    कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।

  • फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह

    फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह

    काठमाडौं । फिफाले द बेस्ट फिफा पुरूष वर्ष खेलाडी अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह परेका छन् । अन्तिम तीनमा क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पेजस्ता स्टार भने अटाएनन् ।

    मेसी २०२१ को बालोन डे’ओरको उपाधि विजेता समेत हुन् । लेवान्डोस्की दोस्रो र सलाह सातौं स्थानमा थिए। फिफाको महिलातर्फको उत्कृष्ट खेलाडीमा स्पेन तथा बार्सिलोनाका जेनिभर हर्मोसो र एलेक्सिया पुटेलास र अष्ट्रेलिया तथा चेल्सीकी साम केर मनोनयनमा परेका छन्। फिफासँग आबद्ध विश्वका प्रत्येक राष्ट्रिय टोलीको कप्तान र प्रशिक्षकले वर्षको उत्कृष्ट खेलाडीको लागि अंक दिन पाउँछन्। जनवरी १७ मा फिफा वर्ष खेलाडीको घोषणा हुनेछ।

  • टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् ।

    जोकोभिच बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन विमानस्थलमा उनलाई रोकियो । त्यहाँ उनलाई सुरक्षाकर्मीले भिसा रद्दको जानकारी गराए । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा गरेको प्रमाण पुगेन । उनले कोरोनाको खोप लगाएको प्रमाण समेत साथमा बोकेका थिएनन् । जसको वैद्य भिसा नभएको वा भिसा रद्द भएको अवस्थामा उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाउने नियम रहेको एबिएफले उल्लेख गरेको छ ।

    उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले नियम भन्दा माथि कोही नरहेको भन्दै यसको पालना गर्न भनेका छन् । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार मेलवर्न विमानस्थल पुगेका थिए। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेको समेत खबर छ ।

  • क्यान र क्रिकेट खेलाडीबीच सहमति, कारवाही फिर्ता- कप्तान सन्दीप नै

    क्यान र क्रिकेट खेलाडीबीच सहमति, कारवाही फिर्ता- कप्तान सन्दीप नै

    काठमाडौं । क्रिकेट सङ्घ नेपाल (क्यान) र क्रिकेट खेलाडीबीच सहमति भएसँगै क्यानले खेलाडीमाथि गरेको कारवाही फिर्ता गरेको छ । आइतवार क्यानका पदाधिकारी, क्रिकेट प्रशिक्षक र खेलाडीबीचको वार्तामा सहमति जुटेको हो । सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरेको कारबाही फिर्ता भएको छ ।

    अब खेलाडीहरु समेत बन्द प्रशिक्षणमा आउन तयार भएका छन् । सहमतिलाई क्यान बोर्ड बैठकबाट पारित गराउन बाँकि छ । बैठकले कप्तानको जिम्मेवारीका सम्बन्धमा भने कुनै सहमति निकालेको छैन । जसअनुसार सन्दीप लामिछाने नै अहिले कप्तानका रुपमा निरन्तर रहने छन् । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीको जिम्मेवारी समेत खोसिएको थियो ।


    क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएपछि खेलाडीमाथि कारवाही गरिएइको थियो । यो निर्णयको कडा आलोचना भइरहेको छ । क्यानले खेलाडीमाथि मङ्सिर २९ मा यस्तो निर्णय लिएको थियो । चार खेलाडीलाई े ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय सो दिन भएको थियो ।

  • महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने

    महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने

    काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

    मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको हो ।

    बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कने छ । नेपालले यो उपाधी लगातार दोस्रो वर्ष जितेको हो ।

  • सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

    सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

    काठमाडौं । उज्ज्वेकिस्तान हराउँदै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ।

    बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो।

    नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

    बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो खेलमा दुई सुरुआति दुई सेट गुमाएर श्रीलंकालाई ३–२ ले हराएको थियो।

    नेपालले बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हराएको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।

    दुई वर्षअघि घरेलु मैदानमै भएको प्रतियोगितामा नेपाली पुरुष टिम समूह चरणबाटै बाहिरिएको थियो भने त्यही वर्ष बंगलादेशमा आयोजना भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले स्वर्ण पदक जितेको थियो।

  • यू-१९ एसिया कप – आज नेपाल र श्रीलंका भिड्दै

    यू-१९ एसिया कप – आज नेपाल र श्रीलंका भिड्दै

    शारजहा । युएईमा जारी एसिसी यु १९ एसिया कपमा आज नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी श्रीलंकाको सामना गर्दैछ । श्रीलंका टेस्ट नेशन्स हो । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरमा हारेको छ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजेदेखि शारजाहमा प्रारम्भ हुनेछ ।

    नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्छ । हारेमा प्रतियोगिताबाट बाहिरिन्छ । श्रीलंकाले भने पहिलो खेलमा कुवेतमाथि २७४ रनको फराकिलो जित निकाल्दै उच्च मनोवलका साथ नेपालको सामना गर्नेछ । नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध खेलेका छन् । जसमा नेपालले जित निकाल्न सकेको छैन ।

  • यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै

    यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै

    यूएई । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा आज नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बलियो प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट शारजहा क्रिकेट मैदानमा खेल प्रारम्भ हुनेछ ।

    नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराएको इतिहास छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले हारेको थियो । अहिले नेपाली टीम टेष्ट मान्यता प्राप्त मुलुकलाई हराउने लक्ष्यमा छ । समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाको सामना गर्नेछ । अर्को मुलुक कुवेत पनि यसै समूहमा छ ।

  • क्यानका ६ जना बोर्ड सदस्यले भने : खेलाडीमाथिको कारवाही फिर्ता गर

    क्यानका ६ जना बोर्ड सदस्यले भने : खेलाडीमाथिको कारवाही फिर्ता गर

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का ६ जना केन्द्रीय सदस्यले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् । क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी, सञ्जयराज सिंह र छुम्बी लामाले बुधबार पत्रकार सम्मेलन गरी खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् ।

    क्यानको गत बुधबार बसेको बोर्ड वैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय समेत गरेको थियो ।

    क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त पनि गरेको थियो । क्यानका ६ जना सदस्यहरुले खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको समेत बताए । क्यान विधान अनुसार नचलेको समेत उनीहरुको भनाई छ ।

  • क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट

    क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट

    काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ए ग्रेडका क्रिकेटरमाथि गरेको कारवाहीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा सोही पार्टीबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले असन्तुष्टी जनाएका छन् । प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई वालुवाटारमा भेटेरै असन्तुष्टी जनाएका हुन् ।

    मन्त्री गहतराजले भने आज क्यानका पदाधिकारीलाई मन्त्रालयमै डाकेका थिए । उनले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरे । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामू चिनाउन योगदान गरेका खेलाडीलाई दुरूत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको मन्त्री गहतराजको भनाई छ । खेलाडीलाई संरक्षण गर्न समेत उनले क्यानलाई निर्देशन दिए ।

    क्यान र खेलाडीबीच देखिएको समस्या समाधान गर्न उपर्युक्त विधि अपनाउनुपर्ने भन्दै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए । मन्त्री गहतराजले आगामी दिनमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

    मन्त्री गहतराजले खेलाडीको वर्गिकरण प्रक्रियाका विषयमा समेत चासो राखेका छन् । मंसिर २९ मा क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । ज्ञानेन्द्रलाई कप्तानबाट बर्खास्त गरिएको छ भने उनीहरुको ६ महिनाको पारिश्रमिक समेत रोक्का हुने भएको छ ।

  • क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

    क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन उल्लङ्घनसम्बन्धी कसुरमा दोषि ठहर गर्दै कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरमाथि कारवाही गरेको छ । खेलाडी वर्गीकरणमा त्रुटी भ्एको भन्दै खेलाडीले विरोध जनाएका थिए । सो विषयमा क्यानले छानविन समिति गठन गरि खेलाडीमाथि कारवाही गरेको हो । क्यानको बुधबार बसेको बैठकले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट बर्खास्त गरिएको छ ।

    क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय समेत गरेको छ । मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब समेत नदिने निर्णय भएको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकमा खेलाडीमाथि कडा कारवाही गर्ने विवाद समेत भएको बताइएको छ । ६ जना बोर्ड सदस्यले नोट अफ डिसेन्ट राखेका छन् । खेललाडीहरु राष्ट्रिय टिमबाट खेल्न भने स्वतन्त्र हुने छन् ।

    यस्तो छ क्यानको बुधबारको निर्णय

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरिलाई पदमुक्त गर्ने


    नेपाल क्रिकेट संघले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरूको ६ महिनाको लागि सहभागी नगराउने

    नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको


    राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आगामी डिसेम्बर २१, २०२१ देखि पोखरामा सञ्चालन गर्ने


    नेपाल प्रशिक्षक संघलाइ मान्यता प्रदान गर्ने


    नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाइ सल्लाहकार समितिको सदस्यमा चयन गर्ने

  • राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

    राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई पुनःवहाली गर्न अन्तरिम आदेश दिएको हो ।

    आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

    साथै अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन आदेश दिएको छ ।

    ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले गत कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

  • आईसीसी महिला विश्वकपको खेल तालिका सार्वजनिक

    आईसीसी महिला विश्वकपको खेल तालिका सार्वजनिक

    काठमाडौं । आईसीसी महिला क्रिकेट टी २० विश्वकप २०२२ को खेल तालिका सार्वजनिक भएको छ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार महिला विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।

    प्रतियोगितामा आयोजक न्यूजिल्यान्डसँगै अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेश गरि ८ राष्ट्रको सहभागी रहने छ।

    सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक न्यूजिल्यान्डले मार्च ४ मा वेस्ट इन्डिजको सामना गर्ने छ। राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताका खेलहरु न्यूजिल्यान्डको विभिन्न ६ सहरमा खेलाइने छ।