Category: खेलकुद

  • च्याम्पियन्स लिग : अन्तिम १६ को ड्र सार्वजनिक, कुन टीम को सँग खेल्ने ?

    च्याम्पियन्स लिग : अन्तिम १६ को ड्र सार्वजनिक, कुन टीम को सँग खेल्ने ?

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक भएको ड्रममा प्राविधिक त्रुटी रहेको भन्दै दोस्रो पटक ड्र गरिएको हो । तालिकाअनुसार लियोनल मेसी रहेको क्लव पिएसजीले बलियो प्रतिद्धन्द्धी रियल म्याड्रिड पाएको छ ।

    साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्ने भएको छ । एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेड भिड्ने छन् । भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल भिड्ने गरि ड्र सार्वजनिक भएको हो ।

  • पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

    पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

    काठमाडौं । श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको हो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको छ ।

    गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो । क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । अब नेपालले २०२२ फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

  • च्याम्पियन्स लिगमा बार्सिलोनाको दुई दशकयताकै कमजोर प्रदर्शन, समूह चरणबाटै बाहिरियो

    च्याम्पियन्स लिगमा बार्सिलोनाको दुई दशकयताकै कमजोर प्रदर्शन, समूह चरणबाटै बाहिरियो

    काठमाडौं । च्याम्पियन्स लिगमा बार्सिलोनाले पछिल्लो दुई दशकयताकै कमजोर प्रदर्शन गरेको छ । टीम समूह चरणबाटै बाहिरिएको हो । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले हारेसँगै बार्सिलोनाको यात्रा टुंगिएको हो । लियोनल मेसीको अनुपस्थितिमा बार्सिलोना निकै कमजोर बनेको छ । लालिगामा समेत यो क्लव ८ औं स्थानमा छ । यो टीम यसअघि सन् २०००\०१ सिजनमा समूह चरणबाट बाहिरिएको थियो।

    बायर्नको घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले समान १-१ गोल गरे। यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो। बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो। समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डेनामो किएभलाई २–० ले हराउँदै समूह उपविजेताको रूपमा अन्तिम १६ मा पुग्न सफल भयो।

  • विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

    विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

    काठमाडौं । सन् २०२२ अक्टोबर\नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोटमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई छन् ।

    यो समूहका खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। यो प्रतियोगिताको समूहबाट शीर्ष दुई टिम विश्वकप खेल्न छनोट हुने छन् । समूह बी मा भने आयोजक जिम्बावेसहित हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका छन्। यो समूह अर्को समुहको तुलनामा बलिया टीमहरु रहेका छन् । विश्वकपमा कुल १६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

    १२ टिमको भने विश्वकप सहभागिता निश्चित भइसकेको छ । सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा सिधै पुगेका हुन् । अस्ट्रेलिया भने आयोजकको हैसियतमा विश्वकपमा छनोट भएको छ ।

  • अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

    अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

    वासिंटन डिसी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने भएको छ । यो कूटनीतिक बहिष्कार भएका कारण अमेरिकी खेलाडी भने खेलबाट वञ्चित हुने छैनन् । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

    बीबीसीका अनुसार गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको ूउत्सवू मा योगदान नगर्ने बताएकी छिन् ।

    साकीले अमेरिकी सरकारले ुुयो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताइन् । अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

    चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्युको सङ्ज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने बताएको थियो । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक कपटपूर्ण कार्य र राजनीतिक पहलुको सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।

  • ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

    ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

    काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका नौ जना फिफा रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजिनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको थियो । यसको विरोध गरिरहेका रेफ्रीहरुले सामूहिक राजीनामा गरेका छन् ।

    राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ छन् । रेफ्रीहरुले फिटनेश टेस्ट गर्ने भए लिग रोकेर फिटनेशका लागि समय दिनुपर्ने माग गरेका थिए ।

    एन्फाले भने हरेक तीन महिनामा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ गरिनु पर्ने फिफाको निर्देशन अनुसार नै रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको बताएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि दशरथ रंगशालामा तेस्रो चरणका खेल सुरु हुँदैछन् । रेफ्रीकै कारण शुक्रबारको खेल भने रोकिने छैन ।

  • नेपाली खेलाडी राजु नगरकोटी र कल्पना थापाले जिते स्वर्ण पदक

    नेपाली खेलाडी राजु नगरकोटी र कल्पना थापाले जिते स्वर्ण पदक

    न्युयोर्क

    नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटी र कल्पना थापा कार्कीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । दुबै खेलाडीले यही नोभेम्बर ६ र ७ तारिखमा दक्षिण कोरियामा वर्ल्ड चानमूक्वान हेडक्वार्टरको आयोजनामा सम्पन्न वर्ल्ड पुम्प्से च्याम्पियनशिप २०२१ मा स्वर्ण पदक जितेका हुन् ।

    उक्त अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा ३१ देशका ८०९ जना खेलाडीहरुको सहभागिता जनाएका थिए । मास्टर राजु नगरकोटीले पुरुष ५० वर्ष माथिको उमेर समुहमा र कल्पना थापा कार्कीले महिला ४० वर्ष माथिको उमेर समुहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

    बिजेता खेलाडी राजुले यसअघि पनि बिभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् । त्यसैगरी खेलाडी कल्पना थापा अमेरिकामा तेक्वाण्दो प्रशिक्षक हुन् ।

  • लियोनल मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डिओर अवार्ड

    लियोनल मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डिओर अवार्ड

    पेरिस । संसारका उत्कृष्ट फुटबल खेलाडीबाट सर्वोकृष्ट एक जनालाई प्रदान गरिने प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जिते । यस्तो रेकर्ड बनाउने उनी एक्ला खेलाडी हुन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गई व्यवसायी फुटबल खेलिरहेका मेसीले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डिड तथा फ्रान्सका करिम बेन्जिमालाई उछिनेका हुन् ।

    ३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस वर्ष उनले कुल ४० गोल गरेका थिए । अवार्डका लागि विश्वभरका १८० पत्रकारले मतदान गर्छन् । सन् २०२० मा कोरोनाका कारण अवार्ड वितरण गरिएन । मेसिले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड जिते ।

  • महिला विश्वकप छनोट : यूएईसँग पराजित भएसँगै नेपाल बाहिरियो

    महिला विश्वकप छनोट : यूएईसँग पराजित भएसँगै नेपाल बाहिरियो

    यूएई । टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल असफल भएको छ । लीग चरणको अन्तिम खेलमा आइतवार यूएईसँग नेपाल ४८ रनले हार्यो । यससँगै नेपालको ग्लोबल क्वालिफायरको ढोका बन्द भएको छ । यूएईमा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक मानिएको खेलमा नेपाललाई १० बल बाँकी रहँदै जित्नुपर्ने बाध्यता थियो। त्यसो भएमा मात्र नेपाल रन रेटले अगाडी जाने सम्भावना थियो ।

    यूएई लीग तालिकाको शीर्ष स्थानमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । टी(२० विश्वकपको एशियाली क्षेत्रीय छनोटमा नेपालले पाँच खेलमध्ये दुईमा हार र तीन खेलमा जित निकाल्न सक्यो । ग्लोबल क्वालिफायरमा छानिएको यूएईले भने सबै पाँच खेल जित्न सफल रह्यो । यूएईले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२७ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको नेपाल १९.४ ओभरमा ७९ रनमा अलआउट भयो ।

  • महिला क्रिकेट : महत्वपूर्ण खेलमा आज यूएई र नेपाल भिड्दै

    महिला क्रिकेट : महत्वपूर्ण खेलमा आज यूएई र नेपाल भिड्दै

    यूएई । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र घरेलु टोली यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानमा रहेने एक मात्र टोली ग्लोबल क्वालिफायरमा पुग्छ । यूएईलाई हराउन सक्ने नेपालको सम्भावना कायम रहने छ । युएई लगातार चार खेलबाट ८ अंकसहित पहिलो स्थानमा छ । नेपालले एक खेल हारका कारण ६ अंकसहित दोस्रो स्थानमा छ ।

    नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजामा हराउनुपर्छ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन नसक्दा भने छनोट चरणबाटै बाहिरिने छ ।

  • कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

    कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा युरोपेली क्षेत्रको छनोटको प्लेअफमा इटली र पोर्चुगल एकै टीममा परेका छन् । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेसँगै विश्वकपमा एउटा मात्र टीम पुग्ने निश्चित भएको हो ।

    प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् । विजेता विश्वकपमा छनोट हुनेछ । प्लेअफमा १२ टिमलाई तीन समूहमा विभाजन गरि खेल खेलाइंदैछ ।

  • फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक, को-को परे ?

    फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक, को-को परे ?

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गर्दै दावेदारहरु को को छन् भन्ने जानकारी गराएको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ ११ जना खेलाडी छन् । महिलातर्फ १३ खेलाडी छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा छन् । महिला र पुरुष गोलकिपरमा समान ५ जना मनोनयनमा छन् ।
    विजेता घोषणा जनवरी पहिलो साता हुने छ ।

    पुरुष खेलाडी
    लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे
    महिला खेलाडी
    स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर र इङ्ल्याण्डकी एलेन ह्वाइट

  • महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

    महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको छ । हङकङका लागि मारिको हिलले शानदार ब्याटिङ गरेपछि नेपाल पराजित भएको हो । उनले ४२ बलमा ४४ रन जोड्दै जितको आधार तयार पारिन् । नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रन मात्र बनाएको थियो । जवाफमा हङकङले १८ औँ ‍ओभरमा लक्ष्य भेटायो । नेपाल हङकङ भन्दा बलियो टोली भएपनि पराजित भएको हो ।

    पहिलो हारसँगै नेपालको विश्वकप यात्रा कठिन बन्ने देखिएको छ । किनकी यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले मात्र ग्लोबल क्वालिफायरमा भाग लिन पाउँछ । एसिया क्षेत्र छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी छन्। नेपाल आगामी सबै खेलमा विजय भई हङकङ हारेको अवस्थामा मात्र नेपालको सम्भावना रहन्छ ।

  • आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

    आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

    काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले हङकङको सामना गर्दैछ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुनेछ । नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपाल स्पष्ट जितका लागि मैदान उत्रने छ । यसअघि नेपालले कतारसँग टी-२० सिरिज खेलेको थियो । तीन खेलको सिरिज हात पारेको नेपाल पूर्ण आत्मविश्वासका साथ मैदान उत्रने छ ।

    टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ । राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेता विश्व कपको ग्लोबल छनोटमा पुग्ने छ । नेपालको अन्य खेल मंगलबार भुटानसँग, बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग रहेको छ ।

  • चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

    चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

    बेइजिङ । टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङ्ग स्वाअएले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप(प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गर्दै एउटा पोष्ट राखिन् । पोष्ट भाइरल भयो र उनले त्यसलाई तत्काल हटाइन् । बीबीसीले जनाए अनुसार चीनका वरिष्ठ नेताामाथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक थियो ।

    त्यसपछि ती खेलाडी समेत वेपत्ता भइन् । उनीबारे स्वदेश भित्र र बाहिर ठूलो चासो शुरु भयो । अन्तर्राष्ट्रिय समुदायले समेत चीनमाथि दवाव बढाएको थियो । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी) ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअएले आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएको उल्लेख गरेको छ । एक विज्ञप्ति निकाल्दै आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेको जानकारी सार्वजनिक गरेको हो ।

    जसमा उनी सुरक्षित रहेको बताइएको छ । ३५ वर्षीय पेङ्ग भिडियो कलमा हासेको र खुसी देखिएको समेत देख्न सकिन्छ । भिडिओ कलका दौरान पेङ्गलेआइओसीको चासोका लागि धन्यवाद दिएकी थिइन् । उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठिक रहेको बताएकी छिन् । अहिलेको अवस्थामा गोपनीयताको सम्मान होस् भन्ने आफुले चाहेको उनको धारणा छ । उनी आफु टेनिसमा निरन्तर रहने अठोट राख्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

  • फ्रेन्च लिगमा मेसीले गरे पहिलो गोल, टीम विजयी

    फ्रेन्च लिगमा मेसीले गरे पहिलो गोल, टीम विजयी

    पेरिस । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि अर्जेन्टाइन स्टार नियोनल मेसीले पहिलो गोल गरेका छन् । शनिबार राती सम्पन्न खेलमा पिएसजीले नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदा मेसीले दुई वटा गोलमा योगदान गरे । एक गोल उनी स्वयमले गरे । अर्को गोल उनले प्रहार गरेको बल नान्टेसका डिफोन्डरको खुट्टामा लागेर गोलमा परिणत भयो । यो जितसँगै पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।

    पिएसजीलाई दोस्रो मिेनटमै केलियन एमबाप्पेले अग्रता दिलाएका थिए । पिएसजी दोस्रो हाफमा १० खेलाडीमा समित भएको थियो। खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएका थिए । पीएसजीका लागि ६ खेल खेल्दा शनिबार मेसीले पहिलो गोल गरेका छन् । तर, च्याम्पियन्स लिगमा भने पिएसजीका लागि गोल गरिसकेका छन् ।

  • नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने

    नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने

    माले । नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बूले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने भएका छन् । यसअघि उनले भारतीय क्लव पन्जाव एफसीमा आवद्ध भई फुटबल खेल्दै आएका थिए । किरणले यो सिजन भने किरण माल्दिभ्सको एक डिभिजन क्लब माजिया एससीबाट खेल्ने भएका हुन् । उनी स्वयमले फोटो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका छन् ।

    उनले क्लवका लागि शतप्रतिशत नतिजा दिलाउने प्रतिवद्धता समेत जनाएका छन् । उनी शुक्रबार माल्दिभ्स पुगेका थिए । माजिया सन् २०१९\२० र २०२०\२१ सिजनको च्याम्पियन क्लव समेत हो । गत सिजन किरण भारतयि लीगको उत्कृष्ट गोलकिपर बनेका थिए । राष्ट्रिय टिममा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

  • के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

    के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

    काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. ।

    यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन जान पाउने छैनन् । तर, खेलमा भाग लिने खेलाडीलाई भने बहिष्कारले असर नगर्ने समाचारमा जनाइएको छ । पाँच वर्षपछि भएको पहिलो उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेता वासिङ्टनमा भेला भएका छन् ।


    अमेरिका र चीनबीच व्यापार, मानवअधिकार र हङकङ तथा ताइवान मामिलालाई लिएर तनाव बढिरहेको छ।गत सोमवार बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग गरेको भिडियो कुराकानीमा ओलिम्पिक्सबारे भने कुराकानी नगरेको बताइएको छ । चीनमा मानवअधिकार हनन भएको र उसलाई दवाव दिनु पर्ने भन्दै अमेरिकामथि चीनसँग कूटनीतिक बहिष्कार गर्न दवाव बढेको हो । बेइजिङमा आगामी फेब्रुअरी ४ तारिखमा शीतकालीन ओलम्पिक्स सुरु हुँदै छ।

  • आजबाट ए-डिभिजन लिग फुटबल शुरु

    आजबाट ए-डिभिजन लिग फुटबल शुरु

    काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन हुन लागेको हो ।

    एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेल गराउने भएको छ । दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ । लिग विजेताले नगद ७५ लाख पाउनेछन् । उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ । लिगमा १४ क्लब प्रतिस्पर्धामा छन् । पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्नेछन् ।

  • ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

    ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमानबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

    कतार एयरवेज विश्व खेलकुदको विकास र विस्तारको पक्षमा रहेको भन्दै उनले नेपाली फुटबलमा पनि निरन्तर सहयोग रहने बताए । कतार एयरवेज बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता विश्वस्तरीय क्लवको समेत मुख्य प्रायोजक हो । ‘ए’ डिभिजन लि शुक्रबारबाट सुरु हुनेछ ।

  • नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

    नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

    दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको शृङ्खलामा कब्जा जमाएको हो ।

    नेपाल र कतारबीच अन्तिम खेल बिहीवार हुँदैछ । महिला क्रिकेट टोली पहिलो पटक सिरिज खेल्न मैदानमा उत्रिएको हो । जहाँ पहिलो यात्रामै सफलता मिलेको छ । बुधबार नेपालले टस जितेर दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको थियो।

    कप्तान रुबिना क्षेत्रीको ५० रनको अर्धशतकीय पालीको सहयोगमा नेपालले १२९ रन बनायो । ओपनर कविता कुँवरले ३१ रन बनाइन् । जबाफमा कतारले सबै विकेट गुमाउँदा मात्र ६८ रन बनायो । नेपालका लागि सरस्वती कुमारीले सर्वाधिक ४ विकेट झारिन् ।

  • अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

    अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

    काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी महारथी ब्राजिल र अर्जेन्टिना बुधबार बिहान बराबरी खेलेका छन्। आजको खेल जितेको भए अर्जेण्टिनाले कतार विश्वकप २०२२ को टिकट पक्का गर्ने थियो । बराबरीपछि अर्जेण्टिनाले थप खेलमा मिहिनेत गर्नुपर्ने भएको छ । ब्राजिल भने छनोट भइसकेको छ । अर्जेन्टिनाको घरेलु मैदानमा खेल भएपनि कप्तान लियोनल मेसी प्रेरित घरेलु टीमले मौकाको फाइदा उठाउन सकेन ।

    बराबरीपछि ब्राजिलले छनोटका १३ खेलमा ३५ अंक जोडेको छ। यो टीम समूहको शीर्ष स्थानमा छ । अर्जेन्टिना समान १३ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलबाहेक यो समुहबाट थप ३ टोलीले विश्वकप खेल्ने छन् । समूहको तेस्रो स्थानमा इक्वेडर छ । उसको २० अंक मात्र रहेका कारण अर्जेण्टिनाले अब कम्तिमा एक बराबरी खेले मात्र पनि छनोट हुन सक्छ ।

  • कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

    कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

    दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो ।

    जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा मात्र २७ रन बनाउँदा अलआउट भयो । कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले तीन रन खर्चेर दुई, दुई विकेट लिएका छन् । करुणा भण्डारीले दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गरिन् । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले आठआठ रन जोडे । नेपालको पालिमा भने इन्दुले ४७ बलमा ५५ रन बनाइन् ।

  • अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

    अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

    दुबई । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि उचालेको छ । आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दै अष्ट्रेलियाले उपाधी कब्जा गरेको हो । अष्ट्रेलिया ओडीआई विश्वकपमा सबैभन्दा सफल टीम हो । उसले ५ वटा उपाधी उचालेको छ ।

    तर, टी२० मा भने उसको यो पहिलो उपाधी हो । सन् २०१० मा फाइनल खेलेको अष्ट्रेलिया इंग्ल्याण्डसँग हारेको थियो । पहिलो पटक टी २० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड भने उपविजेतामै सिमित बन्यो । यसअघि सन् २०१५ मा वान डे विश्वकपको फाइनल खेलेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै हारेको थियो । युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरे ।

    त्यसअघि न्यजिल्याण्डका केन विलयम्सले ८५ रन बनाउँदै टीमलाई ठूलो स्कोर खडा गरेका थिए । तर, उनको प्रदर्शन हारसँगै छाँयामा पर्यो । न्यूजिल्याण्डले दिएको १७३ रनको अष्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाको जितमा मिचेल मार्श र डेभिड वार्नरले अर्धशतक प्रहार गरे । मार्सले अविजित ७७ रन बनाउदा वार्नले ५३ रन जोडे ।

    ग्लेन म्याक्सवेलले अविजित २८ रन बनाए । न्यूजिल्याण्डका लागि ट्रेण्ट बोल्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले कप्तान केन विलियम्सको शानदार ब्याटिङ मद्दतमा ४ विकेट गुमाएर १७२ रन बनायो । विलयम्सनले ४८ बल खेल्दै १० चौकार ३ छक्का मद्दतमा ८५ रन बनाएका थिए ।

  • कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

    कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

    पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ ।

    उता, फिफा वरियतामा विश्व नम्बर १ मा रहेको बेल्जियम समेत कतार विश्वकपमा छनोट भएको छ । शनिबार इस्टोनियालाई ३–१ ले पराजित गरेको बेल्जियमले समेत कतार जाने निश्चित गरेको हो । फ्रान्स र बेलिजयमसँगै कतार विश्वकप खेल्ने ६ टोलीको टुंगो लागेको छ । कतार आयोजकको हैसियतमा खेल्ने छ । दक्षिण अमेरिकी टीमबाट ब्राजिलले विश्वकप खेल्ने निश्चित गरिसकेको छ ।

  • विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

    विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

    दुबई । सातौं संस्करणको टी२० विश्वकप क्रिकेटको उपाधीका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको हो । मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले पाकिस्तानमाथि सहजै जित निकाल्न सक्यो । स्टोइनिसले ३१ बलमा ४० र वेडले १७ बलमा ४१ रन बनाए ।

    निधौरित लक्ष्य अस्ट्रेलियाले एक ओभर अगाडि नै भेटायो । उपाधी भिडन्त आइतबार राती हुने छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । वेडले साहिन साह अफ्रिदीले फालेका तीन बलमा लगातार ३ छक्का प्रहार गर्दै खेल अष्ट्रेलियाको पक्षमा ल्याए । डेविड वार्नरले ४९ रन बनाउँदै टीमलाई गतिलो शुरुवात दिलाएका थिए । पाकिस्तानका सादाब खानले भने उत्कृष्ट बलिङ गरे ।

  • न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

    न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

    काठमाडौं । न्युजिल्याण्ड आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेल्न लागेको हो । युएईमा जारी सातौ संस्करणको टी(२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले उपाधि भिडन्त भने पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग गर्नेछ ।

    अबुधाबीमा डार्यल मिचेलले अविजित ७२ रन बनाएपछि १६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो । ओपनर मिचेलले ४७ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै डेभोन कानवेले ४६, जेम्स निसामले ११ बलमा २७ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्स र लियम लिभिङस्टोनले २(२ तथा आदिल रासिदले १ विकेट लिए । त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो ।

    इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै डेविड मलानाले ४१ रन जोडे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्न, इश सोधी र जेम्स निसमले १–१ विकेट लिए ।

  • भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

    भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

    नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्डले टी-२० टिमको कप्तानको जिम्मेवारी रोहित शर्मालाई दिएको छ । जारी विश्वकपबाट भारत बाहिरिएको छ । साथै साविकका कप्तान विराट कोहलीले समेत टी-२० टिमको कप्तानी छाडेका छन् । भारतले आसन्न न्युजिल्याण्डविरुद्धको सिररिजका लागि टीम घोषणा गरेको हो । जसमा कप्तानी अब रोहितले गर्ने भएका हुन् ।

    बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा १६ खेलाडीलाई टीममा राखेको छ । यो सिरिजमा बिराटलाई भने आराम दिइएको छ । केएल राहुलले उकप्तानको भूमिका निभाउने छन् । टीमको नयाँ मुख्य प्रशिक्षक भने राहुल द्रविड बनेका छन् । भारतले न्युजिल्याण्डसँग तीन खेलको टी २० सिरिज खेल्दैछ । सिरिज नोभेम्बर १७ बाट शुरु हुने बताइएको छ । न्युजिल्याण्डविरुद्धको टी २० सिरिजलाई विराटसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजा मोहम्मद शामी समेत टीममा परेनन् ।

  • टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

    टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

    आबुधाबी । अफगानिस्तानलाई ८ विकेटले हराएसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यो नतिजासँगै भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कोनेले ३६, मार्टिन गप्टिलले २८ र डेरी मिचेलले १७ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । भारतले लगातार दुई खेल हारेको थियो । अन्य खेलमा प्रभावशाली नतिजा निकाले पनि भारतलाई न्यूजिल्याण्ड र पाकिस्तानले हराएका हुन् । भारत एक खेल बाँकि छँदै बाहिरिएको हो ।

  • नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

    नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

    काठमाडौं । नेपाली फूटबल टीमका मूख्य प्रशिक्षक मोहम्मद अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । अलमुताइरी दोस्रो पटक नेपाल आएका हुन् । साफ खेलपछि नेपाल नआउने प्रतिक्रिया दिएका उनले अहिले भने नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिए । पछिल्लो तीन, चार महीना गाह्रो भएको स्वीकार गर्दै अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको आग्रहमा आफु नेपाल आएको बताए ।

    पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु भएको उनको प्रतिक्रिया छ । अलमुताइरीले साफ कपपछि राम्रो प्रतिक्रिया आएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको विश्वास जागेको समेत बताए । तर, उनले धेरै अपेक्षा नगर्न समेत सुझाव दिए ।

    नेपालले विश्वकप मै छनोट गर्न सक्छ भन्ने सम्मको अपेक्षा नगर्न उनले आग्रह गरेका हुन् । नेपालको लक्ष्य अर्को साफ कप भएको भन्दै अब एसिया क्वालिफायरमा ध्यान दिने बताए । नेपाल सन् २०२७ मा एसिया कपमा पुग्ने उनको विश्वास छ । अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत भएपछि नेपाल आएका हुन् ।