Category: खेलकुद

  • ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

    ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबलको खेल तालीका सार्वजनिक गरेको छ । एन्फाका अनुसार हरेक दिन दुई खेल संचालन हुने छन् । प्रतियोगिता कात्तिक २९ बाट शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ ।


    पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा आयोजना हुनेछन् । दैनिक दुइर्ए खेल हुनेछन् । त्यसमध्ये दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्स र दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा आयोजना हुनेछ । लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेको टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाको भनाई छ । एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

    फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागि छन् । दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले नगद पुरस्कार पाउने छन् ।

  • लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

    लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

    काठमाडौं । लगातारको हारपछि स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई हटाएको छ । ला लिगामा बुधबार राति भएको खेलमा टीम रायो भालेकानोसँग १, ० ले पराजित भएसँगै क्लबले कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले जनाएको छ । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।

    कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने छन् । क्लवले उनलाई आगामी यात्राको शुभकामना पनि भनेको छ । क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्त भए । यो सिजनमा बार्सिलोनामा लियोनल मेसी छैनन् । बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोड्दै अंक तालीकाको ९ औं स्थानमा रहेको छ ।

  • अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

    अन्ततः नेपाली फुटबलका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कन तयार

    १० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नयाँ सम्झौतासहित नेपाल आउने भएका छन् । कम्तीमा दुई वर्षको सम्झौता सहित नेपाल गर्कन तयार देखिएका छन् । उनले आफु नेपाल फर्कन लागेको बुधबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएशन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि उनी नेपाल आउन तयार भएका हुन् । उनले दुई वर्षको योजना सार्वजनिक गर्ने समेत जनाएका छन् । उनले नयाँ मिसनमा सफलताको कामना गर्दै लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्ने उनको प्रतिवद्धता छ । नेपालमा उनी निकै लोकप्रिय छन् ।

  • एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

    एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

    काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछि भएको पहिलो भेटमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको हो । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनारियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले हार्यो । रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले एक–एक गोल गरे ।

    करिब डेढ दशकभन्दा लामो समयपछि बार्सिलोना आफ्ना सर्बाधिक महानमध्ये एक खेलाडी मेसीविना एल क्लासिकोमा उत्रिएको थियो । यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ९ खेलमा २० अंक जोडेको छ । यता, पराजित भएको बार्सिलोना भने १५ अंक जोडेर आठौं स्थानमा छ ।

  • पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

    पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

    काठमाडौं । जारी टि-२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले नराम्ररी पराजित गरेको छ । कप्तान बाबर अजाम र विकेटकिपर माेहम्मद रिजवानको उत्कृष्ट ब्याटिङसङ्गै  पाकिस्तानले टी२० विश्वकपमा पहिलाे पटक भारतलाई हराएको हो । दुवै खेलाडीले अर्धशतक जोडे।  युएईमा भईरहेकाे आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ काे खेलमा पाकिस्तानले भारतलाई १०  विकेटले पराजित हरायो ।
    टी२० विश्वकपमा भारतमाथि पाकिस्तानले इतिहासकै पहिलो जित निकाल्यो ।
    भारतले दिएकाे १५२ रनकाे लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना क्षती पूरा गर्याे ।
    रिजवानले ५५ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए । यस्तै कप्तान बाबरले ५२ बल खेल्दै ६ चाैका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले ७ विकेट गुमाएर १५१ रन बनाएकाे थियाे । भारतका कप्तान विराट काेहलीले ४९ बल खेल्दै ५ चाैका र १ छक्का मद्दतमा ५७ रन बनाए । ऋषभ पन्तले ३० बलमा ३९ रन जाेडे ।

  • इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

    इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

    काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको छ ।

    सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका छन् । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । च्यासलले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको समेत उल्लेख गरे ।

    १८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । विकास इटलीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । विकासले भेनेजिया फुटबल क्लबको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन् । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटली पुगेका थिए ।

  • फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

    फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

    काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।

    दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ ।

    त्यस्तै, अफगानिस्तान १५२ औं, माल्दिभ्स १५६, बङ्गलादेश १८७, भूटान १८६ पाकिस्तान १९७ औं र श्रीलङ्का २०४ औं स्थानमा रहेका छन् ।

    एसियाली मुलुकहरूमा २२ औं स्थानमा इरान, २८ औं स्थानमा जापान ३४ अष्ट्रेलिया र ३५ औं स्थानमा दक्षिण कोरिया छन्।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

    यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्। अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।

  • साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

    साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो


    काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले हराएको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसङ्ग १-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले गोल गर्यो । सोही गोल निर्णायक बनेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए।
    जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए।
    नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ। भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको बंगलादेशको ४ अंक छ। १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ। 
    अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ। 

  • साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

    साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

    काठमाडौं । साफ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेमा शुरु हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । जारी साफमा नेपाल पूर्ण फर्ममा छ । खुई खेलमा चार गोल गरिसकेको नेपाल समूहको शीर्ष स्थानमा छ । उता, भारतले भने गोलको खडेरी तोढ्न संघर्ष गरिरहेको छ । दुई खेलमा दुई बराबरी खेलेको भारतलाई फाइनल पुग्न आज जित्नै पर्ने दवाव छ ।

    नेपालले भने पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । नेपालले कम्तिमा एक बराबरीको नतिजाबाट पनि फाइनल पक्का गर्नेछ । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने उल्लेख गरेका थिए । भारत साफको सात पटकको विजेता हो ।

  • इपीएलको उपाधी चितवनले जित्यो

    इपीएलको उपाधी चितवनले जित्यो

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख पाएको छ । पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो । इपीएलमा कुल ६ टोली सहभागी थिए ।

  • विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

    विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

    काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

    जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका थिए। अर्को खेलमा अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ ।

    पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । अपराजित ब्राजिल भने पहिलो स्थानमा छ । अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।

  • साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

    साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

    माले । माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अंक तालीकामा शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । बंगालदेशले जितेको भए नेपाललाई उछिन्ने मौका थियो । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।

    राष्ट्रिय दिवसकै दिन माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशमाथि बिहीबार राति २–० गोल अन्तरको जित निकालेको हो । माल्दिभ्स पहिलो खेलमा नेपालसँग हारेको थियो । बंगलादेशसँग पनि हारेको भए सो टोली प्रतियोगिताबाट बाहिरिने निश्चित थियो ।

    माल्दिभ्सका लागि हाम्जा मोहम्मदले ५५ औं मिनेटमा पहिलो गोल गरे । अलि अस्फाकले पेनाल्टीमार्फत ७४ औं मिनेटमा दोस्रो गोल थपे । बंगलादेशले आफ्नो अन्तिम खेलमा नेपालको सामना गर्नेछ । नेपालले भने अझै दुई खेल खेल्न बाँकि छ । जसमा भारत र बंगलादेश छन् । यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।

  • साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

    साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

    काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा भारत र श्रीलङ्का गोलरहित बराबरी खेलेका छन् । यसले नेपाललाई फाइदा हुने छ । किनकी नेपालले भारतको सामना गर्दा नेपाल भन्दा बढी भारत दवावमा रहने छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले श्रीलंकाविरुद्ध गोलका अवसर निकाल्दा पनि गोल गर्न सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । ११ वटा प्रहार गर्दा पनि गोल हुन सकेन ।

    बराबरीपछि भारतको दुई खेलबाट मात्र २ अंक भएको छ । यसले भारतलाई फाइनलमा पुग्न कठिन हुनेछ । किनकी लिगको शीर्ष दुई टीम मात्र फाइनल पुग्ने छन् । नेपाल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो स्थानमा छ । आज पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् । नेपालको तेस्रो खेल आइतवार भारतसँग रहेको छ ।

  • २२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

    २२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

    काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा श्रीलंकामाथि ३-२ गोलको सानदार जित दर्ता गरेको छ । नेपालले २२ वर्षपछि साफमा पहिलो पटक श्रीलंकालाई हराएको हो । लागता दोस्रो जितसँगै जारी प्रतियोगितामा नेपाल अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब भारत र बंगलादेशसँग खेल्न बाँकि रहेको नेपालले कम्तिमा एक खेलमा बराबरी गरे मात्र पनि फाइनल प्रवेश गर्ने सम्भावना छ ।

    १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा नेपाल अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । त्यसकारण यो पटक नेपाललाई इतिहास बनाउने मौका छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन बलियो टीम आयोजक माल्दिभ्समाथि नेपालले १-० अन्तरको जित निकालेको थियो ।

    सोमवार राति रोमाञ्चक खेलमा भयो । साफमा एकै खेलमा सर्वाधिक गोल हुने खेल समेत बन्न पुग्यो । खेलको ३० औँ मिनेटमा सुमन लामाले डि बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई बीट गर्दै गोलमा परिण्त भएको थियो । दोस्रो हाफ शुरु हुनासाथ नेपालले अग्रता दोब्बर पार्यो । आयुष घलानले दायाँ छेउबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हानेको फितलो प्रहार गोलकीपरले रोके ।


    तर फर्केर आएको सोही बललाई अञ्जन विष्टले पोस्टमा छिराए । ५६ औँ मिनेटमा मर्विन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गरे । खेल सकिन ४ मिनेट बाँकि रहेको समयमा आयुष घलानले सुन्दर गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा श्रीलङ्काले पेनाल्टी पायो र त्यसलाई डिलन डे सिल्भाले गोल गरेर खेल ३-२ को स्थितिमा ल्याए।

    नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुनेको रणनीति मालेमा सफल देखिएको छ । साथमा विगतमा खेलाडीमा देखिएको गोलको फिनिसिंगमा उनले व्यापक सुधार गरेका छन् । यसमा युवा खेलाडीले भरपुर साथ दिएका छन् । नेपालले अब २४ असोजमा भारत र २७ असोजमा बंगलादेशको सामना गर्नेछ । भारत सबैभन्दा बलियो टीम हो ।

  • साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा संचालन भइरहेको प्रतियोगितामा नेपालको खेल नेपाली समय अनुसार राति ९ः४५ मा शुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएको नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । श्रीलंकाविरुद्ध जित निकाल्न सके नेपाललाई अर्को चरण पुग्न सहज हुने छ ।

    श्रीलंका उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताएका छन् । उनले श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै भएको बताए । उनले श्रीलंकालाई सहज रुपमा नलिने उल्लेख गरेका छन् ।

  • साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

    साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं । शुक्रबारबाट शुरु भएको साफ चाम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले हराएको हो । नेपालले साफमा पहिलो पटक माल्दिभ्सलाई हराउन सक्यो । यो ऐतिहासिक जितको नायक बने मनिस डाँगी । उनले ८६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णय बन्यो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा उनी मैदान प्रवेश गरेका थिए ।

    प्रशिक्षकको रणनीतिलाई सहि सावित गर्दै डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरे । खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले समेत उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा माल्दिभ्सले राम्रो दवाव बनाएको थियो । तर, दोस्रो हाफमा नेपालमा खेलमा फर्कियो । माल्दिभ्स साविक विजेता समेत हो । जितसँगै नेपालले तीन अंक जोड्न सफल भयो । नेपालको दोस्रो खेल श्रीलंकासँग सोमबार छ ।

  • साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

    साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

    काठमाडौं । दक्षिण एसियाली मुलुकको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । १३ औं संस्करणको प्रतियोगिताको आयोजक माल्दिभ्स हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । साफ च्याम्पियनसिपमा पाँच मुलुक उपाधीका लागि भिड्दैछन् ।


    यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् । १३ औं साफको पहिलो दिन आजै दुई खेल हुने छन् । आज नेपाल र आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र बङ्गलादेश भिड्ने छन् । नेपाल यो पटक राम्रो तयारीमा रहेका कारण उपाधी दावेदार टीम मानिएको छ । नेपालले अहिलेसम्म साफको उपाधी जित्न सकेको छैन ।

  • च्याम्पियन्स लीग : ठूला टीमले जित्दा बार्सिलोना भने पराजित

    च्याम्पियन्स लीग : ठूला टीमले जित्दा बार्सिलोना भने पराजित

    काठमाडौं । स्पानिस क्लब बार्सिलोना लियोनल मेसीको अनुपस्थितिमा कमजोर बनेको छ । यसको असर यूईएफए च्याम्पियन लिग २०२१\२२ का खेलहरुमा स्पष्ट देखिन थालेको छ । लगातार दोस्रो खेलमा हार बेहोर्ने क्रममा क्लव बुधबार पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भयो । वेनफिकालाई घरेलु मैदानमा जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । वेनफिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराउन सक्यो । लगातार दुई खेल हारेको बार्सिलोना समूहको पुछारमा छ । पहिलो खेलमा बायर्न म्यूनिखसँग बार्सिलोना ३-० ले नै हारेको थियो ।

    बुधबार राती नै भएका अन्य खेलमा भने ठूला क्लवहरु विजयी भएका छन् । इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ । युभेन्ट्सका लागि फेडेरिको चिएसाले ४६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जेनित सेन्ट पिटर्सवर्गले माल्मोलाई ४-० ले हरायो । साल्जवर्गले लिललाई २-१ ले हरायो ।

    सेभिया र वल्फ्सवर्गले १-१ को बराबरी खेले । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित निकाल्यो । यो खेलमा रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान बनाए । उता, जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हरायो ।

  • पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी

    पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी

    काठमाडौं । लियोनल मेसीले पिएसजीका लागि पहिलो गोल गरेका छन् । उनको उत्कृष्ट गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २–० ले हराएको छ । बार्सिलोनाबाट पिएसजी गएपछि उनीले गोल गर्न सकेका थिएनन् । तर, मंगलबार उनने एम्बाप्पेको सहयोगमा दर्शनीय गोल गरे । इड्रिस गुएले पिएसजीका लागि पहिलो गोल गरेका थिए ।

    मंगलबार नै भएको खेलमा पूर्वविजेता लिभरपुल विजयी भयो । उता, रियल म्याड्रिड भने पराजित भयो । लिभरपुलले पोर्टोमाथि प्राप्त ५–१ जितमा मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई दुई गोल गरे । साडियो मानेले एक गोल गरे । कीर्तिमान १३ पल्टको विजेता भने रियल भने सेरिफसँग आफ्नो घरेलु मैदानमा २–१ ले पराजित भयो । अर्को खेलमा एटलेटिको म्याड्रिडले एसी मिलानलाई २–१ हरायो ।

  • न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    म्यानचेस्टर

    न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् ।

    यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ र ओम बस्नेतको जोडीलाई ६–३ र ६–४ को सेटमा हराउँदै उनीहरु विजयी भएका हुन् । विजेता खेलाडीहरुलाई फाइनल खेलपछि आयोजित समारोहमा समाजकी अध्यक्ष शान्ता विष्टले ट्रफी हस्तान्तरण गरिन् ।

    कार्यक्रममा न्यूह्यामसायरको नेपाली समुदायमा टेनिस प्रवर्धनका लागि निरन्तर योगदान गर्ने रोविन थापा, किरण हुमागाईँ एवं वीर शाहलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । भुटानका पूर्व राष्ट्रिय टेनिस च्याम्पियन हुमागाईँ पछिल्लो दुई दशक देखि न्यूह्यामसायरमा बसेर नयाँ पुस्तालाई टेनिस सिकाउन सकृय छन् । उनकै प्रेरणामा टेनिस खेल्न थालेको तन्नेरी नेपाली पुस्ताले आज राज्य स्तरमा आयोजना हुने अन्य प्रतियोजितामा समेत प्रभाव छोड्न थालेको छ । न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका थापा नेपाली समुदायमा सबैजसो खेलकुद प्रवर्धनका लागि अघि सर्दै आएका छन् । यस्तै शाह पनि खेलकुदप्रति झुकाव राख्ने पुस्तालाई सहयोग गर्न हमेसा तप्पर रहन्छन् ।

    कार्यक्रममा प्रतियोगिता संयोजक एवं न्यूह्यामसायर नेपाली समाजका महासचिव माधव गुरुङले टेनिस प्रति बढ्दो लोकप्रियतालाई मलजल गर्न युवा पुस्ता तयार भइ सकेको बताए । समाजकी अध्यक्ष विष्टले खेलको माध्यमबाट भइ रहेको भाइचारा अभिवृद्धि आफूहरुको मुख्य पूँजी रहेको बताइन् । साथै पछिल्लो समय राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुमा समेत टेनिस सिक्ने जाँगर बढेको भन्दै यो खेल समाजको सबै तप्कालाई जोड्ने सेतुको रुपमा विकास भइ रहेको उनको भनाइ थियो । समाजले बर्षेनी टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ । एक सातासम्म चलेको यस पटकको प्रतियोगितामा सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ सात जोडी प्रतियोगी सहभागी थिए ।

  • बलियो ओमानसँग नेपालको लज्जास्पद हार

    बलियो ओमानसँग नेपालको लज्जास्पद हार

    काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिम बलियो टोली ओमानसँग पराजित भएको छ । गतराती कतारको दोहामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपाल र ओमान भिडेका अुन् । साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ । नेपाली टिम कतारबाट साफका लागि माल्दिभ्स जाने कार्यक्रम छ ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार मात्र साफ खेल्ने २३ सदस्यीय टिम घोषणा गरेका छन्। नेपाल र माल्दिभ्सबीचको खेल आउँदो शुक्रवार मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। त्यहा नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग असोज १८ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ मा खेल्नेछ । अन्तिम खेलमा बङ्गलादेशसँग २७ असोजमा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधि भिडन्तमा खेल्नेछन् । फाइनल असोज ३० मा हुनेछ ।

  • साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

    साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

    काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् ।

    टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

    साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

    नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

    दोहा । नेपाल र ओमानबीच आज अन्तर्राष्ट्रिय मैत्रपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राति पौने १० बजे दोहामा हुने यो खेल नेपालले साफ फुटबलको तयारीमा रुपमा लिएको छ । नेपाली टोली अन्तराष्ट्रिय प्रशिक्षणका क्रममा अहिले दोहामा रहेको छ । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र ओमान मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् ।

    यसअघि नेपालले काठमाडौंमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै दोहा गएको हो । ती दुई खेलमध्ये एकमा बराबरी र एकमा हार बेहोरेको थियो । नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जाँदैछ । साफ च्याम्पियनसिप १५ असोजबाट शुरु हुने छ । साफ दक्षिण एसियाली भेगको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

  • ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

    ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

    काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लले आज उत्कृष्ट प्रदर्शन गरे । टस हारेर पहिले ब्याटिंग गरेको ललितपुरले १५८ रनको लक्ष्य काठमाडौंलाई दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो ।

    काठमाडौंका लागि जिम्बाब्बेका बर्लले अविजित ७३ रन जोडे । अफगानिस्तानका गुर्बाजले ५९ रन प्रहार गरे । राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । सर्राफले ६१ रन बनाए । पाकिस्तानी स्टार शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए तर, विकेट लिन सकेनन् । उनले आज ब्याटमा भने मौका पाएनन् ।

  • आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

    आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

    काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । प्रतियोगितामा चर्चित विदेशी खेलाडीहरुको समेत जमघट रहेको छ । इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा ६ फ्रेन्चाइज टीमले एकल राउन्ड रोविन नियमअनुसार प्रतिस्पर्धा गर्दैछन् । यस आधारमा लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेलबाट विजेताले फाइनलमा स्थान बनाउनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख नगद पाउने छ । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

  • विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने

    विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने

    काठमाडौं । विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भाग लिन नेपाल आएका हुन् । प्रतियोगिता शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुँदैछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले उनको स्वागत गरेका छन् । उनी काठमाडौं किंग्स इलाभेनको खेलाडीका रुपमा खेल्दैछन् ।

    उनले विमानस्थलमा नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको प्रतिक्रिया दिँदै नेपाली क्रिकेटको सहयोगका लागि आफु आएको बताए । चौथो संस्करणको ईपीएल खेल्ने खेलाडीमध्ये उनी अहिलेसम्मकै उच्चस्तरका खेलाडी हुन् । उनले काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्स र विराटनगर वारियर्सविरुद्ध खेल्ने कार्यक्रम छ । चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । जसमा ६ टोली उपाधीका लागि भिड्दैछन् ।

  • न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    म्यानचेस्टर

    मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो ।

    तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका खेलाडीलाई नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो ।

    स्थानीय भाषामा मेथा भनिने धनुषबाण मनाङमा सदियौँ देखि प्रचलनमा रहेको जानकारहरु बताउँछन् । परापुर्व कालमा शिकार गर्न एवं घरपालुवा पशुपंक्षी रक्षाको लागि यसको उपयोग गरिन्थ्यो । त्यस बाहेक स्थानीय देवी देवतालाई धनुषबाण चढाएर खुसी बनाइने गरेको बुढापाकाहरु सुनाउँछन् । विस्तारै यसले जीवन यापनको साधनबाट खेलको रुप लिएको हो ।

    मनाङबाट अमेरिका आएर बसोबास गर्ने जुझारुहरुको पहलमा यो खेल यहाँ पनि सुरु भएको हो । न्यूयोर्क स्थित मनाङ समाजले बर्षेनी भव्य कार्यक्रमका साथ मेथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही कारण न्यूह्यामसायरमा आयोजित प्रतियोगितालाई मिनी मेथा भनिएको मनाङ स्थायी घर भइ हाल न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका कर्मा गोम्पोले जानकारी दिए ।

    न्यूह्यामसायरमा अघिल्लो बर्षको तुलनामा यसपाली सहभागितामा बृद्धि भएको एवं मनाङबाहेक अन्य क्षेत्रबाट अमेरिका आएर बसेका साथीभाइहरुले पनि चासो राख्न थालेको उनको भनाइ छ । ‘मेथाले विस्तारै अन्य समुदायमा पनि परिचय स्थापित गर्न थालेको छ, उनले भने- यसपाली मेथा हेर्न न्यूह्यामसायरमा बसोबास गर्ने सबैजसो नेपाली समुदायको उपस्थिती रह्यो, यसले हामीलाई थप उत्साह दिएको छ ।’ प्रतियोगितामा भाग लिन न्यूयोर्क लगायत स्थानबाट खेलाडीहरु न्यूह्यामसायर आएका थिए ।

  • महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै

    महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं । एएफसी वुमेन्स एसियन कप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ । पहिलो खेलमा ९० मिनेटसम्म अग्रता बनाएर पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग हारेको नेपाल आज बलियो टोली हङकङसँग अझै बढी दवावमा भने हुने छ । नेपाल र हङकङ ३२ वर्षपछि भिड्न लागेका हुन् ।

    नेपालले १९८६ मा पहिलो पटक हङकङमा आयोजित एफसी वुमेन्स च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । त्यसबेला नेपाल हङकङसँग १–० ले हारेको थियो । आज उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा यी दुई टीमबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपाली टिमलाई अहिले अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले सम्हालिरेहका छन् ।

    उनले २२ वर्षपछि महिला फुटबललाई एसियाकै सर्वोच्च प्रतियोगिता ‘एएफसी वुमेन्स एसियन कप’ छनोट गराउने लक्ष्य लिएका थिए । तर, पहिलो खेलपछि भने यो अभियानमा धक्का लागेको छ । हङकङ भने चौधपल्ट एसियन कप खेलिसकेको छ । सोहीकारण उसका लागि नेपाल सजिलो प्रतिस्पर्धी हुन सक्छ । हङकङ फिफा वरीयताको ७६ औं स्थान र नेपाल १०१ औं स्थानमा छन् ।

  • तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    न्युयोर्क

    नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन्
    उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

    त्यसैगरी उक्त स्पर्धामा नेपाली तेक्वान्दो खेलाडीद्वयकल्पना कार्की र कृशा कार्कीले अमेरिका, अष्ट्रालिया र स्विटजरल्यान्डका खेलाडीहरुलाई हराउँदै रजत पदक हात पारेका छन् । कल्पना कार्की र कृशा कार्की आमा छोरी हुन् ।

    मास्टर राजु नगरकोटी तिन दशकदेखि निरन्तर रुपमा नेपाल, मकाऊ र अमेरिकामा खेलाडी, प्रशिक्षक र निर्णायकको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

  • बलियो ओमानविरुद्ध नेपालको सानदार जित

    बलियो ओमानविरुद्ध नेपालको सानदार जित

    काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो ।

    आइतबार साँझ अल अमिरात मैदानमा सम्पन्न खेलमा ओमानले पहिले ब्याटिंंग गर्दै मात्र एक सय २२ रन जोड्यो । यो लक्ष्य नेपालले १८ ओभर २ बलमा तीन विकेट मात्र गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक हाने । मल्लले ४६ बलमा अविजित ५२ रन जोडे । आसिफ शेख ४० रनको योगदान गरे ।

    अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानलाई ३७ ओभर १ बलमा समेट्ने क्रममा करण केसी र सन्दीप लामिछानेले चम्किएका थिए । उनीहरुले चार–चार विकेट लिए । शरद भेषवाकरले दुई विकेट लिए । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित चौथो स्थानमा उक्लियो ।

    ओमान १३ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा कायम छ । यो लीगमा कुल सात टोली छन् । एक टोलीले कुल ३६ खेल खेल्ने छ । लिग–२ को शीर्ष तीन स्थानमा रहने देश सन् २०२३ मा जुलाईमा जिम्बावेमा आयोजना हुने विश्व कप छनोटमा भाग लिन छनोट हुनेछन् ।