Category: खेलकुद

  • त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

    त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

    काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मलेसियालाई ६ विकेटले हराएको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतकले नेपाल लगातार दोस्रो जीत निकालेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

    ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।

    नेपालले सुरुमै कुशल र रोहिकुमार पौडेललाई गुमाएको थियो । त्यसपछि आसिफ र दीपेन्द्रसिंहले नेपालको इनिङ्स सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरे ।

    मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।

    नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

    शृंखलामा नेपालको यो लागतार दोस्रो जित हो । यसअघि, नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पीएनजीलाई ८ रनले हराएको थियो । नेपालले अब बिहीबार पुनः पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

  • अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

    अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

    काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो ।

    फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरे । ब्रुनोले नै ६५औं मिनेटमा गोल गर्दै टीमको जित निश्चित बनाए । म्यासेडोनियाले यसअघि युरो च्याम्पियन इटालीलाई हराउँदै फाइनलमा पुगेको थियो ।

    युरोपेली छनोटको प्लेअफबाट पोल्यान्ड पनि विश्वकपका लागि छानिएको छ । पोल्याण्डले स्वीडेनलाई हरायो । पोल्यान्डको जितमा रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् । साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको छ ।

  • त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

    त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् । दुवै टोलीले बुधबार दोस्रो खेल खेल्न लागेका हुन् । दुबै टीमले यसअघि पपुवा न्यूगिनीलाई एक एक खेलमा हराएका छन् । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुने कार्यक्रम छ ।

    अघिल्लो वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि मलेयिाले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन । सो खेलमा भने नेपालले दुवै खेलमा मलेसियालाई हराएको थियो । नेपाल आज सोही लय समात्ने दाउमा हुने छ । नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । ६ खेल टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन् । नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

  • त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

    त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

    काठमाडौं । नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको हो।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो ।

    नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी १९।२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा समेटिएको हो।

    पपुवा न्युगिनीका लागि नर्मन भनुवाले ५२, सेसे बउले ३०, चार्लस अमिनीले २२, लेगा सिअकाले २१ र चाड सोपरले १३ रन बनाए।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

    पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

    ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

    रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।

    तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।

    करण केसीले १४ र कुशल मल्ले ११ रन बनाएका थिए।

    पपुवा न्यूगिनीका लागि अलेई नाव र चार्ल्स अमिनी र चाड सोपरले दुई-दुई तथा नर्मन भनुवा र रिले ह्याकुरले एक-एक विकेट लिएका थिए।

    सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

  • नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

    नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

    काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ ।

    यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिसकेका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले हारेको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसिया र बिहीवार पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने छ ।

  • ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले विश्वकप छनोटमा अन्तिम चरणका खेलहरु जारी छन् ।

  • आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

    आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्यान्डको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको थियो । नेपाल एएफसी एसियन कप छनोटको तयारीमा छ ।

    सोही क्रममा नेपालले थाइल्याण्डमा अभ्यास खेलहरु खेलिरहेको छ । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । यी तीन वटै टिम नेपालभन्दा निकै बलियो टोली हुन् ।

  • पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

    पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

    काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो।

    नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । पीएनजीको जितमा लेगा सिएकाले ९० रन बनाए ।

    यस्तै रिले हिकारेले ४५ बलमा ३ चौका र २ छक्को मद्दतमा ४७ रन थपे। त्यसबाहेक सिसी बाउले ३८, चाल्र्स अमिनीले ३५, हिरी हिरीले १३, नर्मन भानाउले ११ रन थपे।

    नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाएको थियो।

    नेपालका सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र आरिफ सेखले समान १–१ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो।

    खेल सकिन ११ बल बाँकी हुँदा क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको २७ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याएका हुन।

    अन्तिम ओभरमा सन्दीपले १६ रन प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका सन्दीपले ९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट २४ रनको पारी खेले।

    त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ रनको शतकीय पारी खेले। उनले १४० बलमा ७ चौका प्रहार गरे।

    नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए।

    त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय पाली खेलेका थिए।

    यस्तै दोस्रो ओडिआई खेल खेलेका देव खनालले ७२ रन जोडे। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

  • विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

    विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

    काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

    अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक(एक गोल गरे ।

    स्टेडियो अल्बर्टो जे अर्मान्डोमा खेलको ३४ औं मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

    ७९ औं मिनेटमा एन्जल डी मारियाले घरेलु टोलीको अग्रता दोब्बर पारे । उनले पनि डी पउलकै पासलाई सदुपयोग गरे ।

    ८२ औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

    दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

    पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ । जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।

    जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राख्दै १६ खेलमा ३८ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा पराजित भेनेजुएला १७ खेलबाट १० अंकका साथ अन्तिममा छ ।

  • नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

    नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

    काठमाडौं । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो ।

    नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो पीएनजीसँग नेपालको यो पहिलो हार हो ।

    नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

    नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन । आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।

    पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

    आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

  • घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

    घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

    काठमाडौं । नेपालले आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा  पपुवा न्युगिनी (पीएनजी)सङ्ग पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । हालै आइसिसी विश्वकप  लिग टुमा भिडेका यी दुई टोलि बीच लगत्तै सिरिज हुन लागेको हो । सिरिजका लागि पिएनजिको टिम नेपालमा छ ।
    नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । नेपाली टोलीमा यसपटक युवा खेलाडीलाई परिक्षण गरिदैछ । पिएनजी विरुद्ध यू१९ टिमका कप्तान देव खनाल पहिलो पटक परेका छन् । यो सिरिजपछी नेपालले मलेसिया सङ्ग टि२० सिरिज खेल्दैछ ।

  • इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो । 

    अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको यो टिमले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ हराउदै उपाधी उचालेको थियो ।

    विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो ।

  • बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

    बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

    काठमाडौं । थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे । खेल अवधिभर नेपालले डिफेन्समा ध्यान दिएको थियो । जसले गर्दा थाइल्यान्डलाई गोल गर्न हम्मेहम्मे परेको थियो । अन्तिम १० मिनेटमा भने नेपाली खेलाडीलाई रोक्दै थाइल्यान्डले गोल गर्यो । थाइल्यान्ड फिफा र्याङ्किङमा ११२ औं स्थानमा छ । नेपाल १६७ औं स्थानमा छ ।

  • नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

    नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

    काठमाडौं । नेपाल र थाइल्यान्ड बीच आज मैत्रीपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुदैछ । खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुने कार्यक्रम छ ।
    नेपाल एसिया कप छनोट तेस्रो चरणको तयारीमा छ । सोही तयारी अनुसार बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले थाइल्यान्डको सामना गर्न लागेको हो ।  नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।
    सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा हारेको थियो । थाइल्यान्डविरुद्ध जितका लागि मैदान उत्रने नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् ।  थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने  उनको भनाइ छ ।

  • पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित

    पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी बन्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा एक कार्यक्रम आयोजना गरि दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई घोषित गरेको हो ।

    उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटाले पाए । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।

    पिपल्स च्वाइस विधाको अवार्ड टेबुलटेनिस खेलाडी एलिना महर्जनले जितिन् । खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएको यस विधाको मनोनयनमा एलिनासँगै फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल थिए । एलिनाले अवार्ड सहित पल्सर मोटरसाइकल पुरस्कार जितिन् ।

    मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन् ।

    मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । ‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरिएको छ । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए ।

    वर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीले पायो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

  • पीएनजीमाथि नेपालको प्रभावशाली जित

    पीएनजीमाथि नेपालको प्रभावशाली जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजीलाई हराएको छ । मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो । यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ५९ रन बनाए । रोहित पौडेलले ४४ जोडे ।

    बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए । नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको थियो । नेपालले मङ्गलबार चौंथो खेलमा भने प्रभावशाली जित निकालेको हो । लिग–२ अन्तर्गतको सिरिजका १२ खेल खेलेको नेपाल छैठौं स्थानमा छ । १२ अंक जोडेको नेपाल ६ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ ।

  • विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन

    विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन

    काठमाडौं । विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ ।

    यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो।

    नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोडे। कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ शेख १५, , बिनोद भण्डारी १२, सोमपाल कामी १५, करन केसी ४, सन्दिप लामिछाने शून्य रनमा आउट भए।

    यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो ।

    यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जाेडे ।

    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले दुई/दुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

    नेपालले अब मंगलबार जारी क्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा पपुवा न्यूगिनीको सामना गर्नेछ।

  • एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

    एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

    काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र फेरान टोरेसको नाममा १-१ गोल रह्यो ।

    पहिलो हाफमा २-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दई गोल थपेको हो । जितपछि बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा कायम छ । रियल म्याड्रिड २९ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा छ , दोस्रो स्थानमा रहेको सेभिल्लाको २९ खेलमा ५७ अंक छ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । पहिलो खेलमा ब्याटिङ नचल्दा हारेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईसँग दोस्रो खेल खेल्दैछ । यूएइको घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईको सामना गर्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यूएईले समेत पछिल्लो खेल पीएनजीसँग हारेको छ । नेपालले पहिलो खेलमा भने पीएनजीलाई हराएको थियो । तर, यूएईसँग भने निकै कमजोर देखिएको छ । यो सिरिजमा नेपालले ब्याटिङमा सुधार ल्याउन सकेको छैन । बलिङ भने उत्कृष्ट गरिरहेको छ ।

  • आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

    आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो ।

    नेपालले ३५.१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे।

    रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न चार रनले चुकेका थिए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

    युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल आउट हुँदै १६९ रनको लक्ष्य दिएको छ।

    यूएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० बनाए।

    यस्तै, सिपी रिजवान ८५ बलमा ४० रनको महत्वपूर्ण इनिङ्स खेले। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

    नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए।

    यता, सन्दीप, दीपेन्द्र र सागरले १/१ विकेट लिए।

    आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको थियो।

  • आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

    आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

    काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएर उच्च मनोवलमा छन् । दुबै टीम जितका लागि मैदान उत्रिने छन् । युएईले पहिलो खेलमा पीएनजीविरुद्ध ७ विकेटको जित निकालेको थियो ।

    नेपालले भने पीएनजीलाई २ विकेटले हराएको हो । करिब एक महिनाअघि ओमानमा युएईसँग महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो । यसको बदला लिने मौका नेपालसँग रहेको छ । लिग टु मा युएई १५ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । ९ खेल खेलेको नेपाल १० अंक जोड्दै छैटौं स्थानमा छ ।

  • पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

    पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ विकेटको जित निकालेको छ । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण आज नेपालको जित सम्भव भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा त्रिकोणात्मक श्रृंखला जारी छ । जसमा आज नेपालले पिएनजीलाई हराउन सफल भएको हो ।

    ब्याटिङमा खराब सुरुवात गरेको नेपाललाई रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरे । यो वान डे अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो । २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेटायो । रोहित र आरिफले अर्धशतक पुरा गरे । अन्तिममा करण केसीले आक्रमक ब्याटिङ गर्दै नेपाललाई आफ्नो स्टाइलमा जित दिलाए ।

    यो जितपछि लिग टू मा नेपालको ९ खेलबाट १० अंक भएको छ । कुल ७ टोली सहभागी लिग टू मा नेपाल छैटौं स्थानमा छ । लगातार १४ खेल हारेसँगै पीएनजी पुछारमा छ । लिग टू श्रृंखलामा नेपालले दोस्रो खेल शुक्रबार घरेलु टोली युएईसँग खेल्नेछ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् । प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी छ । नेपालको खेल आज परे पनि प्रतियोगिताका अन्य खेल भने मंगलबारबाटै शुरु भए । आईसीसी क्रिकेट विश्वकप लिग टु आगामी वान डे विश्वकपमा पुग्ने यात्राको पहिलो पाइला हो ।


    नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेल्दै उच्च मनोवलका साथ यूएई पुगेको छ । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म चल्ने छ । यो खेलले वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

  • यू-१८ महिला साफ च्याम्पियनसिप आजबाट, नेपाल र भारत भिड्दै

    यू-१८ महिला साफ च्याम्पियनसिप आजबाट, नेपाल र भारत भिड्दै

    काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । भारतको जम्सेदपुरमा आयोजना भएको उद्घाटन खेलमा नेपाल र आयोजक भारत भिड्ने भएका छन् । प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन वटा मात्र राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुँँदैछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । २०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलसम्म पुगेको थियो ।

  • रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

    रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

    लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । शनिबार भएको यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे । यससँगै उनको नाममा एक अर्को गोलको कीर्तिमान बनेको छ । रोनाल्डो पछिल्ला १० खेलमा गोलविहिन थिए । तर, आलोचकको मुख थुन्दै उनले सुन्दर गोल गरेका छन् । क्लब र देशका लागि रोनाल्डाले गरेको गोल संख्या ८ सय ७ पुगेको छ । यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि यो सर्वाधिक बढी गोल हो ।

  • च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि नतिजा रियलको पक्षमा आएको हो ।

    पिएसजी ३–१ गोलले हारेको छ । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । सान्टियागो बर्नबेउमा बुधबार राति खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १(० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।

  • नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

    नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी गराएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ ।

    नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

  • शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

    उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो। थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको र उनीहरूले त्यसलाई स्वीकार गरेको बताएका छन्। उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।

  • विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

    विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

    काठमाडौं । विश्वचर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ । उनी मात्र ५२ वर्षका थिए । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको उल्लेख गरिएको संचारमाध्यमले लेखेका छन् । सूचनामा उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए ।

    स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन नसकिएको अस्पतालले जनाएको छ । उनी १५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए । उनले टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका छन् । क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा छन् । पहिलो नम्बरमा भने श्रीलंकाली क्रिकेटर मुथैया मुरलिधरण रहेका छन् । उनको निधनमा विश्वभरबाट खेलप्रेमीले दुख व्यक्त गरिरहेका छन् ।

  • विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

    विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान्) ले सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी छनोट गरेको छ । क्यानले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार अबेर घोषणा गरेको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन् ।

    यसअघि टी–२० विश्वकप ग्लोबल छनोटमा रहनुभएका बलर गुलशन झा र स्पिनर सुशान भारी, अनिल कुमार शाह र राजु रिजाल बन्द प्रशिक्षणबाट बाहिरिए । क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । नेपालले यूएई जानुअघि श्रीलंकामा स्थाननीय टोलीसँग चार वटा अभ्यास खेल खेल्नेछ । नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ ।

    नेपाल श्रीलंकाबाट १४ मार्चमा यूएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी रहेका छन् ।