मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले शनिबार राती ऐतिहासिक रेकर्ड बनाएका छन् । ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान भेट्टाउन सफल भएका हुन । एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग मेसीले बराबरी गरेका छन् । भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि मेसीले करियरको ६४३ औं गोल गरे… Continue reading मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

स्वीट्जरल्याण्ड । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्कीले पहिलो पटक फिफा वर्ष खेलाडीको उपाधी जित्न सफल भएका छन् । विश्वको उत्कृष्ट खेलाडीको दौडमा रहेका लियानल मेसी र क्रिस्टियानो रोनाल्डोलाई जित्दै उनी पहिलो बन्न सफल भएका हुन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्छन । मेसी गत वर्षका विजेता हुन… Continue reading लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रशिक्षण करियरका सफल व्यक्ति मानिन्छन् । यसअघि उनले पाकिस्तान र श्रीलंकाको राष्ट्रिय टोलीलाई सम्हालिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यानले बिहिबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि वाटमोरसहित १२ जनाबीच प्रतिस्पर्धा भएको थियो… Continue reading नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

लीग लिडर सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

Photo by David Ramos/Getty Images

काठमाडौं । स्पेनिस लालिगामा निरन्तर खराब फर्मबाट गुज्रिरहेको बार्सिलोना क्रमशः लयमा फर्कने प्रयासमा छ । बुधबार राती सम्पन्न खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको हो । सोसिडाड लीगको सबैभन्दा शीर्ष स्थानमा थियो । तर, बार्सिलोनासँग २–१ गोलले पराजित भएसँगै उक्त टीम दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा एथ्लेटिको म्याड्रिड पुगेको छ ।… Continue reading लीग लिडर सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।… Continue reading नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

काठमाडौं । नेपालले सन् २०२२ मा आयोजना गरिने टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वरियतामा राम्रो गरेका कारण नेपालसहित चार मुलुकलाई सिधै ग्लोबल छनोटको स्थानमा लगेको हो । प्रतियोगिता अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुनेछ । सोही प्रतियोगिताक लागि अहिले विभिन्न… Continue reading नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ । लगातारको खराब प्रदर्शनपछि राहतका रूपमा टिमले यो जित हात पारेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए । योसँगै मेसीले बार्सिलोनाका लागि… Continue reading मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमा लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डो मनोनयनमा पर्न सफल भएका छन् । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ। यसबाट एक जनाले अवार्ड प्राप्त गर्नेछन् । लेवान्डोस्कीले… Continue reading फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणका लागि खेलहरुको मिति तय गरेको छ । यसअघि यी खेल मार्च अप्रिलमै सकिनु पर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण रोकिएका खेलहरु एक वर्षपछि पुनः सुचारु हुन लागेका हुन् । खेलहरु २०२१ मार्च र… Continue reading नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय

क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

काठमाडौं । स्टार क्रिकेटर पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार… Continue reading क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिग ब्यास लिगका सुरुवाती ६ खेल गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका सन्दिप अष्ट्रेलिया जान ढिला हुने भएकाले खेल गुमाउन भएका हुन् । अष्ट्रेलिया सरकारको नियम अनुसार त्यहाँ पुगेपछि १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्नेछ । बिहिबारदेखि अष्ट्रेलियामा सुरु हुन लागेको लिगमा सन्दीपले यस… Continue reading नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

आज मेसी र रोनाल्डो आमने-सामने

Photo by TF-Images/TF-Images via Getty Images

काठमाडौं । फुटबल प्रेमीहरुका लागि आज खास दिन रहेको छ । समकालिन फुटबलका सर्वाधिक सफल दुई खेलाडी लियोनल मेसी र रोनाल्डोबीच आज दुई वर्षपछि पहिलो पटक मैदानमा भिडन्त हुँदैछ । अर्कोतर्फ यो अवसर पुनः कहिले जुट्ने हो भन्ने पनि निश्चित छैन । यस अवस्थामा बहुप्रतिक्षित खेल आज राती नेपाली समय अनुसार राती पौने २ बजे… Continue reading आज मेसी र रोनाल्डो आमने-सामने

बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो । यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक… Continue reading बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

च्याम्पियन्स लिगमा हार्यो रियल, समुह चरणबाटै बाहिरिने खतरा

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तगर्त गत राती सम्पन्न खेलमा रियल म्याड्रिड हारेको छ । उसको हारले समुह चरणबाटै बाहिरिने जोखिम समेत बढाएको छ । रियल म्याड्रिड कमजोर टोली शख्तर डोनेटस्कसँग २\० गोल अन्तरले पराजित भएको हो।​ शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरे । रियल म्याड्रिडको ५ खेलबाट ७ अंक भएको… Continue reading च्याम्पियन्स लिगमा हार्यो रियल, समुह चरणबाटै बाहिरिने खतरा

अष्ट्रेलियाले जित्यो भारतसँगको एकदिवसीय सिरिज

Photo : India TV

सिड्नी । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाको पोल्टामा परेको छ । तीन खेलको शृङ्खलामा लगातार दुई खेल जित्दै अष्ट्रेलियाले होम ग्राउण्डमा सिरिजमाथि कब्जा जमाएको हो । दुई वटै खेलमा बलर चल्न सकेनन् भने रनको वर्षा भएको छ । आज सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटका भारत ५१ रनले पराजित भयो । शृङ्खलामा तीन खेल खेलिँदै छ ।… Continue reading अष्ट्रेलियाले जित्यो भारतसँगको एकदिवसीय सिरिज

१३ औं सागको खर्च विवरण सार्वजनिक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव रमेस सिलवाल गरेका सार्वजनिक खर्च विवरणअनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११… Continue reading १३ औं सागको खर्च विवरण सार्वजनिक

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार उनी स्वयमले सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका छन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको छ । उनी अहिले होम आइसोलेसनमा छन् । उनले भनेका छन्, ‘यदि सबै राम्रो हुँदै गए… Continue reading क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड

राष्ट्रपति भवनमा अन्तिम दर्शनका लागि राखिएको म्याराडोनाको शव : Photo\BBC

काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ । सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण… Continue reading म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड

महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन

Photo source : Daily express

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जन्टाइन फुटबल एशोसिएनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार उनको हर्टअट्याकका कारण निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको गत नोभेम्बरमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने… Continue reading महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र एक जना स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजबाट प्रशिक्षण थाल्नु अगाडी उनीहरुको स्वाव संकलन गरिएको थियो । ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा संक्रमण पुष्टी भएको हो । अर्का एक जना स्टाफमा समेत कोरोना पुष्टी भएको छ । खेलाडीमा… Continue reading नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी

न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले चयन भएका छन । उनी भारतका शशांक मनोहरको ठाउमा अध्यक्ष भएका हुन । पहिलो चरणमा बहुमत नपुगेपछि दोस्रो चरणमा भएको निर्वाचनमा बार्कले इमरान खवाजालाई पराजित गर्दै आईसीसीको अध्यक्ष बनेका हुन्। पहिलो चरणमा बार्कलेले १० र इमरान खवाजाले ६ भोट पाएका थिए। शशांक यसअघि आईसीसीको… Continue reading न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित

भारतीय नागरिक हतकर बने नेपाली क्रिकेट टीमको फिटनेस ट्रेनर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको फिटनेस ट्रेनरमा भारतीय नागरिक आशय हतकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच रहेर काम गरिसकेका ट्रेनर हुन् उनले यस क्षेत्रमा १२ वर्ष बिताइसकेका छन् । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको सूची सार्वजनिक गरेको… Continue reading भारतीय नागरिक हतकर बने नेपाली क्रिकेट टीमको फिटनेस ट्रेनर

सन्दीपले बिग ब्यास लिग खेल्ने पक्का, हुरिकेन्ससँग सम्झौता

काठमाडौं । विश्वप्रपसिद्ध अस्ट्रेलियाको टी -२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०-२१ मा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने खेल्ने पक्का भएकोृ छ । यसअघि आइपिएलमा एउटा पनि खेलमा मौका नपाएका उनलाई बिबिएलमा के हुने भन्ने निश्चित थिएन । तर, होबर्ट हुरिकेन्सले सन्दीपसँग सम्झौता भएको पुष्टी गरेको छ । होबर्टले २० वर्षीय युवा स्पिनर… Continue reading सन्दीपले बिग ब्यास लिग खेल्ने पक्का, हुरिकेन्ससँग सम्झौता

दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

Photo : Dhaka Tribune

ढाका । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको आज दोस्रो खेल सम्पन्न भयो जसमा कुनै पनि टोलीबाट गोल हुन सकेन । शुक्रबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २, ० गोलले आफ्नो पक्षमा पारेको थियो । दुई खेलको सिरिजको उपाधी भने घरेलु टोली बंगलादेशले जितेको… Continue reading दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै

न्युयोर्क गिनिज बुक अफ वर्ल्डमा ७ वटा रेकर्ड राखिसकेका नेपाली मार्सल आर्टस खेलाडी उज्ज्वल ठकुरीले आठौं र नवौं विश्व किर्तिमानको प्रकृया अगाडि बढाएका छन् । यसपटक उनको चुनौति पाकिस्तानको मोहम्मद रशिदको एकल रेकर्ड तोड्नु रहेको छ । मोहम्मद रशिदको रेकर्ड एक मिनेटमा ५ केजी तौल खुट्टामा बाधेर ७८ घोडा प्रहार रहेको छ भने ठकुरीको दोश्रो… Continue reading ७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै

विश्वकप छनोट : ब्राजिल शीर्ष स्थानमा

Photo : CBS sports

काठमाडौं । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई १ ० गोलले हराएको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरे… Continue reading विश्वकप छनोट : ब्राजिल शीर्ष स्थानमा

बंगलादेशसँग नेपाल २-० ले पराजित

Photo : Dhaka Tribune

काठमाडौं । बंगलादेश र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० गोल अन्तरमा हरायो । बंगलादेशले खेलको दुवै हाफमा एक एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।… Continue reading बंगलादेशसँग नेपाल २-० ले पराजित

अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । एक साता अगाडी बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समय अनुसार पौने ५ बजे बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा हुनेछ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस सिरिजमा नेपाल र बंगलादेशबीच दुई… Continue reading अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

तस्वीर : एन्फा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने विश्वकप छनोट खेलहरु प्रभावित भएका छन् । नेपालले प्रतिस्पर्धा गरिरहेका फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल सन् २०२१ को जुन महिनाभित्र सकिने गरी नयाँ तालिका आएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेल… Continue reading विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास

गत सिजनको आइपीएल विजेता टीम मुम्बई

दुबई । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौ उपाधी उचाल्न सफल भएको छ । १३ वटा संस्करण पुरा हुँदा सर्वाधिक उपाधी जित्ने टीमका रुपमा मुम्बई कायम रहेको छ । मुम्बई पछि चेन्नईले सर्वाधिक ३ पटक उपाधी उचालेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित… Continue reading मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास