बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ । यी दुई मुलुक खेलकुद र त्यसमा पनि फूटबलमा लागि संसारमै चर्चित छन् । तर, कोरोनाका कारण यो सिजन नराम्रोसँग प्रभावित भएको… Continue reading बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

काठमाडौं । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ३० जुनभन्दा अगाडीका सबै प्रतियोगिता स्थगित गरको छ । जसले गर्दा यसबीचमा हुने टी–२० विश्वकप छनोटका खेल प्रभावित भएका छन् । आइसीसीले ३० जुन अगाडिका सबै प्रतियोगिता स्थगित गरिएको बिहीबार उल्लेख गरेको छ । आइसिसीले कोरोनासँग विश्व जुँधिरहेको अवस्थामा प्रतियोगिता रोक्नु उचित हुने उल्लेख गरेको छ… Continue reading आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित

काठमाडौं । कोरोना भाइरसले युवालाई कम प्रभाव पार्छ भन्ने पुष्टी चीन र इटलीको तथ्यांकले गरेको थियो । किनकी इटलीमा ५० वर्ष मुनीका मानिसको ज्यान गएको थिएन । चीनमा ३९ वर्षभन्दा मुनीका व्यक्तिको ज्यान गएको थिएन । तर, यूरोपका अन्य मुलुकबाट अझ डरलाग्दो खबर सार्वजनिक हुन थालेको छ । फ्रान्समा अधिकांश ५० वर्ष मुनीका नागरिकमा कोरोनाको… Continue reading कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित

स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ । रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल रूगानीलाई कोरोना भाइरस देखिएको छ। सोहीकारण टीममेटका कारण संक्रमण सरेको हुन सक्ने आंशकामा उनी क्वारेन्टाइनमा… Continue reading स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

File Photo

काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित

मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो । समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने घरेलु मैदानको फाइदा उठाउँदै अष्टेलिया हावी भयो । मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले टस… Continue reading महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित

इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस… Continue reading इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

नेपाललाई कमजोर मलेसियाले हरायो

बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै… Continue reading नेपाललाई कमजोर मलेसियाले हरायो

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

फागुन १५, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोश्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो ।  विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख… Continue reading नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास

काठमाडौं । चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई… Continue reading रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास

बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना एक–एक गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाको लागि ग्रिजम्यानले गोल गर्दै हारबाट जोगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलको… Continue reading बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा परेका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आयोजना गर्न लागेको वर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच खेल्नको लागि सन्दीप पनि एसिया टप ११ मा परेका हुन् । एसिया टप ११ मा भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तान रहेको छन्… Continue reading लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा

चम्किए मेसी, एकै खेलमा चार गोल

काठमाडौं । कप्तान लिओनल मेसी चम्किएपछि बार्सिलोनाले स्पेनिस ला लिगामा आइबरविरुद्ध रवाफिलो जीत दर्ता गरेको छ । आइबरविरुद्ध बार्सिलोना ५-० गोलले विजयी भएको छ । यस खेलमा कप्तान मेसी एक्लैले ४ गोल गरे । उनले पहिलो हाफको ४० मिनेटभित्रै ह्याट्रिक गरेका थिए । मेसीले दोस्रो हाफमा एक गोल थपेका हुन् । अर्को गोल आर्थर मेलोको… Continue reading चम्किए मेसी, एकै खेलमा चार गोल

सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले घोषणा गरेअनुसारको रकम हस्तान्तरण गरेका छन् । चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीपले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् । बिहीबार काठमाडौंमा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका हुन् ।… Continue reading सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

म्यानचेस्टर सिटिमाथी युरोपियन क्लव प्रतिस्पर्धामा दुइ सिजन प्रतिबन्ध

काठमाडौं । म्यानचेस्टर सिटीमाथि प्रतिवन्ध लागेको छ । युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजन खेल्न नपाउने गरी क्लबमाथी प्रतिबन्ध लागेको हो । इङलिस प्रिमियर लिगमा भने क्लवले खेल्न पाउने छ । तर, त्यसअगाडि उसले जरिवाना समेत तिर्नु पर्ने छ । क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघन गरेको आरोप लगाउदै युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर… Continue reading म्यानचेस्टर सिटिमाथी युरोपियन क्लव प्रतिस्पर्धामा दुइ सिजन प्रतिबन्ध

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं । अमेरिकामाथि एक दिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले बुधबार अमेरिकामाथि ८ विकेटको रवाफिलो जीत निकालेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई वानडे इतिहासमै कीर्तिमानी कम स्कोरमा सम्ट्दा मात्र ३५ रन मात्र बनाउन दियो । टस जितेर बल रोजेको नेपालले अमेरिकालाई… Continue reading अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित

भर्जिनिया अमेरिकाको भर्जिनिया राज्यका कँग्रेसम्यान गेरल्ड ए. कोनोलीबातट गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सम्मानित भएको छ । ठकुरीले पाँच पटक बिभिन्न स्पर्धामा विश्व रेकर्ड कायम गरे बापत उक्त समामान गरेको हो । सम्मानपत्रमा लेखिएको छ; “मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने ब्यक्तिलाई बधाई  र सम्मान पत्र पठाउन पाउँदा म धेरै खुसी… Continue reading उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित

नेपाललाई ओमानले फेरी हरायो

काठमाडौं । बलिङमा जम्न नसकेपछि आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ओमानले हराएको छ । नेपाल जारी लीगमा लगातार दोस्रो पटक घरेलु मैदानमै ओमानसंग हारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो । तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरेको दिन बलिङ यूनिटले साथ दिन सकेन । जसले… Continue reading नेपाललाई ओमानले फेरी हरायो

अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

काठमाडौं । ओमानले आइसिसी विश्वकप लिग, २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकालाई हराएको छ । बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको हो । जितसँगै ओमान अब समुहको शीर्ष स्थानमा रहेको छ । अमेरिका र ओमानको समान १२ अंक छ । रनरेटमा ओमान अगाडी छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो ।… Continue reading आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

ओमानसँग हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो। नेपालले… Continue reading ओमानसँग हार्यो नेपाल

आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् । त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो । नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो… Continue reading आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् । बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । सन् २०२३ मा भारतमा आयोजना हुने… Continue reading अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । २२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् । उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा… Continue reading अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

क्यालिफोर्निया । विश्वचर्चित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन भएको छ । पाँच पटक एनबीए च्याम्पियन र ओस्कार समेत जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै उनकी छोरीको समेत निधन भएको हो । क्यालिफोर्नियाको कालाबासस शहरमा दूर्घटना भएको हो । कोबे, उनकी छोरी गियनासहित नौ जनाले… Continue reading चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

बार्सिलोनालाई भ्यालेन्सियाले हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले पाहुना टोली बार्सिलोनालाई २-० गोल अन्तरमा हराएको हो । जोर्डी अल्वाको एक आत्मघाती गोलबाट खाता खोलेको भ्यालेन्सियाका लागि दोस्रो गोल भने म्याक्सी गोमेजले गरेका हुन् । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलको १२ औं… Continue reading बार्सिलोनालाई भ्यालेन्सियाले हरायो

ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

काठमाडौं । वेस्ट इण्डिजका भेट्रान क्रिकेटर ड्वेन स्मिथले नेपालको घरेलु फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । उनी २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउन लागेको आफैले उल्लेख गरेका छन् । स्मिथले भिडियो सन्देश सार्वजनिक गर्दै नेपाल आउन आतुर रहेको समेत उल्लेख गरेका छन् । भैरहवा ग्लाडिएटर्सबाट एभरेष्ट प्रिमियर खेल्ने… Continue reading ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

पोखरा । प्रदेश सांसद दीपक मनाङे एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेको अभियोगमा बिहीबार पक्राउ परेका थिए । उनै गुरूङलाई प्रहरीले शुुक्रबार पक्राउ गरेको हो । उनीविरुद्ध ठगी तथा बैंकिङ कसुरको जाहेरी परेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको हो ।… Continue reading दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

नेपालले विश्वकप छनोट खेल्ने

काठमाडौं । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको नेपाललाई सोझै ग्लोबल छनोट खेल्न पाउने अधिकार दिएको छ । यसले विश्वकपमा नेपालको सहभागिताको सम्भावना समेत बढाइदिएको छ । १६ टिमले विश्वकप खेल्नेछन् । त्यसमध्ये आइसीसी च्याम्पियनस… Continue reading नेपालले विश्वकप छनोट खेल्ने