१४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा

काठमाडौं । नेपाल १४ वर्षपछि पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा उत्रिएको छ । नेपाल भ्रमणमा रहेको ऐतिहासिक टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको एक मात्र प्रथम श्रेणीको क्रिकेट बुधबारबाट राजधानीमा शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु तीनदिवसीय खेलको पहिलो दिन एससीसीले राम्रो प्रदर्शन गरेको छ। क्लवले टस हारेर ब्याटिङ… Continue reading १४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा

सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

काठमाडौं । संसारकै उत्कृष्ट टोली मानिने भारतीय क्रिकेट टीमले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा भने सहभागिता नजनाउने भएको छ । सामान्यतया क्षेत्रीय खेलहरुमा दोस्रो, तेस्रो डिभिजनका खेलाडी पठाउने प्रचलन छ । तर, भारतले यस पटक क्रिकेटमा भाग नै नलिने भएको छ । सागमा कूल २७ खेल हुने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । सागमा… Continue reading सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ । क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो । नेपाली टोली आइतबार… Continue reading नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

काठमाडौं । स्पेनिस लालीगा लिडर बार्सिलोनालाई कमजोर टोली लेभान्टेले पराजित गरेको छ । लेभान्टले पाहुना टोली बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बाघ समान हुने बार्सिलोना अवे मैदानमा भने कमजोर देखिने गरेको छ । शनिबार राति सम्पन्न खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । कप्तान लियोनल मेसीको पेनाल्टी गोलमार्फत ३८ औं मिनेटमा… Continue reading लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा

काठमाडौं । पारस खड्काको राजिनामा पछि खाली भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र खड्कालाई दिइएको छ । निर्वतमान कप्तान पासर खड्काले यसको पुष्टी गरेका छन् । उनले ज्ञानेन्द्रलाई नयाँ जिम्मेवारीका लागि बधाई समेत दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको हो । क्रिकेट… Continue reading नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा

एएसफीबाट एन्फालाई नगद जरिवाना

काठमाडौं । मापदण्ड नपुगि क्लवहरुलाई मान्यता दिएको कसुरमा एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नगद जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचार संहिता समिति एन्फालाई १० हजार अमेरिकी डलर जरिवानको निर्णय गरेको हो । एएफसीले एन्फालाई गल्ती सच्याउने अवसर पनि प्रदान गरेको छ । दुई वर्ष भित्र त्यसो नगरे ३५… Continue reading एएसफीबाट एन्फालाई नगद जरिवाना

बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन

अमेरिकाको सिकागोमा शनिबार प्रो. बक्सर चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार उपचारको क्रममा निधन भएको छ । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको हो । सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए। कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकाली तत्काल एमर्जेन्सीमा… Continue reading बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन

नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए

काठमाडौं । नेपाललाई बलियो प्रतिस्पर्धी जोर्डनले विश्वकप छनोट प्रतियागिताअन्तर्गत भएको खेलमा पराजित गरेको छ । मंगलबार जोर्डनको घरेलु मैदानमा सम्पन्न खेलमा नेपाललाई ३ गोलको अन्तरले हराएको हो । नेपालले भने कुनै गोल गर्न सकेन । जोर्डनसँगको खेलसँगै अब नेपालले विश्वकप छनोटका ४ खेल खेलेको छ । यी चारवटै खेल अवे हुन् । नेपालले घर भित्र… Continue reading नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए

विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै

File Photo

काठमाडौं । विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका दोस्रो चरणका खेल भइरहेका छन् । समूह बीमा रहेका जोर्डन र नेपालबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ । नेपालभन्दा निकै बलियो टोली जोर्डनविरुद्ध नेपाल उसकै घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिदैछ । नेपाल सन् २०११ मा मिलेको नमिठो हारको बदला लिने दाउमा हुनेछ । उक्त खेलमा जोर्डले नेपालको पोष्टमा ९ गोल हानेको… Continue reading विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै

आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल .आईसीसी)ले नेपाल र जिम्बाब्वेको निलम्बन हटाउने निर्णय गरेको छ । आइसीसीको सोमबार बसेको बैठकले नेपाललाई सशर्त निलम्बन फुकुवा गरेको आइसीसीले ती शर्तहरुबारे भने खुलाएको छैन । यसअघि सन् २०१६ मा क्रिकेट संघ नेपाल (क्यान) निलम्बनको निर्णय लिँदा भने आइसीसीले नेपालमा हुने अधिक राजनीतिकरण, आर्थिक अनियमितताजस विषयलाई प्राथमिकताका साथ उठाएको थियो… Continue reading आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा

काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

तस्बिर: अजय पौडेल

काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र… Continue reading काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

लण्डन । इंग्ल्यान्डको राष्ट्रिय महिला यु–१९ टीममा नेपाली मुलकी अस्मिता आलेले स्थान बनाएकी छिन् । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा आवद्ध १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टीममा परेकी हुन् । उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी बन्न सफल भएकी छिन् ।… Continue reading इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

काठमाडौं । नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदैछ । सिंगापुरमा जारी टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । यसअघि मंगलबार भएको खेलमा नेपाललाई जिम्बाब्वेले ४० रनको फराकिलो अन्तरले हरायो । यसअघि सिरिजको पहिलो खेलमा समेत नेपाल सोही मुलुकसँग ५ विकेटले हारेको थियो । यता, सिंगापुरलाई भने नेपालले पहिलो… Continue reading जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै सिंगापुरमा जारी त्रिदिवसीय टी-२० सिरिजमा नेपालले घरेलु टीममाथि ९ विकेटको सानदार जीत दर्ता गरेको छ । शनिबार साँझ सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काले १ सय ६ रनको कीर्तिमानी शतक प्रहार गरे । उनी नेपालका तर्फबाट टी-२० र वान डे इन्टरनेशनल दुबै फम्र्याटमा शतक प्रहार गर्ने एक मात्र… Continue reading पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो । शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए… Continue reading जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

काठमाडौं । नेपालले शुक्रबार टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग टी २० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेलाई हराउन सके त्यो नेपालको ऐतिहासिक जीत हुने छ । किनकी नेपालले आजसम्म टी २० इन्टरनेशनलमा छेस्ट राष्टलाई हराएको छैन । सिंगापुरमा नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट खेल शुरु हुने छ । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट मान्यता… Continue reading नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

मेसी बने फिफा वर्ष खेलाडी

इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् । सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् । विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ । मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट… Continue reading मेसी बने फिफा वर्ष खेलाडी

न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

न्यूह्याम्पसर न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छात्रा संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको… Continue reading न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

भूटानविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं । साविकको विजेता नेपाल घरेलु मैदानमै भूटानसँग साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा पराजित भएको छ । आइतबार राजधानीमा सम्पन्न खेलमा भूटानले नेपालमाथि३–० गोल अन्तरको प्रभावशाली जीत निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ । भूटान नेपालभन्दा निकै कमजोर टीम मानिन्छ । तरm सोही टोलीसँग हार बेहोरेपछि अब नेपालको अघिल्लो चरणको यात्रा निकै कठिन भएको छ… Continue reading भूटानविरुद्ध नेपालको लज्जास्पद हार

फिफा वरियतामा नेपालको सुधार

File Photo

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली फूटबलले आफ्नो स्थान सुधार गरेको छ । हालै विश्वकप छनोट अन्तर्गत भएको खेलमा चाइनिज ताइपेविरुद्ध जीत निकालेको नेपालले वरियतामा समेत सुधार गरेको हो । फिफाका अनुसार नेपाल पाँच स्थान माथि उक्लिएको छ । बिहीबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाल १६१औँ स्थानमा उक्लिएको छ । यसअघि… Continue reading फिफा वरियतामा नेपालको सुधार

फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ । यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो । नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको… Continue reading फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

काठमाडौं । विश्वकप छनोट फूटबलको दोस्रो खेलमा नेपाल उत्कष्ट पुनरागमन गर्न सफल भएको छ । पहिलो खेल कुवेतसँग ७ गोल अन्तरले हारेको नेपालले मंगलबार चाइनिज ताइपेविरुद्ध भने उत्कृष्ट खेल पस्कियो । नेपालको जीतमा फर्वाड अन्जन विष्ट नायक बने । नेपालले आफुभन्दा निकै बलियो टोलीलाई उसकै घरेलु मैदानमा हराउने क्रममा २ गोल गर्यो । घरेलु टोलीले… Continue reading विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

न्यूजर्सी । मेक्सिकोले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि प्रभावशाली जीत हाँसिल गरेको छ । अमेरिकाको घरेलु मैदान मेटलाइफ रंगहालामा सम्पन्न खेलमा मेक्सिकोले अमेरिकालाई ३ ० गोल अन्तरले हरायो । मेक्सिकोका लागि हाभियर हर्नान्डेज, इरिक गुटिरेज र युरियल एन्टुनाले गोल गरे । अमेरिकाले भने पेनाल्टीमा पाएको अवसर पनि सदुपयोग गर्न सकेन । अमेरिकी फरवार्ड जोश सार्जेन्टले अन्तिम… Continue reading अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

श्रीलंकाली तिब्र गतिका बलर लासिथ मालिंगाले घातक बलिङ गरेपछि श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा न्यूजिल्याण्डलाई पराजित गरको छ । ३ खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो दुई खेल हारेको श्रीलंकालाई लाज बचाउन समेत तेस्रो खेल जित्नै पर्ने बाध्यता थियो । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन जोड्यो । जवाफी… Continue reading ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्व न्यूज संवाददाता टेक्सस । अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो । अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले… Continue reading अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

File Photo

काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् । विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ । नेपालले… Continue reading विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ । कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी… Continue reading नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

स्पेन । स्पेनिस लालिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले प्रभावशाली खेल प्रदर्शन गरेको छ । लीगमा पहिलो खेल हारेको बार्सिलोनाले दोस्रो खेलमा भने रियल बेट्टिसविरुद्ध ५ -२ गोलको जीत निकालेको हो । यो खेलमा प्रभावशाली तीन खेलाडी मेसी, सुवारेज र डेम्बेले मैदानमा उत्रिएका थिएनन् । मूख्य खेडालीले सिजनको शुरुमै चोट बोकेपछि बार्सिलोना दवावमा थियो । तर, यसै… Continue reading मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

१३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

म्यान्चेस्टर । इंग्ल्यान्ड फूटबल र क्रिकेटको राजा मानिन्छ । यी दुई खेललाई विश्वव्यापी बनाउने यस देशले ठूलो भूमिका खेलेको छ । खासगरी राज्य बिस्तारका क्रममा इंग्ल्याण्डले जहा जहा राज्य गर्यो, त्यहा त्यहा यी खेलको पनि समानान्तर रुपमा बिस्तार गरेको पाइन्छ । फूटबलको ठूलो क्रेज रहेको मुलुकमा पनि उचित व्यवस्थापन भएन भने क्लवहरु संकटमा स्वाभाविक हो… Continue reading १३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

विश्व न्युज संवाददाता अस्टिन(अमेरिका) । टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी… Continue reading अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना