आइपीएलमा प्लेअफ समिकरण टुंगियो, हैदरावाद अन्तिम चारमा

दुबई । जारी इण्डियन प्रिमियर लिगको प्लेअफ समिकरण टुंगिएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि उसले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । सनराइजर्सको जितसँगै कोलकत्ता भने लिग चरणबाटै बाहिरियो । जितपछि हैदरावादले तेस्रो स्थानमा रहँदै लिग चरण पुरा गरेको हो । अब क्वालिफायरमा १८ अंक… Continue reading आइपीएलमा प्लेअफ समिकरण टुंगियो, हैदरावाद अन्तिम चारमा

आइपिएल : प्लेअफ पुग्ने तीन टोलीको टुंगो, आज पुरा हुँदै समिकरण

Photo Source : Outlook india

दुबई । जारी इण्डियन प्रिमियर लिगमा प्ले अफ पुग्ने तीन टोलीको टुंगो लागेको छ । सोमबार दिल्ली क्यापिटल्ससँगको लिग चरणको अन्तिम खेलमा ६ विकेटले पराजित भए पनि रोयल च्यालेन्जर्स बेंग्लोर आइपिएल २०२० को प्लेअफमा पुगेको छ । यससँगै मुम्बई, दिल्ली र बेंग्लोरले प्लेअफमा स्थान पक्का गरेका छन् । बेंग्लोर १४ अंक जोडेर तेस्रो स्थानमा छ।… Continue reading आइपिएल : प्लेअफ पुग्ने तीन टोलीको टुंगो, आज पुरा हुँदै समिकरण

आइपीएल : राजस्थान बाहिरियो, कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै

दुबई । आईपीएल क्रिकेटमा राजस्थान रोयल्स समुह चरणबाटै बाहिरिएको छ । निर्णायक मानिएको खेलमा आइतबार राती कोलकता नाइट राइडर्ससँगै ६० रनले हारेसँगै उसको अन्तिम चारमा पुग्ने ढोका बन्द भएको हो । कोलकताले भने आफ्नो सम्भावना कायमै राख्न सफल भएको छ । कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा मात्र… Continue reading आइपीएल : राजस्थान बाहिरियो, कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै

महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै

सारजाह । जारी इण्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले महत्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरुलाई ५ विकेटले हराएको छ । जितसँगै उसको प्लेअफ (अन्तिम चार) पुग्ने सम्भावना कायम नै रहेको छ । बेंग्लोरुलाई भने शनिबारको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्ने मौका थियो । तर, उसले त्यो मौका गुमायो । कुल ८ टीममध्ये मुम्बई इण्डियन्समात्र प्लेअफमा… Continue reading महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै

रोनाल्डोले जिते कोरोना

काठमाडौं । पोर्चुगिष्ट स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमण जितेका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनी शुक्रबार कोरोना संक्रमण मुक्त भएको क्लवले उल्लेख गरेको छ । यसबीचमा उनले च्याम्पियन्स लीगअन्तर्गत बार्सिलोनसँगको खेल गुमाएका छन् । उक्त खेलमा युभेन्ट्स पराजित भएको थियो । रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले उल्लेख गरेको छ । उनी… Continue reading रोनाल्डोले जिते कोरोना

आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो

Photo Source : Yahoo cricket news

आबुधावी । टी २० क्रिकेटमा बादशाह मानिने खेलाडी क्रिस गेल चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । उक्त खेलमा राजस्थानका लागि बेन स्टोक्सले अलराउन्ड प्रदर्शन गरे । उनी बल र ब्याट दुबैमा उत्कृष्ट ठहरिए । अबुधाबीमा टस हारेर पहिले… Continue reading आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

File Photo

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका… Continue reading राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

Photo source : Marca

काठमाडौं । वर्तमान फुटबलका सबैभन्दा महान खेलाडी हुन् लियोनल मेसी र क्रिष्ट्रियानो रोनाल्डो । यी दुई खेलाडीले स्पेनमा लामो समय एक अर्काविरुद्ध खेले । तर, दई वर्ष अगाडी रोनाल्डो इटली गएपछि भने दुई महान खेलाडीको भेट भएको थिएन । तर, बुधबार राती भने दुई खेलाडीबीच युरोपियन च्याम्पियन्स लिगमा भेट्ने अवसर थियो । तर, कोरोना भाइरसले… Continue reading कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

Photo Source : DNA India

अबुधाबी । विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रवाफिलो जित निकाल्दै मुम्बई इन्डियन्स जारी आइपिएलमा प्लेअफ पुगेको छ । प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बन्न समेत सफल भएको छ । बुधबार राति अबुधाबीमा सम्पन्न खेलमा मुबईले बेंग्लोरलाई ५ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । टीमका… Continue reading मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

Photo source : Times of India

दुबई । आईपीएल क्रिकेट रोमाञ्चक बन्दै गएको छ । खासगरी अंक तालीकाको तल्लो क्रममा रहेका टोलीले माथिल्लो स्तरमा रहेका टोलीलाई रोक्न थालेपछि अंक तालीका रोमाञ्चक बन्दै गएको छ । आइपीएलमा गएराति किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट… Continue reading रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

Photo : Outlook india

यूएई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संस्करणमा चेन्नई सुपर किग्ङ्स समुह चरणबाटै बाहिरिएको छ । साविक विजेता मुम्बई इन्डियन्ससँग १० विकेटको अन्तरले पराजित हुँदै चेन्नई समुह चरणबाटै बाहिरिएको हो । शुक्रबार राती सम्पन्न खेलमा मुम्बई भने शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो ।… Continue reading आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

आइपीएलमा दिल्लीको निरन्तर जित

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले हराएको हो । आइपीएलमा अब दोस्रो राउण्डका खेलहरु शुरु भएका छन् । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १६१ रन मात्र जोडको थियो । मध्यम योगफललाई राजस्थानले भेटाउन सकेन… Continue reading आइपीएलमा दिल्लीको निरन्तर जित

लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

Photo Source : CBS sport

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले संतोषजनक खेल देखाइरहेको छ । यसअघि स्टार खेलाडी मेसीमा अधिक भर पर्ने यो टोलीमा अब भने अन्य खेलाडीले समेत कौशल देखाउन थालेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दोस्रो खेलमा बोलिभियामाथि २-१ गोल अन्तरको जित निकाल्यो । खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था… Continue reading लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

Photo source : CBS sports

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र पेरुबीचको खेलमा ब्राजिलियन स्टार नेयमारले उत्कृष्ट खेल कौशल देखाए । उनले ह्याट्रिक गरेको खेलमा ब्राजिलले पेरुमाथि ४-२ गोल अन्तरको जित निकाल्यो । नेइमारका पहिलो दुई गोल पेनाल्टी थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे । बुधबार बिहान भएको… Continue reading विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् । शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको… Continue reading न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

Photo Source : Outlook india

दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दुई खेल भए । खेलमा मुम्बईले पाँचौ जित हात पार्दा राजस्थान रोयल्स रोमाञ्चक खेलमा विजयी भएको छ । यूएईमा गत राति भएको खेलमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल्सलाई मुम्बईले ५ विकेटले हराएको हो । यद्दपी सन्दीप यो वर्ष अझै प्लेइग ११ मा परेका… Continue reading आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो

दुबई । जारी इण्डियन प्रिमियर लिगमा तीन पटकको उपाधी विजेता चेन्नाई सुपर किंग्स निरन्रता हार बेहोर्न बाध्य भएको छ । यसले कप्तान महेन्द्रसिहं धोनीको टीम लिग चरणबाटै बाहिरिने सम्भावना समेत बढेको छ । शनिबार राती सम्पन्न खेलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो । यो जारी लिगमा पाँचौ हार… Continue reading धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो

सन्दीप लामिछाने र सुमन गौतम लंका प्रिमियर लीको ड्राफ्टमा

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्न सफल भएका छन्। उनी रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्। ड्राफ्टबाट कुनै टीमले लिएमा सन्दीप उक्त लीगको समेत खेलाडी बन्नेछन् । सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न दिल्ली क्यापिटलमा रहेका… Continue reading सन्दीप लामिछाने र सुमन गौतम लंका प्रिमियर लीको ड्राफ्टमा

ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

दुबई । आइपीएलमा सबैभन्दा खतरनाक ब्याटिङ लाइनअप भएको टोली मानिन्छ, चेन्नाई सुपर किंग्स । तर, बुधबार यही टीम कमजोरी ब्याटिङ गर्दै पराजित हुन पुगेको छ । कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको हो । आईपीएल क्रिकेट अन्तर्गत गतराती सम्पन्न खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईले निर्धारित… Continue reading ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

मुम्बई सामु निरिह राजस्थान

अबुधावी, २१ असोज । जारी आईपीएल क्रिकेटमा मुम्बई इन्डियन पुनः अंक तालीकोको शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार अबुधाबीमा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हरायो । मुम्बईले ब्याट, बल र फिल्ड तीन वटै क्षेत्रमा उत्कृष्ट खेल देखाएको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा मात्र चार विकेट गुमाएर… Continue reading मुम्बई सामु निरिह राजस्थान

दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

दुबई । नेपाली स्टार सन्दीप लामिछानेलाई पाँचौं खेलमा समेत दिल्ली क्यापिटल्सले खेलाएन । यद्दपी दिल्ली सोमबारको खेलमा भने विजयी भयो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई १९७ रनको… Continue reading दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

बार्सिलोना । साविक विजेता बार्सिलोना स्पेनिस ला लिग फुटबलमा बराबरीमा रोकिएको छ । जारी सिजनको तेस्रो खेलमा बार्सिलोनालाई सेभियाले बार्सिलोनाकै मैदानमा बराबरीमा रोकेको हो । आइतबार राति दुई टोलीको खेल १–१ गोलको बराबरीमा टुंगियो । सेभियाका डी जोङले आठौं मिनेटमा गोल गरेका थिए । त्यसको दुई मिनेटमै फिलिप कौटिन्होले गोल गरे । खेल बराबरीमा आएको… Continue reading बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

दुवई । जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले चौथो जित हात पारेको छ । मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा सात विकेट गुमाउँदा १ सय ७४ रनमा रोकियो । हैदरावादको लागि कप्तान डेभिड वार्नरले ६० रन… Continue reading आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

सारजहाँ\युएई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले २ सय १० रन जोड्यो । कुनै समय यो रनसमेत भेटाउने संकेत गरेको… Continue reading प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

चेन्नई लगातार तेस्रो खेलमा पराजित

यूएई । जारी आइपीएलमा बलियो टीम मानिएको चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा समेत पराजित भएको छ । युएईमा गत राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो । आइपिएल इतिहासमै चेन्नई पहिलोपटक लगातार तीन खेलमा पराजित भएको हो । हैदरावादले दिएको १६५ रनको लक्ष्य पन्छाएको चेन्नई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै… Continue reading चेन्नई लगातार तेस्रो खेलमा पराजित

१० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोना ४२औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भएका थिए । बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा… Continue reading १० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

आबुधावी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दोस्रो जीत प्राप्त गरेको छ । किंग्स इलाभेन पन्जाबविरुद्ध ४८ रनको प्रभावशाली जीत निकाल्ने क्रममा मुम्बईले विहीबार साँझ अलराउण्ड प्रदर्शन गर्यो । ब्याट, बल र फिल्ड तीन वटै फम्र्याटमा मुम्बई चलेको थियो । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाब निर्धारित २० ओभरमा ८… Continue reading पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

आवुधावी । जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो खेलमा पराजित भएको छ । यो खेलमा पनि नेपाली स्टार सन्दीप लामिछानेले भने खेल्ने मौका पाएनन् । दिल्लीलाई मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गरेको हो । प्रारम्भिक दुई खेल हारेको हैदरावादले कसिलो बलिङमार्फत दिल्लीलाई हराउन सफल भएको हो । पहिले ब्याटिङ गरेको हैदरावादले… Continue reading लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

आबुधावी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राती एक रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबै टोलीबाट २० ओभरमा समान २ सय १ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने बैंगलोरले बाजी मार्यो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा… Continue reading रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल

बार्सिलोना । १७ वर्षिय युवा स्ट्राइकर अंशु माने फाती र कम्प्तान लियोनल मेसी चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा बार्सिलोनाले सानदार जीत प्राप्त गरेको छ । बार्सिलोनाले भिल्लारियललाई ४–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए । एक गोल विपक्षी टोलीले… Continue reading सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल