Category: खेलकुद

  • आइपीएल : मुम्बईलाई दिल्लीले हरायो

    आइपीएल : मुम्बईलाई दिल्लीले हरायो

    चेन्नई । जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इण्डियन्सलाई सजिलै हराएको छ । तेस्रो जित दर्ता गर्ने क्रममा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको हो । चेन्नईमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर भेटायो । मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो ।

    दिल्लीका लागि शिखर धवनले ४५ रन, स्टिभ स्मिथले ३३ रन र ललित यादवले नटआउट २२ रन जोडे। त्सअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर रोहित शर्माले ४४ रन जोडे। दिल्लीका अमित मिश्राको बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

  • नेपाल नेदरल्याण्डसँग पराजित

    नेपाल नेदरल्याण्डसँग पराजित

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

  • ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी ट्राइ नेसन्स सिरिज क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । दिउँसो सवा एक बजेबाट शुरु हुने खेलमा आज पनि नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्लाई शनिबार ९ विकेटले हराएको थियो ।

    सोमबार मलेसियालाई समेत ९ विकेटले हराएको नेपाल अहिले उच्च फर्ममा देखिएको छ । उता, नेदरल्याण्ड्सले पनि मलेसियाविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । लगातार तेस्रो जित निकाल्न सके नेपाल एक खेल अगाडी नै फाइनल पुग्ने छ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

    आजबाट नेपालको मैदानमा दर्शकको साथ भने हुने छैन । रंगशालामा दर्शक बीना नै खेलाउनु पर्ने सरकारको आदेशको पालना गर्दै क्रिकेट संघ नेपाल (क्यान)ले आजबाट प्रवेश रोकेको छ ।

  • मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने

    मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने

    काठमाडौं । नेपालमा मंगलबारबाट सबै प्रकारका खेलहरु दर्शकबीना खेलाईने भएको छ । नेपाल क्रिकेट संघ क्‍यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ नेशन्स् क्रिकेट सिरिज अन्तर्गतका खेल मंगलबारदेखि दर्शक बिना नै खेलाउने निर्णय गरेको छ । उता, सरकारले रंगशालामा दर्शक बीना नै खेल खेलाउनु पर्ने नियम ल्याएका कारण अब हुने सबै प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति हुने छैन ।

    टेलिभिजनबाट भने खेलहरु प्रत्यक्ष प्रसारण हुने छन् । सरकारले २५ जनाभन्दा धेरै भेला नहुन नपाइने गरी आज आदेश जारी गरेको छ । नेपालमा अहिले नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी त्रिदेशीय क्रिकेट सिरिज चलिरहेको छ । प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

  • कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित

    कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । नेपालले दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको हो ।

    टियु क्रिकेट मैदानमा ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ‌ओभरमै भेट्टाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे ।

    आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए। तेस्रो विकेटका लागि आएका दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए। नेपालका लागि नायक बनेका कुशलले सर्वाधिक ६१ रन बनाएका थिए। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

    यसअघि मलेसियाले १६।५ ओभरमा १०९ रन बनाएर आलआउट भएको थियो। टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए। त्यस्तै सन्दीपले दुई र बाँकी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए।

    यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

  • त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै

    त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । त्रिदेशीय टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो एक बजेबाट क्रिकेट शुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएका कारण उच्च मनोवलका साथ मैदानमा उत्रने छ । मलेसिया भने आइतबार नेदरल्याण्ड्ससँग १५ रनले हारेको छ । यद्दपी मलेसियाले ब्याटिंगमा राम्रो प्रदर्शन गरेको थियो । तीन मुलुक सहभागी रहेको यो प्रतियोगितामा सबै टोलीले एक अर्को विरुद्ध दुई दुई खेल खेल्नेछन् ।

  • आइपीएल : दिल्ली र बैंलौर विजयी

    आइपीएल : दिल्ली र बैंलौर विजयी

    मुम्बई । जारी १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलौंर विजयी भएका छन् । दिल्लीले दोस्रो जित दर्ता गर्ने क्रममा पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । शिखर धवनको उत्कृष्ट ब्याटिङको सहायतामा दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । धवनले ४९ बलमा सर्वाधिक ९२ रनको योगदान गरे ।

    मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल खडा गरेको थियो । तर, बलिङ कसिलो नहुँदा टीम हारेको छ । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलबीच १२.४ ओभरमा १२२ रनको साझेदारी हुँदा टीमको जग बलियो बनेको थियो । अग्रवालले सर्वाधिक ६९ रन जोडे । राहुलले ६१ रन बनाए ।

    उता, ग्लेन म्याक्सवेल र एबी डे भिलियर्स चम्किएको खेलमा रोयल च्यालेन्जर्स बैलौंर विजयी भएको छ । आइतबार सम्पन्न खेलमा बैंलौंरले कोलकता नाइट राइडर्सलाई ३८ रनले हराएको हो । चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनायो ।

    कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योग खडा गरेको थियो । बैंलौरका लागि म्याक्सवेलले ४९ बलमा ७८ रन जोडे । एबी डे भिलियर्सले ३४ बलमा अविजित ७६ रन बनाए ।

  • कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

    कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

    काठमाडौं\एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले सिजनको पहिलो उपाधी जितेको छ । च्याम्पियन्स लीगबाट बाहिरी सकेको बार्सिलोनाका लागि लालिगामा समेत उपाधी जित्नु निकै कठिन छ । यस्तो परिस्थितिमा कोपा डेल रे फाइनलमा भने क्लवले कुनै गल्ती गरेन । खेलको सबै समय दवदवा बनाएको बार्सिलोनाले १२ मिनेट भित्र ४ गोल गर्दै उपाधी जितेको छ ।

    बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । उनको नाममा दुई गोल रह्यो । शनिबार राति भएको फाइनलमा मेसीसहित एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङको नाममा भने एक-एक गोल रहेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    खेलको ६० औं मिनेटमा ग्रीजम्यानको गोलबाट अग्रता लिएको बार्सिलोनाले त्यसको १२ मिनेट भित्रै थप तीन गोल गर्न सफल भयो । ६३ औं मिनेटमा फ्रेन्कीले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । ६८ औं मिनेटमा मेस्सीले पहिलो र टीमका लागि तेस्रो गोल गरे । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल थपे । ८६औं मिनेटमा ग्रीजमनले गरेको गोलले भने मान्यता पाएन । बार्सिलोनाले ३१ औं पटक कोपा डेल रेको उपाधी जित्न सफल भएको छ ।

  • आइपीएल : मुम्बईलाई लगातार दोस्रो जित

    आइपीएल : मुम्बईलाई लगातार दोस्रो जित

    मुम्बई । साविक विजेता मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित निकालेको छ । शनिबार राती सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बई अंक तालिकाको पहिलो स्थानमा समेत उक्लियो । रोएल च्यालेन्जर्स र मुम्बईको समान ४ अंक भएपनि मुम्बई रनरेटका आधारमा अगाडि रहेको छ । मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।

    हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन जोडे । हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले उत्कृष्ट बलिङ गर्दै ३, ३ विकेट लिए । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रनको मध्यम योगफल बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४०, काएरन पोलार्डले अविजित ३५ रन र कप्तान रोहित शर्माले ३२ रनको योगदान गरेका थिए ।

  • नेदरल्याण्ड्सविरुद्ध नेपालको रवाफिलो जित

    नेदरल्याण्ड्सविरुद्ध नेपालको रवाफिलो जित

    काठमाडौं । नेपालमा शनिबारबाट शुरु भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकालेको हो । आजको खेलमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ब्याटिङ गरेका छन् ।

    नेपालको साविकको समस्या ब्याटिङमा थियो । तर, प्रशिक्षक वाटमोरको पहिलो खेलमै नेपालले सो पक्षमा ठूलो सुधार गरेको संकेत देखाएको छ । आज टी२० अन्तराष्ट्रियमा डेब्यू गरेका कुशल र आसिफ ओपनिंगमा आएका थिए । दुबै ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । साथै पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी समेत गरेका छन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । कुशल र आसिफबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो । कुशलले ६२ रन बनाए । आरिफले ५४ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले १३ रन बनाए । यसअघि बलिंगमा नेपालका सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिएका थिए । सोमपाल कामीले ४ ओभरमा मात्र १३ रन दिएर १ विकेट लिए ।

  • आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

    आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

    काठमाडौं । आजबाट काठमाडौंमा तीन मुलुक सहभागी टि-ट्वान्टी क्रिकेट सिरिज शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी छन् । कोरोना महामारीपछि पहिलो पटक नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियागितामा सहभागी भएको छ ।

    दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । कोरोना सङक्रमणको जोखिमका बीच कम मात्र दर्शकले रंगशालामा प्रवेश पाउने छन् । स्वास्थ्य मन्त्रालयको आह्वान अनुसार भिडभाड कम गर्न लागिएको क्यानले जनाएको छ ।

    नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले टीमको नेतृत्व सम्हालेका छन् । प्रतियोगिताको प्रारम्भमै नेपालका लागि भने एक झड्का लागेको छ । पूर्वकप्तान तथा भरपर्दा ब्याट्सम्यान पारस खड्काले चोटका कारण यो सिरिज गुमाएका छन् ।

  • आइपीएल : पन्जावविरुद्ध चेन्नईको सहज जित

    आइपीएल : पन्जावविरुद्ध चेन्नईको सहज जित

    मुम्बई । जारी आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले पञ्जाब किंग्सविरुद्ध सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा महेन्द्र सिंह धोनीको टीम चेन्नईले पहिलो जित निकालेको हो । धोनीका लागि शुक्रबारको खेल ऐतिहासिक थियो । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सका लागि दुई सयौँ खेल पुरा गरेका छन् ।

    चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ मा ४ विकेट गुमाउद्यै फेला पारेको हो । चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४७ रनको योगदान गरे ।

    टस हारेर पहिले ब्याटिङ गरेको पञजावले २० ओभरमा ८ विकेट गुमाएर १०६ रनमात्र बनाउन सकेको थियो । पञ्जावका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । पञ्जाबलाई कम स्कोरमा रोक्न चेन्नईका दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिए ।

  • आइपीएल : राजस्थानले दिल्लीलाई हरायो

    आइपीएल : राजस्थानले दिल्लीलाई हरायो

    मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराउँदै पहिलो जित निकालेको छ । बिहीबार राती सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई तीन विकेटले हराएको हो । मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन जोड्यो । जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पुरा गरेको हो । राजस्थानका लागि सबैभन्दा डेभिड मिलरले ६२ रनको योगदान गरे ।

  • आइपीएल : हैदरावादले लगातार दोस्रो खेल हार्यो, बैंलौर विजयी

    आइपीएल : हैदरावादले लगातार दोस्रो खेल हार्यो, बैंलौर विजयी

    चेन्नई । जारी इन्डियन प्रिमियर लिगमा रोएल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो जित निकाल्दा हैदरावाद भने दोस्रो खेलमा समेत पराजित भएको छ । बुधबार चेन्नइमा सम्पन्न खेलमा बैंलौरले सनराइजर्स हैदरवादलाई ६ रनले हरायो । बैंलौरल दिएको १५० रनको लक्ष्य भेटाउने क्रममा हैदरावाद २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४३ रनमा समेटियो ।

    हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रनको योगदान गरे । मनिस पाण्डेको नाममा ३८, रसिद खानको नाममा १७ र जोनी बेयर्स्टोवको नाममा १२ रन रह्यो । टस हारेर पहिले ब्याटिङ गरेको बैंलौरले भने ग्लेन म्याक्सेवलको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन जोडेको थियो ।

  • आईपीएल: रोमान्चक खेलमा मुम्बईले कोलकातालाई हरायो

    आईपीएल: रोमान्चक खेलमा मुम्बईले कोलकातालाई हरायो

    चेन्नई । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई हराएको हो । चेन्नईमा मंगलबार राती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो । मुम्बइले दिएको एक सय ५३ रनको लक्षसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकताले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र एक सय ४२ रन जोड्न सक्यो ।

    मुम्बईलाई बलरले कसिलो बलिंग गरी जित निकालेका हुन् । पहिले ब्याटिंग गरेको मुम्बईका लागि सबैभन्दा धेरै सूर्यकुमार यादवले ५६ रन जोडेका थिए । कप्तान रोहित शर्माले ४३ रन बनाए ।

  • त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

    त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

    काठमाडौं । नेपालमा संचालन हुने त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेका छन् । नेपालमा वैशाख चार गतेबाट नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा संचालन हुनेछ । दुवै मुलुकको राष्ट्रिय टीम मङ्गलवार बिहान नेपाल आएको हो ।

    त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घको टोलीले उनीहरुलाई स्वागत गरेको हो । नेपाल आएका खेलाडीको पिसिआर परीक्षण गरिने छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मैदान छिर्न पाउनेछन् । त्यसअगाडी होटेलमा बस्नु पर्नेछ । शृङ्खला अन्तर्गत पहिलो खेल वैशाख चार गते नै हुनेछ । उक्त खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्नेछन् । कोरोना महामारीपछि पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।

  • आइपीएल : राजस्थान रोयल्सलाई पन्जावले हरायो

    आइपीएल : राजस्थान रोयल्सलाई पन्जावले हरायो

    मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जावले विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै पञ्जाब किंग्स विजयी भएको हो । रोयल्सका कप्तान सन्जु साम्सनले शतक प्रहार गरे पनि टीम भने पराजित भएको छ ।

    सामसनले ११९ रनको योगदान दिए । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले रोयल्सलाई २२२ रनको लक्ष्य दिएको थियो । राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो ।

    सन्जु सामसनले ६३ बल खेल्दै ११९ रन बनाए । उनी कप्तानी गरेको पहिलो खेलमै शतक प्रहार गर्ने आइपीएल इतिहासकै पहिलो खेलाडी समेत बनेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २२१ रन जोडेको थियो ।

    यो स्कोर जारी सिजनकै सर्वाधिक हो । कप्तान राहुलले ५० बलमा ९१ रन जोडे । दिपक हुडाले २८ बलमा ६४ रन बनाएपछि पंजावको ठूलो स्कोर बनेको हो । क्रिस गेलले २८ बलमा ४० रन जोडे ।

  • आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

    आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

    चेन्नाई । भारतमा जारी १४ औं संस्करणको आइपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई १० रनले हरायो । चेन्नाईको एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८७ रन जोडेको थियो । उसका लागि नितिश राना र राहुल त्रिपाठीको अर्धशतक बताए ।

    कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र जोड्न सक्यो हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे । तर, अन्य ब्याट्म्यान चल्न नसक्दा कोलकाताले खेल जित्यो ।

  • एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

    एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दुई बलियो टीम रियल म्याड्रिड र बार्सिलोनाबीचको भिडन्तमा रियलले बाजी मारेको छ । यो खेललाई एलक्लासिको भिडन्तका नामबाट चिनिन्छ ।

    वर्षमा कम्तिमा दुई पटक यी टीमबीच भिडन्त हुन्छ । रियल म्याड्रिडले गत राती सम्पन्न खेलमा बार्सिलोनालाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरे ।

    बार्सिलोनाका लागि ओस्कार मिंगुएजाले एक गोल गरेपनि त्यो बराबरीका लागि समेत पर्याप्त बनेन् । खेलको ९० औं मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो ।

    रियल म्याड्रिडका कासमिरोले खेलको ९०औ मिनेटमा दोहोरो पहँलो कार्ड खाँदै बाहिरिएका थिए । जितपछि रियल म्याड्रिडको ३० खेलमा ६६ अंक भएको छ। दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २९ खेलमा ६६ अंक रहेको छ । गोल अन्तरमा दोस्रो स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलमा ६५ अंक रहेको छ । उपाधी भिडन्तमा यी तीन टोलीले अब एउटा पनि खेल गुमाउने छूट पाउने छैनन् । ३० खेल खेलिसकेका टोलीले यो सिजनमा अझै ८ खेल खेल्न बाँकि रहेको छ ।

  • आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    मुम्बई । १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि रवाफिलो जित दर्ता गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली चम्किएको हो । शनिबार राती सम्पन्न खेलमा चेन्नईमाथि दिल्लीले ७ विकेटको जित निकाल्न सफल भयो ।

    पहिले ब्याटिंग गरेको चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको नाममा सर्वाधिक ८५ रनको योगदान रह्यो ।

    पृथ्वी शले ३८ बलमा ७२ रन जोडे । मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए । मोइन अलीको नाममा ३६ रन रह्यो ।

  • आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

    आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

    चेन्नई । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सिरिजको १४ औं संस्करण शुक्रबारबाट शुरु भएको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई रोयल च्यालेन्जर्स बैंलौरले रोमाञ्चक भिडन्तमा हराएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बैंलौरले दुई अंक समेत जोडेको छ ।

    चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन जोडेको थियो । १६० रनको लक्ष्य पाएको बैंलौरले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो । उसले अन्तिम बलमा लक्ष्य भेटाएको हो । बेङ्ग्लोरको जितका लागि एबी डेबिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे ।

  • आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै

    आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै

    चेन्नई । क्रिकेटको सबैभन्दा ठूलो लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं सिजन आजबाट शुरु हुँदैछ । तीन महिना चल्ने यो सिरिजमा संसारका उत्कृष्ट क्रिकेटर करोडौं मूल्य राशीको उपाधीका लागि भिड्नेछन् । आज पहिलो खेलमा मुंबई इंडियन्स र रोयल च्यालेन्जर बैंलौर भिड्दैछन् ।

    खेल भारतको चेन्नईमा हुने छ । भारतमा तिब्र गतिमा फैलिएको कोरोना महामारीका बीच शुरु हुन लागेको आइपीएललाई सुरक्षित बनाउने चूनौति भने आयोजकसँग रहेको छ । यसअघि प्रतियोगिता हुने वा नहुने अन्यौलका बीच अन्ततः प्रतियोगिता भने संचालन हुने भएको हो ।

    बीसीसीआईका अध्यक्ष सौरव गांगुलीका अनुसार आइपीएलका निर्धारित सबै खेल तोकिएको स्थान र समयमै आयोजना हुने भएका हुन् । यसअघि कोरोना भाइरसको महामारीका बीच आइपीएलको १३ औं सिजन दुबईमा खेलाईको थियो । यस समय मैदानमा दर्शक राखिएको थिएन । यो सिजन पनि सिमित मात्र शहरमा आइपीएलका खेल हुनेछन् ।

  • च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो

    च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो

    काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दुई बलियो प्रतिद्धन्द्धी पिएसजी र बायर्न म्युनिख बीचको खेलमा पिएसजीले बाजी मारेको छ । बुधबार रातिको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

    पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरेका छन् । बायर्नका लागि मोटिस र मुलरले एक\एक गोल गरेका थिए । तर, त्यो बराबरी वा जितका लागि पर्याप्त भएन । अब दोस्रो लेगमा पिएसजीको सेमीफाइनल प्रवेशको सम्भावना समेत बलियो भएको छ ।

  • नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो

    नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो

    काठमाडौं । नेपाल आर्मी क्लव एएफसी कप २०२१ को प्रारम्भिक छनोट पार गर्न सफल भएको छ । आज दशरथ रंगशालामा श्रीलंका पुलिस क्लवमाथि फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।

    एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीले श्रीलंकन टिमको पोष्टमा ५ गोल गर्न सफल भयो । पहिलो हाफमा २–१ ले अगाडी रहेको आर्मीले दोस्रो हाफमा ३ गोल थपेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई , सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरेका छन् ।


    जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्ने भएको छ । यो क्लवको कप्तान सुनिल क्षेत्री हुन् । उनी भारतीय राष्ट्रिय टीमका समेत कप्तान छन् ।


    दोस्रो राउण्डको विजेता दुई टिमबीच २१ अप्रिलमा प्लेअफ हुनेछ र त्यसमा पनि विजेता बनेमा एएफसी कप २०२१ को दक्षिण एसियाली समूहमा छनोट हुनेछ । त्यस समुहमा अहिले भारतको मोहन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन् ।

  • च्याम्पियन्स लिग : रियलले लिभरपुललाई सजिलै हरायो

    च्याम्पियन्स लिग : रियलले लिभरपुललाई सजिलै हरायो

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलका खेलहरु शुरु भएका छन् । मंगलबार राती सम्पन्न खेलमा रियल मड्रिडले बलियो प्रतिद्धन्द्धी लिभरपुललाई ३–१ गोल अन्तरले हरायो । क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले घरेलु मैदानमा आफ्नो रवाफिलो प्रदर्शन जारी राखेको छ । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरेका थिए ।

    लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काएपनि त्यो बराबरी वा जितका लागि पर्याप्त थिएन । पहिलो लेगमा फराकिलो अन्तरले जितेको रियलको सेमिफाइनल यात्रा सहज भएको छ । दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४ गोल भन्दा बढीको अन्तरमा हराए मात्र रियललाई रोक्ने सक्नेछ ।

  • लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना

    लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडमा बार्सिलोनाले पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको छ । कमजोर शुरुवात गरेको बार्सिलोनाका लागि यो सिजन निकै कठिन हुने आंकलन गरिएको थियो । तर, सन् २०२१ यता भने उसले उत्कृष्ट पुनरावलोकन गर्दै उपाधी होडमा फर्किएको हो ।

    सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २९ खेलबाट ६५ अंक भएको छ । ६६ अंकसहित एथ्लेटिको म्याड्रिड पहिलो स्थानमा छ । तेस्रो स्थानको रियल म्याड्रिड रहेको छ ।

    उसको ६३ अंक छ । अब हुने यी तीन टोलीको एक अर्का बीचको खेलले उपाधीको टुंगो लगाउने छ । सोमबार राती बार्सिलोनाको जितका लागि ओस्मान डेम्बेलेले ९०औँ मिनेटमा निर्णायक गोल गरे ।

  • चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो

    चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो

    काठमाडौं\एजेन्सी । प्रिमियर लिगको जारी सिजन अन्तर्गत शनिबारका खेलमा शीर्ष र बलिया टोलीले लज्जास्पद हार बेहोर्न पुगेका छन् । चेल्सीको पोष्टमा वेस्ट ब्रोमले ५ गोल छिराएको छ । आर्सनललाई लिभरपुलले ३ गोल हानेको छ । आर्सनलको घरेलु मैदानमा लिभरपुलले ३–० गोल अन्तरको जित निकालेको छ ।

    खेलमा ६४ औँ मिनेटमा पहिलो गोल भएको हो । डिएगो जोटाले टोलीलाई अग्रता दिए । मोहमद शलाहले ६८ औं मिनेटमा दोस्रो गोल गरे । जोटाले नै ८२ औँ मिनेटमा अर्को गोल थप्दै लिभरपुललाई फराकिलो अन्तरको जित निकाले ।

    शनिबार नै भएको अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग घरेलु मैदानमै स्तब्ध बन्यो । उसलाई वेस्ट ब्रोमले २–५ गोल अन्तरले हरायो । खेलको २७ औँ मिनेटमा क्रिस्टिन पुलिसिचको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।

    २९ औं मिनेटमा चेल्सी १० खेलाडीमा खुम्चियो । दोस्रो पहेँलो कार्ड खाएका थियागो सिल्भा मैदानबाट बाहिरिए । त्यसको फाइदा वेस्ट ब्रोमले उठायो । माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरे ।

    क्यालम रोबिनसनले ६३ औँ मिनेटमा गोल गरे । मबाय डियाग्नेले खेलको ६८ औँ मिनेटमा गोल गरे । मेसन माउन्टले ७१ औँ मिनेटमा चेल्सीका लागि दोस्रो गोल गरे । रोबिनसनले इन्जुरी समयमा गोल गरी चेल्सीलाई लज्जास्पद हार चखाए ।

  • कस्तो छ लोकप्रिय क्रिकेटर तेन्दुलकरको स्वास्थ्य ?

    कस्तो छ लोकप्रिय क्रिकेटर तेन्दुलकरको स्वास्थ्य ?

    नयाँ दिल्ली । लोकप्रिय क्रिकेटर सचिन तेन्दुलकर कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन् । पाँच दिनसम्म घरमै आइसोलेसनमा बसेका उनलाई त्यसपछि समस्या बढ्दै गएसँगै अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् ।

    उनको स्वास्थ्यमा समस्या बढेसँगै थप उपचारका लागि अस्पताल भर्ना हुन चिकित्सकले सुझाव दिएका थिए । तेन्दुलकरबाहेक परिवारका अन्य सदस्यमा भने कोरोना देखिएको छैन ।

    अस्पताल भर्ना भएपछि शुक्रबार तेन्दुलकरले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गरेका सबैलाई आभार व्यक्त गरेका छन् ।

    उनले चिकित्सकको सुझाव अनुसार आफू अस्पताल भर्ना भएको र चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेका छन् । भारतका विश्वविजेता क्रिकेटर तेन्दुलकरको नाममा सबै फम्र्याटका अधिकांश विश्वरेकर्ड रहेका छन् । उनलाई भारतीयहरु क्रिकेटका भगवान मान्छन् ।

  • थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधी जित्ने फुटबलरले जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । टोलीका प्रत्येक सदस्यले एन्फाबाट एक\एक लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

    थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलर समेत टोलीका सदस्यलाई नै वितरण गरिने भएकोछ । सोमबार नेपालले बङ्गलादेशलाई २–१ ले हराउँदै यो उपाधि जितेको हो ।

    उपाधिसँगै नेपालले ट्रफी र पाँच हजार अमेरिकी डलर पाएको हो । टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने भएको हो । त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिने एन्फाको भनाई छ ।

  • कप्तान विराज महर्जनले लिए सन्यास

    कप्तान विराज महर्जनले लिए सन्यास

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आज दशरथ रंगशालामा बंगालदेशविरुद्धको थ्री नेसन्स कप फुटबलको फाइनलमा खेलेका उनको यो खेल देशका लागि अन्तिम थियो । उनले यसअघि नै यो घोषणा गरेका थिए । सोहीकारण आज प्रशिक्षक बालगोपाल महर्जनले विराजलाई ८९ औं मिनेटमा मैदान छिराएका थिए । उनले कुल ७ मिनेट मैदानमा बिताए ।

    यद्दपी उनको विदाईको क्षण भने सुखद रह्यो । किनकी यो खेल नेपालले जितेको छ । ३१ वर्षीय डिफेन्डर पछिल्लो समय टीममा पर्न भने छाडेका थिए । उनको बिदाईका बेला आज खेलाडीले विराजलाई काँधमा बोकेर मैदान परिक्रममा परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर उनको सम्मान गरे ।


    उनी २१ महिनापछि राष्ट्रिय टिममा परेका हुन् । उनले सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपालका लागि डेब्यू गरेका हुन् । यसबीचमा उनले ७३ पटक मैदानमा उत्रने मौका पाए । उनले कुल १८ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबलको उपाधि उचालेको छ ।