Category: खेलकुद

  • चेल्सीले जित्यो युरोपियन च्याम्पियन्स लिग उपाधी

    चेल्सीले जित्यो युरोपियन च्याम्पियन्स लिग उपाधी

    पोर्टो । इंग्लिस क्लब चेल्सी यो सिजनको युरोपियन च्याम्पियन्स लिग विजेता बनेको छ । शनिबार राती पोर्चुगलको पोर्टोमा भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि १-० गोल अन्तरको जित निकाल्दै चेल्सी विजेता बनेको हो । चेल्सीले खेलको ४२ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    चेल्सीका लागि काइ हभार्ट्जले गोल गरे। सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको चेल्सीको यो दोस्रो उपाधी हो । यो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगे पनि इतिहास रच्नबाट चुक्यो ।

  • बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

    बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

    बगदाद । फिता वरियतामा आफुभन्दा १०३ स्थान माथि रहेको इराकलाई नेपालले दुई गोल फर्काएको छ । ६–२ ले पराजित भएको नेपालले आफ्नो परम्परागत समस्या गोल गर्न नसक्नेलाई भने सुधार गरेको छ । नेपाल र इराकबीच शनिबार राती मैत्रीपूर्ण खेल भएको हो । दुबै टीम विश्वकप छनोटको तयारीमा छन् ।

    इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनायो । दोस्रो हाफमा भने नेपाली टीम अझ कमजोर देखियो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिमको डेब्यु खेलमै गोल गरि मन जिते । मनिस र डिफेण्डर गौतम श्रेष्ठलाई डेब्यु गराइएको छ ।

    कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो । उनले नेपालले आगामी दिनमा अझै राम्रो गर्दै जाने बताए । खेलको सातौं मिनेटमै इराकले अग्रता लिएको थियो । नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो ।

    नेपालका अन्जन विष्टको प्रहार बचाउँदा इराकका अहमेद इब्राहिम खलाफसँग छोएको बल नेपालको पोष्टा छिरेको थियो । ३९औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा इराककले गोल गर्यो । ६७ औं र ७५औं मिनेटमा समेत गोल थप्दै इराक ६–२ को विजयी भयो । नेपाल यसै साता कुवेतमा चल्ने विश्वकप छनोटका खेल खेल्न त्यसतर्फ लाग्नेछ ।

  • वरियतामा १ सय ३ स्थान माथि रहेको बलियो टोली इराकसँग नेपाल भिड्दै

    वरियतामा १ सय ३ स्थान माथि रहेको बलियो टोली इराकसँग नेपाल भिड्दै

    काठमाडौं । आज नेपाल र इराकबीच मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा खेल शुरु हुने तालीका रहेको छ । इराकको किंग सलमान स्र्पोट्स सिटी स्टेडियम नेपालले फिफा वरियतामा आफुभन्दा १ सय ३ स्थान माथिको बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो । नेपाल फिफा वरियतामा १७१ औं स्थानमा छ । इराक ६८ औं स्थानमा रहेको छ ।

    यो खेल फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल सुरू हुने पूर्वसन्ध्यामा हुँदैछ । सोहीकारण नेपालको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

    इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो खेलमा नतिजा भन्दा प्रदर्शनमा टीमको ध्यान रहने बताएका छन् । इराक समेत विश्वकप छनोटको तयारीका सिलसिलामा नेपालसँग मैत्रीपूर्ण खेलमा उत्रन लागेको हो । इराकको खेलपछि नेपाली टिम स्थलमार्गबाट विश्वकप छनोट खेल्न कुवेत जाने कार्यक्रम छ ।


    यस्तो छ नेपाली टीम
    गोलकिपर
    : किरणकुमार लिम्बु (कप्तान) दीप कार्की, विशाल सुनार
    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
    मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
    फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

  • यूरोपा लिगको फाइनलमा २१ पेनाल्टी, भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हरायो

    यूरोपा लिगको फाइनलमा २१ पेनाल्टी, भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हरायो

    पोल्याण्ड । फुटबलको रोमाञ्चकताको उत्कृष्ट रुप हो पेनाल्टी सुटआउट । सामान्यतया दुबै टोलीबाट ५\५ पेनाल्टी प्रहार गरिसक्दा नतिजा आइसक्छ र विजेता घोषणा हुन्छ । तर, बुधबार राती युरोपा लिग फुटबलको फाइनल खेल हेर्ने दर्शक भने यो भन्दा उच्च प्रकारको रोमाञ्चकता देख्ने भाग्यशाली दर्शक बने । लिगको उपाधि भिल्लारियलले जितेको छ ।

    रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गरे र खेल बराबरीमा आयो ।

    निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल थप हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो १०\१० वटा पेनाल्टीसम्म दुवै टोलीले बराबरी भए । ११ औं पेनाल्टी म्यानचेस्टर युनाइडेटले खेर फाल्यो । भिल्लारियलका रुल्लीले हिरो हुने मौका गुमाएनन् र टोलीलाई उपाधी जिताए । खेल पोल्याण्डमा भएको थियो । यहाँ १० हजार दर्शकलाई मैदानमै प्रवेश अनुमति थियो ।

  • इराक पुग्यो नेपाली फुटबल टीम

    इराक पुग्यो नेपाली फुटबल टीम

    काठमाडौं । विश्वकप छनोटका तीन महत्वपूर्ण खेल अगाडी मैत्रीपूर्ण खेलका सिलसिलामा नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ । कतार एयरवेजको चार्टर्ड जहाजमार्फत नेपाली टीम इराक पुगेको हो । नेपाल २० वर्षपछि इराकी भूमिका प्रतिस्पर्धामा उत्रिँदैछ । यसअघि नेपाली राष्ट्रिय टोलीले सन् २००७ मा इराकसँग मैत्रिपूर्ण खेल खेलेको थियो ।

    नेपालको विश्वकप छनोटका खेलहरु भने आगामी साताबाट शुरु हुँदैछन् । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल यो भ्रमणमा हुनेछन् । इराकसँगको खेल भने शनिबार हुनेछ । नेपाली टिमलाई पहिलो पटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सम्हाल्दैछन् । उनले नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका छन् ।

    इराक एसियाली फुटबलकै शक्तिशाली टीममध्ये एक हो । यो खेल नेपालको विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि रहेको छ । इराक विश्व वरीयतामा ६८औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ।

  • महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

    महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

    काठमाडौं । एक मैत्रीपूर्ण खेल र त्यसपछि लगातार तीन वटा विश्व कप छनोटका खेलमा भाग लिन आज नेपाली राष्ट्रिय फुटबल टोली इराकतर्फ प्रस्थान गर्दैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

    इराकबाटै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत प्रस्थान गर्नेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको पहिलो पटक टीम सम्हाल्दैछन् ।

  • चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

    चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

    काठमाडौं\ एजेन्सी । चीनमा अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिइरहेका २१ जना धावकको एकै पटक मृत्यु भएको छ । बीबीसीका अनुसार चीनको पश्चिमी भेगमा पर्ने एक पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिएका कम्तिमा २१ धावकको ज्यान गएको हो ।
    सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको थियो।

    सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तीमध्ये केही धावक हराएपछि प्रतियोगिता रोकिएको थियो।

    खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शव फेला पारेको बीबीसीले लेखेको छ । अलपत्र परेका धेरै धावक जाडोमा कठ्याङ्ग्रिएर ज्यान गुमाएको बताइएको छ ।

    राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । उद्धारमा १,२०० जनाभन्दा बढी मानिस परिचालित भएका छन् । सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेका छन् । मौसम बिग्रिएपछि धेरै धावकले बाटो बिराएको बताइएको छ।

  • एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

    एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

    म्याड्रिड — एट्लेटिको म्याड्रिडले यस वर्षको स्पानिस लिगको उपाधी जितेको छ । बार्सिलोनाले आफ्नो प्राथमिकतामा नराख्ने घोषणा गरेपछि म्याड्रिड पुगेका लुइस स्वारेज वर्षभर नै यो टीमका लागि भाग्यमानी सावित भए । शनिबार राती सम्पन्न निर्णायक खेलमा समेत उनकै गोलको सहायतामा एट्लेटि च्याम्पियन बन्न सफल भएको हो । शनिबार टोलीले रियल भालाडोलिडलाई हरायो ।

    हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ । एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै एट्लेटिकोले भालाडोलिडलाई २–१ ले हराएको हो । सिजन निकै प्रतिस्पर्धात्मक रह्यो । सोहीकारण अन्तिम खेलबाट स्पेनिस लिगको उपाधि जित्ने टीमको छिनोफानो भएको हो ।

    ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लियो । एन्जल कोरिआलेले एट्लेटिकोलाई ५७ औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल निर्णायक सावित बन्यो । रियल म्याड्रिड समेत भिल्लारियललाई जित्दै उपाधी दावेदार थियो ।

    एट्लेटिको बराबरीमा मात्र रोकिएको भए रियले उपाधी जित्ने निश्चित थियो । ३८ खेल सकिँदा सम्म एट्लेटिकोको ८६ र रियलको ८४ र तेस्रो स्थानमा बार्सिलोनाको ७९ अंक रहयो । एट्लेटिकाले सन् २०१४ पछि पहिलो पटक लिगको उपाधि उचाल्न सकेको हो ।

  • नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराक जाँदै, महत्वपूर्ण चार खेलको तयारी

    नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराक जाँदै, महत्वपूर्ण चार खेलको तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय फुबटल टोलीका लागि जेठ महिना महत्वपूर्ण छ । किनकी यो खेलबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति प्रमाणित गर्न सक्ने छ । नेपालले यो महिना कुल चार वटा प्रतिस्पर्धा गर्दैछ, सबै खेल बलियो टोलीविरुद्ध हुने छ । यसमध्ये एक खेल मैत्रीपूर्ण हो भने अन्य तीन खेल भने विश्वकप २०२२ को छनोट चरणका खेल हुन् ।

    इराकसँगको मैत्रिपूर्ण खेलका लागि टोली आगामी मंगलबार चार्टर्ड उडानबाट इराक जाने तय भएको छ । यसका लागि कतार एयरवेजको जहाज चार्टर्ड गर्ने तयारी छ । इराकमा एक खेल खेल्ने नेपाल उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न कुवेत जाने छ ।

    तालिका अनुसार यी खेल नेपालमा हुनुपर्ने थियो । तर, महामारीका कारण नेपालमा खेल गर्न नसकिने भन्दै भेन्यु तटस्थ स्थानमा सारिएको हो । यस पटक नेपालको प्रशिक्षक अबदुल्लाह अलमुताइरी छन् । उनी पहिलो पटक नेपालको टीम सम्हाल्दैछन् ।

    तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेका छन् । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ ।

  • कोरोनाविरुद्ध लड्न क्रिकेटर लामिछानेले कोष खडा गर्ने, आफुले दिए ३ लाख

    कोरोनाविरुद्ध लड्न क्रिकेटर लामिछानेले कोष खडा गर्ने, आफुले दिए ३ लाख

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको लडाईका लागि कोष खडा गर्ने भएका छन् । आफ्नोतर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्दै उनले कोष स्थापना गरेको जानकारी गराएका हुन् । सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गरेका हुन । यसमा सहयोगको आह्वान समेत उनले गरेका छन् ।

    सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता सार्वजनिक गरेका छन् । सन्दीपको अभियानमा जोडिन नेपाल सेन्चुरी कमर्सियल बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने भएको छ । खाता नम्बर ‘०१७००००३५३ सी ए’ मा रकम जम्मा गरि कोषमा योगदान गर्न सकिने उनले जनाएका छन् । नेपालमा मानवीय संकटको बेला सेलिब्रेटीहरु खुलेर नलागेको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा सन्दीपको यो प्रयास प्रशंसनीय रहेको छ ।

  • घरेलु मैदानमा हार्यो बार्सिलोना, उपाधी होड समाप्त

    घरेलु मैदानमा हार्यो बार्सिलोना, उपाधी होड समाप्त

    काठमाडौं । अब एक खेल बाँकि रहेको अवस्थामा स्पेनिस लालिगा उपाधीको होडबाट बार्सिलोना बाहिरिएको छ । आइतबार राती घरेलु मैदानमा सेल्टाभिगोसँग नमिठो हार बेहोरेको बार्सिलोना अब उपाधीबाटै बाहिरिएको हो । खेल गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोना हारेको हो । त्यसो त यो सिजन उसका लागि शुरुवातबाटै सफल हुन सकेन् ।

    तर, अधिकांश खेलाडी लामो समय चोटग्रस्त बनेपछि बार्सिलोनाले सिजन भर दोस्रो रोजाईका खेलाडीको भर पर्नु पर्यो । त्यसले कप्तान लियोनल मेसीमाथि अधिक भार परेको थियो । यद्दपी उनी यो सिजन पनि सर्वाधिक गोलकर्ता भने बनेका छन् ।

    गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २-१ को पुनरागमन जित हात पारेको हो । सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २८ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।

    ८३औं मिनेटमा क्लेमेन्ट लेङलेट दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिँदा बार्सिलोना दश खेलाडीमा समेटिएको थियो । आइतबार रातीका खेलमा एट्लेटिको मड्रिड र रियल मड्रिड भने विजयी भए । अब लिगमा एक खेल खेल्न बाँकी छँदा बार्सिलोना ७६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८३ र दोस्रो स्थानको रियल मड्रिडको ८१ अंक रहेको छ । सम्भवतः यो सिजनको उपाधी एट्लेटिकोले उठाउने देखिएको छ ।

  • लेष्टर सिटीले जित्यो एफएकप उपाधी

    लेष्टर सिटीले जित्यो एफएकप उपाधी

    लण्डन । एफए कप फुटबलको उपाधि लेष्टर सिटीले हात पारेको छ । शनिबार राति सम्पन्न फाइनलमा चेल्सीमाथि १, ० गोल अन्तरको जित निकालेको सिटी च्याम्पियन बनेको हो । लेष्टरले इतिहासमै पहिलो पटक एफएकपको उपाधी जित्यो । क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले यो उपाधी जितेको हो । लेष्टर चार पटकको उपबिजेता भने हो ।

    लेष्टरका लागि युरी टियलमेन्सले ६३औँ मिनेटमा गोल गरे । त्यसपछि कुनै पनि पक्षबाट गोल नभएपछि क्लवले एतिहासिक जित निकाल्न सफल भयो । चेल्सी भने यो सिजनको च्याम्पियन्स लिग फाइनल पुगेको छ । उसको हातबाट इंिलस प्रिमियर लिग भने म्यान्चेस्टर सिटीले खोसिसकेको छ ।

  • सन् २०१४ पछि लालिगा उपाधी जित्ने दाउमा एट्लेटिको मड्रिड

    सन् २०१४ पछि लालिगा उपाधी जित्ने दाउमा एट्लेटिको मड्रिड

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडलाई एट्लेटिको मड्रिडले अझ बलियो बनाएको छ । खेलमा अझै दुई खेल बाँकि रहेको अवस्थामा उसले दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा अंक दूरी चार बनाएको छ । गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । अब एट्लेटिकोको ८० अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७६ अंक रहेको छ । एट्लेटिको सन् २०१४ यता उपाधि नजिक पुगेको हो । रियल मड्रिक भने ७५ अंकसहित तेस्रो स्थानमा छ ।

  • म्यान सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

    म्यान सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

    लण्डन । म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ । सिटीले तीन खेल अगाडी नै उपाधी पक्का गरेको हो । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भयो । यो सँगै अब सिटीको अग्रता १० अंकको बनेको छ । सिटीले आगामी तीन खेल अगाडी नै उपाधी कब्जा गरेको हो ।

    आगामी खेलमा युनाइटेड सबै खेलमा विजयी हुने र सिटी सबै खेलमा पराजित भएपनि सिटीको अंक बढी हुनेछ । म्यानचेस्टर युनाईटेडलाई लेस्टर सिटीले २-१ गोलले हराएको हो । युनाईटेडको ७० अंक छ । तेस्रो स्थानको लेस्टरको ६६ अंक छ । सिटीसँग ३ खेल अगाडी नै ८० अंक छ । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि उचाल्न सफल भएको छ । सिटी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा समेत भिड्दैछ । आगामी मे २९ मा प्रिमियर लिगको अर्को क्लब चेल्सीसँग उपाधि भिडन्त हुँदैछ ।

  • लालिगा : रियल मड्रिडले शीर्ष स्थान जाने मौका गुमायो

    लालिगा : रियल मड्रिडले शीर्ष स्थान जाने मौका गुमायो

    काठमाडौं । सेभियासँग २–२ गोलको बराबरी खेलेसँगै स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्ष स्थान कब्जा गर्ने मौका गुमाएको छ । बराबरीले सेभियाको उपाधी यात्रामा समेत धक्का लागेको छ । यो नतिजापछि शीर्ष स्थानको एटलेटिको मड्रिड भने खुसी हुने छ । अब सिजनमा सबै टीमले तीन खेल खेल्न बाँकि रहेको छ । त्यसमध्ये एक खेलसमेत गुमाएमा त्यो टोलीको हातबाट उपाधी उम्कने छ ।

    आइतबार राती भएको खेलमा इन्जूरी समयमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि रियल बराबरी गर्न सफल भएको हो । फर्नान्डो रेगेजले २२ औं मिनेटमा गरेको गोलमार्फत सेभियाले अग्रता लियो । मार्को एसेन्सियोले ६७ औं मिनेटमा बराबरी गोल गरे ।

    ७८ औं मिनेटमा इभान राकिटिचले पेनाल्टीमा गोल गरे । सेभिया अगाडी रहेको समयमा आत्मघाती गोल उसका लागि ब्याडलक बन्यो । यो खेलपछि एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । रियल र बार्सिलोनाको समान ७५ अंक । समान खेलबाट सेभियाको ७१ अंक छ ।

  • बार्सिलोना र एट्लेटिको मड्रिड बराबरी खेले, उपाधी भिडन्त झनै रोमाञ्चक

    बार्सिलोना र एट्लेटिको मड्रिड बराबरी खेले, उपाधी भिडन्त झनै रोमाञ्चक

    काठमाडौं । स्पेनिस ला लिगामा उपाधी भिडन्त रोमाञ्चक मोडमा पुगेको छ । खेल अगाडी तेस्रो स्थानमा रहेको बार्सिलोना र शीर्ष स्थानको एट्लेटिको मड्रिडले बराबरी खेले । यो खेल जितेको भए बार्सिलोनालाई उपाधी यात्रा सहज हुने थियो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक भएको छ ।

    बार्सिलोना दोस्रो स्थानमा उक्लियो । उसको अब ७५ अंक बनेको छ । एक खेल कम खेलेको रियल मड्रिडसँग ७४ अंक भएको छ । दुई टिमले बराबरी खेल्दा फाइदा रियल मड्रिडलाई भएको हो । अब रियलले चार र अन्य टोलीले तीन तीन खेल खेल्नुपर्नेछ । हरेक खेल उपाधी होडमा रहेका टोलीलाई फाइनल सरह हुनेछन् ।

  • चेल्सी च्याम्पियन्स लिगको फाइनलमा, म्यान सिटीसँग उपाधी भिडन्त

    चेल्सी च्याम्पियन्स लिगको फाइनलमा, म्यान सिटीसँग उपाधी भिडन्त

    काठमाडौं । इंलिस क्लव चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । स्पेनिस क्लव रियल मड्रिडलाई गत राती २-० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको हो । अब उसले उपाधी भिडन्तमा अर्को इंलिस क्लव म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

    चेल्सीका लागि टिमो वार्नर र मिसन माउण्टले एक\एक गोल गरे । यो पटक फाइनल खेल टर्कीको इस्तानबुलमा हुँदैछ । चेल्सी तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । सिटीले भने मंगलवार पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै फाइनल पुगेको हो ।

  • म्यानसिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्यो

    म्यानसिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्यो

    काठमाडौं । म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)माथि देस्रो लेगमा २–० र समग्रमा ४–१ गोल अन्तरका साथ फाइनल पुगेको हो । सिटीका लागि दुबै गोल रियाद महरेजको नाममा रह्यो । सिटी पहिलो लेगमा २–१ ले विजयी भएको थियो । खेलको अन्तिम समयमा डि मारियाले रातो कार्ड पाए । अर्कोे सेमिफाइनल खेलमा आज चेल्सी र रियल मड्रिड भिड्रदैछन् । फाइनल खेल मे २९ मा हँुदैछ ।

  • आइपीएल अनिश्चितकालका लागि स्थगित

    आइपीएल अनिश्चितकालका लागि स्थगित

    मुम्बई । भारतमा जारी विश्वकै ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको छ । खेलाडीहरूमा कोभिड १९ को संक्रमण तिब्र रुपमा बढेसँगै आईपीएल स्थगित भएको हो । मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

    सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि रद्द भएको थियो । आईपीएलको आपतकालिन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय गरेको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न नचाहने मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

  • अन्तर्राष्ट्रिय टी-२० विश्व वरियतामा नेपालको फड्को

    अन्तर्राष्ट्रिय टी-२० विश्व वरियतामा नेपालको फड्को

    काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको विश्व वरीयतामा फड्को मारेको छ । हालै नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर रेकर्ड बनाएको नेपाल एशोसिएट मुलुकमध्ये सबैभन्दा माथिल्लो स्थानमा रहने सफल भएको छ ।

    आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको हो । यसअघि स्कटल्याण्ड १३ औं स्थानमा थियो ।

    स्कटल्याण्ड अब १४ औं स्थानमा पुगेके छ । अब नेपालभन्दा माथि टेष्ट मान्यता प्राप्त राष्ट्र मात्र रहेका छन् । आयरल्याण्ड १२ औं स्थानमा रहेको छ । ११ औं स्थानमा जिम्बावे रहेको छ । नयाँ वरीयता अनुसार बमोजिम नेपालको रेटिंग्स १८७ पुगेको छ । आयरल्याण्डको रेटिंग्स १८८ छ । जिम्बावेको रेटिंग्स १९१ रहेको छ ।
    आईसीसीको नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्षस्थानमा छ ।

    उता,नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थान सुधार भएको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा १६ औं स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय एकदिबसीयमा नेदरल्याण्ड्स ११ औं स्थानमा छ ।

    नेपालभन्दामाथि आयरल्याण्ड, जिम्बाबवे, ओमान, स्कटल्याण्ड छन् । नेपालले एकदिबसीय क्रिकेटमा यूएईलाई उछिन्न सफल भएको छ । आईसीसीको नयाँ वरीयतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा छ ।

  • बार्सिलोनाको उपाधी यात्रा कायमै, मेसी चम्किदा जित

    बार्सिलोनाको उपाधी यात्रा कायमै, मेसी चम्किदा जित

    काठमाडौं । स्पेनिस लालिगा रोचक मोडमा पुगेको छ । शीर्ष चार स्थानका सबै टोलीको उपाधीको सम्भावना कायम रहेको अवस्थामा यो साता माथिल्लो स्तरमा रहेका सबै टोलीले जित निकाले । आइतबार राती भएको खेलमा कप्तान लियोनल मेस्सी पुनः चम्किदाँ बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भ्यालेन्सियामाथि ३\ २ गोल अन्तरको जित निकाल्यो । भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

    बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक\एक गोल गरे । जितपछि बार्सिलोनाले ३४ खेलमा ७४ अंक भएको छ । बार्सिलोना तेस्रो स्थानमा छ । समान अंकसहित रियल म्याड्रिड दोस्रो स्थानमा छ । उसको गोल अन्तर बढी छ ।

  • आइपीएल : मुम्बईले चेन्नईलाई हरायो

    आइपीएल : मुम्बईले चेन्नईलाई हरायो

    मुम्बई । जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४ विकेटको जित निकालेको छ । चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै भेटायो । मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा नटआउट ८७ रन बनाए ।

    क्वेंटन डिककले ३८ रन बनाए । कप्तान रोहित शर्माले ३५ रनको योगदान गरे । चेन्नईका बलर साम कुरानले ३ विकेट लिए । श्रदुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रन बनाएको हो ।

    चेन्नईका लागि अम्बाती रायाडूले सर्बाधिक अविजित २७ बलमा ७२ रन जोडे । मोइन अलीले ३६ बलमा ५८ रन बनाए । फाफ डुप्लेसिसले २८ बलमा ५० रन बनाए । जितपछि मुम्बई इण्डियन्सले आफ्नो ७ खेलमा चौथो जित निकाल्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । चेन्नई ७ खेलबाट ५ जित दुई हारसहित शिर्ष स्थानमा कायम छ ।

  • नेपालले आगामी महिना शक्तिशाली टोली इराकसँग फुटबल खेल्ने

    नेपालले आगामी महिना शक्तिशाली टोली इराकसँग फुटबल खेल्ने

    काठमाडौं । नेपालले आगामी महिना इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसको पुष्टी गरेको छ । इराक शक्तिशाली मुलुक हो । उसले एसियन कपको उपाधि जितिसकेको छ । नेपाल र इराकबीच मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भएको एन्फाले जनाएको छ । खेल मे २९ मा बास्रा इन्टरनेशनल स्टेडियममा नेपाल र इराक खेल्ने भएका हुन् ।

    नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएसँगै नेपालले पहिलो खेल खेल्न लागेको हो । नेपाल र इराक विश्वकप र एसिया कप छनोटका प्रतियोगिताहरुमा भिडिरहेका छन् । यी खेलले दुबै टोलीको मनाबल उकास्न सहयोग गर्नेछ । फिफा बरियतामा इराक ६८औं स्थानमा छ । नेपाल १७१औं स्थानमा रहेको छ ।

  • लयमा फर्किए ग्रिजम्यान, बार्सिलोनाको जित

    लयमा फर्किए ग्रिजम्यान, बार्सिलोनाको जित

    काठमाडौं\एजेन्सी । भिल्ला रियलमाथि पुनरागमन जित दर्ता गर्दै स्पेनिस लालिगामा बार्सिलोना उपाधी दावेदारी कायम राखेको छ । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले गत राती भिल्ला रियललाई २–१ गोल अन्तरले हरायो । बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरेका थिए । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको हो । त्यसको दुई मिनेटमै बार्सिलोना ग्रिजम्यानको गोलबाट खेलमा फर्कियो ।

    खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरे । सोही गोल निर्णायक बन्न पुग्यो । किनकी त्यसपछि दुबै पक्षले गोल गर्न सकेनन् । जितपछि बार्सिलोना अंक तालीकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ । दुवै टिमसँग ७१ अंक रहेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग ७३ अंक रहेको छ ।

  • नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी

    नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी

    काठमाडौं । नेपालले थ्रि नेसन्स क्रिकेट सिरिजको उपाधी उचालेको छ । नेदरल्याण्ड्स विरुद्ध आज भएको फाइनलमा नेपालले कीर्तिमानी जितसँगै उपाधीमाथि कब्जा जमाएको हो । घरेलु मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित निकाल्न सफल भयो । आज फाइनलमा नेपालको ब्याटिङ र बलिङ दुवैमा खेलाडी जम्न सफल भए ।

    नेपालले नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्यो । कुशल भुर्तेलले सिरिजमा चौथो अर्धशतक बनाउने क्रममा आज पनि उत्कृष्ट पारी खेले । कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी समेत आज चलेका छन् ।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २३८ रन जोड्यो । यो नेपालले अहिलेसम्म बनाएको सबैभन्दा ठूलो स्कोर हो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९६ रन जोड्न सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी २० अन्तराष्ट्रियमा नेपालको कीर्तिमान हो ।

    साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो पटक उपाधि समेत जित्न सफल भयो । सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि जितेयता नेपाल घरेलु मैदानमा उपाधीबिहिन थियो । कुशल भुर्तेल म्यान अफ दी सिरिज घोषित भए ।

  • थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । तीन मुलुक सहभागी भएको थ्रि नेसन्स क्रिकेट सिरिजको आज फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्स उपाधी भिडन्त गर्दैछन् । पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । दोस्रो भेटमा डच टोलीले जितेको थियो । जारी सिरिजमा तेस्रो पटक भिड्न लागेका यी दुई टीम बीच आज भने उपाधीकै छिनोफानो हुने छ । सिरिजमा मलेसिया पनि रहेको थियो ।

    पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोक्दै नेपालले ९ विकेटको फराकिलो जित निकालेको थियो । यो सिरिजमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख चम्किएका छन् । यसबाहेक सबैजसो ब्याट्सम्यानले संतोषजनक प्रदर्शन गरिरहेका छन् । यसअघि नेपाली खेलाडीले रनमा चुक्दै आएका थिए । तर, यो सिरिजमा नेपालले दुई पटक २ सय रनको आंकडा पार परिसकेको छ ।

  • मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित

    मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित

    काठमाडौं । स्पेनिस ला लिगामा लियोनल मेसी चम्किएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ५-२ गोल अन्तरको सानदार जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि फराकिलो अन्तरको जित निकाल्दा मेसीले दुई गोल र एक अशिष्ट गरे ।

    एक गोल पेनाल्टीमा हान्ने अवसर पाएर ह्याट्रिक गर्ने मौका भए पनि उनले त्यो पेनाल्टी भने एन्टोनी ग्रीजम्यानलाई हान्न दिए । यो कामको सामाजिक संजालमा खुलेर प्रशंसा भइरहेको छ । रोनाल्ड अरुजोले एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । उसका लागि एक गोल भने बार्सिलोनाले आत्मघाती गरेको थियो ।

  • राजस्थानमाथि बैंलौरको १० विकेटको जित

    राजस्थानमाथि बैंलौरको १० विकेटको जित

    मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे ।

    बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्दतमा अविजित १०२ रन जोडे । यो उनको पहिलो आईपीएल शतक हो । कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ७२ रन बनाए ।

    मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १७७ जोडेको थियो । बलर नचल्दा राजस्थान हार्न पुग्यो । लगातार चौथो जित हात पारेको बैंलौर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

  • त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

    त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो।

    नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो ।

    मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।

    नेपालका लागि साेमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। साेमपालले ४ ओभरमा २० रन दिए भने सन्दीपले ४२ रन दिए।

    यता कमल सिंह ऐरीले २ विकेट लिए। उनले ३ ओभरमा १६ रन दिए। सुशन भारीले ३ ओभरमा ३५ रन दिएर एक विकेट लिए।

    नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

    नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।

    यो जितसँगै चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

  • आइपीएल : चेन्नईले कोलकातालाई हरायो

    आइपीएल : चेन्नईले कोलकातालाई हरायो

    मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई रोमांचक खेलमा पराजित गरेको छ । चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुनुअघि २ सय २ रन जोड्यो । रनको वर्षा भएको यो खेलमा कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाउँदै अन्तिम बलसम्म प्रयास गरेका थिए ।

    आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाउँदा कोलकाता जित नजिक पुगेको थियो । चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहरले चार विकेट झारे । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रनको योगदान गरे । रुतुराज गायकवाडले ६४ रन जोडे ।