काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र… Continue reading हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान
Category: घूमघाम
५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने
काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका… Continue reading ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने
विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने
काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने चाहने नेपाली नागरिकलाई लगाएको दैनिक संख्याको कोटा हटाएको छ । अब माग अनुसार एयरलाइन्सले उडान थप्न र थप नेपालीलाई घर ल्याउने पाउने भएका छन् । यस्तो प्रावधान भने नियमित दैनिक उडान खुलेको गन्तब्यका लागि मात्र हो । यसअघि सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी… Continue reading विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने
आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सूचारु गर्ने तयारी थालेको छ । यसका लागि उडान संचालनको मिति १ असोज राखेर मन्त्रालयले कोभि १९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार १ असोजमा सम्भव नभए १५ असोजबाट भने उडान सूचारु हुनेछन् । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै उडान… Continue reading आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल
आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले
काठमाडौं । तीन साता लामो निषेधाज्ञा खुकुलो बनेको दिन आजबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्न थालेका छन् । प्रशासनले जोर विजोर प्रणालीमा सबै प्रकारका निजी सवारी र १६ सीट भन्दा माथिका सार्वजनिक यातायात खोल्ने निर्णय बुधबार गरेको थियो । सार्वजनिक यातायातमा समेत जोर विजोर प्रणाली लागु भने हुन्छ । यससँगै आजबाट सडकमा सार्वजनिक यातायातका साधन… Continue reading आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले
आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई आन्तरिक उडानमा प्रयोग गर्न जहाज खरीद प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका छन् । उनले बुधबार नेपाल एयरलाइन्सका अधिकारीसँग मन्त्रालयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानमा सञ्चालन गर्ने गरी… Continue reading आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन
निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि… Continue reading निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय
अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी
सुपेन्द्र बस्नेत, बोष्टन काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे स्याहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभैलाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी… Continue reading अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी
महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी
काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक हिमाल आरोहण अनुमति जारी भएको छ । यसलाई पर्यटनसँग सम्बन्धित सरोकारवालाले सुखद शुरुवातका रुपमा समेत लिएका छन् । गत चैतयता पर्यटनका सबै अवयवहरु शुन्य व्यापारमा छन् । सोहीकारण नेपालको यूनिक प्रडक्ट पर्वतारोहण र पदयात्राले छिटो पर्यटनलाई रिभाइभ गर्न सक्ने विश्वास लिइएको छ । सरकारले शरद ऋतुका लागि पर्यटकीय… Continue reading महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी
विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने
काठमाडौं । अहिले विदेशबाट फर्कने नेपालीलाई लक्षित गरी सरकारले अन्तर्राष्ट्रिय नियमित उडान खुला गरेको छ । तर, यही मौकाको फाइदा उठाउन वायुसेवा कम्पनीले मंहगो शूल्कमा टिकट बिक्रि गरिरहेका छन् । यसै सन्दर्भमा पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको रुटमा निगमले तय गरेको भाडादर भन्दा महंगोमा यात्रु ल्याउने गरी विदेशी एयरलाइन्सलाई अनुमति… Continue reading विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने
बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति
काठमाडौं । सरकारले लकडाउनपछि पहिलो पटक हिमाल आरोहणको अनुमति दिएको छ । सरकारले बहराइनका राजकुमार सहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड जहाजबाट काठमाडौं आउनेछन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३… Continue reading बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति
लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने
काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय… Continue reading लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने
तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी
काठमाडौं । काठमाडौं नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो । अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई… Continue reading तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी
विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने
काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर… Continue reading विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने
यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका
काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित हवाई उडानको लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो । मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृतगरेसँगै विमान कम्पनीहरुले अनुमति पाएका हुन् । नियमित उडानका लागि… Continue reading यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका
मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ । बुधबार इत्तिहाद एयर आवुधाबी… Continue reading मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?
काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ । पहिलो चरणमा अमेरिका,… Continue reading भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?
विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने
काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा… Continue reading विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने
निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने
काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको छ । अत्यावश्यक काम नपरेसम्म आजबाट एक साता बाहिर जान पाइने छैन । यदी विदेश जाने टिकट छ भने समेत प्रहरीले बाटोमा रोक्ने छैन । टिकट, पासपोर्ट देखाएमा प्रहरीले सजिलै छाडिदिनेछ । अत्यावश्यक काम र हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने निर्णय सरकारले गरेको हो ।… Continue reading निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने
विदेशबाट हुने उद्धार उडान फेरी रोकियो
काठमाडौं । सरकारले विदेशबाट हुने उद्धार उडान रोकेको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान रोकिएको हो । अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु… Continue reading विदेशबाट हुने उद्धार उडान फेरी रोकियो
आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारको क्रममा सोमबारबाट पाँचौ चरणको उद्धार उडान शुरु हुँदैछ । यस क्रममा आगामी १५ दिनमा थप ४३ उडानको तालीका तय भएको छ । सोमबारबाट अगष्ट ३१ तारीखसम्म ४३ उडानको तयारी गरिएको छ । यस अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले १७ र हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ ।… Continue reading आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने
अब जिल्ला बाहिर जाने पास नपाइने
काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको पास रद्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले मानिसको आवतजावतमा पुनः कडाई गर्न लागेको हो । अब एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ । यो नियम बिहीबारदेखि लागू हुनेछ । गृह मन्त्रालयले पास वितरण… Continue reading अब जिल्ला बाहिर जाने पास नपाइने
अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने
काठमाडौं । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडानमाथिको प्रतिवन्ध थप १५ दिने लब्याउने निर्णय गरेको छ । अब यी सेवा भदौ १६ बाट मात्र संचालनमा आउनेछन् । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले १ भदौबाट यी सेवा थाल्ने निर्णय गरेको थियो । तर, कोरोना भाइरसले महामारीको रुप लिने देखिएपछि पुनः प्रतिवन्ध… Continue reading अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने
तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात
काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ । सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा… Continue reading तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात
केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे । जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा… Continue reading केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने
काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल… Continue reading गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने
आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक
काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यका सहित कोरोना भाइरसको संक्रमण बढेका जिल्लामा सवारी साधन चलाउन जोर विजोर प्रणाली शुरु गरेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंका उपत्यकाका तीन जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू भएको हो । अब जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका… Continue reading आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक
बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु
काठमाडौं । बिहीबारबाट काठमाडौंसहित बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली शुरु हुने भएको छ । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि जोर विजोर प्रणाली लागू गरिएको हो । अब काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला र र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना… Continue reading बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु
कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत… Continue reading कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो
काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई… Continue reading विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो