८ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका… Continue reading मुग्लिन–नारायणगढको विकल्पमा कुन सडक प्रयोग गर्ने ?
Category: घूमघाम
बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने, १३,३५३ रुपैयाँ भाडा
७ असोज, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो ।… Continue reading बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने, १३,३५३ रुपैयाँ भाडा
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए
७ असोज, म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरदयाममा… Continue reading धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए
चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए
६ असोज, काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले… Continue reading चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए
पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
६ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए ।… Continue reading पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
६ असोज, काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन्… Continue reading सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
राष्ट्रिय समाचार समिति (रासस) ५ असोज, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ ।… Continue reading काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
१ असोज, भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न… Continue reading पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
३१ भदौ, काठमाडौं । नेपालको पर्यटन पुनरुत्थानमा सरोकारवालाले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार यसबारे छलफल भएको छ । जेनजी प्रदर्शनका कारण नेपालको पर्यटन संरचनामा ठूलो क्षति पुगेको छ । यसबाट सिर्जित चुनौतीबीच नेपालको पर्यटन क्षेत्र पुनरुत्थान हुने बैठकको निष्कर्ष छ । पर्यटन… Continue reading पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
२६ भदौ, काठमाडौं । अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ । विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने… Continue reading सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।… Continue reading त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना
२२ भदौ, लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुपुगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात… Continue reading पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना
फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा तीन महिनादेखि उडान ठप्प
२२ भदौ, फिक्कल । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१\८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले… Continue reading फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा तीन महिनादेखि उडान ठप्प
रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक
२२ भदौ, ललितपुर । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित… Continue reading रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक
मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति
२१ भदौ, गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो । विभागका अनुसार… Continue reading मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति
अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
१८ भदौ, बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन्… Continue reading अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक
१८ भदौ, गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ । महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा… Continue reading पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक
हिले–जलजलेमा कृत्रिम ताल निर्माण
१८ भदौ, धुलिखेल । यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो… Continue reading हिले–जलजलेमा कृत्रिम ताल निर्माण
अब विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने
१८ भदौ, काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको… Continue reading अब विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
१७ भदौ, मुस्ताङ । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको… Continue reading मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
१७ भदौ, ढोरपाटन । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड… Continue reading ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
१६ भदौ, काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट… Continue reading अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
चितवनका दुई हात्ती कतार पठाइँदै
१६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम… Continue reading चितवनका दुई हात्ती कतार पठाइँदै
लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
१६ भदौ, कास्की । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन… Continue reading लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती
१६ भदौ, ढोरपाटन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा… Continue reading हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती
पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
१५ भदौ, मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका… Continue reading पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय
१४ भदौ, काठमाडौं । नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ… Continue reading मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने सरकारको निर्णय
गर्मी छल्न कोप्रे झरना
१३ भदौ, म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्षअघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । बेनी बजारबाट दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो… Continue reading गर्मी छल्न कोप्रे झरना
‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क
१२ भदौ, गण्डकी । पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ ।एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ । आव २०८०\८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि एक्यापको भनाइ छ । ‘एक्याप’को… Continue reading ‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क
पोखरामा ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने
१२ भदौ, कास्की । पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा सुधार गर्न एशियाली विकास बैंक (एडिर्बी)ले सहयोग गर्ने भएको छ । यहाँको दिगो सहरी यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि सो सहयोग प्राप्त हुन लागेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा… Continue reading पोखरामा ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने