विवाह समारोह मै आत्मघाती बम विस्फोट

काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ । विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् । करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् । राजधानी काबुलको एक व्यस्त शहरमा… Continue reading विवाह समारोह मै आत्मघाती बम विस्फोट

७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या

यूपी । भारतको उत्तर प्रदेशमा एक वृद्धले दोस्रो विहे गर्न नपाएको झोँकमा आत्महत्या गरेका छन् । समाचार अनुसार यूपीको बरेली जिल्लाका ७५ वर्षिय वृद्धले केही दिनदेखि दोस्रो विहे गर्न परिवारलाई दवाव दिइरहेका थिए । तर, परिवारले उनको प्रस्ताव स्वीकार गरेनन् । त्यसैको झोँकमा वृद्धले आत्महत्या गरेका छन् । उनले आफ्नो कोठाको पंख्खामा झुण्डिएर आत्महत्या गरेका… Continue reading ७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या

ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

स्पेन । बार्सिलोनाका लागि लियोनल मेसी कति महत्वपूर्ण खेलाडी हुन भन्ने तथ्य यसबाट पुष्टी हुन्छ कि उनी पछिल्लो १० वर्षयता हरेक सिजनको ला-लीगाको उद्घाटन खेलका महत्वपूर्ण सदस्य रहे । तर, सन् २०१९ २० सिजनको पहिलो खेल भने स्टार फरवार्ड लियोनल मेसीले गुमाउँदैछन् । खुट्टाको चोटका कारण उनी पहिलो खेलमा अनुपस्थित हुने भएका हुन् । संचारमाध्यमहरुका… Continue reading ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

इस्लामावाद  ।  पाकिस्तानले भारतीय कलाकारले अभिनय गरेको विज्ञापन प्रसारणमा रोक लगाएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानको अर्को कदम बाहिरिएको हो । भारतले जम्मु कश्मीरसम्बन्धी मुद्दामा चालेको कदमका कारण भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो । बिहीबार कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानले… Continue reading भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

तस्वीर साभार : बीबीसी

मस्को । रुसको राजधानी मस्को नजिक विमानस्थलबाट उडेको एक जहाज आकस्मिक अवतरण गर्नुपरेको छ । जहाजमा चरा ठोक्किएपछि एक खाली मैदान खाजेर आकस्मिक अवतरण गराइएको छ । खेतमा अवतरण भएको यस दूर्घटनामा २३ जना यात्रु घाइते भए पनि हताहतीका खबर नभएको बीबीसीले लेखेको छ । जहाजमा यात्रु र चालक दलका सदस्य गरी दुई सय ३३… Continue reading रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

अमेरिका । संयुक्त राज्य अमेरिकामा फेरी गोली चलेको छ । अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थ कारोबारीसँग प्रहरीको गोली हानाहान भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् ।   घटनामा ६ जना प्रहरी घाइते भएका छन् ।फिलाडेल्फिया प्रहरी विभागका अनुसार लागूपदार्थ कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको हो । निकै बेरको संघर्षपछि मात्र कारोबारीलाई पक्रन प्रहरी… Continue reading अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

काठमाडौं । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको भन्दै नेपाली दूतावासले भिडभाडमा नजान नेपालीहरुलाई सचेत गराएको छ । दोहामा भएको सांघातिक आक्रमणमा एक जनाको निधन भएको र पाँचजना घाइते भएको दूतावासले उल्लेख गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दोहाको जैदा पार्कमा नेपालीमाथि आक्रामण भएको थियो । आक्रमणमा परी सुनसरीका तवरेज अन्सारीको निधन भएको दूतावासले… Continue reading कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ । अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो  कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो । अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

सागमा भारतको सहभागिता निश्चित

काठमाडौं । भारतले दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता निश्चित गरेको छ । आगामी १५ देखि २४ मंसिरसम्म काठमाडौंमा साग आयोजना हुँदैछ । प्रतियोगिताका लागि भारतले सहभागिता सुनिश्चित गरेको हो । सागमा सहभागि हुने प्रत्येक देशले आफ्नो सहभागिता निश्चित रहेको पत्र आयोजक देशलाई पठाउनु पर्छ । नेपाल ओलम्पिक कमिटिका अनुसार भारले कन्फरमेसन लेटर पठाएर आफ्नो सहभागिता… Continue reading सागमा भारतको सहभागिता निश्चित

जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..

हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । हजारौं मानिसको भीड टर्मीनलमा छिरेपछि प्रहरीको केही लागेन । फलस्वरुप सोमबारका लागि निर्धारित सबै उडान अवतरण रद्द भएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । हङकङमा सरकार विरोधी आन्दोलनमा सहभागी हजरौं मानिस एकै पटक विमानस्थल भित्र छिरेर अड्डा जमाएका थिए… Continue reading जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..

सामान्य बन्दै जम्मु कश्मीर

श्रीनगर । संविधानको एक अनुच्छेद नै खारेज गर्दै केन्द्र प्रशासित प्रदेशमा रुपान्तरण भएको भारतको जम्मु कश्मीर अब क्रमशः सामान्य बन्दै गएको छ । सरकारले पाँच दिनपछि शुक्रबार टेलिफोन र इन्टरनेट आंशिक रूपमा खोलेको छ । जसले गर्दा संचारले गति लिएको छ । प्रहरीका अनुसार पछिल्लो ६ दिन यता एउटा पनि अप्रिय घटना भएको छैन ।… Continue reading सामान्य बन्दै जम्मु कश्मीर

नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो । आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ । यो… Continue reading नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० को खारेजीसँग जम्मू कश्मीरबाट आतंकवाद र परिवारवादबाट पनि खारेज भएको बताएका छन् । उनले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गरेका हुन् । भारत केन्द्र सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने ऐतिहासिक घोषणा गरेको छ । यस… Continue reading जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

दक्षिण कोरिया । दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा आप्रवासी कामदार आन्दोलित भएका छन् । नेपालसहितका एक दर्जन मुलुकका विदेशी कामदारले सामूहिक रुपमा ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएको दक्षिण कोरियाली संचारमाध्यमहरुले लेखेका छन् । नेपाल, मंगोलिया, म्यान्मार, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सका आप्रवासी कामदार यो आन्दोलनको समर्थनमा रहेका हुन् । जापानका… Continue reading चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

इस्लामावाद । जम्मू कश्मीरको विषयलाई लिएर पाकिस्तानले भारतविरुद्ध कडा कदम चालेको छ । पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध नै तोड़ने निर्णय गरेको छ । पाकिस्तानी सुरक्षा परिषद्को बैठकले उक्त निर्णय गरेको हो । पाकिस्तानस्थित भारतीय उच्चायुक्तलाई भारत पिर्ता पठाउने र आफ्ना राजदूतलाई पनि भारतबाट फिर्ता बोलाउने निर्णय पाकिस्तानले गरेको छ । पाकिस्तानले भारतीय सीमामा अवस्थिति एयरस्पेस… Continue reading भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् । गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् ।… Continue reading नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

काठमाण्डौं । भारतकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।भारतीय जनता पार्टीकी नेतृ स्वराजको हृदयघात बाट स्थानीय समय अनुसार मंगलवार राती उपचारको क्रममा निधन भएको हो । ६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय सम्हाले सकेकी थिइन् । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका नेता, विपक्षी कांग्रेसकी नेतृ सोनिया गान्धी लगायतले दुःख… Continue reading भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

नयाँ दिल्ली । भारतमा सरकारले संविधानको अनुच्छेद नै खारेज गरी जम्बु कश्मीरका अधिकार कटौतीमार्फत पूर्णतया केन्द्र शासित क्षेत्रमा रुपान्तरण गर्यो । अब जम्बु कश्मीर छुट्टै स्वतन्त्र राज्य रहेन । केन्द्र शासित दुई वटा प्रदेशमा जम्बु कश्मीरलाई रुपान्तरण गरिएको छ । सरकारले प्रदेश पुनर्गठनको प्रस्ताव समेत गरेको थियो । यो प्रस्ताव पनि राज्यसभाबाट पास भइसकेको छ… Continue reading जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

मापसे गर्ने पाईलट पक्राऊ

हवाई जहाज उडाउन ठिक्क परेका दुई पाईलट मादक पदार्थ सेवन गरेका कारण पक्राऊ परेका छन् । गत शनिबार स्कटल्याण्डको ग्लास्गोदेखि अमेरिकाको न्युजर्सी स्थित नेवार्क लिबर्टी इन्टर्नेसनल एयर्पोर्टको लागि उडान भर्न ठिक्क परेको युनाइटेड एयरलाईन्स जहाजका दुई पाईलट स्कटल्याण्डमा मादक पदार्थ पिएर जहाज उडाउन तयार रहेको अवस्थामा पक्राउ परेका हुन् । शनिबार स्थानीय समय बिहान ९… Continue reading मापसे गर्ने पाईलट पक्राऊ

टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

टेक्सस । अमेरिकाको टेक्ससमा भएको गोलिकाण्डमा २० जना मारिएका छन् । कम्तिमा २६ जनालाई घाईते अवस्थामा अस्पताल पुर्याइएको छ । एक सपिंग मलमा भएको भयानक गोली काण्डमा ठूलो हताहती भएको हो । टेक्ससस्थित एल पासो क्षेत्रमा पर्ने सीएलओ वालमार्टमा यो गोली काण्ड भएको हो । यो अमेरिका र मेक्सिकोको सीमा नजिकै पर्ने क्षेत्र हो ।… Continue reading टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ । उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी… Continue reading समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

यमनमा एक सैन्य परेडमाथि आक्रमण हुँदा कम्तीमा ४७ जनाको निधन भएको छ । यमनका दक्षिणी पोर्ट सीटी अदनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका हुन् । अंतरराष्ट्रीय संचारमाध्यमहरुका अनुसार सैन्य शिविरमा परेड चलिरहेका बेला सिमाइल आक्रमण भएको थियो । सिमाइल आक्रमणमा परी ३६ जनाको निधन भएको र त्यसअघि भएको आत्मघाति विष्फोटमा ११ जना… Continue reading यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाली समूदायको उल्लेख्य बसोबास रहेको जापानको टोकियो नजिकैको नारिता विमानस्थलमा नेपालको ध्वजाबाहक नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएको छ । नेपाली समूदायको आग्रहमा नारिताबाट दुई वटा चार्डर्ड उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । नारितामा आगामी सेप्टेम्बर २६ मा पहिलो चार्डर्ट उडान हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । दोस्रो उडान… Continue reading दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

तीन तलाक भारतमा अवैधानिक

नयाँ दिल्ली । सम्बन्ध विच्छेद गर्न परे तीन तलाक भन्दा पुग्ने परम्परा अब भारतमा कानूनको दायरा भित्र आएको छ । भारतीय लोकसभाबाट ‘तीन तलाक’ विधेयक पारित भएसागै अब तीन तलाक भनेकै भरमा कुनै पनि मुस्लिम पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्न नसक्ने भएको छ । मुस्लिम समुदायमा श्रीमानले श्रीमतीलाई तीनपटक ‘तलाक’ भनी सम्बन्धबिच्छेद गर्न सक्ने परम्परा… Continue reading तीन तलाक भारतमा अवैधानिक

ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

तस्वीर साभार : बीबीसी

ब्राजिल । ब्राजिलमा कैदी-कैदी बीच भएको झडपमा ५२ कैदी-बन्दीको मृत्यु भएको छ । सोमबार अत्यन्तै हिंस्रक झडप भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ब्राजिलको अल्टामिरा जेलमा ५ घण्टा भन्दा बढी समय चलेको नरसंहारमा उक्त हताहती भएको हो । ब्राजिलमा कैदी बन्दीबीच नियमित जस्तो झडप हुन्छ । अधिकारीहरु यसलाई सामान्य मान्छन् । कैदीले जेलका सरकारी अधिकारीलाई… Continue reading ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द

फ्रान्समा अगष्ट ५ तारिख सोमबारदेखि देशभरका बिद्यालयहरुमा १५ बर्ष भन्दा कम उमेरका विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द लगाईएको छ । फ्रेन्च राष्ट्रपति ईम्यानुअल म्याक्रोनको प्रतिबद्दतामा आधारित यो बन्देज सम्बन्धि नयाँ नियम गत जुलाईमा परित भएको थियो । गर्मी बिदापछि बिद्यालय फर्किने प्राथमिक र निम्नमाध्यामिक बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुमा लागू हुने फोन प्रयोग सम्बन्धि यो नयाँ नियम राष्ट्रियस्तरमा… Continue reading फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द

सन्दिप र सोमपाल क्यानडा पुगे

क्यानडा । नेपाली क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल क्यानडा टी-२० मा भाग लिन क्यानडा पुगेका छन् । उनीहरु आइतबार नै क्यानडा लागेका हुन् । यस पटक पहिलो चोटी सोमपाल कामी विदेशी लीगका लागि छनोट भएका हुन् । यी दुई खेलाडी आइसीसी टि–२० विश्वकपको एसिया छनौटपछि सिंगापुरबाट सिधै क्यानडा गएका हुन् ।… Continue reading सन्दिप र सोमपाल क्यानडा पुगे

जापानमा ६.५ रेक्टरको भूकम्प

टोकियो । जापानमा ६.५ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार स्थानीय समय अनुसार ३.३१ बजे दक्षिणपूर्वी तटीय क्षेत्रमा भूकम्प गएको हो । जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयका अनुसार जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको थियो । सोहीकारण जापानमा सुनामीको खतरा भने नआएको कार्यालयको भनाई छ । भूकम्प गएको क्षेत्रमा करीव ३ करोड जनसंख्याको… Continue reading जापानमा ६.५ रेक्टरको भूकम्प

रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

मुम्बई । भारतको मुम्बई नजिकै एक यात्रुबाहक रेलमा फसेका करीव ७ सय यात्रीलाई सकुशल सुरक्षित स्थानमा निकालिएको छ । रेलको लीकमा पानी भरिएपछि रेल अगाडी बढ्न सकेन र सयौं यात्री रेल भित्रै फसेका थिए । मुम्बईको नजिकै बदलापुर भन्ने स्थानमा करीव ११ घण्टासम्म रेलमा मानिस फसेका थिए । लगातारको वर्षाले भारतको मुम्बईमा जनजीवन प्रभावित भएको… Continue reading रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था

प्रधानमन्त्री इमरान खानले सत्ता सम्हालेको १ वर्ष पुगेको छ । यसबीचमा अर्थतन्त्रमा आएको भारी गिरावटले उनीमाथि आम नागरिकको आक्रोस त बढ्दै गएको छ नै अर्थतन्त्रका सूचकांकले समेत उनलाई समर्थन गरिरहेको देखिदैन । अंतरराष्ट्रीय संचारमाध्यमले उल्लेख गरेअनुसार पाकिस्तानमा भुक्तानी सन्तुलन घाटामा गएको छ भने आर्थिक वृद्धिमा पनि गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको मुद्रा… Continue reading पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था