एजेन्सीकाठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन् । परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन… Continue reading ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक
Category: विश्व
डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
एजेन्सी\रासस७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ । यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित… Continue reading डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने
एजेन्सी\रासस७ जेठ, काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो। बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर… Continue reading अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने
जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
एजेन्सी\रासस७ जेठ, काठमाडौं । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो। कम्पनीले… Continue reading जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
एजेन्सी७ जेठ, काठमाडौं । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ । बङ्गलादेश सरकारका प्रमुख… Continue reading इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
एजेन्सी७ जेठ, काठमाडौं । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण सुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले… Continue reading गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
एजेन्सी७ जेठ, काठमाडौं । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ । ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ । यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान,… Continue reading चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
एजेन्सी६ जेठ, न्युयोर्क । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ । युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका… Continue reading गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
एजेन्सी ।६ जेठ, काठमाडौं । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ । मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि… Continue reading मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क
एजेन्सी६ जेठ, काठमाडौं । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ । नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ । वाणिज्य मन्त्रालयले आइतबार जनाए अनुसार ती… Continue reading अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क
युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
एजेन्सी५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् । ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर उनको… Continue reading युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
५ जेठ, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय… Continue reading जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत
५ जेठ, काठमाडौं । सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ । विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान… Continue reading सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत
बंगलादेशबाट हुने आयातमा भारतको प्रतिवन्ध, ७७ करोड अमेरिकी डलर बराबरको व्यापार प्रभावित
एजेन्सी ।४ जेठ, नयाँ दिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ । व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७… Continue reading बंगलादेशबाट हुने आयातमा भारतको प्रतिवन्ध, ७७ करोड अमेरिकी डलर बराबरको व्यापार प्रभावित
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
एजेन्सी५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आउनुभएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा… Continue reading युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु
एजेन्सी४ जेठ, न्यूयोर्क । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताएका छन् । शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजले आफ्ना तीनवटै मस्तुलहरू तोडेको थियो भने पुलमा बसी वसन्त ऋतुको साँझको आनन्द लिइरहेका दर्शकहरू भयभीत… Continue reading ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु
पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा
एजेन्सी४ जेठ, काठमाडौं । पाकिस्तानमा नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सो संस्थाले सार्वजनिक गरेको सन् २०२५ सालको वैश्विक… Continue reading पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु
एजेन्सी३ जेठ, काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको… Continue reading अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
एजेन्सी३ जेठ, काठमाडौं । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप… Continue reading जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु
एजेन्सी३ जेठ, काठमाडौं । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि… Continue reading युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु
इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
एजेन्सी३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पु¥याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न… Continue reading इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
एजेन्सी३ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गरेका छन् । अदालतले भेनेजुएली आप्रवासीहरूलाई शीघ्र निष्कासन गर्ने सरकारको प्रयासलाई रोकेको सन्दर्भमा उनले सो प्रतिक्रिया दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् । “संयुक्त राज्य अमेरिकाको… Continue reading अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आरेकी छिन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो… Continue reading कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
२ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ । जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४।५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस… Continue reading अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
क्रस कन्ट्री किलर ६२ वर्षिय व्यक्तिलाई अमेरिकामा मृत्युदण्ड दिँदै
१ जेठ, अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय एक व्यक्तिलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ । सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ग्लेन रोजर्सलाई स्थानीय समयानुसार साँझ ६ः०० बजे फ्लोरिडा स्टेट जेलमा मृत्युदण्ड दिइने भएको हो । दुई बच्चाकी आमा ३४… Continue reading क्रस कन्ट्री किलर ६२ वर्षिय व्यक्तिलाई अमेरिकामा मृत्युदण्ड दिँदै
सगरमाथा संवादमा भाग लिन नेपाल आए चिनियाँ राष्ट्रिय जन कांग्रेस उपाध्यक्ष
१ जेठ, काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि… Continue reading सगरमाथा संवादमा भाग लिन नेपाल आए चिनियाँ राष्ट्रिय जन कांग्रेस उपाध्यक्ष
‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन
१ जेठ, काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ । देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भनेका छन्, “गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । हामी तपाईँलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक… Continue reading ‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता : ट्रम्प
३१ वैशाख, काठमाडौं । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए ।… Continue reading कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता : ट्रम्प
खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?
एजेन्सी३१ वैशाख, काठमाडौं । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबिया पुगेका छन् । यो उनको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ । यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख… Continue reading खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?
अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ
एजेन्सी३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट… Continue reading अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ