काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘हिमालको… Continue reading कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान
Category: विश्व
चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी… Continue reading चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
ट्रम्पले गरे अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई गराइसकेका छन् । वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको… Continue reading ट्रम्पले गरे अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त
अरब देशले गरे इजरायलको निन्दा
काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलको ‘नरसंहार’बारे निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार सम्पन्न अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिए । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् । सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट,… Continue reading अरब देशले गरे इजरायलको निन्दा
कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?
काठमाडौं । बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी… Continue reading कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?
यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण
काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने… Continue reading यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण
लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए
काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त… Continue reading लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए
रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख… Continue reading रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो
युक्रेनमा रुसी आक्रमण : कम्तिमा २५ जना घाइते
काठमाडौं । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् । आक्रमणमा फसेकाहरूको… Continue reading युक्रेनमा रुसी आक्रमण : कम्तिमा २५ जना घाइते
ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?
काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्। दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम… Continue reading ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?
कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?
काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्कने निश्चित भएको छ। ब्याटलग्राउन्ड स्टेट्स भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले… Continue reading कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?
फक्सको घोषणा : ट्रम्प विजयी
अमेरिकी समाचार संस्था फक्स न्युजले अमेरिकी निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा विजयी भएको घोषणा गरेको छ । यद्यपि धेरै स्थानको मतगणना जारी छ । ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकको भिड लागेको छ । मत गणनाको रुझान विजयका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत को नजिकै पुग्ने देखिएको छ । ट्रम्पले फ्लोरिडामा सम्बोधनको तयारी… Continue reading फक्सको घोषणा : ट्रम्प विजयी
अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?
काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले… Continue reading अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?
स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार
काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडितले दुर्व्यवहार गरेकोखबर सार्वजनिक भएको छ ।बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् । क्रोधित… Continue reading स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार
अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ। अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ। अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र… Continue reading अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?
पाकिस्तानमा असुरक्षित पत्रकार, सन् २०२४ सबैभन्दा घातक
काठमाडौं । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् । रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि… Continue reading पाकिस्तानमा असुरक्षित पत्रकार, सन् २०२४ सबैभन्दा घातक
यूक्रेनमा रुस विजयी नभएसम्म साथ दिने उत्तर कोरियाको घोषणा
काठमाडौं । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ। अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा… Continue reading यूक्रेनमा रुस विजयी नभएसम्म साथ दिने उत्तर कोरियाको घोषणा
स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०
काठमाडौं । स्पेनमा दशकौँयता आएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या १५० नाघेको छ। विषम मौषमी अवस्थाबीच उद्धारकर्मीहरू हराइरहेका कैयौँ मानिसहरूको खोजीमा जुटेका छन्। बेपत्ता हुनेहरूको सङ्ख्या अझै प्रस्ट छैन। बिहीवार १,२०० जना उद्धारकर्मीहरू ड्रोन सहित खटिए पनि देशको केही भागमा जारी वर्षाका कारण उनीहरूको काम प्रभावित भएको थियो। “अहिलेको सबैभन्दा प्रमुख कुरा सकेसम्म धेरै मानिसहरूको… Continue reading स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०
रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना
काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि… Continue reading रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना
इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए
काठमाडौं । गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ। पाँचतले आवासीय भवनलाई निशाना… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए
राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।… Continue reading राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाका अनुसार नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ… Continue reading भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ
बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने
काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।… Continue reading बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने
रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान
काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका… Continue reading रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान
बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
काठमाडौं । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए । “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार… Continue reading बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए
काठमाडौं । मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् । गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी… Continue reading सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए
इजरायलले थाल्यो इरानमा हमला
काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्। तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो… Continue reading इजरायलले थाल्यो इरानमा हमला
अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा
काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई… Continue reading अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा
भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित
काठमाडौं । भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ… Continue reading भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित
उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि
काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा… Continue reading उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि