बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

काठमाडौं । भारतको बिहारमा रेल्वे स्टेशनमा गोली चलेको छ । सो घटनामा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटना बिहारको आरा रेल्वे स्टेशनमा भएको हो । मंगलबार भएको यो घटनाको कारण प्रेम प्रसंग रहेको पाइएको प्रहरीले बताएको छ । २४ वर्षको अमन कुमार नामक युवकले गोली चलाएको पाइएको छ । ती व्यक्तिले सुरुमा… Continue reading बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

bbc

काठमाडौं । टर्कीको इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि प्रदर्शन सुरु भएको छ । सो प्रदर्शन सातौं दिनसम्म पनि जारी छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शन मंगलबार सकिने बताएका थिए । तर पार्टीले आन्दोलनका… Continue reading टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति… Continue reading अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

Getty Images

काठमाडौं । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको दावि छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन्… Continue reading इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । विराट कोहली… Continue reading विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका… Continue reading ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

file

काठमाडौं । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । छत्तीसगढ राज्यमा दिनभरि चलेको… Continue reading भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद भएको छ । रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । बुधबार भएको टेलिफोन संवादमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएर पहल गर्ने आश्वासन… Continue reading प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको समाचारमा उल्लेख छ । बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरे । राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट टेलिफोन वार्ता गरेका थिए… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

भू-मध्यसागरमा डुंगा डुब्यो, कम्तिमा ६ को मृत्यु-४० वेपत्ता

file

काठमाडौं । भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ । “भूमध्यसागरमा नयाँ डुङ्गा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ”, ट्युनिसियाबाट सोमबार ५६ जना बोकेर निस्केको डुङ्गा डुबेको उल्लेख गर्दै युएनएचसिआरका इटालीका प्रतिनिधि चियारा… Continue reading भू-मध्यसागरमा डुंगा डुब्यो, कम्तिमा ६ को मृत्यु-४० वेपत्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले वार्ताको पुष्टी गरेको छ । उनीहरुले ९० मिनेटसम्म कुराकानी गरेका थिए । दुई नेताबीच युक्रेनी भूमीमा रहेका ऊर्जा केन्द्रहरुमा कम्तिमा… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

EPA-EFE/REX/SHUTTERSTOCK\BBC

काठमाडौं । इजराइलले गाजामा गरेको भीषण आक्रमणमा कम्तिमा ४ सय मारिएका छन् । मंगलबार इजराइली सेनाले सो आक्रमण गरेको हो । गाजामा युद्धविराम सुरू भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो। इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् । उनले गाजाका नागरिकलाई सुरक्षित स्थानमा… Continue reading इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

परराष्ट्र मन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणासँग विदेशमन्त्री जयशंकरको भेटवार्ता भएको हो । भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको राणाले बताएकी छिन् ।

बंगलादेशमा २० विद्यार्थीलाई मृत्युदण्डको सजाय सदर

Photo : AP

काठमाडौं । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ । तत्कालीन शेख हसिनाको सरकारले भारतसँग पानी बाँडफाँट सन्धिमा हस्ताक्षर गरेकोमा आलोचना गर्ने फेसबुक पोस्ट प्रकाशित गरेको केही घण्टापछि बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड… Continue reading बंगलादेशमा २० विद्यार्थीलाई मृत्युदण्डको सजाय सदर

गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

BBC

काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए।… Continue reading गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

आइएस नेता मारिएको अमेरिकाको दावि

काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेको एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएको दावि गरेको छ । अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए। अमेरिकी सेनाले खदीजाको सवारीलाई… Continue reading आइएस नेता मारिएको अमेरिकाको दावि

यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए

काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको खबर सार्वजनिक भएको छ । सो क्रममा ९ जना मारिएका छन् । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको समाचारमा उल्लेख छ । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् ।… Continue reading यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए

जब अमेरिकामा जहाजमा लाग्यो आगो

काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो। अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७–८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो। उडानको क्रममै इन्जिनमा… Continue reading जब अमेरिकामा जहाजमा लाग्यो आगो

लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै

१ चैत, काठमाडौं । भारतको लद्दाखमा भूकम्प गएको छ । यस क्षेत्रको कारगिलमा शुक्रबार बिहान भूकम्प गएको हो । भारतीय राष्ट्रिय भूकम्प केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल रहेको छ । भूकम्पको धक्का जम्मु कश्मिर सम्म महसुस गरिएको छ । यस क्षेत्रमा लगातार यो साता दुई भूकम्पको महसुस गरिएको छ । आइतबार ४ रेक्टर… Continue reading लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै

पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

काठमाडौं । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ।… Continue reading पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् । मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो । रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना… Continue reading पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १९० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको छ। यद्यपि बीबीसीले उक्त सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको लेखेको छ । बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट… Continue reading पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ । बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको… Continue reading अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?

काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए । सो वार्तामा अमेरिकाले राखेको… Continue reading युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?

पाकिस्तानमा सशस्त्र समूहको कब्जामा रेल, ४७० यात्रुको ज्यान जोखिममा

काठमाडौं । पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताका लागि संघर्ष गरिरहेको बलुच लिबरेशन आर्मी (बीएलए)ले एक यात्रु ट्रेन कब्जामा लिएको छ । एक सय सुरक्षाकर्मीसहित ४७० जना सवार ट्रेन दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटाबाट हैदर पख्तुनख्वा हुँदै पेशावर जाँदै थियो । ट्रेन नियन्त्रणमा लिएपछि महिला, बालबालिकालगायत ३७० स्थानीयलाई मुक्त गरेको तथा एक सय सुरक्षाकर्मीलाई बन्धक बनाएको बीएलएले दावी गरेको… Continue reading पाकिस्तानमा सशस्त्र समूहको कब्जामा रेल, ४७० यात्रुको ज्यान जोखिममा

दुई बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस, जासुसीको आरोप

KREMLIN.RU/AFP

काठमाडौं । रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ । दूतावासका द्वितीय सचिव र प्रथम सचिवका पतिलाई निष्कासन गरेको घोषणा गर्दै रुसको एफएसबी सुरक्षा सेवाले भनेको छ, “प्रतिगुप्तचर कार्यले राष्ट्रिय दूतावासको आवरणमा अघोषित बेलायती गुप्तचर उपस्थिति प्रकट गरेको छ ।” विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा प्रवेश गर्ने अनुमति… Continue reading दुई बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस, जासुसीको आरोप

सिरिया हिंसामा मारिनेको संख्या हजार माथि

काठमाडौं । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा ७४५ जना सर्वसाधारण रहेको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले उल्लेख गरेको छ । एसओएचआरका अनुसार झडपमा पूर्वराष्ट्रपति असद समर्थित १४८ र सरकारी फौजका १२५ जनाले ज्यान… Continue reading सिरिया हिंसामा मारिनेको संख्या हजार माथि

क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?

काठमाडौं । बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने भएका छन् । उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् । कुनै… Continue reading क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?

अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

file: DCIM100MEDIADJI_0068.JPG

काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्। आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले… Continue reading अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम

काठमाडौं । पाकिस्तान सरकारले पाकिस्तानमा बसोवास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ । एआरवाई न्यूजका अनुसार पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान सिटिजन कार्ड (एसिसी) धारकहरूलाई देश छोड्न आग्रह गर्‍यो, अन्यथा उनीहरूलाई अप्रिल १ देखि देश निकाला गरिने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । यसअघि, पाकिस्तानले अफगानहरूलाई देश छोड्ने योजना बनाएको रिपोर्टहरू… Continue reading पाकिस्तान छाड्न अफगानी नागरिकलाई ३१ मार्चसम्मको अल्टिमेटम