युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा किन्डरकार्टेनमा सो हेलिकोप्टर खसेको थियो। गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन्। २२ जना भन्दा धेरै घाइते भएका छन्। उनीहरुको उपचार… Continue reading युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु

भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत… Continue reading भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

Getty Images

काठमाडौं । विश्वकपपछि पहिलो पटक लियोनल मेसी मैदानमा उत्रिएका छन् । उनले विश्वकप पछिको पहिलो खेलमा पनि गोल गर्न सफल भए । उनको क्लव पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। गतराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २–० को जित निकाल्ने क्रममा मेसीले गोल गरेका हुन् । पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।… Continue reading विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

file Reuters Photo

काबुल । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोटमा परी कम्तिमा २० जना मारिएका छन् । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । प्रहरीले अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टी गरेको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट… Continue reading अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ। यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो। यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए। समस्याहरू समाधान हुन… Continue reading अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका… Continue reading इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी… Continue reading मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

वेल्सका कप्तान बेलले लिए सन्यास

काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा… Continue reading वेल्सका कप्तान बेलले लिए सन्यास

ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको… Continue reading ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । पछिल्लो दुई महिनामा विश्व बजारमा कच्चा तेलको भाउ २० प्रतिशत बढीले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । दुई महिनामै कच्चा तेलको भाउ प्रतिब्यारेल २५ डलरसम्म… Continue reading कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो

अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिए । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिन २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो । रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको… Continue reading अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

KREMLIN.RU/AFP

काठमाडौं । रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ। युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको बीबीसीले लेखेको छ । मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ… Continue reading पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

File

लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन्… Continue reading चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा… Continue reading विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

काठमाडौं । कोरोना संक्रमण फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रुमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो। यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे… Continue reading चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो । अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो… Continue reading कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

Matias Delacroix - stringer, AP

काठमाडौं । विश्व फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको आज अन्तिम संस्कार हुने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ । अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।… Continue reading कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

file

काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ । उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा… Continue reading क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

भूतपूर्व पोप बेनेडिक्टको निधन

Getty images\file

काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए। बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका… Continue reading भूतपूर्व पोप बेनेडिक्टको निधन

डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

फाइल तस्वीर

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक तथ्यांक नलुकाउन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको हो । डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन… Continue reading डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनी कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्ने भएका छन् । साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर… Continue reading रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

File

टोकियो । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल हानेको छ । मिसाइल छोटो दूरीका भएको समाचारमा उल्लेख छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ । तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट… Continue reading उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति बफादार एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गरेको छ । दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै… Continue reading म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । उनले ट्वीट… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्… Continue reading महान फुटबलर पेलेको निधन

भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

काठमाडौं । भारतमा उत्पादिन खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएको छ । उज्बेकिस्तानको सो दाविसँगै भारतले अनुसन्धान थालेको बताएको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले लेखेको छ । केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि… Continue reading भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

काठमाडौं\एजेन्सी । चीनमा सडकमा एक साथ दुई सय गाडी ठोक्किएर दुर्घटनामा परेका छन् । घटनामा एक जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार घटना हेनान प्रान्तमा भएको हो । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी… Continue reading चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

File Photo

न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी… Continue reading अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी… Continue reading आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

File

टोकियो । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ । देशभरमा बुधवार २ लाख १६… Continue reading जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु