युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

File

काठमाडौं । युक्रेनको सेनाले शुक्रवार देशको दक्षिणमा तीन वटा रुसी लडाकु जेट खसालेको दावि गरेको छ । बमवर्षक सु २५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्। यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन… Continue reading युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच… Continue reading नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

काठमाडौं । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली काण्ड भएको छ । एक व्यक्तिले गोली प्रहार गरी १४ जनाको ज्यान लिएको समाचा एजेन्सीहरुले जनाएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी… Continue reading चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो । रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो ।… Continue reading रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम… Continue reading भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति

AFP

काठमाडौं । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ… Continue reading चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति

इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ। उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

काठमाडौं । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।… Continue reading भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र… Continue reading चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

REUTERS

काठमाडौं । गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरायलमा वार्ता गरिरहेका छन्। इजरायलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिरहेको छ। आइतवार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामको लागि कामहरू गर्न आग्रह गरेका छन्। यो यूकेको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम… Continue reading गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

file

काठमाडौं । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले जनाएको छ। घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ। उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको… Continue reading लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च

न्युयोर्क । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रति पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८६ डलर पुगेको छ । आणविक ऊर्जामा नयाँ चासोको… Continue reading विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च

इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

काठमाडौं । १० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो । इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू बाहेक देशका १५ प्रान्तका अन्य धेरै सहरका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गरेका छन् । इराकको… Continue reading इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो । करिब आठ वर्ष नेपाल प्रहरीको जवान भएर काम गरेर शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा दिएर दुबई पुगेका थिए । शाहको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय… Continue reading रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

प्रदूषणको खतरनाक स्तरसँग लड्न पहिलो पटक पाकिस्तानमा कृत्रिम वर्षा

लाहोर । पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको थियो । वायु प्रदूषणको लागि विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानहरूमध्ये एक हो, जहाँ ती विमान उडाइएको थियो ।… Continue reading प्रदूषणको खतरनाक स्तरसँग लड्न पहिलो पटक पाकिस्तानमा कृत्रिम वर्षा

गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

Israel's Iron Dome system intercepts rockets over the sky of Tel Aviv, Israel, on Saturday, November 4. Reuters

काठमाडौं । इजरायलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ। उनीहरूलाई जोखिमका रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ। ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ। इजरायली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा… Continue reading गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

किएभ । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको छ । ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्शल कानून अन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,’ युक्रेनी वित्त मन्त्री सेर्गी मार्चेन्कोले भनेका छन्। ‘ईएफएफ कार्यक्रमले युरोपेली सङ्घमा… Continue reading आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

Israel's Iron Dome system intercepts rockets over the sky of Tel Aviv, Israel, on Saturday, November 4. Reuters

काठमाडौं । गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरेल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो । साथै मङ्गलवार वेस्ट बैंकको जेनिन शहरमा इजरेली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरेली सेनाले मङ्गलवार जेनिन… Continue reading गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ। देशको ‘बिग्रिएको’ आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ… Continue reading अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता… Continue reading जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

AP Photo/Mahmud Hossain Opu

काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।  बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।  बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी… Continue reading बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका हुन् । उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक पनि प्रदान गरेका छन् । बिहीबार, रूसको सङ्घ परिषद् वा… Continue reading पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन्। नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ। दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गरेको बताइएको छ। राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो

एजेन्सी । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ । अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।बंगलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र… Continue reading जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो

के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?

काठमाडौं ।  रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन… Continue reading के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?

गाजामा कहालीलाग्दो भोकमरी

REUTERS

काठमाडौं । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजरायल र हमासबिच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ । पछिल्लो समय… Continue reading गाजामा कहालीलाग्दो भोकमरी

उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

काठमाडौं । उत्तराखण्डको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ। उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको… Continue reading उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानाकारी दिए अनुसार दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको हो । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए ।… Continue reading रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताएका छन् । आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ । भारतमा हरेक… Continue reading भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

GETTY IMAGES

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्। प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो। सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक… Continue reading थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या