१८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बी सार्न उक्साएका पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ । कुनै समय उहाँलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो । सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ५९ वर्षीय मेदवेदेवले आफ्नो एकल कार्यकालमा युरोप र संयुक्त राज्य अमेरिकासँग ‘मैत्रीपूर्ण’ सम्बन्ध राख्न चाहेका देखिन्थ्यो तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई उक्त पद हस्तान्तरण गरेपछि उनी ओझेलमा परेका थिए ।
सन् २०१२ मा राष्ट्रपतिबाट प्रधानमन्त्री बनाइएका उहाँलाई सन् २०२० मा रुसको सुरक्षा परिषद्को उपप्रमुख बनाइएको थियो । मस्कोले युक्रेन आक्रमण सुरु गरेलगत्तै मेदभेदेवले सामाजिक सञ्जालमा कट्टरपन्थी विचार राख्न थालेका थिए । द्वन्द्व सुरु भएदेखि नै सार्वजनिक वक्तव्यहरूमा उनले पश्चिमाहरूलाई ‘हरामी र पतित’ को रूपमा वर्णन गरेका थिए । उनले युद्ध सुरूभएपछि ‘युक्रेन, निःसन्देह, रूस हो’ भनेका थिए । उनले रूसका शत्रुविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको भनी युरोपलाई आतङ्कित पार्ने काम पनि गरेका थिए । गत जुनमहिनामा अमेरिकाले मस्कोसमर्थित इरानको आणविक केन्द्रहरुमा हवाई आक्रमण गरेपछि मेदभेदेवले तेहरानलाई आणविक हतियार उपलब्ध गराउन ‘धेरै देश’ इच्छुक रहेको बताए ।
मेदभेदेवले बिहीबार टेलिग्रामपोस्टमा मस्कोको सेमी अटोमेटिक ‘डेड ह्यान्ड’ आणविक हतियार नियन्त्रण प्रणालीलाई सङ्केत गर्दै ट्रम्पको आलोचना गरेका थए । मेदभेदेवका आलोचकहरूले उनको पोस्टलाई रुसको भीडभाड भएको कुलीन वृत्तमा राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयासको रूपमा अथ्र्याएका थिए तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको बताए । “रूसी नेताको अत्यधिक उत्तेजक भनाइका कारण मैले दुई आणविक ‘पनडुब्बी’हरूलाई उपयुक्त क्षेत्रमा तैनाथ गर्न आदेश दिएको छु”, ट्रम्पले शुक्रबार भने, “यी मूर्खतापूर्ण र भड्काउ भनाइहरू यस कदमका लागि जिम्मेवार छन्।”
कुमार न्यौपाने न्यूयोर्क सहर पाँचवटा बोरो (क्षेत्र)हरु मिलेर बनेको छ । यो शहरलाई धेरैजसो मानिसहरुले गगनचुम्बी भवन, व्यस्त सडकहरु र चम्किलो जीवनशैलीका रुपमा चिन्छन् । तर, यो विशाल शहरको अर्को पाटो पनि छ, त्यो हो प्रकृति र वातावरणको विविधता । जुन हरेक न्यूयोर्कवासी र पर्यटकका लागि एक आश्चर्य पनि हो । न्यूयोर्क सिटीलाई प्रायः गगनचुम्बी भवन, व्यस्त सडक र हलचलपूर्ण जीवनशैलीको प्रतीक मानिन्छ । तर, यो शहरभित्र लुकेको हरियालीको संसारले प्रकृति र शहरी जीवनबीचको सन्तुलनको अद्भूत उदाहरण प्रस्तुत गर्दछ ।
हरियाली शहर संसारका अधिकांश शहरहरुको दाँजोमा न्यूयोर्क सहरमा हरियाली छ । न्यूयोर्क शहरमा साना–ठूला गरी झण्डै ५ हजारभन्दा बढी सार्वजनिक पार्कहरु छन् । यिनीहरु केवल सौन्दर्यका लागि मात्र होइन, शहरको जलवायु सन्तुलन र मानसिक स्वास्थ्यका लागि पनि अति महत्वपूर्ण छन् । तीमध्ये सबैभन्दा प्रसिद्ध सेन्ट्रल पार्क हो, जुन ८ सय ४३ एकड क्षेत्रफलमा फैलिएको छ । साथै, ब्रुकलिनको प्रोस्पेक्ट पार्क (बोटानिकल गार्डेन), पेल्हम वे पार्क, भान कोर्टल्याण्ड पार्क र हडसन रिभर पार्कजस्ता क्षेत्रले शहरमा शुद्ध हावा र प्रकृति नजिकको अनुभव दिन्छन् ।
शहरी वातावरणका चुनौतीहरु शहरको तीव्र शहरीकरणले न्युयोर्कमा विभिन्न पर्यावरणीय समस्याहरु ल्याएको छ । जस्तै– हावा र पानी प्रदूषण ध्वनि प्रदूषण हरियालीमा कमी आउने खतरा शहरी तापक्रममा वृद्धि
यी समस्याहरुले निम्त्याउने जोखिमहरुमा स्वास्थ्यमा असर, बाढीको सम्भावना र जैविक विविधताको कमी पर्दछन् ।
मुसा समस्या र वातावरणीय असर जलवायु परिवर्तनका कारण न्यूयोर्कमा मुसाको संख्या तीव्र रुपमा बढेको छ, जसले जनस्वास्थ्यमा असर पु¥याइरहेको छ ।
जमिन भासिने खतरा नासाको अध्ययनअनुसार, न्यूयोर्क शहर (विशेषगरी म्यानह्याटन) बर्सेनि १.६ मिलिमिटरका दरले भासिँदै गएको छ । यो समस्या भवनहरुको तौल, जमिनको बनावट र जलवायु परिवर्तन यसका प्रमुख कारण भनिएको छ ।
वातावरण संरक्षणका पहलहरु न्यूयोर्क शहरले पछिल्ला केही वर्षमा वातावरण संरक्षणमा उल्लेखनीय पहलहरु थालेका छन्–
कन्जेसन प्राइसिङ प्रोग्राम : शहरको मध्य भागमा ट्राफिक घटाउन, वायु र ध्वनि प्रदूषण कम गर्न लागू गरिएको योजना । ग्रीन एनवाईसी अभियान : हरियालीसम्बन्धी जनचेतना फैलाउने, रिसाइक्लिङ र हरित ऊर्जा प्रवद्र्धन गर्ने । अर्बान फार्मिङ र कम्युनिटी गार्डेन्स : खाली जग्गाहरुलाई हरियालीमा परिणत गर्दै शहरका बासिन्दाहरुलाई ताजा उत्पादनमा पहुँच दिने । शहरी वनस्पति : सहरभरि रुखहरु रोपिएको छ । सडक छेउछाउका रुखहरु, रुफ टप गार्डनहरु र सामुदायिक बगैंचाहरुले वातावरणीय सन्तुलनमा योगदान पु¥याउँछन् । अर्को ग्रीन इनिसिएटिभका रुपमा शहरले हरियाली बढाउने थुप्रै योजनाहरु अघि बढाइरहेको छ ।
हरियाली क्षेत्रको वृद्धिको एक अर्को उपलब्धिका रुपमा शहरी आयोजनाले स्टेटन आइल्याण्डको कुनै बेलाको ठूलो डम्पिङ साइटलाई रूपान्तरण गरी फ्रेस किल्स नामको न्यूयोर्क शहरकै सबैभन्दा ठूलो पार्कको निर्माण अन्तिम चरणमा पुग्नुले सम्बन्धित निकाय वातावरणप्रति सजग नै रहेको देखिन्छ ।
जलवायु परिवर्तन र न्यूयोर्क सन् २०१२ मा आएको स्यान्डी आँधीले देखाएको थियो कि विश्वका अन्य शहरहरु जस्तै न्यूयोर्क शहर पनि जलवायु परिवर्तनको असरबाट जोगिन सक्दैन । त्यस्तै, अत्यधिक रुपमा बढेको शहरी तथा जंगली आगलागीका घटनाहरुले चिन्ता थपेको छ । त्यसपछिका वर्षहरुमा शहरले तटीय क्षेत्रमा समुद्री पर्खाल निर्माण, सामुद्रिक जैविकताको संरक्षण, र दीर्घकालीन जलवायु अनुकूलन योजनाहरु लागू गर्न थालेको छ । तर पनि पछिल्लो समय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमहरुले कत्तिको सरकारको साथ सहयोग पाएको छ, प्रश्न टड्कारो भने छ नै ।
जैविक विविधता र वन्यजन्तु न्यूयोर्क शहरहरुमा पनि अनेकौं वन्यजन्तुहरु पनि पाइन्छन् । मृग, लोखर्के, बनबिरालो, ¥याकून, सयौं प्रजातिका पंक्षीहरु र कहिलेकाहीं स्याल पनि देखिन्छन् । साथै, केही पार्कहरुमा केही समयदेखि फायरफ्लाई (झिलिमिली किरा, जुनकिरी)को पुनरागमनले प्रकृतिप्रेमीहरुलाई खुसी बनाएको छ ।
न्यूयोर्क शहर एक सामुद्रिक शहरका रुपमा विकसित छ, त्यसले सामुद्रिक जैविकता जोगाउनुपर्ने ठूलो जिम्मेवारी छ । त्यसैलाई मध्यनजर गरी एक अरब ओएस्टर कार्यक्रम सञ्चालन गरी शहर वरपरका पानीमा ती सामुद्रिक जीव पुनः ल्याई समुद्री तटलाई जीवन दिन शहर तत्पर छ ।
निष्कर्ष न्यूयोर्क केवल कंक्रिटको जंगल मात्र होइन, यो प्रकृति र आधुनिकताको एक अद्भूत संयोजन हो । वातावरणप्रति सचेत रहँदै शहरले अपनाएका हरित नीतिहरुले न्यूयोर्कलाई अझ स्वस्थ, सुरक्षित र सुन्दर बनाउँदै लगेको छ । पार्कहरुलाई मासेर व्यापारिक भवनहरु बनाउने प्रयास शहरभरि नदेखिएको हैन, तर नागरिकहरुको तीखो चासो र टिप्पणीहरुले काम गरिरहेको देखिन्छ । हरेक न्यूयोर्कवासीको कर्तव्य हो कि यस्ता पहलकदमीहरुलाई समर्थन गर्दै आफ्नो शहरलाई हराभरा र वातावरणमैत्री बनाउनेतर्फ सधैं सचेत रहुन् ।
१६ साउन, काठमाडौँं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताए । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उनी बताउँछन् ।
विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
१६ साउन, काठमाडौं । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।”
यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित सक्रिय आक्रमणकारी (शूटर) को रिपोटबारे सुरक्षा प्रतिक्रिया दिइरहेको छ र अस्पतालका गतिविधिमा व्यवधान आएको छ।” विशाल वाल्टर रीड मेडिकल सेवामा घाइते सैनिकको उपचार गरिन्छ । यसलाई अमेरिकी राष्ट्रपतिहरूको उपचार गर्न र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षण गर्न समर्पित गरिन्छ ।
१५ साउन, काठमाडौं । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको छ । हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।
Two people (C) sit out on a breakwater after much of coastal Japan went on tsunami alert following a 8.7 magnitude quake in the sea off eastern Russia, along Tokyo Bay in Chiba City, Chiba prefecture on July 30, 2025. A powerful 8.7 magnitude earthquake off Russia’s far east has prompted tsunami alerts across parts of the Pacific including Japan, Hawaii, Russia and Ecuador, and warnings along the California coast, US authorities said. (Photo by Philip FONG / AFP)
रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ । रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् ।
Residents watch the ocean in Samoa’s capital city of Apia on July 30, 2025, as a tsunami warning is in effect. Tsunamis hit parts of Russia’s Far East and Japan on July 30 after a huge magnitude 8.8 earthquake, with warnings in place around the Pacific of waves of over three metres (10 feet) in places. (Photo by Manaui FAULALO / AFP)
भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ । “भित्ताहरू हल्लिरहेका थिए”, एलिजोभ्स्कीकी एक बासिन्दाले राज्य मिडिया ज्वेज्दालाई भने, “राम्रो कुरा के हो भने हामीले सुटकेस तयार पारेका थियौँ, ढोकानजिकै पानी र लुगाफाटासहितको एउटा सुटकेस थियो । हामीले तुरुन्तै त्यो उठायौँ र बाहिर भाग्यौँ, यो धेरै डरलाग्दो थियो ।”
Emergency tape near a downed power line and fallen tree in the front yard of a home after severe weather on First St. South in Stillwater, Minn., on Tuesday, July 29, 2025. (Carlos Gonzalez/Star Tribune via AP)
संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् । जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो ।
A man walks along the beach during a precautionary tsunami warning following an earthquake off the coast of Russia, in Buenaventura, on Colombia’s Pacific coast, Wednesday, July 30, 2025. (AP Photo/Santiago Saldarriaga)
दिउँसो सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन । हवाईमा होनोलुलुका मेयर रिक ब्लान्गियार्डीले बासिन्दाहरू र हजारौँ आगन्तुकहरूलाई भवनहरूको माथिल्लो तलामा वा उच्च ठाउँमा सुरक्षित रहन भनेका छन् । बुधबारको भूकम्प कामचटका क्षेत्रमा सन् १९५२ पछि सबैभन्दा शक्तिशाली थियो । क्षेत्रीय भूकम्प निगरानी सेवाले ७.५ म्याग्निच्युडको परकम्पनको चेतावनी दिएको छ ।
Boys stand on a terrace overlooking the coastline during a precautionary tsunami warning following an earthquake off the coast of Russia, in Buenaventura, on Colombia’s Pacific coast, Wednesday, July 30, 2025. (AP Photo/Santiago Saldarriaga)
युएसजिएसका अनुसार भूकम्पको केन्द्रविन्दु त्यही वर्षको विशाल ९.० म्याग्निच्युडको भूकम्पको लगभग समान ठाउँमा छ । त्यस वर्षको भूकम्पले प्रशान्त–व्यापी सुनामी निम्त्याएको थियो । कम्तीमा छ वटा परकम्पनले यस क्षेत्रलाई थप हल्लाएको छ । यसमा ६.९ म्याग्निच्युडको एउटा र अर्को ६.३ मा सूचीबद्ध छ । अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले इक्वेडर, उत्तरपश्चिमी हावाइयन टापुहरू र रुसका केही तटहरूमा ज्वारभाटाको स्तरभन्दा तीन मिटरभन्दा माथिका छालहरू आउन सक्ने बताएका छन् ।
Pillar Point Harbor in Half Moon Bay, Calif., Wednesday, July 30, 2025, after a tsunami advisory was lifted Wednesday and no damage was reported in the harbor. (Santiago Mejia/San Francisco Chronicle via AP)
चिली, कोस्टारिका, फ्रेन्च पोलिनेसिया, गुआम, हवाई, जापान र प्रशान्त महासागरका अन्य टापु र टापु समूहहरूका केही तटहरूमा एकदेखि तीन मिटरको छालहरू आउन सक्ने बताइएको छ । अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, टोङ्गा र ताइवानसहित अन्य ठाउँमा एक मिटरसम्मको लहर आउन सक्ने सम्भावना छ ।
एजेन्सी १५ साउन, काठमाडौं । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा रहेको सानो सहर बोवेन नजिकको स्पेसपोर्टबाट परीक्षण उडानमा प्रक्षेपण गरेको थियो ।
अस्ट्रेलियाली समाचार आउटलेटहरूद्वारा प्रकाशित भिडियोहरूमा २३ मिटर रकेट प्रक्षेपण टावरलाई खाली गरेको देखिन्छ र दृष्टिबाट बाहिर खस्नुअघि हावामा उडिरहेको देखिन्छ । घटनास्थल माथि धुवाँको लहरहरू उठेको थियो । हताहतको कुनै भएको खबर आएको छैन । कम्पनीले फेसबुकमा पोस्ट गरेको वक्तव्यमा प्रक्षेपणलाई सफलताको रूपमा स्वागत गरेको छ । एक प्रवक्ताका अनुसार सबै चार हाइब्रिड–चालित इन्जिनहरू प्रज्वलित भए र पहिलो उडानमा २३ सेकेन्ड इन्जिन बलेको समय र १४ सेकेन्डको उडान समावेश थियो ।
गिलमोर स्पेस टेक्नोलोजीजले मे र यस महिनाको सुरुमा रकेटको अघिल्लो प्रक्षेपणहरूको योजना बनाएको थियो, तर प्राविधिक समस्या र खराब मौसमका कारण ती कार्यहरू रद्द गरेको थियो । सिइओ एडम गिलमोरले एक विज्ञप्तिमा रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी भएको बताए । “निस्सन्देह म अधिक उडान समय मन पराउँथे तर यसबाट खुसी भएँ”, उनले लिङ्कडइनमा लेखे। गिलमोरले फेब्रुअरीमा एक निजी रकेट कम्पनीले आफ्नो पहिलो प्रयासमा सफलतापूर्वक कक्षमा प्रक्षेपण गर्नु ‘लगभग नसुनिएको’ कुरा थियो ।
रकेटले जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीले पहिले नै बताएको थियो । “प्रक्षेपण स्थलको पूर्वाधार ‘अक्षुण्ण रह्यो’”, विज्ञप्तिमा भनिएको छ । स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि पूरा भएको प्रक्षेपण ‘ठूलो उपलब्धि’ थियो भने । “यो हाम्रो क्षेत्रमा भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगको विशाल छलाङतर्फको महत्त्वपूर्ण पहिलो कदम हो”, उनले फेसबुकमा लेखे ।
गिलमोर स्पेस टेक्नोलोजीजसँग निजी कोषकर्ताहरू छन् र यस महिना एरिस रकेटको विकासका लागि देशको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्रदान गरिएको थियो । यसले अस्ट्रेलियामा नयाँ अन्तरिक्ष प्रविधिहरूको विकास र व्यावसायीकरणलाई अगाडि बढाउन सन् २०२३ मा सरकारसँग फर्मको पाँच करोड २० लाख अस्ट्रेलियन डलर अनुदान सम्झौतालाई पछ्याएको थियो ।
एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार यो देश सयौँ उप–कक्षीय वाहन प्रक्षेपणको स्थल भएको छ तर अस्ट्रेलियाबाट कक्षमा दुईवटा मात्र सफल प्रक्षेपण भएको छ । पहिलो एरिस परीक्षण उडान ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो ।
एजेन्सी १५ साउन, काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् । उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् । यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।
राजधानी बेइजिङमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ, जसमध्ये सबैभन्दा बढी क्षति उत्तरपूर्वी उपनगर मियुनमा देखिएको छ । यस्तै, राजधानीलाई घेरेको हेबेइ प्रान्तमा पहिरोले ८ जनाको ज्यान लिएको छ र अझै ४ जना बेपत्ता छन् । प्रत्येक गर्मी याममा चीनमा यस्तो प्राकृतिक विपत्ति हुने गर्दछ । जलवायु परिवर्तनका कारण वर्षा, बाढी र गर्मी जस्ता चरम मौसमका घटनाहरू अझै तीव्र र बारम्बार हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक देश हो, तर चीनले सन् २०६० भित्र कार्बन–न्यूट्रल बन्ने लक्ष्य राखेको छ । नवीकरणीय ऊर्जा उत्पादनमा पनि चीन विश्वकै अगुवा मुलुकमध्ये एक हो ।
१५ साउन, काठमाडौं । पाकिस्तानको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीच एक सहमति भएको छ, जसअनुसार अब हरेक वर्ष क्यान्सर भएका करिब आठ हजार बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ । यो सहमति अनुसार पाकिस्तानले बालबालिकाको क्यान्सर उपचारका लागि बनाइएको एक विशेष अन्तर्राष्ट्रिय योजना (कार्यक्रम) मा सहभागी भएको छ । यस योजना अन्तर्गत गुणस्तरयुक्त औषधीहरू पीडित बालबालिकालाई निःशुल्क दिइनेछ । डब्लुएचओले दिएको जानकारी अनुसार पाकिस्तानमा हाल क्यान्सर भएका बालबालिकाको बाँच्ने दर करिब ३० प्रतिशत मात्रै छ । यो दर सन् २०३० सम्म ६० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।
पाकिस्तानमा हरेक वर्ष आठ हजारभन्दा बढी बालबालिकामा क्यान्सर पत्ता लाग्ने गरेको छ, तर धेरैलाई उपचारको राम्रो सुविधा नपाइने हुँदा धेरै बालबालिका समयमै बचाउन सकिँदैन । यो योजना संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँग मिलेर सञ्चालन गरिनेछ। युनिसेफले औषधी किन्ने र पाकिस्तानसम्म ल्याउने काम गर्नेछ । डब्लुएचओले पाकिस्तानको संघीय र प्रान्तीय सरकारलाई प्राविधिक सल्लाह, तालिम र अन्य आवश्यक सहयोग पनि गर्नेछ । पाकिस्तानका स्वास्थ्य मन्त्री मुस्तफा कमालले यो सम्झौताबाट धेरै बालबालिकाको जीवन जोगिन सक्ने आशा व्यक्त गरे । उनले भने, “यदि यो सहकार्यले एउटा मात्र बालबालिकाको ज्यान पनि बचाउन सक्यो भने, त्यो नै ठूलो मानव सेवाको काम हुनेछ ।
एजेन्सी १५ साउन, काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरुको सुरक्षाका लागि सामाजिक सञ्जालमा ‘युट्युब’ लाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चार मन्त्री अनिका वेल्सले बुधबार क्यानबेर्रामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए । यस प्रतिबन्धले आगामी डिसेम्बर १० देखि प्रभाव पार्नेछ । पहिला युट्युबलाई यसको शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्रीका कारण केही समयका लागि छुट दिइएको थियो । तथापि, इसेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले युट्युबले बालबालिकामा हानिकारक सामग्रीको पहुँच पु¥याउने जोखिम रहेको भन्दै सरकारलाई यसलाई प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेका थिए ।
प्रधानमन्त्री अल्बानेजले भने, “हामी सामाजिक सञ्जालका ती प्लेटफर्महरूलाई उचित नियन्त्रणमा राख्न इच्छुक छौं, जसले बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्छन् । यो मात्र पहिलो कदम हो, तर यसले निश्चित रूपले सकारात्मक प्रभाव पार्नेछ ।” सञ्चार मन्त्री वेल्सले थपे, “यो निर्णय अभिभावकहरूको भलाइलाई प्राथमिकतामा राखेर गरिएको हो र हामी प्रविधि कम्पनीहरूबाट आउने कानुनी दबाबबाट प्रभावित हुने छैनौं ।”
युट्युबका प्रतिनिधिले गुगलमार्फत यो निर्णयप्रति आफ्नो चिन्ता व्यक्त गर्दै आगामी कदमहरूबारे विचार गरिरहेको जानकारी दिएका छन् । सरकारले उमेर प्रमाणिकरण प्रविधिको परीक्षणको परिणामको पर्खाइमा छ र त्यसपछि प्रतिबन्ध कसरी कार्यान्वयन गर्ने स्पष्ट पार्नेछ । यस विषयमा थप जानकारी पाउँदा खुशी हुनेछौं । बालबालिका र अभिभावकहरूको सुरक्षामा सबैको सहयोग महत्वपूर्ण छ ।
१४ साउन, काठमाडौं । शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ ।
को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको थियो भने साँझमा साङ्घाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ । “मङ्गलबार रातिदेखि बुधबार बिहान १०ः०० बजेसम्म प्रभावित मानिसहरूलाई स्थानान्तरण गरिएको राष्ट्रिय प्रसारणकर्ता सिसिटिभीले जनाएको छ ।
चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ भने निङ्बो सहरबाट गरिएको प्रसारणमा बासिन्दाहरूलाई पानीबाटै आवतजावत गरेको देखाएको छ । यसैबीच, चीनले रूसको कामचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि आफ्नो समुद्री तटमा सुनामीको चेतावनी पनि दिएको हो ।
एजेन्सी १४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्दै भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताएका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै भने, “भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।”
उनले अमेरिका–भारतबीचको व्यापार घाटालाई ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताए । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरीदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएका छन् । भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरीदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ,” ट्रम्पले उल्लेख गरेका छन् । यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार, यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिँदै चेतावनी दिए । यदि सो अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिनेछ । भारत र अमेरिका बीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन ।
हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुहरूमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ । साथै, राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग पनि व्यापार सन्तुलन कायम गर्न नयाँ ट्यारीफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उनले ५० प्रतिशतसम्म आयशुल्क लगाउने सम्भावना व्यक्त गरे ।
१४ साउन, काठमाडौं । रुसमा ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिका देखि जापानसम्म सुनामीको चेतावनी जारी भएको छ । यूएस जीओलोजिकल सर्वेका अनुसार रुसको पूर्वी तटीय क्षेत्रमा सो भूकम्प आएको हो । यसले प्रशान्त महासागरमा सुनामी आउने चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्र कमचट प्रायदिपस्थित पेट्रोपावलोव्स्कबाट १३६ किलोमिटर पूर्व र जमिनबाट १९ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
स्थानीय सरकारी अधिकारीहरुले यो अहिलेसम्मकै ठूलो भूकम्प भएको बताएका छन् । हताहतीको खबर सार्वजनिक भइसकेको छैन । यूएसजीएसले जापान र रुसको तटीय क्षेत्रमा अबको तीन घण्टमा खतरनाक सुनामी पुग्ने बताएको छ । यसले अमेरिकाको अलास्कासहितका क्षेत्रमा असर पार्नेछ । ३.३ फिटसम्म उचाइको सुनामी आउने चेतावनी जारी गरिएको छ ।
एजेन्सी १४ साउन, काठमाडौं । “अनिकालको सबैभन्दा खराब अवस्था हाल गाजा पट्टीमा भइरहेको छ”, खाद्य सङ्कटसम्बन्धी अग्रणी अन्तर्राष्ट्रिय प्राधिकरणले मङ्गलबार तत्काल कारबाही नगरेमा ‘व्यापक मृत्यु’ हुने भविष्यवाणी गर्दै नयाँ चेतावनीमा भनेको छ । अझै पनि औपचारिक अनिकाल घोषणा गर्न बाँकी रहेको यो चेतावनीले गाजामा कमजोर भएका बालबालिकाहरूको तस्बिर र लगभग २२ महिनाको युद्धपछि भोकमरीका कारण दर्जनौँको मृत्यु भएको रिपोर्टमाथि आक्रोश निम्त्याएको छ ।
अन्तर्राष्ट्रिय दबाबले इजरायललाई सप्ताहन्तमा गाजाका केही भागमा लडाइँमा दैनिक मानवीय विराम र हवाई सहायता सहितका उपायहरू घोषणा गर्न बाध्य बनाएको छ । संयुक्त राष्ट्रसङ्घ र भूमिमा रहेका प्यालेस्टिनीहरूले केही परिवर्तन भएको छैन भन्छन्, र निराश भीडले डेलिभरी ट्रकहरू गन्तव्यमा पुग्नुअघि नै घेरेर खाली गरिरहन्छन् । एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण वा आइपिसीले गाजा दुई वर्षदेखि अनिकालको सँघारमा पुगेको तर हालैका घटनाक्रमहरूले स्थिति ‘नाटकीय रूपमा बिगारेको’ भनेको छ । यसमा इजरायलको ‘बढ्दो कडा नाकाबन्दी’ समावेश छ ।
Israeli activists take part in a protest against the war in the Gaza Strip, Israel’s measures regarding food distribution and the forced displacement of Palestinians, in Tel Aviv, Israel, Tuesday, July 22, 2025. (AP Photo/Ohad Zwigenberg)
औपचारिक अनिकाल घोषणाका लागि त्यस्तो प्रकारको आँकडाको आवश्यकता हुन्छ र जुन दुर्लभ छ– जुन गाजामा पहुँचको अभाव र भित्रको गतिशीलताले धेरै हदसम्म अस्वीकार गरेको छ । आइपिसीले केवल केही पटक मात्र अनिकाल घोषणा गरेको छ– सोमालियामा सन् २०११ मा, दक्षिण सुडानमा सन् २०१७ र सन् २०२० मा र गत वर्ष सुडानको पश्चिमी डार्फर क्षेत्रका केही भागहरूमा ।
तर स्वतन्त्र विशेषज्ञहरूका अनुसार उनीहरूले गाजामा के देखिरहेका छन् भनेर जान्नका लागि औपचारिक घोषणाको आवश्यकता छैन । “जसरी एक पारिवारिक चिकित्सकले प्रायः प्रयोगशालामा नमूनाहरू पठाएर नतिजाका लागि प्रतीक्षा नगरी देखिने लक्षणहरूको आधारमा उनीसँग परिचित बिरामीको निदान गर्न सक्छ, त्यसै गरी हामी पनि गाजाका लक्षणहरूको व्याख्या गर्न सक्छौँ । यो अनिकाल हो”, ‘मास स्टारभेसनः द हिस्ट्री एन्ड फ्युचर अफ फेमिन’ का लेखक तथा वर्ल्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशकले भन्नुभयो ।
निम्न तीनवटै अवस्था पुष्टि भएमा कुनै क्षेत्रलाई अनिकालका रूपमा वर्गीकरण गरिन्छः कम्तीमा २० प्रतिशत घरपरिवारमा खानाको चरम अभाव छ, वा मूलतः भोकमरीमा छन् । कम्तीमा ३० प्रतिशत बालबालिकाहरू ९छ महिनादेखि पाँच वर्षसम्मका० तीव्र कुपोषण वा दुर्बलताबाट पीडित छन्, यसको मतलब तिनीहरू आफ्नो उचाइका लागि धेरै पातला छन् । र प्रति १० हजारमा कम्तीमा दुई व्यक्ति वा पाँच वर्षमुनिका चार बालबालिका दैनिक भोकमरी वा कुपोषण र रोगको अन्तरक्रियाका कारण मरिरहेका छन् ।
जुलाई २५ सम्मका उपलब्ध जानकारीमा आधारित यो रिपोर्टले सङ्कट ‘चिन्ताजनक र घातक मोडमा’ पुगेको बताउँछ । यसले धेरैजसो गाजामा खाद्यान्न खपतका लागि अनिकालको सीमा — युद्ध सुरु भएयताकै सबैभन्दा निम्न स्तरमा — र गाजा सहरमा तीव्र कुपोषणका लागि पुगेको आँकडाले सङ्केत गरेको बताएको छ । रिपोर्टले गाजा सहरमा पाँच वर्षमुनिका प्रत्येक एक सय बालबालिकामध्ये झण्डै १७ जना तीव्र कुपोषणमा परेको बताएको छ ।
बढ्दो प्रमाणले ‘व्यापक भोकमरी’ देखाउँछ । अत्यावश्यक स्वास्थ्य र अन्य सेवाहरू ध्वस्त भएका छन् । विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा तीनमध्ये एक जना मानिस एक पटकमा केही दिनसम्म खाना बिना नै बस्छन् । अस्पतालहरूले पाँच वर्षमुनिका बालबालिकाहरूमा भोकमरीसँग सम्बन्धित मृत्युको तीव्र वृद्धि भएको रिपोर्ट गर्छन् । बीस लाखभन्दा बढी जनसङ्ख्या भएको गाजा विनाशकारी क्षेत्रका बढ्दो सानो क्षेत्रहरूमा निचोडिएको छ ।
मे महिनामा आइपिसीको पछिल्लो विश्लेषणले यदि इजरायलले आफ्नो नाकाबन्दी हटाउन र आफ्नो सैन्य अभियान रोक्न नसकेमा गाजा सम्भवतः अनिकालमा पर्ने चेनावनी दिएको थियो । यसको नयाँ चेतावनीले तत्काल र ठूलो–स्तरको कारबाहीको आह्वान गर्दछ र चेतावनी दिन्छः “अहिले कार्य गर्न असफल भएमा पट्टीका धेरैजसो भागमा व्यापक मृत्यु हुनेछ ।”
Israeli soldiers drive on their armored personnel carrier back from inside the northern Gaza Strip into southern Israel, Tuesday, July 29, 2025. (AP Photo/Ariel Schalit)
इजरायलले युद्धभरि विभिन्न मात्रामा सहयोग सीमित गरेको छ । मार्चमा यसले हमासलाई बन्धक मुक्त गर्न दबाब दिन इन्धन, खाद्यान्न र औषधि लगायत सबै सामानहरूको प्रवेश बन्द गरेको थियो । इजरायलले मेमा ती प्रतिबन्धहरू सहज बनायो तर अराजकता र हिंसाले ग्रस्त भएको अमेरिकी समर्थित नयाँ सहायता वितरण प्रणालीलाई पनि अगाडि बढायो । परम्परागत, संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता प्रदायकहरूले इजरायली सैन्य प्रतिबन्धहरू र लुटपाटका घटनाहरूले डेलिभरीमा बाधा पुर्याएको तथा अपराधीहरू र भोकाएको भीडले प्रवेश गर्ने सहायता सामग्री बोकेका सवारी साधनहरूमा आक्रमण गरेको बताएका छन् ।
इजरायलले गाजामा कतिवटा सहायता ट्रकहरू प्रवेश गर्न सक्छन् भन्नेमा कुनै सीमा छैन भनेको छ, तर संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र सहायता समूहहरूले बढ्दो भोकमरीको सामना गर्न नवीनतम मानवीय उपायहरू पनि पर्याप्त नभएको बताएका छन् । सोमबार एक वक्तव्यमा, डाक्टर्स विदाउट बोर्डर्सले नयाँ हवाई सहायतालाई अप्रभावी र खतरनाक भन्दै ट्रकहरूभन्दा कम सहायता पुर्याउने बताए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा कोही भोकै मरिरहेको छैन र इजरायलले युद्धभरि पर्याप्त सहायता आपूर्ति गरेको दावि गरेका छन् । उनले भनेका छन् । “अन्यथा, त्यहाँ कुनै गाजाबासी हुने थिएनन् ।” इजरायली सेनाले सोमबार ‘गाजामा जानाजानी भोकमरीका झूटा दाबीहरू’ भन्दै आलोचना गरेको थियो । इजरायलको सबैभन्दा नजिकको सहयोगीले अब असहमति जनाएको देखिन्छ । “ती बालबालिकाहरू धेरै भोकाएका देखिन्छन्”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हालका दिनहरूमा गाजाका तस्बिरहरूको बारेमा भने ।
एजेन्सी १४ साउन, काठमाडौं । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् ।
यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा, कडा आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन् । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ ।
“यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । रुसी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आरोप अस्वीकार गर्दै भने, “रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन ।”
युक्रेनी वायुसेनाले जनाएको अनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनहरू मारिएका छन् । यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमाथिको आक्रमणमा २३ वर्षीया गर्भवती महिला डायना सहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए । नुभयो । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ।
युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिए । “कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्,” उनले सामाजिक सञ्जालमा लेखे । रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रूसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।
१३ साउन, काठमाडौं । ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो ।
स्कटल्यान्डस्थित आफ्नै गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग उच्चस्तरीय बैठकमा उक्त सम्झौता गरेपछि त्यसलाई सबैभन्दा ठूलो उपलब्धि भनी टिप्पणी गरेका थिए । युरोपेली सामानमा ३० प्रतिशत अमेरिकी करबाट बच्नका लागि अगस्ट १ को समयसीमा अगावै नेताहरूले करिब एक घण्टामा सम्झौता गरेका थिए ।
‘हामीले सम्झौता गरेका छौं, यो सबैका लागि राम्रो हो । यो सायद कुनै पनि क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले भने । ट्रम्पका अनुसार १५ प्रतिशतको आधारभूत कर युरोपको महत्त्वपूर्ण अटोमोबाइल क्षेत्र, फर्मास्युटिकल्स र सेमीकन्डक्टरसहित सबैतिर लागू हुनेछ । ट्रम्पले सम्झौताको एक हिस्साका रूपमा २७ सदस्य राष्ट्र रहेको ईयूले संयुक्त राज्य अमेरिकाबाट ‘७ खर्ब ५० अर्ब डलर मूल्यको ऊर्जा’ खरिद गर्न सहमत भएको र ६ खर्ब डलर थप लगानी गर्न सहमत भएको बताए ।
भोन डेर लेयनले रुसी स्रोतहरूबाट टाढा विविधीकरण गर्ने ब्लकको प्रयासको एक भागका रूपमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास, तेल र आणविक इन्धनको ‘महत्त्वपूर्ण’ खरिद तीन वर्षमा हुने बताए । ईयूका २७ देशका तर्फबाट वार्ता गर्दै भोन डेर लेयनले सामान र सेवाहरूमा वार्षिक १९ खर्ब डलरको व्यापारिक सम्बन्ध बचाउन कडा प्रयास गरिरहेको थियो । ‘यो राम्रो सम्झौता हो,’ ईयू प्रमुखले पत्रकारसँग भनिन्, ‘यसले स्थिरता ल्याउनेछ, एट्लान्टिकको दुवै किनाराका हाम्रा व्यवसायका लागि यो धेरै महत्त्वपूर्ण छ ।’ उनले विशेष गरी विमान, केही रसायन, कृषि उत्पादन जस्ता रणनीतिक उत्पादनहरू र महत्त्वपूर्ण कच्चा मालमा द्विपक्षीय भन्सार शुल्क छुटमा सहमति भएको बताइन् ।
ट्रम्प दोस्रो कार्यकालका लागि गत जनवरीमा ह्वाइट हाउस छिरेपछि अमेरिका र ईयूबीच भन्सार शुल्कमा निकै धेरै गलफत्ती चलेको थियो । अझै पनि अमेरिकाले ईयू राष्ट्रबाट आउने कारहरूमा २५ प्रतिशत, स्टिल र एल्युमिनियममा ५० प्रतिशत र सम्पूर्ण वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क तोकेको छ । जबकि वासिङ्टनले यसलाई बढाएर ३० प्रतिशतसम्म पुर्याउने धम्की दिएपछि ईयू अमेरिकासँग भन्सार शुल्कका बारेमा वार्ता गर्न बाध्य भएको हो । ईयूले विमानदेखि मदिरासम्मका महत्त्वपूर्ण उद्योगहरूका लागि भन्सार शुल्क छुटको माग गरिरहेको थियो भने फ्रान्स र जर्मनीका कार, मोटरमा लगाइएको चर्को भन्सारका कारण पहिले नै पीडित थिए । ‘१५ प्रतिशत करलाई कम आकलन गर्नु हुँदैन, तर यो हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो हो,’ भोन डेर लेयनले भनेकी छन् । अमेरिकासँगको उक्त सम्झौतालाई ईयू सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गरेपछि नयाँ कर लागू हुनेछ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यस सम्झौताको तत्काल प्रशंसा गर्दै यसले ‘ट्रान्सएट्लान्टिक व्यापार सम्बन्धमा अनावश्यक वृद्धि’ हुनबाट जोगाएको बताए । तर जर्मन निर्यातकर्ताहरू भने अझै पनि कम उत्साहित देखिएका छन् । औद्योगिक समूहहरूको शक्तिशाली बीडीआई महासंघले उक्त सम्झौताले ‘पर्याप्त मात्रामा नकारात्मक परिणामहरू’ ल्याउने बताएको छ ।
संयुक्त राज्य अमेरिकाका लागि ईयूको शीर्ष निर्यातकर्ताहरूमध्ये एक आयरल्यान्डले सम्झौताको स्वागत गरेको छ, तर यसको विदेश मामिला र व्यापार विभागको एक बयानमा भने आधारभूत करप्रति ‘खेद’ व्यक्त गरेको छ । ईयूले स्टिलमा सम्झौताका लागि दबाब दिएको थियो जसले भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकामा निश्चित कोटा प्रवेश गर्न दिन सक्छ । स्टिल ‘जस्तो छ त्यस्तै रहनेछ’ भन्दै ट्रम्पले यसलाई अस्वीकार गरेका थिए, तर ईयू प्रमुखले स्टिलका लागि पछि ‘भन्सार शुल्क कटौती गरिनेछ र कोटा प्रणाली स्थापना गरिनेछ’ भनी जोड दिएकी थिइन् ।
यदि स्कटल्यान्ड वार्ता असफल भएको भए ईयूका सदस्य राष्ट्रहरूले अगस्ट ७ देखि विमान र कारहरूसहित १ खर्ब ९ अर्ब डलर (९३ अर्ब युरो) का अमेरिकी वस्तुहरूमा प्रति–भन्सार शुल्क लगाउन अनुमति दिएको थियो । उता, ट्रम्पले पनि अगस्ट १ सम्ममा वासिङ्टनसँग सम्झौता नगरे ईयू राष्ट्रसहित अन्य दर्जनौं देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिएका थिए ।
१२ साउन, काठमाडौं । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए ।
घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए । “उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए । ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ । थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन् ।
११ साउन, काठमाडौं । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको सशस्त्र आक्रमणमा कम्तीमा ३५ जना नागरिकको ज्यान गएको छ । स्थानीय बासिन्दा र अगुवाहरूका अनुसार, रातको करिब ९ बजेतिर नगरको एक मन्दिरमा प्रार्थनामा संलग्न मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले भीषण आक्रमण गरे । आक्रमणपछिका दृश्य निकै हृदयविदारक थिए, जहाँ ३५ जना मृत शरीर भेटिएका छन् । धेरैजसो मृतक युवा धार्मिक सेवामा आवद्ध रहेका थिए ।
बेपत्ता भएका केही युवाहरूको हालसम्म कुनै पत्तो लाग्न सकेको छैन । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ । घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिएको भए तापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको संकेत देखिएको छ । केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।
यस आक्रमणको जिम्मेवारी लिने पक्षको औपचारिक पुष्टि नभए तापनि, स्थानीय प्रशासनले यसलाई लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न रहेको एक सशस्त्र समूहसँग जोडिएको अनुमान गरेको छ । यस घटनाले स्थानीय वासिन्दाहरूमा पुनः त्रास फैलिएको छ । मानव अधिकार समूहहरूले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।
१० साउन, काठमाडौं । ब्रिटिश सैन्य योजनाविद्हरूको एउटा सानो टोलीले गाजामा सहायता सामग्री आकाशबाट खसाल्ने योजनामा जोर्डनलाई सघाउन लागेको बुझिएको छ। तिनलाई आगामी दुई दिनभित्र परिचालन गर्न सकिने बताइएको छ। प्रधानमन्त्री केअर स्टार्मरले शनिवार मिरर पत्रिकामा लेख्दै ब्रिटिश सरकारले ब्रिटिश सहायतालाई विमानमा राखेर गाजामा पुर्याउन जोर्डनी अधिकारीहरूसँग तत्काल कार्य थालिसकेको उल्लेख गरेका छन्। विगतमा पनि यूकेले गाजामा जोर्डनी नेतृत्वमा आयोजित अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत ११० टन राहत सामग्री आकाशबाट खसालेको थियो।
गाजामा गम्भीर बिरामी परेका बालबालिकालाई यूकेमा औषधोपचारमा पहुँच दिलाउने नयाँ योजना पनि थालिने बताइएको छ। कति बालबालिकालाई कसरी सहयोग गरिन्छ भनेर प्रस्ट पारिएको छैन। तर गत एप्रिलमा प्रोजेक्ट प्योर होप अभियानअन्तर्गत दुई बालबालिकालाई यूके ल्याएर उपचार गरिएको कामलाई नै विस्तार गरिने ठानिएको छ। इजरेलले आगामी दिनहरूमा अन्य देशहरूले गाजामा आकाशबाट खसालेर सहायता सामग्री त्यहाँ पुर्याउन सक्ने बताएको छ। जोर्डन र संयुक्त अरब इमिरेट्सले उक्त कार्य गर्ने ठानिएको छ – तर कहिले र कसरी राहत खसालिन्छन् भनेर विवरण खुलाइएको छैन।
यूकेका प्रधानमन्त्री स्टार्मरले गाजामा हवाई सहायता पुर्याउन सक्दो सहयोग गर्ने बताएका छन्। तर संयुक्त राष्ट्रसङ्घले यस किसिमका वितरण ुखर्चिलो र कम प्रभावकारीु हुने भनेको छ। अन्तर्राष्ट्रिय सहयोग संस्था मेडिसाँ साँ फ्रन्तिए ९एमएसएफ०ले आकाशबाट खसालिएका सामग्रीमा पहुँच पाउन जोखिममा परेका मानिसहरूलाई कठिन हुने र त्यसले थप अस्तव्यस्तता निम्त्याउन सक्ने चेतावनी दिएको छ।
विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा प्रत्येक तीनमध्ये एक मानिसले कैयन् दिनदेखि खान पाएका छैनन्। त्यहाँ ९० हजार महिला तथा बालबालिकालाई कुपोषणको ुतत्काल उपचारुको खाँचो परेको उसले बताएको छ। फ्रान्स, यूके र जर्मनीका नेताहरूले इजरेलले सहायताको प्रवाहमाथि लगाइएको व्यवधान तत्काल हटाउन पर्नेमा सहमति जनाएका छन्।
तीमध्ये हालसम्म केवल फ्रान्सले प्यालेस्टीनी राज्यलाई मान्यता दिने भनेको छ। तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले फ्रान्सको कदमले आतङ्कवादलाई पुरस्कृत गर्ने प्रतिक्रिया व्यक्त गरेका छन्। फ्रान्सको निर्णयलाई अमेरिकाले पनि आलोचना गरेको छ। यूकेमा २०० जनाभन्दा धेरै सांसदहरूले यूकेले पनि त्यस्तै मान्यता दिन अनुरोध गरे पनि स्टार्मरले त्यसमा सहमति जनाएका छैनन्।
प्यालेस्टीनी राज्यलाई मान्यता दिने विषय उक्त क्षेत्रको समग्र योजनाअन्तर्गत पर्ने स्टार्मरले बताएका छन्। संयुक्त राष्ट्रसङ्घको सदस्य बनेका १९३ राष्ट्रमध्ये अहिलेसम्म १४० वटाभन्दा बढीले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका छन्। तीमध्ये स्पेन र आयरल्यान्डसहितका केही ईयू सदस्य राष्ट्र छन्।
गाजामा भोकको सङ्कट गहिरिएपश्चात् इजरेलमाथि सहायता वितरणको दबाव बढेपनि उसको रुचि सङ्कट सम्बोधनमा भन्दा पनि आलोचना अस्वीकार गर्नमा ज्यादा देखिएको बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बचेगाले जनाएका छन्। इजरेलले उसले र अमेरिकाले समर्थन गरेको गाजा ह्युमेनिटेरियन फाउन्डेशन (जीएचएफ)ले दशौँ लाख खाना बाँडेको भन्दै हमाससँग मिलेर संयुक्त राष्ट्रसङ्घले सहायता वितरणमा रोकावट गरेको आरोप लगाएको छ।
राष्ट्रसङ्घीय अधिकारीहरूले खानेकुरालाई अस्त्रका रूपमा उपयोग गरिएको भनेका छन् जुन युद्ध अपराध मानिन्छ। इजरेलले त्यस्ता आरोपको खण्डन गरेको छ। मध्येपूर्व संवाददाता ह्युगो बचेगा भन्छन् इजरेलले बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूलाई गाजामा जानबाट रोकिदिएको छ। जसको अर्थ हुन्छ ती संस्थाले गाजाभित्रबाट रिपोर्टिङ् गर्न सक्दैनन् र उनीहरू प्यालेस्टीनी पत्रकारहरूमा निर्भर रहन्छन् जो स्वयं भोकको चपेटामा परेका छन्। बीबीसीबाट
१० साउन, काठमाडौं । फिलिपिन्समा गत सातायता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । तीमध्ये १३ जनाको पहिचान भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ । घटनामा परी १० जना घाइते भएका छन् ।
उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन् । नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ सहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरिसकेका छन् । हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिइसकेका छन् । तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्याउने गरेको छ ।
९ साउन, काठमाडौं । थाईल्यान्डका नेताले थाईल्यान्ड र क्याम्बोडियाको सीमामा भिडन्त भइराखे युद्ध हुन सक्ने चेतावनी दिएका छन्। बिहीवार तनाव बढेपछि सुरु भएको भिडन्तमा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको तथा दुवै देशमा गरी हजारौँ मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन्। थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले अहिले विभिन्न १२ स्थानमा सङ्घर्ष भइरहेको र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएको बताएका छन्।
थाईल्यान्डले क्याम्बोडियाली पक्षले गैरसैनिक क्षेत्रहरूमा गोली प्रहार गरेको आरोप लगाउँदै सीमापारिबाट प्रहार गरिने रकेट पुग्न सक्ने सबै गाउँहरू खाली गरिएको बताएको छ। क्याम्बोडियाले थाईल्यान्डलाई क्लस्टर म्यूनिशन प्रहार गरेको आरोप लगाएको छ। सर्वसाधारण मानिसलाई नराम्रो असर पुग्ने भएकाले विश्वका अधिकांश भागमा क्लस्टर म्यूनिशनमा प्रतिबन्ध लगाइएको छ।
थाईल्यान्डले उक्त आरोपबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। विभिन्न पक्षले क्याम्बोडिया र थाईल्यान्डबीच तत्काल सङ्घर्षविराम गराउन वार्ताका लागि सघाउने प्रस्ताव गरेको भए पनि थाईल्यान्डको विदेश मन्त्रालयले समाचारसंस्था रोएटर्सलाई क्याम्बोडियासँगको द्वन्द्वमा तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको प्रतिक्रिया दिएको छ। दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन ुआशियानुको अध्यक्षता गर्ने मलेशियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ताका लागि मध्यस्थता गर्ने बताएका थिए।
ूब्याङ्कक र नोम पेन दुवैले अगाडि जाने यो बाटोमा हिँड्न देखाएको सकारात्मक सङ्केत तथा रुचिको स्वागत गर्छु, अन्वरले बिहीवार राति फेसबुकमा लेखेका थिए। तर थाई विदेश मन्त्रालयका प्रवक्ताले रोएटर्सलाई अहिलेको परिस्थिति द्विपक्षीय माध्यमबाट समाधान गर्नुपर्ने र नोम पेनले आक्रामक कदम रोक्नुपर्ने बताए। मलाई अहिले नै तेस्रो देशको मध्यस्थता चाहिन्छ जस्तो लाग्दैन, प्रवक्ता निकोन्देच बालान्कुरले भने। भिडन्तमा हताहत हुनेहरूको सङ्ख्याबारे दुवै देशले नयाँ विवरण दिएपछि थाई अधिकारीको भनाइ पनि सार्वजनिक भएको हो।
थाईल्यान्डका अनुसार अहिलेसम्म आफ्नो पक्षमा १४ सर्वसाधारण मानिस र एक सैनिकको मृत्यु भएको छ। क्याम्बोडियाको सीमावर्ती प्रान्तका अधिकारीहरूका अनुसार क्याम्बोडियातिर कम्तीमा एक सर्वसाधारण मानिसको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकाले तत्काल सङ्घर्ष रोक्न, सर्वसाधारण मानिसलाई संरक्षण गर्न र शान्तिपूर्वक द्वन्द्व समाधान गर्न आग्रह गरेको छ। क्याम्बोडिया र थाईल्यान्ड दुवैसँग राजनीतिक र रणनीतिक सम्बन्ध भएको चीनले पनि अहिले चुलिएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। उसले दुवै पक्षले वार्ता र परामर्शमार्फत् विवाद समाधान गर्ने आशा व्यक्त गरेको छ।
अस्ट्रेलिया, ईयू र फ्रान्सले पनि शान्ति कायम गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उक्त द्वन्द्वबारे शुक्रवार बैठक गरेर छलफल गर्ने ठानिएको छ। सुरक्षा परिषद्लाई बिहीवार पठाएको पत्रमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मनेटले थाईल्यान्डको आक्रामकता रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए।
दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको आरोप लगाउँदै आएका छन्। थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको छ। क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर(हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो।
दुई देशबीच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ। फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो। त्यसयता दुई देशका सैनिकहरूबीच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ। दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्। गत मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई पक्षबीच तनाव चुलियो र एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध निम्न बिन्दुमा पुग्यो।
थाईल्यान्डको सुरिन प्रान्तमा विभिन्न स्थानबाट ल्याएर एउटा खेलकुद कम्प्लेक्समा राखिएका मानिसहरूले अहिले पनि आफूहरू बिहीवार रकेट र गोलाबारुद प्रहार भएको घटना सम्झिएर तर्सिने गरेको बताएका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्। क्याम्बोडियामा सन् १९८० दशकमा भएको गृहयुद्ध देखेका पाका मानिसहरूले अहिलेको सङ्घर्ष त्यसपछाडि आफूले भोगेको सबैभन्दा डरलाग्दो घटना भएको बताएका छन्। बीबीसीबाट
९ साउन, काठमाडौं । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ । नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो ।
गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् । उनीहरूले गाउँलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै वर्षभरि भइरहन्छन् ।
मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।
नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ । झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।
विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो । सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
९ साउन, काठमाडौं । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ। टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो।
घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८०) हेलिकोप्टर टोलीले कुनै पनि जीवित यात्रुको सङ्केत फेला नपरेको जानकारी दिएको छ। रुसी नागरिक सुरक्षा तथा आगो नियन्त्रण केन्द्रले राज्य समाचार संस्था ताससँग दिएको जानकारीमा भनिएको छ,“टिन्डा विमानस्थलका निर्देशकका अनुसार विमान जमिनमा ठोक्किएपछि आगो लागेको हो, र घटनास्थल माथिबाट उडिरहेको हेलिकोप्टरले कुनै पनि बाँचेकाको सङ्केत देखेन।”
दुर्घटनास्थल अमुर क्षेत्रको टिन्डा नजिकै रहेको पहाडी र दुर्गम क्षेत्र हो। उद्धार कार्य अवरुद्ध भएको छ । प्रारम्भिक समाचारमा ५० यात्रु रहेको समाचार आए पनि एक जनाको अवस्थाका बारेमा स्पष्ट पारिएको छैन । यसको मुख्य कारण जङ्गलयुक्त भूगोल र कठिन मौसम रहेको अधिकारीहरूले बताएका छन्।
७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताएका हुन्।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले त्यस्तो सम्झौताको स्वागत गरेका छन् तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताएका छन्। जापानका मुख्य व्यापार वार्ताकार रायोसी आकाजावाले एउटा फेसबुक पोस्टमा ूमिसन पूरा भएकोू ह्यासट्यागसहित ह्वाइट हाउसको भ्रमण गरेको उल्लेख गरेका छन्। सम्झौताबारे विस्तृत जानकारीका लागि बीबीसीले वासिङ्टनस्थित जापानी दूतावाससँग सम्पर्क गरेको छ।
ूमैले भर्खरै इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, मलाई लाग्छ जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता भएको छ, ट्रम्पले मङ्गलवार साँझ ह्वाइट हाउसमा आयोजित एउटा कार्यक्रममा भने। उनीहरूका वरिष्ठ मानिसहरू यहाँ थिए र हामीले यसबारे लामो र कठिन काम गर्यौँ। यो सम्झौता सबैका लागि ठूलो कुरा हो। म जहिले पनि भन्छु सहमति सबैपक्षका लागि ठूलो हुनुपर्छ। यो ठूलो सम्झौता हो, उनले थपे।
ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार सम्झौता पनि बुधवार घोषणा हुने र चाँडै नै अन्य सम्झौता हुने बताएका छन्। बीबीसीले व्यापार सम्झौताको विस्तृत विवरणका लागि ह्वाइट हाउससँग सम्पर्क गरेको छ। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार पत्रकारहरूसँग बोल्दै भने, ,वार्ताको परिणामलाई कुन अर्थमा बुझ्ने भन्ने सन्दर्भमा वार्ता र सम्झौताको विस्तृत विवरण सावधानीपूर्वक जाँच नगरेसम्म म यस विषयमा छलफल गर्न सक्दिनँ।
यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीहरूको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए। यो एप्रिल २ तारिखमा लिबरेसन डे भनेर ट्रम्पले देशमा हुने आयातहरूमा विभिन्न अतिरिक्त शुल्कहरू लागु गर्ने घोषणा गर्दाको समयमा जापानलाई लगाइने भनिएको २४ प्रतिशतको दरभन्दा एक अङ्कले बढी थियो।
विश्वभरिका धेरै अमेरिकी व्यापारिक साझेदारहरूलाई अतिरिक्त कर लगाइने घोषणा गरिएको एप्रिलको ट्यारिफ योजना विश्वव्यापी बजार उथलपुथल भएपछि ९० दिनका लागि रोकिएको थियो। जसले टोकियोका व्यापार प्रतिनिधिहरूलाई वासिङ्टनमा आफ्ना समकक्षीहरूसँग वार्ता गर्न समय दिएको थियो।
टोकियोमा जापानको बेन्चमार्क शेअर सूचकाङ्क निक्केई २२५ बुधवार बिहान २।५ प्रतिशत भन्दा बढीले बढेको थियो। प्रसारण संस्था एनएचकेले जापानी कार निर्माता कम्पनी माथिको विद्यमान कर कटौती हुने जानकारी दिएपछि टोयोटा, निसान र होन्डाजस्ता विशाल मोटर उद्योगका शेअर मूल्यले ठूलो फड्को मारेका थिए। प्रधानमन्त्री शिगेरु इशिबाले पछि देशका कार निर्माताहरूले अब अमेरिका निर्यात गर्दा २५ प्रतिशतको साटो १५ प्रतिशत तिर्नु पर्ने बताए।
जापानको संसदको माथिल्लो सदनको चुनावमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएपछि प्रधानमन्त्री शिगेरु इशिबालाई पदबाट हट्न दबाव परिरहेका बेला यो सम्झौता भएको हो। एलडीपीले गत वर्ष नै जापानको शक्तिशाली तल्लो सदनमा आफ्नो बहुमत गुमाइसकेको थियो।
७ साउन, काठमाडौं । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत बिन्दुले वृद्धि भएको हो ।
प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरू जस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ । सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे ।
यी समूहहरूमा इन्टरनेट पहुँच क्रमश स् ५२ प्रतिशत र ६९ दशमलव दुई प्रतिशत पुगेको छ । यसैबिच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरू बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ ।
७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।
उक्त राष्ट्रिय रणनीति निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थसचिव घनश्याम उपाध्याय, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले रणनीति सार्वजनिकमा सहभागी थिए ।
एडीबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेम वर्क तयार गरेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने दाबी गरिएको छ । एडीबीसँगको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको अर्थमन्त्री पौडेलले बताए । १६औं योजनासँग तादात्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उनले सुनाए ।
राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गरेको कोस्वाले जनाए । ‘हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंसा गर्छौं,’ उनले भने, ‘नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आबद्ध गरिएका लगानी परियोजना नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालासँग काम गर्न एडीबी तयार छ ।’
रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीले जनाएको छ एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।
६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा ज्यान लिने कार्य भैरहेको भन्दै त्यस्को निन्दा गरिएको छ।
गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले सप्ताहान्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरेली गोली लागेर १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र अन्य १९ जनाको कुपोषणका कारण मृत्यु भएको जनाएको छ। इजरेलको विदेश मन्त्रालयले ती देशहरूका वक्तव्यलाई अस्वीकार गरेको छ र त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको छ। उक्त मन्त्रालयले सशस्त्र समूहहरूमाथि नयाँ युद्ध विराम र बन्धक रिहा गर्ने सम्झौतामा सहमत हुनुको सट्टा झूट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ।
गाजामा विगत २१ महिनादेखि हमाससँगको युद्धको क्रममा इजरेलले अपनाइरहेको रणनीतिको निन्दा गर्दै थुप्रै अन्तर्राष्ट्रिय वक्तव्यहरू आएका छन्। तर यसपटकको सामूहिक घोषणा यसको स्पष्टताको लागि उल्लेखनीय देखिन्छ। यूकेसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटली, जापान, न्यूजिल्यान्ड र स्वीट्जरल्यान्डलगायत २७ देशका विदेश मन्त्रीहरू यो वक्तव्यका हस्ताक्षरकर्ता रहेका छन्। उक्त वक्तव्यको पाठ गाजामा जारी युद्ध अब अन्त्य हुनैपर्छ भन्ने घोषणाका साथ सुरु हुन्छ।
त्यसपछि उक्त वक्तव्यमा चेतावनी दिइएको छ, गाजाका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको छ। इजरेली सरकारको सहायता वितरण गर्ने तरिका खतरनाक छ त्यसले अस्थिरतालाई बढावा दिन्छ र गाजाका मानिसहरूलाई उनीहरूको मानवीय आत्मसम्मानबाट वञ्चित गर्छ।’ ‘थोपा थोपा गरेर सहायता प्रदान गर्ने अनि पानी र खानेकुराजस्ता अति आधारभूत आवश्यकता पूरा गर्न खोजिरहेका बालबालिकासहित सर्वसाधारणको अमानवीय रूपमा ज्यान लिइएको कुराको हामी निन्दा गर्छौँ। ८०० भन्दा धेरै प्यालेस्टिनीहरू सहायताको खोजीमा रहेका बेला मारिनु भनेको निकै भयानक कुरा हो।’
यूकेका विदेश मन्त्री डेभिड ल्यामीले पछि हाउस अफ कमन्समा बोल्दै गाजामा भयानक घटनाहरूको थुप्रो नै लागिरहेको र त्यस्ता घटनामा विवश, भोका बालबालिकाहरूको ज्यान लिने गरी हमलाहरू भैरहेका बताए। यो वर्ष गाजाका लागि थप ४० मिलियन पाउन्ड मानवीय सहायता घोषणा गर्दै ल्यामीले आफू ूइजरेलको सुरक्षा र यसको अस्तित्वको अधिकारको दृढ समर्थक रहेको तर त्यहाँको सरकारको कामलेूविश्वमा इजरेलको प्रतिष्ठामा अव्यक्त क्षति पुर्याइरहेको र इजरेलको दीर्घकालीन सुरक्षालाई कमजोर पारिरहेको बताए।
इजरेलले गाजामा सहायता वितरणमा लागु गरेको ११ साताको पूर्ण प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएपछि र अमेरिकासँग मिलेर गाजा ह्युमेनिटेरिअन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित नयाँ सहायता प्रणाली स्थापना गरेपछि मे महिनायता खानेकुराको पर्खाइमा रहेका प्यालेस्टिनीहरू मारिएको विवरणहरू लगभग दैनिक जसो आइरहेका छन्। तर संयुक्त राष्ट्रसङ्घ र उसका साझेदारहरूले त्यस्तो प्रणाली असुरक्षित रहेको र त्यसबाट निष्पक्षता, तटस्थता र स्वतन्त्रताको मानवीय सिद्धान्तको उल्लङ्घन हुने भन्दै सहयोग गर्न अस्वीकार गरेका छन्।
गत मङ्गलवार संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जीएचएफको सहायता वितरण स्थल वरपर ८ साताअघिदेखि ६७४ जनाको ज्यान गएको जनाएको थियो। त्यस्तै संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता सामग्री बोकेका गाडीका लस्कर चल्ने बाटोमा अन्य २०१ जनाको ज्यान गएको विवरण उनी उक्त कार्यालयले दिएको छ। आइतवार उत्तरी गाजाको एउटा नाकानजिकै संयुक्त राष्ट्रसङ्घको सहायता बोकेका गाडीहरू जाँदै गर्दा त्यसतर्फ मानिसहरूको भीड अघि बढ्दा ६७ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेली सेनाले तत्कालको खतरा हटाउन भीडमाथि चेतावनी स्वरूप गोली चलाएको बताएको छ।
यी घटनाहरूपछि विश्व खाद्य कार्यक्रमले गाजाको भोकमरीको सङ्कट निराशाको नयाँ स्तरमा पुगेको चेतावनी दिएको थियो। मानवीय सहायताको अभावमा मानिसहरूको ज्यान गइरहेको छ। कुपोषणका कारण ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको खाँचो परेको छ, संयुक्त राष्ट्रसङ्घको सो निकायले भनेको छ।
२७ देशले जारी गरेको वक्तव्यमा गाजाको पूरै २१ लाख जनसङ्ख्यालाई दक्षिणी रफाह क्षेत्रमा तथाकथित मानवीय सहर मा सार्ने भन्ने इजरेली प्रस्ताव अस्वीकार्य रहेको उल्लेख गर्दै मानिसहरूलाई स्थायी रूपमा बलपूर्वक विस्थापन गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हुने भनिएको छ। उनीहरूले इजरेल, हमास र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल, बिना सर्त र स्थायी युद्ध विरामको माध्यमबाट यो डरलाग्दो द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन्।
उनीहरूले चेतावनी दिँदै आफूहरू तत्काल युद्धविराम र सुरक्षा तथा शान्तितर्फको राजनीतिक मार्गको समर्थन गर्नका लागि थप कदम चाल्न तयार रहेको बताएका छन्। त्यस्तो सन्देशलाई धेरैले प्यालेस्टाइन राज्यलाई मान्यता दिन सकिने सङ्केतका रूपमा अर्थ्याएका छन्। थुप्रै देशले त्यस्तो कदम चालेका छन् तर युके अनि फ्रान्स लगायतका अन्य देशहरूले त्यसो गरेका छैनन्।
इजरेलको विदेश मन्त्रालयका प्रवक्ता ओरन मार्मर्स्टीनले त्यस्तो आलोचनाको खण्डन गरेका छन्। सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासको नेतृत्वमा इजरेलको दक्षिणी क्षेत्रमा भएको हमलायता गाजामा कम्तीमा ५९,०२९ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसीबाट
६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुने मानिसको सङ्ख्या पुष्टि गरेका हुन्।
अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना हुँदा उक्त विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको त्यहाँका एक विद्यार्थीले बीबीसी बाङ्ग्लालाई बताएका छन्। हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको ठानिन्छ। विद्यालयको ढोकाबाहिर धेरै अभिभावकहरू उभिएका थिए, विद्यार्थीहरू पनि बाहिर निस्किँदै थिए । सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले बताए। घाइतेहरूलाई भेट्न उनी अस्पताल गएका थिए।
वायुसेनाले एक विज्ञप्तिमार्फत दुर्घटनामा परेको एफ ७ जेटले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी सामना गरेको बताएको छ। ज्यान गुमाउनेमा विमानका पाइलट समेत रहेको वायुसेनाले जनाएको छ। अधिकारीहरूका अनुसार विमानका पाइलटले मानिसहरूको घनत्व कम भएको ठाउँमा विमान लैजान खोजे पनि समयमै त्यसो गर्न सकेनन्।
एजेन्सी ५ साउन, काठमाडौं । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्। विशेषगरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठह¥याइएको छ। शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।
तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, “नागरिकहरूले पानीको मागको दबाब कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।” इरानका अधिकारीहरूले हालैका दिनहरूमा यस्तै अपील जारी गर्दै धेरै प्रान्तका बासिन्दाहरूलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।
तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ। तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ। अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिबारको समाचारमा जनाएको छ।
४ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए ।
राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेका छद्धन्, “मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ । उहाँ अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन ।” “एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ।”
बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए । त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरास र उहाँका ‘सहयोगी’ र उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, “ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ । यसले ब्राजिलियालीहरूको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ ।” ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन्।
एजेन्सी ४ साउन, काठमाडौं । सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ । सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो । अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भने, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उनले बताए । बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकाक छन्, ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौं ।” यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुजको केन्द्र स्वेइदा शहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भङ्ग भएको आरोप लगाएको छ ।
शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
एएफपीका अनुसार, शुक्रबार स्वेइदाको प्रवेशद्वारमा ड्रुज र बेदुइन लडाकुहरूबीच पुनः झडप भएको छ । करिब २०० बेदुइन लडाकुले मेसिनगन र गोला प्रहार गरेका थिए । स्वेइदा राष्ट्रिय अस्पतालमा शव राख्ने ठाउँ सकिएकाले शव सडकमा राख्नुपरेको छ । चिकित्सक डाक्टर ओमर ओबेदले भन्नुभयो,“सोमबारदेखि ४०० भन्दा बढी शव आएका छन् । शव राख्ने फ्रिजमा ठाउँ छैन ।”
संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार, आइतबारदेखि हालसम्म ७९ हजार ३३९ व्यक्ति विस्थापित भएका छन् । सिरियाभरका विभिन्न बेदुइन समुदायका लडाकुहरू स्वेइदाको वरपरका गाउँहरूमा जम्मा भएका छन् । हमाका प्रमुख अनेस अल–एनादले भने, “हाम्रो बेदुइन दाजुभाइहरूले सहयोग मागे, त्यसैले हामी आइपुग्यौं ।” एएफपीले देखेको अनुसार, वाल्घा गाउँमा दर्जनौँ घर र पसलहरू जलाइएका छन् । अहिले गाउँ बेदुइन लडाकुहरूको नियन्त्रणमा छ ।
यसैबीच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री (खाद्य र औषधि) पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले रगतपात तुरुन्त रोक्न र सबै पक्षले निष्पक्ष र छिटो छानबिनमा सहयोग गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख स्टेफान सकालियनले भने, “स्वेइदाको मानवीय अवस्था अत्यन्तै गम्भीर छ । अस्पतालमा उपचारका लागि आवश्यक स्रोत छैनन्, मृत शरीर गाड्न ठाउँ छैन ।” स्थानीय सञ्चारमाध्यम ‘सुवेइदा–२४’ का सम्पादक रयान मारूफले भने, “हामी बच्चाहरूका लागि दूधसमेत पाउन सकिरहेका छैनौं । स्थिति भयावह छ ।