विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो । ३५ वर्षिय महान फुटबलरका लागि… Continue reading विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन्… Continue reading खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले… Continue reading विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय प्रान्त बिहारमा रक्सी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ । तर, यसै प्रान्तमा विशाक्त रक्सीको सेवनबाट कम्तिमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो मानवीय क्षति पछिल्लो दुई दिनमा सारण जिल्लामा भएको हो । छपराको मसरक बजारमा घटेको घटनाले बिहारमा राजनीतिक तरंग समेत ल्याएको छ… Continue reading रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा पराजित भएको पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। विश्वकपको क्वाटरफाइनलमा उनको टीम मोरक्कोसँग पराजय भोगेर बाहिरिएको को । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको… Continue reading पोर्चुगलका प्रशिक्षक बर्खास्त

एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको… Continue reading एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

काठमाडौं । विश्वकप फुटबलको फाइनल समिकरण पुरा भएको छ । अब उपाधीका लागि आइतबार अर्जेण्टिना र फ्रान्स भिड्ने भएका छन् । मोरक्को सफल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको हो । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो… Continue reading विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदैछ । जसमा फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ । खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो… Continue reading विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी प्रेरित विश्वकपमा हरेक खेलाडीले उनका लागि कडा मिहिनेत गरेका छन् । उनीहरु आफ्नो मुलुकका सर्वकालिन महान खेलाडको सम्भवतः अन्तिम विश्वकपलाई भब्य बनाउन चाहन्छन् । सोही अनुसार मेसीले समेत आफ्नो उत्कष्ट फर्म र कौसल कायमै राखेका छन् । मेसीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाउन सफल… Continue reading टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर,… Continue reading सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम… Continue reading विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

काठमाडौं । भारती र चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको पुष्टी गरेका छन् । झडपमा कैयौं घाइते भएको खबर छ । यद्दपी संख्या यकिन भएको छैन । भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचारको पुष्टी गरेको हो ।… Continue reading भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

Getty images \ BBC

जकार्ता\बीबीसी । कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ। त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पुर्‍याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन्। यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका… Continue reading इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका… Continue reading विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो… Continue reading फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने । अर्जेन्टिना… Continue reading रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी… Continue reading ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजबाट क्वाटरफाइनलका खेल हुँदैछन् । शुक्रबार पहिलो र शनिबार बिहान दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् । यी दुबै… Continue reading आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

Boris Roessler/dpa via AP

काठमाडौं । जर्मनीमा ‘कु’को प्रयास भएको छ । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय रहेको उल्लेख गरेका छन् । उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने… Continue reading जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ। मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्। उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश रहेको बीबीसीले लेखेको छ ।… Continue reading ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । एक महिनामै कच्चा तेलको भाउ… Continue reading कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस… Continue reading रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा… Continue reading स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी… Continue reading सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले उत्कष्ट प्रदर्शन गरेको खेलमा फ्रान्सले पोल्याण्डलाई हराउँदै क्वाटरफाइनल पुगेको छ । फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरमा हरायो । फ्रान्स साविक विजेता समेत हो । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । एमबाप्पेले दोस्रो… Continue reading एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?

काठमाडौं । महान फुटबलर पेलेको स्वास्थ्य अवस्थालाई लिएर संसारभर चासो व्यक्त भइरहेको छ । उनी स्वयमले जारी गरेको एक स्टेटमेन्टमा भने आफू ठूलो आशासहित बलियो रहेको बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचारार्थ छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको उल्लेख गरेका छन् । अस्पतालले पेलेको… Continue reading महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?

१ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं । कप्तान लियोनल मेसिको कीर्तिमानि खेल र उत्कृष्ट प्रदर्शनबाट प्रेरित अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गरे । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । यससङ्गै अर्जेन्टिनाले  शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल भेट पक्का गरेको छ । रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको… Continue reading १ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्

KCNA/Reuters

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ अनकी छोरी एक साताभित्र दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी छन्। त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमानहरू बढाएको बीबीसीले लेखेको छ । तर देशको सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएको छैन। उनी किमकी सबैभन्दा प्यारी र अनमोल सन्तान भनि व्याख्या गरिएको समेत समाचारमा… Continue reading उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्

विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा एसियाले नयाँ कीर्तिमान बनाएको छ । जसमा तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । यो पहिलो पटक सम्भव भएको हो । एसिया आयोजक भएको समयमा एसियाली टीमहरुको प्रदर्शन समेत उच्च कोटीको रहेको छ । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले… Continue reading विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा

विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी

काठमाडौं । आफ्नो अन्तिम खेलमा जितका बावजुत चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ । लगातार दोस्रो संस्करणमा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकालेको थियो । तर, समूहकै अर्को खेलमा जापानले स्पेनलाईे हराएपछि जर्मनीको बाटो बन्द भएो हो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह… Continue reading विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी