आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए ।… Continue reading आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने… Continue reading अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ । यस्ता… Continue reading बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो… Continue reading क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

REUTERS\BBC

लण्डन । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने त्रासका बीच बेलायतले आफ्नो विशेष फौजका केही सदस्यलाई युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायती विशेष फौजका एक सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले पुष्टी गरेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा… Continue reading युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग… Continue reading ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

Britain's Queen Elizabeth II cuts a cake to celebrate the start of the Platinum Jubilee during a reception in the Ballroom of Sandringham House, which is the Queen's Norfolk residence, in Sandringham, Britain February 5, 2022. Joe Giddens/Pool via REUTERS

लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

काठमाडौं । अण्डर-१९ विश्वकपको उपाधी भारतले उचालेको छ । भारतले इङ्गल्याण्डमाथि ४ विकेटको जित निकाल्दै पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । इंग्ल्याण्डले दिएको १८९ रनको मध्यम योगफल भारतले १४ बल बाँकी हुँदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर फेला पार्यो । भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय इनिङ खेले… Continue reading यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । पेरुमा पर्यटक चढेको जहाज दुर्घटनामा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । परुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पर्यटकहरूलाई नाज्का लाइन देखाउन यो जहाज उडेको थियो । नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जहाजबाट देखाउने गरिन्छ । सोअीकारण पर्यटकहरु यहाँ… Continue reading पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु

फिलिपिन्सस्थित रुसी दूतावासमा आगलागी, हताहतीको खबर छैन

GMA news

मनिला । फिलिपिन्सस्थित रुसी दूतावासको एक भवनमा आगलागी भएको छ । रूसी विदेश मन्त्रालयले यसबारे पुष्टी गरेको हो । रूसी दूतावासको भवनमा लागेको आगोले मानवयि क्षति भने नगरेको मन्त्रालयले जनाएको छ । दूतावासका सबै कर्मचारीलाई तत्काल सुरक्षित रुपमा बाहिर निकालिएका कारण क्षति हुन नपाएको हो । रूसको समाचार एजेन्सी ताशले जनाए अनुसार दुर्घटनामा मानवीय क्षति… Continue reading फिलिपिन्सस्थित रुसी दूतावासमा आगलागी, हताहतीको खबर छैन

आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

काठमाडौं । इस्लामिक स्टेट (आइएस)का नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आफुले आफैलाई बमले उडाएको पाइएको छ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले पुष्टी गरेका छन् । बीबीसीका अनुसार अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले… Continue reading आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

वासिङ्टन डिसि | अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । यो खबरलाइ अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको पुष्टि गरेका हुन् ।  सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको… Continue reading अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

Pic : Radio free europe

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा धकेलिरहेको बताएका छन् । बीबीसीका अनुसार युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए। यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई… Continue reading अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले जनतासँग माफी मागेका छन् । बेलायती संचारमाध्यमहरुका अनुसार कोरोना महामारीका बेला मुलुकमा प्रोटोकल लागु थियो । त्यही अवस्थामा भोजमा सहभागी भएका उनको आलोचना भएको थियो । त्यसपछि उनले जनतासँग माफि मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको हो । आलोचनापछि उनले… Continue reading बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

Photo : ABC NEWS

काठमाडौं । युक्रेनसँगको विवादलाई लिएर संयुक्त राष्ट्र सघं सुरक्षा परिषद्मा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । बीबीसीका अनुसार आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको हो । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई… Continue reading सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको… Continue reading खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

Photo source : AP News

लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि… Continue reading बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

Photo : ABC NEWS

काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना… Continue reading युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

तेहरान । आगामी नोभेम्बरमा  कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ । तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।… Continue reading एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

अमेरिका र रुसको चेपुवामा युक्रेन

REUTERS/Gleb Garanich

काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट… Continue reading अमेरिका र रुसको चेपुवामा युक्रेन

भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

Photo : Free Press Journal

काठमाडौं । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि… Continue reading भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

काबुल । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको… Continue reading अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक… Continue reading युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

Tobias Schwarz/AFP

काठमाडौं । युक्रेनको विवादबारे टिप्पणी गरेका जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको समेत बताएका थिए । बीबीसीका अनुसार युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार… Continue reading युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानमा यात्रु चढेको एक मिनिबसमा विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । घटना हेरात प्रान्तमा भएको हो । घटनामा नौ जना घाइते छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले लिएको छैन । अलजजिराका अनुसार हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो… Continue reading अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

bbc

मुम्बई । भारतको मुम्बईमा २० तले भवनमा लागेको आगोका परि कम्तिमा ७ जना मारिएका छन् । मुम्बईको तारदेवस्थित भाटिया अस्पतालकाृे नजिकै रहेको यो भवनमा आगोलागेको हो । शनिबार बिहान १८ औं तलाबाट आगो शुरु भएको हो । घटनामा १५ जना घाइते छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । तत्काल पुगेको दमकलले उद्धार गरेका कारण… Continue reading मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

File\cnn

काठमाडौं । यमनमा साउदी अरवले गरेको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् । यमनको डिटेक्सन सेन्टरमा साउदी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो । यस घटनामा कम्तिमा ७० जनाको मृत्युको पुष्टी संयुक्त राष्ट्र संघले गरेको छ । राष्ट्र संघले घटनाको निन्दा समेत गरेको छ । शुक्रबार हमला भएको थियो । यो हुती विद्रोहीको गढ मानिन्छ… Continue reading यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

हिउँले ढाकियो सहारा मरुभूमी

काठमाडौं । सामान्यतया हिमाली भेगमा हिमपात नौलो विषय होइन । तर, पछिल्ला दिनमा सहारा मरुभूमिमा हरेक वर्ष जसो हिउँ पर्न थालेको छ । यस वर्ष समेत यहाँ हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ । बीबीसीका अनुसार यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो… Continue reading हिउँले ढाकियो सहारा मरुभूमी

अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो

भियना । अस्ट्रिया यूरोप महादेशमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बनेको छ । त्यहाँको सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि उक्त युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको हो । बीबीसीका अनुसार यहाँ अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १… Continue reading अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो

युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

File Photo : Doug Mills/The New York Times

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्न चाहेको पुनः दोहोर्याएका छन् । तर, पूर्ण आकारको युद्ध नचाहेको भने पुटिनले गर्न नसक्ने उनको भनाई छ । उनको यो भनाई लगत्तै मस्कोको तर्फबाट एक बयान जारी गरि बाइडनको भनाईको खण्डन गरिएको छ । युक्रेनमा रुसले हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको… Continue reading युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?