काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय… Continue reading इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री
Category: विश्व
बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन्। उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।’ युक्रेनकी… Continue reading बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की
पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने
इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको… Continue reading पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने
बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा… Continue reading बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट अलग गरिनुपर्ने माग गरेका छन्। आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्मा उनी बोल्दै थिए। उता, रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको… Continue reading युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन
बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
काठमाडौं (बीबीसी) । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन्। सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए। उनले हाल आफूहरूसँग बुचामा मात्रै… Continue reading बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका… Continue reading नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ
काठमाडौं । आर्थिक संकटका बीच श्रीलंकामा सर्वदलीय सरकार गठन हुने भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेले सरकार गठनका लागि सबै दललाई आमन्त्रण गरेका छन् । गोताबाया राजापाक्षेले सबै दललाई मन्त्रालयमा सहभागी भई मुलुकको संकटको समाधान खोज्न आग्रह गरेका छन् । श्रीलंकामा हिंसा अवस्था बढ्दै जान थालेसँगै मन्त्रिपरिषदले सामुहिक रूपमा आइतबार राति नै राजीनामा दिएको थियो।… Continue reading आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ
चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा
कोलम्बो (बीबीसी) । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए। श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै… Continue reading चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा
क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ । घटनामा… Continue reading क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्। विपक्षी… Continue reading पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ
पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्। विपक्षी… Continue reading पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज
प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन… Continue reading प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल
युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्। रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका… Continue reading युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई
अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?
काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो । फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्याउन ब्रुनो फर्नान्डेसले ३२औं… Continue reading अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?
कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन
काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको… Continue reading कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन
युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले… Continue reading युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै
काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो । अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको… Continue reading इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै
युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस
काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व… Continue reading युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस
चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो
काठमाडौं । दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् । तर विमानमा सवार… Continue reading चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो
युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका
काठमाडौं (बीबीसी) । रुसले आक्रमण थालेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनको भनाई छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ। पेन्टागनका प्रवक्ता… Continue reading युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका
ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि
काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए। बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध… Continue reading ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि
चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना
काठमाडौं । चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार उक्त विमान ३स्७ मिनेटमा ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको थियो । सिन्ह्वाका अनुसार… Continue reading चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना
सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण
काठमाडौं । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । दुई देशबीच यूक्रेनमा भीषण युद्ध जारी छ । युद्ध रोक्न वार्ताहरु भए पनि सहमति हुने सम्भावना न्यून देखिन्छ । यूक्रेनले आत्मसमर्पण नगर्ने स्पष्ट संकेत दिएको छ । युक्रेनी सेनाले मारिउपोलमा भएको भीषण युद्धमा पनि हतियार राख्न अस्वीकार गरेको छ । यूक्रेनले रुसी सेनालाई फिर्ता पठाउन… Continue reading सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण
मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार
काठमाडौं (बीबीसी) । मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ। आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्। रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो… Continue reading मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार
एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित
काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र… Continue reading एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित
युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु
काठमाडौं । रुसले युक्रेनमा गरेको हमलायता त्यहाँ कम्तिमा ६४ जना बालबालिकासहित ८४७ जनाको मृत्यु भएको पुष्टी गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म उक्त मानवीय क्षतिको पुष्टी भएको जनाएको छ । अन्तर्राष्ट्रिंय संचारमाध्यमहरुका अनुसार यो संख्या अझ ठूलो पनि हुन सक्छ । किनकी युद्ध जारी रहेका कारण सबै स्थानमा स्वतन्त्रपूर्वक… Continue reading युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु
युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल
लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा… Continue reading युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल
अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका… Continue reading अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी
काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ… Continue reading युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी