काबुल । अफगानिस्तानमा तालिबानले सरकार घोषणा गरेको छ । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन्। उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताएका छन्। अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन्। उनी… Continue reading अफगानिस्तानमा तालिबानले बनायो सरकार
Category: विश्व
अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै सेना फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट मंगलबार पुरै सेना अमेरिका फर्किएपछि देशबासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा तालिबान शासनमा रहन नचाहने र अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरिएको… Continue reading अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन
अफगानिस्तानका लागि अमेरिकी दूतावास अब कतारबाट चल्ने
दोहा । अफगानिस्तानस्थित अमेरिकी दूतावास कतारमा सारिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै दूतावास समेत सारिएको हो । २० वर्षको युद्धपछि अमेरिी सैनिक मंगलबाट पूर्ण रुपमा अमेरिका छाड्दै स्वदेश फर्किएका छन् । यसको खुसियालीमा तालिवानले उत्सव समेत बनाएको छ । अमेरिकी विदेशमन्त्री एँटोनी ब्लिंकेनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिशन शुरू गरेको बताएका छन्… Continue reading अफगानिस्तानका लागि अमेरिकी दूतावास अब कतारबाट चल्ने
काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेट विफल पारेको अमेरिकाको दावी
काबुल । काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले दावि गरेको छ ।अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थलमा सुरक्षा घेरा बनाइराखेको छ । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिन लागेको छ । ३१ अगष्टसम्म सेनाले विमानस्थल छाड्नु पर्छ । अमेरिकाका अनुसार… Continue reading काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेट विफल पारेको अमेरिकाको दावी
अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै
लुइजियाना । अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली समुद्री आँधीले जनजीवन प्रभावित बनाएको छ । आँधीले तटीय क्षेत्रमा डुबान बढाएको छ भने सात लाख मानिस विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूका अनुसार आइडा नामक आँधी केही कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको छ । दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै… Continue reading अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै
९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं । ९ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित नेपालमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको हो । ब्युरोले आइतबार सार्वजनिक गरेका उनीहरु फरक फरक मुलुकका नागरिक हुन् । ३ भदौमा कतार एयरवेजको विमानबाट आएकी ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक… Continue reading ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ
काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो
काबुल । अफगानिस्तानमा आत्मघाती आक्रमणको योजना असफल पारेको अमेरिकी सेनाले दावि गेको छ । काबुल एयरपोर्ट बाहिर आईएसआईएस केले गत विहीबार गरेको ठूलो हमलापछि अर्को हमलाको तयारीमा उक्त आतंकवादी संगठन थियो । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको चेतावनी आएको जानकारी गराएका थिए । अमेरिकी सेनाले आत्मघाती विष्फोटक पदार्थ बोकेको गाडीलाई लक्षित गरि ड्रोन हमला… Continue reading काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो
काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी
काबुल । अमेरिकी सेनाले अफगानिस्तानस्थित इस्लामीक स्टेट समूहविरुद्ध गरेको हवाई आक्रमणबाट काबुल विष्फोटका योजनाकार मारेको दावि गरेको छ । अमेरिकी अधिकारीले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्। बीबीसीका अनुसार अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरेको थियो । त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको समाचारमा… Continue reading काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी
काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलको गेटमा बिहीबार भएका विष्फोटमा मर्नेको संख्या १७० पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटनामा कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् । आक्रमण आइएसआइएस-के नामक संगठनले जिम्मा लिएको छ । अमेरिकाले यो घटनाको बदला लिने बताएको थियो । अमेरिकी राष्ट्रपति जो बायडेनले यस्तो बताएका थिए । समाचार सुत्रहरुका अनुसार… Continue reading काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला
काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार भएका दुई शक्तिशाली बम विस्फोटका कारण मर्नेको संख्या ९० भन्दा माथि पुगेको छ । १५० भन्दा बढी मानिस घाइते भएका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनामा १३ जना अमेरिकी सैनिक र ३० भन्दा बढी तालिवान लडाकुको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले… Continue reading काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?
काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित कम्तिमा ६० भन्दाको मृत्यु भएको पुष्टी भएको छ । यो विमानस्थल अमेरिकाले कब्जामा लिएर हवाई उद्धार गरिरहेको थियो । बीबीसीकाअनुसार आक्रमणका वावजुत विभिन्न मुलुकका नागरिकको उद्धारको काम भने जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। यो मिसन सम्पन्न गर्नै पर्ने भन्दै उनले… Continue reading काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए
अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट
काबुल । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ । बीबीसीका अनुसार पेन्टागनले यसको पुष्टि गरेको हो । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए। विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनको भनाई छ । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन… Continue reading अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट
अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा
काबुल । तालिबानले अफगानी नागरिकलाई अब काबुल विमानस्थल जान रोक लगाउने भएको छ । अमेरिकाको उक्साहटमा ठूलो संख्यामा अफगानी नागरिकले देश छाडेको भन्दै तालिबानले उनीहरुको सुरक्षाको ग्यारेन्टी समेत गरिने बताएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको बीबीसीले लेखेको छ । मङ्गलवार एक पत्रकार सम्मेलनमा उनले विमानस्थलमा… Continue reading अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा
अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने
काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट मानिसहरूको उद्धार गर्न अब गैरसैनिक वायुसेवाका विमान समेत प्रयोग गर्न सक्ने गरि अनुमति दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्याउने उल्लेख गरेको बीबीसीले लेखेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित… Continue reading अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने
अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा
लण्डन । अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी एक महिलाले जहाजमै सन्तान पैदा गरेकी छिने । बीबीसीका अनुसार उनी अफगान नागरिक हुन् । उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा उनले जर्मनीमा बच्चा जन्माएकी हुन् । आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको… Continue reading अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा
भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण
यूएई । काबुलमा तालिबानले कब्जा जमाएपछि देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीलाई संयुक्त अरब इमिरेट्सले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । मानवीयताका आधारमा गनी र उनको परिवारलाई शरण दिइएको मन्त्रालयको भनाई छ । आइतबार तालिबानले काबुल कब्जा गरेपछि उनी मिछेमी मुलुकतर्फ भागेका थिए ।… Continue reading भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण
सामान्य बन्दै अफगानिस्तानको जनजिवन
काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ । तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ… Continue reading सामान्य बन्दै अफगानिस्तानको जनजिवन
कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए
कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्। अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको… Continue reading कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए
तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु
काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो । सरकारी कर्मचारी,… Continue reading तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु
हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो
काठमाडौं । अघिल्ला साता हैटीमा आएको विनासकारी भूकम्पमा परि ज्यान गुमाउने व्यक्तिको संख्या १३०० पार भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले हैटीको नागरिक सुरक्षा एजेन्सीलाई उदृत गर्दै यस्तो जानकारी गराएका हुन् । हैटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । हैटीको सुद, ग्रान्ड एन्सलगायत क्षेत्र बढी प्रभावित बनेका छन् । समाचारमा जनाइए अनुसार शहरमा त्राहीमाम जारी… Continue reading हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो
अस्तव्यस्त काबुल, उद्धार माग्दै उडिरहेको जहाजमा झुण्डेका तीन जनाको मृत्यु
काबुल । आइतबार अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा त्राहीमाम फैलिएको छ । मानिसहरु आत्तिएको र उनीहरुले त्यहाँबाट मुक्ति चाहिरहेको संचारमाध्यमहरुले रिर्पोटिंग गरिरहेका छन् । सोमबार हामिद कारजाई विमानस्थलमा अत्यधिक भिड देखिएको छ । यो विमानस्थल अहिले अमेरिकाको नियन्त्रणमा छ । भिड धेरै भएपछि सेनाले यहाँ गोली चलाएको छ । सो क्रममा तीन जनाको… Continue reading अस्तव्यस्त काबुल, उद्धार माग्दै उडिरहेको जहाजमा झुण्डेका तीन जनाको मृत्यु
देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?
काठमाडौं । अफगानिस्तान अब पूर्ण रुपमा विद्रोही तालिबानको कब्जामा आएको छ । यससँगै देशको बागडोर सम्हालिरहेका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह भने भागेका छन् । आइतबार बिहानसम्म स्थिति नियन्त्रणमै रहेको बताएका राष्ट्रपति साँझ एकाएक देश छाडेको खबर सार्वजनिक भएको हो । समाचार एजेन्सीहरुले जनाए अनुसार यी दुई नेता विमानस्थलबाट छिमेकी मुलुक उज्वेकिस्तान पुगेका… Continue reading देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?
अफगानिस्तानमा निरिह देखियो अमेरिका, तालिबानद्धारा विजयी भएको घोषणा
काबुल । आफ्नो दूतावासका कर्मचारीको सुरक्षा, महत्वपूर्ण कागजातको रक्षामा दौडधुप गरिरहेको अमेरिका अफगानिस्तानमा निरिह सावित भएको छ । यहाँ निर्णायक युद्ध शुरु गरेको ४५ दिनमै विद्रोहीले सत्ता कब्जा गरेको छ । अमेरिकाले २० वर्षसम्म सहयोग गरेको सरकारी सेनाले भने सबै स्थानमा आत्मसमर्पण गरेको छ । राष्ट्रपति भागेर उज्वेकिस्तान शरण लिन पुगेका छन् । तालिबानले सैन्य… Continue reading अफगानिस्तानमा निरिह देखियो अमेरिका, तालिबानद्धारा विजयी भएको घोषणा
अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
काबुल । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । अमेरिकी सेना फर्कन शुरु गरेको ४५ औं दिनमै तालिबानले मुलुकमा विजयी हाँसिल गरेको हो । आइतबार राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेपछि तालिबान राष्ट्रपति कार्यालय छिरेको हो । करीव ६ हजार सैनिकले नियमित पहरा दिने राष्ट्रपति भवनलाई उनीहरुले अब कब्जा जमाएका छन्… Continue reading अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
हामी जनताको सुरक्षा गर्छौं, विदेशीले देश छाड्न सक्छन् : तालिबान
काबुल । अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिबारे तालिबानको तर्फबाट औपचारिक विज्ञप्ती सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबानको तर्फबाट जारी बयानमा अब काबुल उनीहरुको कब्जामा आएको उल्लेख छ । उनीहरुले मुलुकमा शान्ती स्थापनाका लागि काबुलमा छिरेको समेत बताएका छन् । अधिकारिक रुपमा काबुल छिरेको जानकारी गराउँदै ताबिलानले काबुलको शान्ती सुरक्षामा कुनै असर नगर्ने बताएको हो… Continue reading हामी जनताको सुरक्षा गर्छौं, विदेशीले देश छाड्न सक्छन् : तालिबान
सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु
काठमाडौं । तालिबान लडाकुले अफगानिस्तानमा नियन्त्रण जमाएपछि उत्पन्न परिस्थितीका कारण त्यहाँ रहेका विदेशीहरुमा त्रास बढेको छ । यद्दपी तालिबानले बदलाको भावनाबाट कुनै पनि गतिविधि नगर्ने बताएको छ । साथै विदेशी नागरिकलाई सुरक्षित तवरबाट देश छाड्न दिइने समेत बताइएको छ । यता, नेपाल सरकारले समेत नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ । तालिबान लडाकु आइतवार काबुलको… Continue reading सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु
तालिबानले राजधानी कब्जा गरेपछि देश छाडेर भागे अफगानी राष्ट्रपति गनी
काबुल । विद्रोही तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेका छन् । यसअघि उनले अफगानिस्तानमा सत्ता साझेदारी हुने र शान्तिपूर्णू रुपमा वार्ता हुने बताएका थिए । बीबीसीका अनुसार अफगानिस्तानका अधिकारीहरूले यसको पुष्टी गरेका छन् । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। उनको साथमा… Continue reading तालिबानले राजधानी कब्जा गरेपछि देश छाडेर भागे अफगानी राष्ट्रपति गनी
हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, कम्तिमा ३ सयको मृत्यु
काठमाडौं । हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएसँगै अहिले मानिसहरु सुरक्षित स्थानमा जम्मा भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले यसको पुष्टी गरेको छ । भूकम्प आएपछि मानिसहरु घरबाहिर भागेका छन् । अहिलेसम्म ३०० जनाको… Continue reading हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, कम्तिमा ३ सयको मृत्यु
एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा
मेशान\चीन । एक जना कामदारमा कोरोना भाइरसको संक्रमण भएपछि चीनले ठूला बन्दरगाहमध्ये एक मानिने कार्गो बन्दरगाहको सेवा रोकेको छ । आंशिक रूपमा बन्द गरिएको बन्दरगाहका कारण विश्व व्यापारमै असर पर्ने चिन्ता व्यक्त गरिएको बीबीसीले लेखेको छ । एकजना कामदार कोभिड १९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवा रोकिएको हो ।… Continue reading एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा
निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाका कारण २०७८ असारसम्म तिर्नुपर्ने बैंकको ब्याज तथा किस्ता तिर्न नसकेका ऋणीले अब पुस मसान्तसम्म तिर्न सक्ने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो नीतिबारे जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई,… Continue reading निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने