अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

Roger Lemoyne/Liaison, via Getty Images\NYTimes

काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षा फौज फिर्ता हुने क्रमसँगै देशभर तालिवानले कब्जा जमाइरहेको छ । आफ्नो कब्जा जमाएको भेगमा तालिवानले आफ्नो नियमहरु समेत जारी गर्न थालेको छ । समाचार एजेंसी एएफपीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाए अनसार उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएसँगै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आदेश जारी गरेको छ । जसमा महिलालाई… Continue reading अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु

Photo by Emmanuel Croset / AFP/aljazeera

दक्षिण अफ्रिकामा आन्दोलन चर्किएसँगै भड्किएको हिंसामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा शुरु भएको हो । सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडमा कम्तिमा १० जना मारिएसँगै मर्नेको संख्या आकासिएको हो । तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित… Continue reading दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु

अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

File Source : AP Photo

काबुल । अमेरिका र नेटासम्बद्ध सैनिक फिर्ता भएसँगै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा विद्रोहीको पकड बलियो भएको छ । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले पुष्टी गरेका छन्। बीबीसीका अनुसार इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो । अफगानिस्तान… Continue reading अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

बंगलादेशमा खाद्य उद्योगमा आगलागी, कम्तिमा ५२ जनाको मृत्यु

REUTERS

ढाका । बंगलादेशको एक खाद्य उद्योगमा भएको आगलागीमा कम्तिमा ५२ जना मारिएका छन् । राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ थुप्रै कामदार हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रकले बताएका छन् । मानिस भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो। आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको… Continue reading बंगलादेशमा खाद्य उद्योगमा आगलागी, कम्तिमा ५२ जनाको मृत्यु

अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

काठमाडौं । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै उक्त मुलुकमा अतिवादी समूहहरुको सक्रियता बढेको छ । तालिवानले देशका महत्वपूर्ण भूभागहरु कब्जा गरेको भनेको छ । उता, राष्ट्रपति जो बाइडेन भने आफ्नो प्रशासनको यो कामप्रति सन्तुष्ट छन् । बीबीसीका अनुसार उनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका हुन्… Continue reading अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप खपत भएको छ । राससले समाचार एएफपीलाई उदृत गर्दै जनाए अनुसार यस्तो खोप चीनमा मात्र एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज खपत भइसकेको छ । चीन सर्वाधिक खोप लगाउने मुलुक हो । दोस्रो स्थानमा भारत छ ।… Continue reading चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

हेइटीका राष्ट्रपतिको निवासमै गोली हानी हत्या

Andrés Martínez Casares/Reuters

काठमाडौं । हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै गोली प्रहार गरि हत्या भएको छ । देशका अन्तरिम प्रधानमन्त्रीद्वारा विज्ञप्ती जारी गरि यसको पुष्टी गरेको बीबीसीले जनाएको छ । पोर्ट अ प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्। आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा… Continue reading हेइटीका राष्ट्रपतिको निवासमै गोली हानी हत्या

नाइजेरियामा बन्दुकधारीले गरे १४० स्कुले बच्चाको अपहरण

© AFP via Getty Images

काठमाडौं एजेन्सी । नाइजेरियामा फिरौतीका लागि अवोध बालबालिकाको अपहरण गर्ने पुरानै शैली अनुसार थप १४० स्कुले बच्चाको अपहरण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार नाइजेरियाको काडुना राज्यमा यस्तो घटना भएको हो । यो सोमबारको घटना हो । यसअघि आइतबार समेत यहाँ ८ जनाको अपहरण भएको थियो । त्यहाका सरकारी अधिकारीले घटनाको पुष्टी गरेका छन् ।… Continue reading नाइजेरियामा बन्दुकधारीले गरे १४० स्कुले बच्चाको अपहरण

यूरोप हिँडेका आप्रवासी चढेको डुंगा भूमध्यसागरमा डुब्यो, कम्तिमा ४३ को मृत्यु

काठमाडौं\एजेन्सी । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटालीका लागि छूटेको आप्रवासी सवार डुंगा ट्युनिसियाको सीमानजिक भुमध्यसागरमा डुबेको छ । डुंगामा विभिन्न मुलुकका आप्रवासी सवार रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्जिन बिग्रिएर डुंगा दुर्घटनामा परेको बताइएको छ । कम्तिमा ४३ को शव भेटिएको र ८४ जनालाई ट्युनिसियाको नौसेनाबाट उद्धार भएको समाचारमा उल्लेख छ । डुंगामा… Continue reading यूरोप हिँडेका आप्रवासी चढेको डुंगा भूमध्यसागरमा डुब्यो, कम्तिमा ४३ को मृत्यु

यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी

Photo : Goal.com

काठमाडौं\एजेन्सी । यूरोपका विभिन्न ११ शहरमा यूरोकपका खेलहरु भइरहेका छन् । आफ्नो मुलुकलाई समर्थन गर्न हरेक चोक चोकमा मानिस भेला भई सेलिब्रेसन भइरहेका छन् । यस्तो लाग्छ, यहाँ अवस्था निकै सामान्य छ । यूरोपेली मुलुक र यहाँका जनताको लापरवाहीबाट विश्व स्वास्थ्य संगठन भने डराएको छ । संगठनले सावधानी नगर्ने र यही स्तरको लापरवाही रहने हो… Continue reading यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी

अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो

Photo : REUTERS

काठमाडौं\एजेन्सी । क्यानडा यतिबेला इतिहासमै मापन भएको मध्ये सबैभन्दा उच्च तापक्रमबाट गुज्रिरहेको छ । यहाँ पछिल्लो ५ दिनमा ४८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँको एउटा गाउँमा जङ्गली डढेलोले ९० प्रतिशत भूभाग जलाइसकेको संचारमाध्यमले जनाएका छन् । बीबीसीले स्थानीय सांसद् ब्राड भिसलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर… Continue reading अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो

चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?

Photo : Ng Han Guan/AP\theguardian

बेइजिङ । चीनमा सत्तारुढ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको छ । चीनले यो अवसरलाई विशेष उत्सवका रुपमा मनाइरहेको छ। बीबीसीका अनुसार विशेष कार्यक्रमबारे खुलासा भने गरिएको छैन । तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एक मन्तव्य दिने कार्यक्रम छ । चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रम भइरहेको र संचारमाध्यममा चीनको इतिहासबारे कार्यक्रम प्रसारण गरिएका छन्… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?

पेनाल्टीमा चुके एम्बापे, फ्रान्स यूरोकपबाट बाहिरियो

काठमाडौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० मा अन्तिम १६ बाटै बाहिरिएको छ । सोमबार राती स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ गोलले हारेसँगै बलियो टोली फ्रान्स बाहिरिएको हो । यससँगै जारी विश्वकपबाट बाहिरिने अर्को ठूलो टिम फ्रान्स बनेको छ । यसअघि नेदरल्याण्ड्स, पोर्चुगल, क्रोयसिया उपाधी दौडबाट बाहिरिसकेका छन् । किलिएन एमबाप्पेले पेनाल्टीमा गोल… Continue reading पेनाल्टीमा चुके एम्बापे, फ्रान्स यूरोकपबाट बाहिरियो

यूरोकप : ८ गोल भएको खेलमा स्पेन विजयी

काठमाडौं । रोमाञ्चक खेलमा क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन जारी युरोकप २०२० को क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राती सम्पन्न खेलमा कुल ८ गोल भए । निर्धारित ९ मिनेट र थपिएको ६ मिनेट भित्र दुबै टोलीले ३-३ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समय भित्र स्पेनले दुई गोल थप्न सफल भयो… Continue reading यूरोकप : ८ गोल भएको खेलमा स्पेन विजयी

बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने

AP Photo/Al-emrun Garjon\AL Jazeera

ढाका । नेपालको छिमेकी मुलुक बङ्लादेशमा आजबाट राष्ट्रव्यापी कडा लकडाउन सुरु भएको छ । एक सातासम्मका लागि तोकिएको यो लकडाउनमा अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान गरिएको छ । लकडाउनको पूर्वसन्ध्यामा राजधानी ढाकाबाट ग्रामिण भेगमा जानेहरुको ठूलो भिडले सवारी साधन र सडक खचाखच भएको खबर आएका छन् । सरकारले सोमवारदेखि सात दिनसम्म… Continue reading बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने

स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

Photo : news.sky.com

लण्डन । बेलायतमा स्वास्थ्य प्रोटोकल यति कडा छ की त्यहाँ कुनै पनि ओहदाका मानिसले यसको उल्लंघन गर्न पाउदैनन् । हरेक दिन टेलिभिजनमा जनतालाई स्वास्थ्य प्रोटोकलबारे जानकारी गराउने स्वास्थ्य मन्त्रीले नै प्रोटोकल तोडेपछि अन्ततः उनले राजिनामा दिनु परेको छ । बेलायती संचारमाध्यमहरुका अनुसार बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा गरेका छन् । कोरोनाभाइरस नियन्त्रण गर्न बनाइएको… Continue reading स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन

Photo : Free Press Journal

कानपुर । भारतको कानपुरमा राष्ट्रपति रामनाथ कोविंदको सवारी भइरहेका बेला रोकिएको ट्राफिकमा फसेर एक महिलाको ज्यान गएको विषयले भारतमा ठूलो बहस सिर्जना गरेको छ । उच्च सुरक्षा चूनौति रहेको भारतमा भीभीआइपी सवारीका बेला लामो समयदेखि ट्राफिक रोक्ने चलन छ । शुक्रबार कानपुर यात्रामा निस्किएका राष्ट्रपतिका कारण सडकमै एक महिलाको ज्यान गएको हो । भारतीय संचारमाध्यमहरुका… Continue reading भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

Photo : frenchguiana.bpositivenow.com

काठमाडौं\एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक चढेको हेलिकोप्टरमा बन्दुकबाट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेनेजुएलासँगको सीमाना नजिक उडिरहेको समयमा उनी सवार हेलिकोप्टरलाई लक्षित गरि गोली चलाइएको छ । हेलिकोप्टरमा राष्ट्रपति ड्यूकसहित रक्षामन्त्री, आन्तरिक मामला मन्त्रीसमेत सँगै थिए । राष्ट्रपतिका प्रवक्ताले घटनामा मानवीय क्षति भने नभएको जानकारी गराएका छन् । राष्ट्रपति इवान ड्यूकले घटनाको… Continue reading कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

Photo : IG NEWS

काठमाडौं\एजेन्सी । चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी भएको छ । घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हताहत हुनेमा अधिकांश सातदेखि १६ वर्षका बालबालिका छन् । उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए। शुक्रवार बिहानै भएको आगलागीलाई… Continue reading चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

Getty images

काठमाडौं\एजेन्सी । उत्तरपूर्वी इथियोपियाको टिग्रे भन्ने क्षेत्रमा रहेको एउटा बजारमा सरकारी फौजले गरेको हवाई हमलामा कम्तिमा ६० जना मारिएका छन् । बीबीसीका अनुसार आक्रमणमा दर्जनौँ मानिस घाइते छन् । प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको हो । इथियोपियाको सेनाले गैर… Continue reading इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

Photo : Telecom Asia

काठमाडौं । जारी यूरोकप २०२० प्रतियोगिताबाट रुस बाहिरिएको छ । डेनमार्कले शुरुका दुई खेल हारेको थियो । तर, सोमबार राती सम्पन्न खेलमा रुसविरुद्ध भने डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो । समूह ‘बी’ अन्तर्गत रुसलाई ४-१ ले हराउँदै डेनमार्क समूह उपविजेताका रुपमा अन्तिम १६ स्थानमा पुगेको छ । खेल डेनमार्कको घरेलु मैदानमा भएको थियो । डेनमार्कका लागि… Continue reading यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु

नयाँ दिल्ली । भारतले आजबाट १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप वितरण थालेको छ । यसअघि उमेर समूह छुट्याएर प्राथमिकताका आधारमा कोरोना खोप वितरण गरिएको थियो । महाअभियान नाम दिएर भारतले आजबाट भने १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिन थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा सबै नागरिकले खोप भने निःशुल्क पाउने… Continue reading भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु

चीनले एक अर्ब डोज खोप लगायो

काठमाडौं\एजेन्सी । चीनले आफ्नो जनसंख्यामा १ अर्ब भन्दा माथिको संख्यामा कोरोना खोप लगाएको छ । चीन कोरोना खोप निर्माता मुलुक समेत हो । चिनियाँ नेशनल हेल्थ कमिसनका अनुसार शनिबारसम्म चीनमा उक्त संख्यामा कोरोना खोप वितरण भएको हो । विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भएको छ । यस आधारमा विश्वभर… Continue reading चीनले एक अर्ब डोज खोप लगायो

पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित

काठमाडौं । युरोकप २०२० मा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि जर्मनीले रवाफिलो जित निकालेको छ । जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनी एक गोलले पछि थियो । उत्कृष्ट पुनरागमन गर्दै समग्रमा पोर्चुगललाई ४-२ ले हरायो । जितसँगै जर्मनीको २ खेलबाट ३ अंक भएको छ । जर्मनीलाई फ्रान्सले १-० ले हराएको थियो । पोर्चुगलले भने पहिलो… Continue reading पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित

भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी

File

नयाँ दिल्ली । भारतमा अबको तीन महिनापछि कोरोना भाइरसको तेस्रो लहर शुरु हुने आंकलन गरिएको छ । समाचार एजेंसी रोयटर्सका स्वास्थ्य विशेषज्ञले गरेको एक सर्वेक्षण अनुसार भारतमा अक्टोवरबाट कोभिडको संक्रमणको तेस्रो लहर शुरु हुने जोखिम देखिएको छ । तर, आगामी संक्रमण अहिलेको तुलनामा भने निकै नियन्त्रित हुनेछ । यद्दपी कोरोना संकटका कारण थप एक साल… Continue reading भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी

स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने

File Photo

बार्सिलोना । स्पेनले अनिवार्य मास्कको नीतिमा परिवर्तन गरेको छ । त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ बाट घरबाहिर निस्किँदा मास्क अनिवार्य रहेको नीति हटाउने घोषणा गरेका छन् । शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमद्धारा आयोजित कार्यक्रमबाट उनले यस्तो घोषणा गरेका हुन् । यसले स्पेनले कोरोनालाई जितेको संकेतका रुपमा हेरिएको छ । स्पेनको जनसंख्या ४ करोड ७० लाख… Continue reading स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने

नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै

AP Photo/Ebrahim Noroozi\VOA

तेहरान । ईरानमा नयाँ राष्ट्रपतिको छनोटका लागि आज प्रत्यक्ष निर्वाचना हुँदैछ । नयाँ राष्ट्रपतिको अन्तिम दौडमा कुल कुल चार उमेदवार छन् । उनीहरुमध्ये एक जनाले राष्ट्रपति हसन रूहानीलाई विस्थापित गर्नेछन् । प्रारम्भिक पूर्वानुमानहरुमा रूढ़िवादी शिया मौलवी तथा सर्वोच्च अदालतका मूख्यन्यायाधिश इब्राहिम राईसीको जित्ने सम्भावना बढी छ । राइसीलाई ईरानका केन्द्रिय बैंकका पूर्वगभर्नर अब्दुलनासेर हेमातीले चूनौति… Continue reading नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै

भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा

Photo : Anushree Fadnavis/Reuters

हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा निजी प्रयोगशालामा कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिने गरेको खुलासा भएको छ । सोहीकारण महामारी फैलनमा सहयोग पुगेको आरोपबारेृ त्यहाँको सरकारले छानबिन शुरु गरेको छ । हरिद्वारमा गत अप्रिल महिनामा कुम्भमेला आयोजना भएको थियो । यो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति समेत सहभागी भएका थिए । उनीहरु नेपाल आएपछि कोरोना… Continue reading भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा

पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

PETER KLAUNZER / POOL\BBC

जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका… Continue reading पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

काठमाडौं । दक्षिण अमेरिकी दुई चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिना र चिली बीचको खेल पुनः बराबरीमा सकिएको छ । कोपा अमेरिका फुटबलमा सोमबार राती सम्पन्न खेल बराबरीमा पुरा भएको हो । एक गोलको अग्रता जोगाउन नससकेको अर्जेन्टिनाले अंक बाँडेको छ । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । अर्जेन्टिनाका… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे