भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

File

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट धेरै प्रभावित विश्वमै तेस्रो स्थानमा आएको छ । भारतले रुसलाई उछिनेको हो । पछिल्लो २४ घण्टामा भारतमा करीव २४ हजार नयाँ संक्रमित थपिए । यससँगै भारतले रुसलाई उछिन्न सफल भएको हो । अब भारतमा कुल संक्रमित ६ लाख ९७ हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालउले जनाएको छ… Continue reading भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना… Continue reading कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या

फाईल फोटो

एजेन्सी पश्चिम अफ्रिकाको मालीमा गत बुधाबार अज्ञात बन्दुकधारीद्वारा दर्जनौ मानिसहरुको हत्या भएको छ ।मोटर साईकल चढेर आएका  बन्दुकधारीहरुले ३२ जना डोगोन किसानहरुको हत्या गरिएको हो ।आक्रमणकारीहरुले बुर्किना फासो जनिकैको मोप्ती क्षेत्रका चारवटा गाँऊमा बसोबास गर्ने डोगोन जातीको हत्या गरेको एसोसिएट्स प्रेसले जनाएको छ । स्थानिय अधिकारीहरुले बुधाबार मारिएकाहरुको कुल संख्या बिहीवार सार्वजनिक गरेका थिए भने घटनामा… Continue reading अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या

लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन् । उनी शुक्रबार भारतीय सेनाको विशेष विमानबाट उक्त क्षेत्रमा पुगेका हुन् । सो क्षेत्रमा खटिएका सैनिकलाई सम्बोधन समेत गरेका मोदीले अब विस्तारवादको युग समाप्त भइसकेको बताए । उनी बीना योजना सीमाक्षेत्रको भ्रमणमा पुगेका हुन् । यहाँ गत महिना चीन र भारतीय… Continue reading लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

एजेन्सी  म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्‍यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय… Continue reading मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या

काठमाडौं । भारतको कानपुरमा ८ जना प्रहरीलाई गोली हानेर मारिएको छ । भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा यो घटना भएको हो । बिहीबार राति करिब एक बजे अज्ञात समूहले घरको छतबाट प्रहरी टोलीमाथि अन्धाधुन्द गोली चलाएको थियो । भारतीय संचारमाध्यमका अनुसार गाउँमा एक जना अभियुक्तलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । एक डिएसपी र… Continue reading कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या

योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई

एजेन्सी ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार ३० लाख हङ्कङबासीलाई बेलायतको नागरिक बन्ने सुबिधाको प्रस्ताव गरेका छन् । चीनले मंगलवार हङ्कङमा लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनपछि प्रधानमन्त्री जोनसनले बेलायत आउन योग्य ३० लाख हङकङ नागरिकलाई यो प्रस्ताव गरेका हुन् । जोनसनले बुधबार हाऊस अफ कमन्समा  बोल्दै उनले आफुले ३० लाख हङ्कङवासीलाई बेलायत ल्याउने प्रस्ताव अगाडि… Continue reading योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई

चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

कनकमणी दिक्षित    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु; – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् । – एमसिसीको विरोधको… Continue reading चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

  न्युयोर्क       क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक  बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही… Continue reading कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

न्युयोर्क अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका  ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार  न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार… Continue reading न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

कोरोनाको महामारी छ । भाईरस सर्ने हो कि भन्ने त्रास छ । जति बेला पनि हात धुन सम्भव छैन । ह्याण्ड सेनिटाईजर बोकेर हिंड्नु पर्दछ तर त्यही सेनिटाईजर पनि गुणस्तर हिन भयो भने सेनिटाईजर बोकेको फलदायी हुँदैन । त्यसैले सेनिटाईजरको गुणस्तर बिचार  गरेर मात्र प्रयोग गर्दा उदेश्य पुरा हुने गर्दछ ।  अमेरिकास्थित उपभोग्य सामग्रीको जाँच… Continue reading सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

न्युयोर्क अमेरिकाकै पर्यटकीय र आर्थिक नगरी न्युयोर्कलाई प्रतिनिधित्व गर्दै आएको ‘आई लभ न्युयोर्क’ रेखा चित्र (लोगो) का परिकल्पनाकार मिल्टन ग्लासरको ९१ बर्षको उमेरमा मृत्‍यु भएको छ । मिल्टनले परिकल्पना गरेको रातो रङको पानको आकारलाई बिचमा राखेर ‘आई लभ न्युयोर्क’ लेखेको लोगोलाई अमेरिकामा पर्यटकीय लोगो मान्ने गरिन्छ ।  मृगौला फेल भएर उपचारको क्रममा रहेका ९१ वर्षीय… Continue reading ‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।   त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

नयाँ दिल्ली  भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार… Continue reading भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

खुल्यो आईफल टावर

एजेन्सी बिगत तीन महिनादेखि बन्द रहेको आईफल टावर खुलेको छ । कोरोनाभाइरसको संक्रमणका कारण टावर क्षेत्र तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। टावर खुल्ला गरिए पनि कोरोना महामारी भन्दा अगाडिको जस्तो पूर्ण सहज ढंगले भने टावर खोलिएको होईन ।   अहिले राजधानी पेरिस सहित आईफल टावर क्षेत्रलाई सीमित रूपमा सञ्चालनमा ल्याइएको छ। त्यहाँ मानिसको संख्यालाई… Continue reading खुल्यो आईफल टावर

कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

एजेन्सी चीनको उहानमा बसेर कोरोना भाईरस नियन्त्रणमा सरकारको फितलो प्रयास देखिने भिडियो सोसल मिडियामा राखेका कारण एक महिला नागरिक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३७ बर्षीया कानून ब्यबसायी झाङ झानले गत फेब्रुअरीमा कोरोना महामारीको समयमा चीनबाट ‘लाइभ स्ट्रिमिङ’ गर्दै सरकारले कोरोना नियन्त्रणमा गरेको फितलो प्रयासको पाटो देखाएकी थिईन् । उनलाई संघाईबाट गत शुक्रबार नियन्त्रणमा… Continue reading कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

इस्लामावाद । पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका १० जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले मंगलबार सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । तीन खेलाडीमा यसअघि नै कोरोना पुष्टी भएको थियो । मंगलबार फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना… Continue reading पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

मेक्सिकोमा मंगलवार शक्तिशाली भुकम्प

एजेन्सी दक्षिण तथा मध्य मेक्सिकोमा मंगलवार बिहान शक्तिशाली भुकम्प गएको छ ।  अमेरिकी भूगर्भ केन्द्रका अनुसार मंगलवार स्थानीय समय बिहान १० बजेर २९ मिनेट जाँदा भुकम्पको ठुलो धक्का महसुस गरिएको हो । ७ दशमलब ४ रेक्टर स्केलको भुकम्पको केन्द्र बिन्दु ओहाका राज्य भएको भुगर्भ केन्द्रले नजाएको छ । समाचार श्रोतका अनुसार क्रुसेसिता क्षेत्रका केही भवनहरु… Continue reading मेक्सिकोमा मंगलवार शक्तिशाली भुकम्प

टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना

काठमाडौं । विश्‍व नम्बर एक साविर्याका टेनिस स्टार नोभाक जोकोभिच र उनकी पत्नी जेलेनामा कोरोना संक्रमण भएको छ । यो अहिलेसम्मकै स्टार खेलाडीमाथि कोरोनाको आक्रमण हो । जोकोभिचको अगुवाईमा सम्पन्न एड्रिया टूर टेनिस प्रतियोगितामा भाग लिएका अन्य दुई खेलाडीमा कोरोना देखिएपछि जोकोभिचले परिक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त परीक्षणबाट दम्पत्तिमा कोरोना पुष्टी भएको… Continue reading टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

मेलबर्न दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरियामा  अकस्मात कोरोना संक्रमितको संख्या बढन थाले पछि त्यस राज्यका ६ वटा परिषद क्षेत्रलाई खतराको सुचीमा राखेर आवत जावतमा कडाई गर्न थालिएको छ । कोरोना संक्रमित बढेका ती ६ वटा क्षेत्र हुमे क्यासी, ब्रिमब्यांक, मोरल्याण्ड, कार्डिनिया र डरिबिन सबै मेलबर्न सहर भित्र छन् । अधिकारिहरुले ती ६ वटा परिषद क्षेत्रबाट टाढै रहन… Continue reading अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण

न्युयोर्क अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीहरुमा देखिन थालेको राज्य तथा स्वास्थ अधिकारीले बताएका छन् । फ्लोरिडा,  साउथ क्यारोलाइना, जर्जिया, टेक्सस लगायतका राज्यहरुमा कोरोना संक्रमण  अधिकांस जवान युवा युवतीमा बढन थालेको हो । युवा युवतीमा संक्रमण बढन थालेका यी राज्यहरुको अर्थतन्त्र अन्य राज्यहरुमा भन्दा छिट्टै खुला गरिएको थियो ।   फ्लोरिडा गभर्नर… Continue reading अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण

शिक्षाबिद अंगुर बाबा जोशीको निधन

काठमाडौं सामाजिक अभियन्ता एवम् शिक्षिबिद अंगुर बाबा जोशीको शनिबार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार जोशीको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो । उनी १७ वर्षदेखि घाँटीको क्यान्सबाट पिडित थिइन भने उनमा केही समय अघि ‘ब्रेष्ट क्यान्सर’ समेत देखिएको थियो । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख  समेत… Continue reading शिक्षाबिद अंगुर बाबा जोशीको निधन

भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

काठमाडौं । भारत र चीनबीच चर्किएको सीमा विवादका बीच यी दुई मुलुकको बीचमा रहेको मुलुक नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानमा शान्तिपूर्ण उपायको खोजी गर्न दुबै मुलुकलाई आग्रह गरिएको छ । दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने नेपालको अडान यहाँ दोहोर्याइएको छ । नेपाल… Continue reading भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

ब्राजिलमा एकै दिन यति धेरै संक्रमित

ब्राजिलमा मंगलवार एकै दिन ३४ हजार ९ सय १८ संक्रमित देखिएका छन् भने १२ सय ९२ को मृत्‍यु भएको छ । विश्वभर कोरोना संक्रमित देशहरुको सुचीमा दोश्रो नम्बरमा रहेको दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय लगातार संयुक्त राज्य अमेरिकालाई पछ्याई रहेको छ । एकै दिन भेटिएका संक्रमितहरुको यो संख्या ब्राजिलमा महामारी सुरु भए यताको सबैभन्दा… Continue reading ब्राजिलमा एकै दिन यति धेरै संक्रमित

विश्वभर कोरोना संक्रमित पौने एक करोड

काठमाडौं । संसारभर कोरोना संक्रमितको संख्या झण्डै एक करोड पुगेको छ । मंगलबार रातीसम्मको तथ्यांक नुसार कोरोनाबाट विश्वभर सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको हो । ८२ लाख ५६ हजार २ सय ५७ जना मानिसमा सङ्क्रमण पुष्टी भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । उनीहरुमध्ये आधा मानिसले कोरोनालाई जितिसकेका छन् । अर्थातः ४३ लाख… Continue reading विश्वभर कोरोना संक्रमित पौने एक करोड

भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

भारत र चीन बीचको सिमा बिबादका क्रममा झडप हुँदा २० जना भारतीय सैनिकको मंगलवार मृत्‍यु भएको छ । भारतीय सैनिक मुख्यालयलाई हवाला दिदै रेउटर्स र एसोसिएट्स प्रेसले समाचार सम्प्रेसण गरेको छ । दक्षिण एसियाका दुई आणबिक शक्ती राष्ट्र बीचको सिमा बिबादका कारण ५३ बर्ष पछिको यो मानबीय क्षति हो । यस अगाडि ३ जना भारतीय… Continue reading भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

भारत-चीन सीमामा तनाव, भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २०

नयाँ दिल्ली । भारत-चीन सीमा विवाद बढ्दै जाँदा त्यसले भयानक रुप लिएको छ । लद्दाखमा सोमबार भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । चीनसँगको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको आजतकमा उल्लेख छ । यसबाहेक दैनिक भास्करसहित सबैजसो भारतीय सञ्चारमाध्यमले २० जना… Continue reading भारत-चीन सीमामा तनाव, भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २०

पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको बीच चर्किएको सीमा विवाद झडपमा रुपान्तरण भएको छ । बीबीसी हिन्दीका अनुसार सोमवार राति दुईदेशको सेनाबीच भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। यो क्षेत्रमा ५३ वर्षपछि गोली चलेको छ । भारत र… Continue reading भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने क्षेत्र बन्द गराइएको छ । बेइजिङका सबै जसो जिल्लामा विद्यालय बन्द भएका छन् । सुरक्षा चेक जाँच बढाइएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन समेत सरकारले आग्रह गरेको छ । यस शहरका सबै खेल र मनोरन्जन स्थल बन्द गरिएका छन् । अब समुहमा… Continue reading बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द