टर्कीले किन नाम राख्यो टर्कीय ?

reuters

इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा… Continue reading टर्कीले किन नाम राख्यो टर्कीय ?

रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

काठमाडौं । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेको छ । युक्रेनका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा समेत गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, जित हाम्रो हुनेछ ।’ क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ। किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार… Continue reading रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव

File Photo : (AP Photo/Paul Sancya)

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके… Continue reading अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव

अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

File : Yana Paskova / Getty Images

ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । पछिल्लो एक सातामै कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलर बढेको छ । गत मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलर थियो । यस्तै, डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको… Continue reading विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो

च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको… Continue reading च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत

Photo : Jay Reeves/Associated Press

काठमाडौं (बीबीसी) । पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्। अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ुयुद्ध औजारुका लागि ठूलो वित्तीय स्रोत बन्द गरेको… Continue reading युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।… Continue reading रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर… Continue reading युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। बीबीसीका अनुसार टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए। यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्।… Continue reading पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण

टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

AP Photo/Dario Lopez-Mills

टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार… Continue reading टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

AP Photo/Dario Lopez-Mills

टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको… Continue reading अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको… Continue reading इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

Photo by AS English

म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले… Continue reading नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

File : Getty Images

सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी

काठमाडौं (बीबीसी) । रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि… Continue reading युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी

रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं (बीबीसी) । युक्रेनमाथि रुसले गरेको अतिक्रमणका कारण आउँदा महिनाहरूमा विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताएका छन्। न्यूयोर्कमा एउटा राष्ट्रसङ्घीय शिखर बैठकलाई सम्बोधन गर्दै उनले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्‍याउन नसकिए विश्वले वर्षौँसम्म भोकमरीको… Continue reading रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी

रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका थिए । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको… Continue reading रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार

दिल्लीमा एक कार्यालय भवनमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। बीबीसीका अनुसार आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको… Continue reading दिल्लीमा एक कार्यालय भवनमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु

श्रीलंकामा थामिएन प्रदर्शन, देशभर सुरक्षाबल परिचालन

Photo courtesy Sri Lanka Brief

कोलम्बो । भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा प्रदर्शन नथामिएपछि देशभर सुरक्षा बल परिचालन गरिएको छ । उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ। गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्। बीबीसीका अनुसार उनले राजीनामाको मागलाई… Continue reading श्रीलंकामा थामिएन प्रदर्शन, देशभर सुरक्षाबल परिचालन

श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

काठमाडौं । श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले अब गृहयुद्ध निम्त्याउन सक्ने देखिएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएसँगै देशैभरि हिंसात्मक घटनाहरु बढ्न थालेका छन् । राजधानी केन्द्रीत हिंसात्मक घटना भएसँगै सोमबार पदबाट राजीनामा दिएका राजापाक्षेले कोलम्बो छाडेका छन् । मिडिया रिपोर्टका अनुसार निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार पूर्वी श्रीलंकाको त्रिन्कोमाली नौसेना बेसमा… Continue reading श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

पंजाब पुलिसको गुप्तचर मूख्यालयमा ग्रिनेड हमला, उच्च सतर्कता जारी

ANI

पंजाब । भारतको पंजाबस्थित मोहालीमा रहेको प्रहरी गुप्तचर मूख्यालयमा सोमबार राती ग्रिनेड हमला भएको छ । सोमवार राती रकेटजस्तै बस्नुमा राखेर ग्रिनेड मूख्यालयमा झारिएको थियो । ग्रिनेड सानो भएका कारण त्यसको विष्फोटले ठूलो क्षति भने नभएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोटपछि भवनका सिसा फुटेका छन् । पंजाब पुलिसले ठूलो क्षति नभएको र मानवीय क्षति… Continue reading पंजाब पुलिसको गुप्तचर मूख्यालयमा ग्रिनेड हमला, उच्च सतर्कता जारी

श्रीलंकामा भड्कियो हिंसा, सांसदसहित ५ को मृत्यु

AP\Skynews

कोलम्बो (एजेन्सी) । बढ्दो आर्थिक संकटका बीच श्रीलंका राजनीतिक द्धन्द्धमा समेत फसेको छ । सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएका छन् । समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते छन्। सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली… Continue reading श्रीलंकामा भड्कियो हिंसा, सांसदसहित ५ को मृत्यु

आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुसार त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको… Continue reading आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट

BBC

काठमाडौं (बीबीसी) । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन्। यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो। गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको… Continue reading युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट

युक्रेनमा एक विद्यालयमा रुसी बम खस्दा ६० भन्दा बढी मारिए

काठमाडौं (बीबीसी) । पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्।लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए। डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो। गभर्नर सेरही हाइडाईका अनुसार रुसी… Continue reading युक्रेनमा एक विद्यालयमा रुसी बम खस्दा ६० भन्दा बढी मारिए

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ। यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ। बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री… Continue reading बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

तालिबानको उर्दी, महिलाले बुर्का नलगाए परिवारको पुरुषलाई कारवाही

Photo : telegraph.co.uk

काबुल । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई उर्दी जारी गरेका छन् । अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ। बीबीसीका अनुसार आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन्। नैतिक… Continue reading तालिबानको उर्दी, महिलाले बुर्का नलगाए परिवारको पुरुषलाई कारवाही

श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा घोषणा गरेको संकटकालप्रति अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको… Continue reading श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्‍यो आणविक युद्धको अभ्यास

काठमाडौं । पछिल्लो ७० दिनदेखि जारी युक्रेन युद्धमा आणविक हमलाको खतरा बढ्दै गएको छ । रुसले बुधबार आफ्नो सेनाले आणविक क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको बताएको छ । सिमुलेटरमा आधारित परमाणु मिसाइलहरूको यो अभ्यास रूसको कालिनिनग्रादमा गरिएको थियो। रुसको रक्षा मन्त्रालयका अनुसार यसको सेनाले मिसाइल प्रणाली, एयरफिल्ड र सुरक्षित मिसाइलसम्बन्धित धेरै हमलाहरूको अभ्यास गरिरहेको छ… Continue reading आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्‍यो आणविक युद्धको अभ्यास