काठमाडौं (बीबीसी) । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन्। निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्। बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र… Continue reading युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण
Category: विश्व
अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले… Continue reading अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि
काठमाडौं (बीबीसी) । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन्। न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।… Continue reading मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि
रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
काठमाडौं । रियल म्याड्रिड सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ । गतराती स्पान्योलमाथि ४–० को जित निकालेको रियल चार खेल अगाडी नै च्याम्पियन बन्न सफल भयो । स्पान्योलमाथि घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एकएक गोल गरेका छन् । खेलको ३३ औं मिनेटमा रोड्रिगोले… Continue reading रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी
नयाँ दिल्ली । भारतमा बढ्दो कोरोना संक्रमण र मृत्युका कारण चिन्ता व्यक्त गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० जनाको कोरोनाका कारण ज्यान गएको छ । ३६८८ जनामा कोरोना पुष्टी भएको छ । यो पछिल्लो केही दिनयताकै बढी हो । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ हजार ६८४ पुगेको छ ।… Continue reading भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी
संयुक्त राष्ट्रसघंका महासचिव युक्रेनको राजधानी किएभ पुगे
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किएभ पुगेका छन् । बीबीसीका अनुसार उनी भ्रमणमै रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र समेत प्रहार भएको छ । उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएको खबर छ । किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र… Continue reading संयुक्त राष्ट्रसघंका महासचिव युक्रेनको राजधानी किएभ पुगे
युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन, आवश्यक भए हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका… Continue reading युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो
काठमाडौं (बीबीसी) । सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उनले सबै आरोपहरूको… Continue reading आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो
सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड
सिंगापुर । सिंगापुरले तिब्र विरोधका बीच एक मलेसियन नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लागुऔषध हेरोइन तस्करी गरेको अभियोग उनीमाथि रहेको थियो । उनी १३ वर्षदेखि जेलमा थिए । समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई बुधबार बिहान मृत्युदण्ड दिइएको छ । उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको… Continue reading सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड
४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित
पेरिस । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन्। बीबीसीका अनुसार माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो। आइफल टावरको फेदमा उदारवादी… Continue reading ४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित
फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु
मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती… Continue reading फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु
मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, सेनाले फहराए रुसी झण्डा
काठमाडौं । रुस–युक्रेन युद्ध भएको ५६ दिन रुसले यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारियुपोललाई कब्जामा लिएको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ । मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन… Continue reading मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, सेनाले फहराए रुसी झण्डा
मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा एक जना विदेशी नागरिकको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोह्रखुट्टेस्थित मनाङ होटलको सातौं तलाबाट लडेर आयरल्याण्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान मृत्यु भएको हो । सोधपुछका लागि उनका साथी ब्रिटेनी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।… Continue reading मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु
युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
काठमाडौं । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार मारिऊपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन्। आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको भन्दै उनले ट्वीट गरेका छन्।… Continue reading युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी
काठमाडौं । श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो। आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता… Continue reading श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी
रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत् भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले… Continue reading रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल
काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ। बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो… Continue reading चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल
युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण
काठमाडौं । रुसले युक्रेनमाथि पुनः युद्ध शुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार उनले टेलिभिजनमार्फत् एउटा सम्बोधन गर्दै डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले… Continue reading युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण
काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार
काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो। रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन। रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार… Continue reading काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार
श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा
काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तरिम अवधिका लागि विदेशी ऋण तिर्न नसक्ने जानकारी दिएको हो ।महिनौंको विदेशी मुद्रा संकट र आर्थिक उथलपुथलपछि अन्तिम उपाय स्वरुप सबै विदेशी ऋण ‘डिफल्ट’ गर्ने निर्णयमा… Continue reading श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा
पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफ निर्वाचित भएका छन्। सोमबार पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीमा शरिफलाई निर्वाचित गरेको हो। उनी पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को लगायत साना दलको समर्थनमा पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका हुन्। संसद्मा भएको मतदानमा उनको पक्षमा १७४ सांसदले मत दिएका थिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा बहुमतका लागि… Continue reading पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्। बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए। गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ। पूर्वघोषणाबिना… Continue reading युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…
इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय… Continue reading इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री
बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन्। उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।’ युक्रेनकी… Continue reading बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की
पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने
इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको… Continue reading पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने
बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा… Continue reading बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट अलग गरिनुपर्ने माग गरेका छन्। आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्मा उनी बोल्दै थिए। उता, रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको… Continue reading युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन
बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
काठमाडौं (बीबीसी) । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन्। सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए। उनले हाल आफूहरूसँग बुचामा मात्रै… Continue reading बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका… Continue reading नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ
काठमाडौं । आर्थिक संकटका बीच श्रीलंकामा सर्वदलीय सरकार गठन हुने भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेले सरकार गठनका लागि सबै दललाई आमन्त्रण गरेका छन् । गोताबाया राजापाक्षेले सबै दललाई मन्त्रालयमा सहभागी भई मुलुकको संकटको समाधान खोज्न आग्रह गरेका छन् । श्रीलंकामा हिंसा अवस्था बढ्दै जान थालेसँगै मन्त्रिपरिषदले सामुहिक रूपमा आइतबार राति नै राजीनामा दिएको थियो।… Continue reading आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ