कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

प्रभात भट्टराई/अमेरिका संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू  (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए… Continue reading कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

प्रभात भट्टराई/न्यू ह्यामसर कोरोना भाइरस संक्रमणसँग जुध्न न्यू ह्यामसरका नेपालीहरुले समुदाय केन्द्रित गतिविधीमा जोड दिएका छन् । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यू ह्यामसर नेपाली समाज एवं गैर आवासीय नेपाली संघ अमेरिका, न्यू ह्यामसर च्याप्टरको अगुवाइमा जनचेतना अभिबृद्धि देखि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणसम्मका कार्यक्रम सञ्चालन गरिएको हो । भाइरस संक्रमण एवं त्यसको आर्थिक प्रभाव… Continue reading कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

न्यूयोर्क/ सन् १९९१ मा बंगलादेशबाट अमेरिका बसाइँ सरेपछि मोहम्मद जाफोरले बसोबासका लागि रोजेको ठाउँ थियो न्यूयोर्कको ज्याक्सन हाइट्स। ज्याक्सन् हाइट्स जससँग लाखौँ आप्रवासीहरूको अमेरिका कथा जोडिन्छ । कैयन् आए कैयन् छोडेर हिँडे तर ज्याक्सन हाइट्सले आप्रवासीलाई कहिल्यै भो भनेको छैन । बरु कैयन् पटक ह्वाइट हाउस र क्यापिटोललाई प्रतिवाद गरेको छ ज्याक्सन हाइट्सले मौन रुपमा… Continue reading एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

न्यूयोर्क अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको आँकडा अनुसार शुक्रबार बिहान ज्यान गुमाउनेको संख्या आधा लाखबाट उकालो लागेको हो । शुक्रबार अपरान्हसम्ममा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ८० हजार पुगेको छ । संक्रमणको दैनिक बृद्धिदरका आधारमा यो संख्या साँझसम्ममा नौ लाख नाघ्ने देखिन्छ ।… Continue reading अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

न्यूयोर्क कोरोना भाइरसको संक्रमण गहिरिँदा कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा झरेको छ । अमेरिकी कच्चा तेल सोमबार शुन्यभन्दा पनि तलको बिन्दुमा झरेको हो । आज एनवाईमेक्समा एक ब्यारल कच्चा तेलको मूल्य माइनस १.४३ डलरसम्म झर्यो । सन् १९८३ मा एनवाईमेक्स स्थापना भएयताकै सबैभन्दा कम मूल्य हो त्यो । फ्युचर बजारमा अहिले मे कन्ट्र्याक्टमा लगानीकर्ताले… Continue reading कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

कोरोना कहर चर्किँदै जाँदा ट्रम्पको पुनर्निर्वाचन सपनामा लाग्दैछ धक्का

न्यूयोर्क/ कोरोना कहरबीच अमेरिकी चुनावको मिति नजिकिँदै जाँदा राष्ट्रप्रति डोनाल्ड ट्रम्पको पुनर्निवार्चन सपनामा चुनौती देखिन थालेको छ । सन् २०१६ मा तीन राज्यमा ७७ हजार मतान्तरको जीतका कारण ह्वाइट हाउस छिरेका ट्रम्पलाई यसपाली सबै स्विङ राज्यहरु चुनौती पूर्ण देखिएका हुन् । अघिल्लो पटक ट्रम्पले साढे तीन प्रतिशत बिन्दुको जितेको एरिजोनामा सम्पन्न पछिल्ला १३ सर्भेक्षणमध्ये एउटामा… Continue reading कोरोना कहर चर्किँदै जाँदा ट्रम्पको पुनर्निर्वाचन सपनामा लाग्दैछ धक्का

कोरोना संक्रमण कायम रहुन्जेल प्रत्येक अमेरिकीलाई मासिक २००० डलर दिने प्रस्ताव संसदमा

न्यूयोर्क दुई अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभले कोरोना भाइरस संक्रमण अन्त्य नहुन्जेल प्रत्येक अमेरिकीलाई मासिक दुई हजार डलरको आर्थिक सहायता दिने प्रस्ताव संसदमा अघि सारेका छन् । डेमोक्रेटिक सभासदहरु टिम रायन र रो खन्नाले ‘इमर्जिन्सी मनी फर द पिपल एक्ट’ संसदमा प्रस्तुत गर्दै उक्त प्रस्ताव अघि सारेका हुन् । पार्टी भित्र रायन मध्यमार्गी र खन्ना सुधारवादी… Continue reading कोरोना संक्रमण कायम रहुन्जेल प्रत्येक अमेरिकीलाई मासिक २००० डलर दिने प्रस्ताव संसदमा

कोरोना महामारीबीच ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको सहायता रोक्का

फाईल फोटो

न्यूयोर्क/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले उपलब्ध गराउने आर्थिक सहायता रोक्का गरेका छन् । विश्वभर कोरोना महामारी फैलि रहेका बेला ट्रम्पले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने राष्ट्र संघीय निकायको बजेट रोक्का गरि दिएका हुन् । कोरोना संक्रमण सुरु हुँदा संगठनले देखाएको गतिविधीबारे छानविन गरुन्जेल बजेट रोकेको ट्रम्पले जनाएका छन् । छानविनबाट संगठनले ‘भाइरस… Continue reading कोरोना महामारीबीच ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको सहायता रोक्का

डेमोक्रेटिक पार्टीमा नयाँ चरणको एकता, सिनेटर स्यान्डर्सद्वारा पूर्व उपराष्ट्रपति बाइडेनलाई समर्थन घोषणा

न्यूयोर्क/ सिनेटर बर्नी स्यान्डर्सले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिका लागि औपचारिक समर्थन (इन्डोर्स)को घोषणा गरेका छन् । गतसाता राष्ट्रपतिय होडबाट बाहिरिएका स्यान्डर्सले आउँदो नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन बाइडेनलाई आफुले सक्दो समर्थन गर्ने घोषणा गरेका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिय टिकटको होडमा बाइडेन र स्यान्डर्स मूख्य प्रतिश्पर्धी थिए । मार्च ३ मा सम्पन्न १४… Continue reading डेमोक्रेटिक पार्टीमा नयाँ चरणको एकता, सिनेटर स्यान्डर्सद्वारा पूर्व उपराष्ट्रपति बाइडेनलाई समर्थन घोषणा

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

न्यूयोर्क/ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो स्थानमा उक्लिएको छ । इटालीलाई उछिन्दै अमेरिका मृत्यु हुनेको संख्यामा पहिलो भएको हो । शनिबार दिउँसोसम्म अमेरिकामा भाइरसबाट २० हजार बढिले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको इटालीमा १९ हजार ५०० को ज्यान गएको छ । अप्रिल लागेपछि अमेरिकामा मृतकको संख्यामा अध्यधिक बृद्धि भएको हो ।… Continue reading कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

अमेरिकाबाट देश निकाला आदेश पाएका नागरिक नलैजाने मुलुकलाई भिषा रोक्ने ट्रम्पको चेतावनी

फाईल फोटो

न्यूयोर्क/ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अदालतबाट देश निकालाको अनुमती पाएका नागरिक नलैजाने मुलुकलाई भिषा रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अमेरिकाबाट देश निकाला भएपनि स्वदेश फर्कन नसकेका नागरिकलाई जसरी पनि लैजान सम्बन्धित देशलाई ट्रम्पले उक्त चेतावनी दिएका हुन् । अमेरिका प्रवेश गरेपछि बसोबास अनुमतीका लागि कागजी प्रकृया स्वीकृत नभएका व्यक्तिलाई अदातले आफ्नै… Continue reading अमेरिकाबाट देश निकाला आदेश पाएका नागरिक नलैजाने मुलुकलाई भिषा रोक्ने ट्रम्पको चेतावनी

भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

गुगल फाईल फोटो

न्यूयोर्क / कोरोना भाइरसबाट अमेरिकामा लाखौँ संक्रमित एवं हजारौँले ज्यान गुमाइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने ट्विटरमा उत्सव मनाउँदै थिए । कारण थियो, भाइरस सम्बोधनका लागि उनले चालेका कदमप्रति जनताको समर्थन । मार्च दोस्रो साता कोरोनाका कारण उत्पन्न परिस्थितीसँग जुध्न राष्ट्रिय संकटकालको घोषणा, सामाजीक दूरी कायम गर्ने एवं परिक्षणलाई तीब्रता दिने निर्णय र दिनहुँ ह्वाइट… Continue reading भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

लण्डन कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट बाहिर निकालिएको छ । स्वास्थ्यमा निरन्तर सुधार आएपछि उनलाई स्थानीय समय अनुसार बिहिबार साँझ जनरल वार्डमा सारिएको उनका प्रवक्ताले जनाएका हुन् । वार्डमा उनी चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ । ५५ बर्षिय जोन्सनलाई दुई साता अघि कोरोना भाइरस संक्रमण देखिएको थियो… Continue reading कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

न्यूयोर्क सिनेटर बर्नी स्यान्डर्सले आफ्नो राष्ट्रपतिय होड अन्त्य गरेका छन् । बुधबार ट्विटर लाइभबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै स्यान्डर्सले उम्मेद्वारी प्रकृयाबाट बाहिरिएको जनाएका हुन् । पहिलो डेमोक्रेटिक ककस भएको आईवामा सर्वाधिक लोकप्रिय मत एवं न्यूह्यामसर प्राइमरी र नेभादा ककस जितेपछि स्यान्डर्स डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेद्वारकै रुपमा उदाएका थिए । तर, साउथ क्यारोलिनामा पूर्व उपराष्ट्रपति जो… Continue reading सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

१०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार… Continue reading १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

न्यूयोर्क कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा न्यूयोर्क सिटी अधिकारीहरु तत्कालका लागि सार्वजनिक स्थानमा राख्ने ठाउँ बनाउने निर्णयमा पुगेकाछन् । मृत्युको अत्यधिक संख्याका कारण शवदाह गर्न पालोमा राख्नु पर्ने अवस्था आएमा उक्त विकल्प अपनाउने निर्णयमा सिटी अधिकारीहरु पुगेका हुन् । न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले सिटी स्थित अस्पतालहरुका शवगृह भरिए सार्वजनिक स्थानमा शव राख्ने… Continue reading कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे तीन लाख बढि संक्रमित

न्यूयोर्क अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार सोमबार अपरान्हसम्ममा १० हजार ५०० जनाको भाइरस संक्रमणबाट मृत्यु भइ सकेको छ भने संक्रमितको संख्या तीन लाख ५६ हजार नाघेको छ । अहिलेसम्म १९ हजार जनाले भाइरस संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेका छन् । अमेरिकामा सबैभन्दा धेरै संक्रमित… Continue reading अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे तीन लाख बढि संक्रमित

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

लन्डन कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आईसीयूमा सारिएकाे छ । भाइसरको संक्रमण पछि अवस्था प्रतिकुल बन्दै जाँदा जोन्सन आइतबार अस्पताल भर्ना भएका थिए । लण्डन स्थित सेन्ट थोमस अस्पतालमा उनको उपचार भइ रहेको । ‘सोमबार अपरान्हसम्ममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप जटिल बनेका कारण स्वास्थ्यकर्मीहरुको परामर्शमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरिएको छ’ अस्पतालका प्रवक्ताले… Continue reading कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

न्यूयोर्क शनिबार अस्पतालले मृत्युको सूचना दिएका नेपाली आप्रवासी ङिमा तेम्बा शेर्पाको मुटु चलि रहेको नयाँ जानकारी प्राप्त भएको छ । ङिमाका दाजु लाक्पा यौलु शेर्पाले शनिबार न्यूयोर्क स्थित एलमष्ट हष्पिटलले भाइको मृत्यु भएको सूचना दिएपछि उनको नाममा परिवारमा पुजापाठ एवं फेसबुकमा श्रद्धाञ्जली लेख्ने काम भएको जानकारी दिएका हुन् । उनले अस्पतालको सूचनालाई आधेर मानेर फेसबुकमा… Continue reading अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आठ हजार बढिले गुमाए ज्यान

न्यूयोर्क अमेरिकामा कोरोना भाइसर सक्रमितको संख्या तीन लाख नाघेको छ । मार्च सुरु देखि तीब्र गतिमा बढि रहेको कोरोना संक्रमितको शनिबार तीन लाख नाघेको हो ।  अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि आठ हजार नाघेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी साता मृत्युदर अझै बढ्ने बताएका छन् । मार्च १ तारिखको… Continue reading अमेरिकामा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आठ हजार बढिले गुमाए ज्यान

अमेरिकामा आकाशियो बेरोजगारी, दुई सातामा झन्डै एक करोडले गरे रोजगारी गुमाएको रिपोर्ट

न्यूयोर्क कोरोना भाइसरको संक्रमण चर्किएर जाँदा अमेरिकामा बेरोजगारहरुको संख्या रकेट गतिमा उकालो लागेको छ । अमेरिकी श्रम विभागले बुधबार जनाए अनुसार गत साता ६६ लाखले बेरोजगार भत्ता दावी गर्दै सरकार समक्ष आवेदन दिएका हुन् । अघिल्लो साता ३३ लाखले रोजगारी गुमाएको विवरण सरकारसमक्ष दिएका थिए । यसरी दुई सातामै अमेरिकामा ९९ लाख बेरोजगार बनेका छन्… Continue reading अमेरिकामा आकाशियो बेरोजगारी, दुई सातामा झन्डै एक करोडले गरे रोजगारी गुमाएको रिपोर्ट

न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लगाउने भनेको अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटेका छन् । ह्वाइट हाउस स्थित कोरोना भाइरस टास्कफोर्सको सुझाव एवं सम्बन्धित राज्यका गभर्नरहरुसँगको परापर्श पछि उक्त निर्णयमा पुगेको ट्रम्पले ट्विट मार्फत जनाएका हुन् । ट्रम्पको उक्त निर्णय पश्चात सेन्ट्रल अफ डिजिज… Continue reading न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी

न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ घोषणाको तयारीमा ट्रम्प, घरबाट निस्किन नपाइने

फाईल फोटो

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा अनिवार्य ‘क्वारेन्टाइन’ घोषणाको तयारी गरेका छन् । त्यसो भएमा ती राज्यका नागरिक घरबाहिर निस्किन पाउने छैनन् । शनिबार बिहान पत्रकारहरुसँग बोल्दै आफ्नो सम्भावित कदमको जानकारी ट्रम्पले गराएका थिए । ‘केही मान्छेहरुले न्यूयोर्क भाइरसको हटस्पट रहेका कारण क्वारेन्टाइनमा राख्नु पर्ने… Continue reading न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ घोषणाको तयारीमा ट्रम्प, घरबाट निस्किन नपाइने

कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष

प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरसको प्रकोप चर्कंदो छ । दुई सातामा अमेरिकी जनजीवनमा नाटकीय परिवर्तन आइ सकेको छ । अझै पनि भाइरस नियन्त्रणको कुनै लक्षण देखिएको छैन । अस्पतालहरुमा मास्क, पञ्जा, भेन्टिलेटर जस्ता जरुरी स्वास्थ्य उपकरणको खाँचो भइ रहेको छ । सोमबार साँझसम्ममा भाइसरबाट मृत्यु हुनेको संख्या साढे पाँच सयबाट उकालो लागेको छ भने संक्रमित… Continue reading कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष

कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म

न्यूयोर्क अमेरिकी सरकारले कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटसँग जुध्न नागरिकहरुलाई नगद राहत दिने मापदण्ड पारित भएको छ । सिनेट रिपब्लिकनहरुले बिहीबार साँझ पारित गरेको मापदण्ड अनुसार एक जनाले एक हजार दुई सय डलरसम्म प्राप्त गर्नेछन् । बार्षिक ७५ हजार अमेरिकी डलरसम्म आय भएको व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई प्रतिव्यक्ति १२… Continue reading कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म

कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित

न्यूयोर्क कोरोना भाइरसको त्रासबीच मंगलबार सम्पन्न तीन अमेरिकी राज्यको डेमोक्रेटिक राष्ट्रपतिय प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । फ्लोरिडा, इलाइनोइस र एरिजोनामा सम्पन्न निर्वाचनमा सिनेटर बर्नी स्यान्डर्सलाई ठूलो मतान्तरले बाइडेनले पराजित गरेका हुन् । यससँगै बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा दलको टिकट हत्याउने निश्चित प्रायः भएको छ । स्यान्डर्स… Continue reading कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित

महासंकटमा अमेरिका, सुरु भयो आर्थिक मन्दीको चिन्ता

प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अमेरिका कहालीलाग्दो संकटको चरणमा प्रवेश गरेको छ । सुरुमा भाइरसलाई खासै मतलव नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली कमजोर बन्दै जाँदा नागरिकमा त्रासको मात्रा आकाशिएको हो । अमेरिकामा जनवरी तेस्रो साता पहिलो कोरोना भाइसर संक्रमित व्यक्ति फेला परेका थिए । त्यसपछि धेरैले अब गम्भिर बन्ने बेला आएको सुझाव… Continue reading महासंकटमा अमेरिका, सुरु भयो आर्थिक मन्दीको चिन्ता

कोरोनाको कहरबीच तीन अमेरिकी राज्यमा मंगलबार प्राइमरी चुनाव, संसयबीच ओहायो स्थगन

A man walks out of a voting booth during the New Hampshire Primary at Parker-Varney Elementary School, Tuesday, Feb. 11, 2020, in Manchester, N.H. (AP Photo/Andrew Harnik)

न्यूयोर्क कोरोना भाइरसको त्रासबीम मंगलबार तीन अमेरिकी राज्यमा राष्ट्रपतिय प्राइमरी निर्वाचन हुन गइ रहेको छ । चार ठूला राज्यमा प्राइमरी मतदान तय भए पनि ओहायो गभर्नर माइक डेवाइनले अन्तिम समयमा स्थगनको निर्णय लिएसँगै एरिजोना, फ्लोरिडा र इलाइनोइसमा पुर्व तयारी अनुरुप चुनाव हुन लागेको हो । कोरोना भाइरस फैलन सक्ने त्रासका कारण बुथमा उपस्थित भएर भोट… Continue reading कोरोनाको कहरबीच तीन अमेरिकी राज्यमा मंगलबार प्राइमरी चुनाव, संसयबीच ओहायो स्थगन

निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

प्रभात भट्टराई/अमेरिका सिनेटर बर्नी स्यान्डर्सका लागि ‘गर या मर’ रहेको मंगलबारको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै स्यान्डर्सले मंगलबार राती कुनै पनि प्रतिकृया दिन अश्विकार गरे । ‘सुपर ट्युज्डे– २’ भनेर मिडियाहरुले चर्चा गरेको मंगलबार छ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । त्यसमध्ये तीनवटा बाइडेनले… Continue reading निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब

प्रभात भट्टराई/अमेरिका गत साताको ‘सुपर ट्युज्डे प्राइमरी’ निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि सिनेटर बर्नी स्यान्डर्सले नयाँ गन्तव्य तय गरेका थिए मिसिसिपी । मार्च १० मा प्राइमरी चुनाव हुने ‘सुपर ट्युज्डे– २’ मा मिसिसिपी पनि सामेल थियो । ३६ डेलिगेट रहेको मिसिसिपीमा शुक्रबार चुनावी सभा गर्ने स्यान्डर्स क्याम्पेनको तयारी थियो । तर, उनले बिहीबार एकाएक यात्रा स्थगथ… Continue reading डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब