Author: Ilam

  • २४६ पोका कोकिन निले पछी जहाज भित्रै मृत्‍यु

    २४६ पोका कोकिन निले पछी जहाज भित्रै मृत्‍यु

    मेक्सिकोबाट जापानको नारिताका लागि उडेका एक जना जापानी नागरिकले २४६ पाेका कोकिन निलेका कारण जहाज भित्रै उनको मृत्‍यु भएको छ ।

    मेक्सिको कोलम्बिया देखी यात्रा सुरु गरेका ४२ बर्षिय उडो नाम गरेका जपानीजले जहाज उडेको केही समयमा कोकिनको पोका निल्न थालेका थिए । कोकिन निलेको केही समय भित्रै उनको स्वास्थमा समस्या आएपछी जहाज मेक्सिकोकै सोनोरा राज्यमा आकस्मिक अबतरण गरियाे । त्यस लगत्तै डाक्टरले ति ब्यक्तिलाई मृत घोषणा गरिएको थिए ।

    शब परिक्षण गर्दा मृतकको पेट तथा आन्द्रामा २ दशमलब ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडा प्लास्टिक ब्याग भित्र रहेको २४६ पोका साना थैला भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । उनको मृत्‍यु लागु औषध ओभर डोजबाट हुने सिरेबरल अडिमाका कारण भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

  • दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा

    दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा

    काठमाडौं
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय समय अनुसार बिहीबार साँझ सात बजे नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा मोदीले आफ्नो मन्त्री मण्डलका सहयोगीहरुका साथ सपथ ग्रहण गरेका हुन् ।

    मोदीको सपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए । ओली सहित मोदीले आफ्नो सपथ ग्रहणका लागि बिमस्टेक सदस्य देशका सरकार प्रमुखलाई निम्तो दिएका थिए । पहिलो कार्यकालको सपथमा सार्क सरकार प्रमुखलाई बोलाएका मोदीले यसपटक पाकिस्तानसँग बिबाद बढेपछि बिमस्टेकलाई महत्व दिएका हुन् ।

    मोदी क्याबिनेटका प्रमुख सदस्यहरुमा पनि यसपटक फेरबदल देखिएको छ । भारतीय जनता पार्टीलाई चुनावमा महत्वपुर्ण जित दिलाउन प्रमुख भूमिका खेलेका अध्यक्ष अमित शाह मोदी सरकारमा अर्थमन्त्रीको रुपमा सामेल भएका छन् । उनलाई मन्त्री मण्डलमा तेस्रो स्थानमा राखिएको छ ।

    त्यस्तै अघिल्लो कार्यकालमा मोदीलाई सफल बनाउन प्रमुख भुमिका निभाएका अर्थमन्त्री अरुण जेट्ली र विदेश मन्त्री शुष्मा स्वराजले यो कार्यकालमा मन्त्री बन्न अश्विकार गरेका छन् । दुबै जनाले स्वास्थ्यका कारण मन्त्रीको जिम्मेवारी नलिने निर्णय गरेका हुन् । अघिल्लो कार्यकालमा मोदीको प्रमुख सहयोगीको भूमिका निभाएका भाजपाका पूर्व अध्यक्षहरु राजनाथ सिंह र नितिन गड्करी भने मन्त्री पदमा दोहोरिएका छन् । सिंह मोदी पछिको दोस्रो स्थानमा छन् भने गड्करी शाह पछिको चौथो स्थानमा रहेका छन् ।

    नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीमा प्रमुख भूमिका निभाएका तात्कालिन विदेश सचिव सुब्रमण्यम (एस) जयशंकरलाई पनि मोदीले मन्त्री मण्डलमा सामेल गरेका छन् । उनको जिम्मेवारी प्रष्ट भइ नसके पनि विदेश मन्त्रालयकै कार्यभार पाउने आशंका भारतीय मिडियाहरुले गरेका छन् ।

  • नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो

    नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो

    काठमाडौँ
    अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संसदमा पेश गरेका छन् । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक प्रावधान अनुसार मंगलबार अर्थमन्त्री खतिवडाले संघीय संसदमा बजेट भाषण गरेका हुन् ।

    कुल बजेटमध्ये ६२.४ प्रतिशत अर्थात नौ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ । यो रकम कर्मचारी तलव लगायत बिभिन्न नियमित खर्चमा उपयोग हुनेछ । विकास निर्माणका लागि छुट्याइने पूँजीगत खर्चको हिस्सा भने २६.६ प्रतिशत रहेको छ । अर्थात चार खर्ब आठ अर्ब रुपैयाँ पूँजीगत बजेट बिनियोजन गरिएको हो । स्वदेशी एवं विदेशी कर्जा भुक्तानी (वित्तिय व्यवस्था)का लागि भने एक खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।

    बजेट कार्यान्वयनको स्रोतका रुपमा नौ खर्ब ८१ अर्ब रुपैयाँ राजश्वबाट संकलन गर्ने अर्थमन्त्रीले लक्ष लिएका छन् । यस्तै बैदेशिक सहायताबाट ५८ अर्ब रुपैयाँ जुटाइने जनाइएको छ । त्यसपछि अपुग झन्डै पाँच खर्बको घाटा बजेट भने स्वदेशी र विदेशी ऋणबाट पूर्ती गरिने बजेट भाषणमा उल्लेख छ । झन्डै तीन खर्ब विदेशी एवं दुई खर्ब स्वदेशी ऋण लिइने जनाइएको हो ।

    बजेटले सबैभन्दा धेरै एक खर्ब ६३ अर्ब शिक्षामा र ६८ अर्ब ७८ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रमा छुट्याएको छ । २०५१ सालमा मनमोहन अधिकारीले सुरु गरेको ‘लोकप्रिय कार्यक्रम’ बृद्धबृत्ता अघिल्लो आर्थिक बर्षमा नबढाउँदा आलोचना खेपेको सरकारले यसपाली एक हजार रुपैयाँ बृद्धि गरेको छ । अब बृद्धभत्ता तीन हजार रुपैयाँ आउने छ ।

    यस्तै कर्मचारीको तलव पनि यस पटक अर्थमन्त्रीले बढाएका छन् । नायब सुब्बा तहसम्मका कर्मचारीको तलव २० प्रतिशत र त्यस माथि १८ प्रतिशतले बृद्धि गरेका हुन् । यस्तै कर्मचारीले पाउँदै आएको मासिक दुई हजार महङ्गी भत्ताले पनि निरन्तरता पाएको छ । बजेट पछि कर्मचारीको तलव तीन हजार २४५ देखि नौ हजार ८४२ रुपैयाँसम्मले बृद्धि हुनेछ । अब सबैभन्दा न्यून प्रथम स्तरको कार्यालय सहयोगीले २१ हजार ४७० तलव पाउनेछन् भने सबैभन्दा धेरै मूख्य सचिवको तलवमान ६६ हजार ४०६ हुनेछ ।

  • अधिकांश अमेरिकी जनता मुलुकले लिएकाे दिशाप्रति असन्तुष्ट

    अधिकांश अमेरिकी जनता मुलुकले लिएकाे दिशाप्रति असन्तुष्ट

    वासिंटन डिसी
    झन्डै दुई तिहाई अमेरिकी आफ्नो मुलुकको लिएको दिशाप्रति असन्तुष्ट देखिएका छन् । ग्यालप न्यूजको सर्भेक्षण अनुसार ६३ प्रतिशत अमेरिकीले मुलुकको दिशाप्रति असन्तुष्टि जनाएका हुन् ।

    ३६ प्रतिशत जनता भने अमेरिकाले अवलम्बन गरेको दिशाप्रति सन्तुष्ट देखिएका छन् । ग्यालपका अनुसार मुलुकप्रति खुसी हुने नागरिको संख्या अहिले आठ महिनाको उच्च बिन्दुमा पुगेको हो ।

    मे १ देखि १२ सम्म ग्यालपले गरेको सर्भेक्षणमा यो नतिजा आएको हो । गएको अक्टुबर यता मुलुकको दिशाप्रति खुसी हुने अमेरिकीको संख्या ३५ प्रतिशत हाराहारीमा स्थिर देखिएको छ । यस्तै २००५ यता यो संख्या ४० प्रतिशत माथि पनि लाग्न सकेको छैन । सन् १९९८ मा मुलुकको दिशाप्रति खुसी हुने अमेरिकीको संख्या ७१ प्रतिशत थियो । ग्यालपले सन् १९७९ मा सर्भेक्षण थालेयताको यो सबैभन्दा उच्च अंक हो ।

    त्यस्तै सबैभन्दा न्यून बिन्दुमा भने सन् २००८ मा झरेको थियो । अमेरिकामा भयानक आर्थिक मन्दी देखिएको उक्त समयमा सात प्रतिशत नागरिक मात्र मुलुकको भविश्यप्रति आशावादी देखिएका थिए । पछिल्लो समय बढि रहेको रोजगारीको दर सकारात्मक सोच राख्नेको संख्या केही बृद्धि हुनुको मुल कारक रहेको ग्यालप न्यूजले विश्लेषण गरेको छ ।

    मुलुकको दिशा प्रति आशावादी हुने र नहुने नागरिकको संख्यामा राजनीतिक दल आवद्धताले पनि ठूलो प्रभाव पारेको सर्भेक्षणले देखिएको छ । ६२ प्रतिशत रिपब्लिकनहरुले आफु मुलुकले लिएको दिशाप्रति सकारात्मक रहेको बताएका छन् भने डेमोक्र्याटमा यस्तो संख्या १३ प्रतिशत मात्र रहेको छ ।

    यस्तै मुलुकले अवलम्बन गरेको दिशा प्रति असन्तुष्ट हुने नागरिकहरुले पहिलो कारक सरकार एवं कमजोर राजनीतिक नेतृत्वलाई मानेका छन् । २३ प्रतिशत अमेरिकीले नेतृत्वका कारण मुलुकले लिएको दिशाप्रति सन्तुष्ट हुन नसकिएको जवाफ दिएका हुन् । असन्तुष्ट हुने दोस्रो कारकमा आप्रवास (इमिग्रेसन) देखिएको छ । १९ प्रतिशतले इमिग्रेसनका कारण सन्तुष्ट हुन नसकेको बताएका छन् । तेस्रोमा सात प्रतिशतले स्वास्थ सेवालाई समस्याको आधार देखाएका छन् ।

  • सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो

    सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो

    सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्योकाठमाडौँ । सगरमाथा आरोहणका लागि गएकामध्ये यो सप्ताहन्तमा थप तीन जनाको मृत्यु भइ सकेको छ । मृत्यु हुने मध्ये दुई जना नेपाली साइडबाट र एक तिब्बती साइडबाट आरोहण गर्न गएका थिए ।

    नेपाली आरोहण गाइड ध्रुव बिष्ट हिमाल चढ्ने क्रममा बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । शुक्रबार उनको निधन भएको हो । यस्तै बेलायती आरोही रोबिन हेनेस फिसरको आठ हजार ६०० मिटरको उचाइमा मृत्यु भएको थियो । सगरमाथामा चुचुरोबाट ओर्लिने क्रममा लेक लागेर उनको मृत्यु भएको हो ।
    यस्तै ५६ बर्षका आइरिस आरोही केभिन हेनसको पनि ७००० मिटर उचाइमा मृत्यु भएको छ । तिब्बती साइडमा आफ्नै टेन्टमा उनी मृत भेटिएका हुन् । दुई सन्तानका पिता हेनस बेलायतको ३६० एक्पिडिसन कम्पनी मार्फत सगरमाथा आरोहणका लागि गएका थिए ।

    हेनस बुधबार ८३०० मिटरसम्म पुगेका थिए । तर, त्यसभन्दा माथि जान नसकेपछि अनुभवी आरोहण गाइड दावा सांगेसँगै ओरालो लागेका थिए ।

    यो साताको सुरुमा सगरमाथा चुचुरोमा पुग्न लाइन नै लागेका थियो । आठ हजार मिटर माथि दर्जनौ आरोही चुचुरो तर्फ जान पालो पर्खि रहेको तश्विर नै सार्वजनिक भएको थियो । यो साताको सुरुमा चुचरोबाट ओर्लिने क्रममा भारतीय आरोही अन्जली कुलकर्नीको निधन भएको थियो । कुलकर्नी हिमाल आरोहणमा २५ बर्ष लामो अनुभव भएकी महिला हुन् । उनले यसअघि तान्जानियाको माउन्ट किलिमञ्जरो र रसियाको एलब्रस आरोहण गरेकी थिइन् । उनी सगरमाथाबाट ओर्लिने क्रममा ‘ट्राफिक जाम’मा फसेकी थिइन् । उनले सगरमाथा आरोहणका लागि छ बर्ष तालिम समेत लिएकी थिइन् । अमेरिकी आरोही डोनाल्ड लिन क्यासले पनि आरोहण पछि सफल अवतरण गर्न सकेनन् ।

    यस्तै थप दुई भारतीय ओरोहीहरु कल्पना दाश र निहाल भागवानको पनि यो सातानै चुचुरोबाट फर्किने क्रममा मृत्यु भएको थियो । अघिल्लो साता अर्का भारतीय आरोही रवि पनि सगरमाथामा मारिएका थिए ।